1 UDB एक विश्राम-दिनमा, जसै येशू र उहाँका चेलाहरू कुनै अन्नबालीको खेतबारीमा हिँडिरहनुभएको थियो, चेलाहरूले अन्नका केही बालाहरू टिपिरहेका थिए। तिनीहरूले अन्नलाई भुसबाट अलग गर्न ती आफ्नो हातमा माडे र अन्न खाए। BSB BSB: One Sabbath Jesus was passing through the grainfields, and His disciples began to pick the heads of grain, rub them in their hands, and eat them.
2 UDB यो हेरिरहेका केही फरिसीहरूले तिनीहरूलाई भने, “तिमीहरूले काम गर्नु हुँदैन, हाम्रो व्यवस्थाले हामीलाई विश्राम दिनमा काम गर्न निषेध गरेको छ।” BSB BSB: But some of the Pharisees asked, “Why are you doing what is unlawful on the Sabbath?”
4 UDB जसो तिमीहरूलाई थाहा छ, दाऊद भेटहुने पालभित्र पसे र केही खानेकुरा मागे। पूजाहारीले तिनलाई त्यो रोटी दिए जसलाई परमेश्वरको अगाडि राखिएको थियो। मोशाको एउटा व्यवस्थामा परमेश्वरले पूजाहारीहरूलाई मात्र यो रोटी खाने अनुमति छ भन्नुभएको थियो। तर दाऊद र तिनका मानिसहरू पूजाहारी थिएनन् तापनि, तिनले केहि रोटी खाए र आफूसँग भएका मानिसहरूलाई पनि केहि दिए। BSB BSB: He entered the house of God, took the consecrated bread and gave it to his companions, and ate what is lawful only for the priests to eat.”
5 UDB येशूले तिनीहरूलाई यो पनि भन्नुभयो, “त्यसरी नै विश्राम दिनमा मानिसहरूको लागि के गर्नु असल छ त्यो निर्धारण गर्ने अधिकार मानिसको पुत्रलाई छ।” BSB BSB: Then Jesus declared, “The Son of Man is Lord of the Sabbath.”
6 UDB अर्को विश्राम दिनमा येशूले सभाघरमा मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो र एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो। BSB BSB: On another Sabbath Jesus entered the synagogue and was teaching, and a man was there whose right hand was withered.
7 UDB त्यहाँ भएका यहूदी व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले येशूलाई नजिकबाट हेरिरहेका थिए। कतै उहाँले त्यस मानिसलाई निको पार्नुहुन्छ कि भनी तिनीहरू हेर्न चाहान्थे र विश्रामको दिनमा काम गर्नु हुँदैन भन्ने तिनीहरूको व्यवस्थामा आज्ञाकारी नहुनुभएको भनी तिनीहरू उहाँलाई दोष लगाउन चाहन्थे। BSB BSB: Looking for a reason to accuse Jesus, the scribes and Pharisees were watching Him closely to see if He would heal on the Sabbath.
8 UDB तर तिनीहरू के बिचार गर्दैछन् भन्ने येशूलाई थाहा थियो। त्यसैले हात सुकेको मानिसलाई उहाँले भन्नुभयो, “आऊ र यहाँ हरेकको अगाडि खडा होऊ।” यसकारण त्यो मानिस उठ्यो र त्यहाँ खडा भयो। BSB BSB: But Jesus knew their thoughts and said to the man with the withered hand, “Get up and stand among us.” So he got up and stood there.
9 UDB त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई यो सोध्छु: परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थामा मानिसहरूलाई विश्राम दिनमा असल गर्ने वा खराब गर्ने के आज्ञा दिनुहुन्छ? विश्राम दिनमा जीवन बचाउने कि त्यसलाई नाश गर्ने?” BSB BSB: Then Jesus said to them, “I ask you, which is lawful on the Sabbath: to do good or to do evil, to save life or to destroy it?”
10 UDB उहाँलाई कसैले पनि उत्तर दिएन, त्यसकारण उहाँले वरिपरि तिनीहरू सबैलाई हेर्नुभयो र त्यसपछि त्यो मानिसलाई भन्नुभयो, “तिम्रो सुकेको हात सिधा गर।” त्यो मानिसले त्यसै गर्यो र त्यसको हात फेरी पूर्ण रूपमा निको भयो। BSB BSB: And after looking around at all of them, He said to the man, “Stretch out your hand.” He did so, and it was restored.
11 UDB तर धार्मिक अगुवाहरू धरै रिसाए र येशूलाई निकाल्न तिनीहरूले के गर्ने होला भन्ने बारेमा तिनीहरूले एक आपसमा छलफल गरे। BSB BSB: But the scribes and Pharisees were filled with rage and began to discuss with one another what they might do to Jesus.
12 UDB एकदिन, त्यसको केही समयपछि, प्रार्थना गर्नलाई येशू माथि पहाडमा जानुभयो। त्यहाँ उहाँले परमेश्वरसँग रातभरि प्रार्थना गर्नुभयो। BSB BSB: In those days Jesus went out to the mountain to pray, and He spent the night in prayer to God.
13 UDB अर्को दिन उहाँले आफ्ना सबै चेलाहरू आफ्नो नजिक आउनलाई बोलाउनुभयो। उहाँले तिनीहरूमध्येबाट बाह्र जना मानिसहरू छान्नुभयो जसलाई उहाँले प्रेरितहरू पनि भन्नुभयो। BSB BSB: When daylight came, He called His disciples to Him and chose twelve of them, whom He also designated as apostles:
14 UDB यी मानिसहरू थिए: सिमोन, जसलाई उहाँले नयाँ नाम पत्रुस दिनुभयो; अन्द्रियास, पत्रुसको कान्छो भाइ; याकूब र उन्को कान्छो भाइ यूहन्ना; फिलिप; बारथोलोमाइ; BSB BSB: Simon, whom He named Peter, and his brother Andrew; James and John; Philip and Bartholomew;
15 UDB मत्ती, जसको अर्को नाम लेवी थियो; थोमा; अर्को याकूब, अल्फयसको छोरा; सिमोन उग्रपन्थी, BSB BSB: Matthew and Thomas; James son of Alphaeus and Simon called the Zealot;
16 UDB यहूदा, याकूब नाम गरेका एकजना अर्कै मानिसको छोरो; र यहूदा इस्कोरियोत, जसले पछि येशूलाई धोखा दिए। BSB BSB: Judas son of James, and Judas Iscariot, who became a traitor.
17 UDB येशू आफ्ना चेलाहरूसँग माथि डाँडाबाट तल आउनुभयो र एउटा समतल भागमा उभिनुभयो। त्यहाँ उहाँका चेलाहरूको एउटा ठूलो भिड थियो। त्यहाँ मानिसहरूको पनि एउटा ठूलो भिड थियो जो यरूशलेमबाट र यहूदिया क्षेत्रमा भएका अरू धेरै ठाउँहरूबाट, र टायर तथा सिदोन शहरहरूका नजिकैको तटीय क्षेत्रहरूबाट आएका थिए। BSB BSB: Then Jesus came down with them and stood on a level place. A large crowd of His disciples was there, along with a great number of people from all over Judea, Jerusalem, and the seacoast of Tyre and Sidon.
18 UDB येशूले तिनीहरूलाई शिक्षा दिनुभएको सुन्नलाई र आफ्ना रोगहरूबाट निको हुनलाई तिनीहरू त्यहाँ आएका थिए। उहाँले तिनीहरूलाई पनि निको पार्नुभयो जो दुष्ट आत्माहरूबाट सताइएका थिए। BSB BSB: They had come to hear Him and to be healed of their diseases, and those troubled by unclean spirits were healed.
19 UDB भिडमा भएका हरेकले उहाँलाई छुने कोसिस गरे, किनभने आफ्नो शक्तिद्वारा उहाँले हरेकलाई निको पार्दै हुनुहुन्थ्यो। BSB BSB: The entire crowd was trying to touch Him, because power was coming from Him and healing them all.
20 UDB त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई हेर्नुभयो र भन्नुभयो, “जो गरीब छौ त्यो तिमीहरूका लागि धेरै असल छ, किनभने परमेश्वरले तिमीहरूमाथि राज्य गर्दै हुनुहुन्छ। BSB BSB: Looking up at His disciples, Jesus said: “Blessed are you who are poor, for yours is the kingdom of God.
21 UDB जो अहिले भोकाएका छौ त्यो तिमीहरूका लागि धेरै असल छ, किनभने परमेश्वरले तिमीहरूलाई आवश्यक सबै थोकहरू दिनुहुनेछ। जो अहिले शोक गर्दैछौ त्यो तिमीहरूका लागि धेरै असल छ, किनभने परमेश्वरले तिमीहरूलाई कुनै दिन आनन्दले हाँस्ने बनाउनुहुनेछ। BSB BSB: Blessed are you who hunger now, for you will be filled. Blessed are you who weep now, for you will laugh.
22 UDB जब अरू मानिसहरूले तिमीहरूलाई घृणा गर्छन्, जब तिनीहरूले तिमीहरूलाई तिरस्कार गर्छन्, जब तिनीहरूले तिमीहरूलाई अपमान गर्छन् र तिमीहरूले म, मानिसको पुत्रलाई पछ्याएको कारणले तिमीहरू दुष्ट हौ भन्छन्, त्यो धेरै असल छ। BSB BSB: Blessed are you when people hate you, and when they exclude you and insult you and reject your name as evil because of the Son of Man.
23 UDB जब त्यस्तो हुन्छ, रमाओ! माथि-तल उफ्र किनभने तिमीहरू धेरै खुशी छौ! परमेश्वरले तिमीहरूलाई स्वर्गमा एउटा ठूलो इनाम दिनुहुनेछ! यो नबिर्स कि तिनीहरूका पुर्खाहरूले पनि धेरै पहिले परमेश्वरका अगमवक्ताहरूलाई यस्तै कुराहरू गरे! BSB BSB: Rejoice in that day and leap for joy, because great is your reward in heaven. For their fathers treated the prophets in the same way.
24 UDB तर जो धनी छौ तिमीहरूका लागि कति दुख छ; तिमीहरूले पाउने सबै सुख सयल तिमीहरूका धन-सम्पतिले तिमीहरूलाई दिइसकेको छ। BSB BSB: But woe to you who are rich, for you have already received your comfort.
25 UDB तिमीहरूको लागि कति दुखको कुरा छ जसले सोंच्दछौ कि जे तिमीहरूलाई अहिले आवश्यक पर्छ, ती सबै थोक तिमीहरूसँग छ; यी थोकहरूले तिमीहरूलाई सन्तुष्टी दिंदैन भनी तिमीहरूलाई महसुस हुनेछ। तिमीहरूको लागि कति दुखको कुरा छ जो अहिले आनन्दित छौ; पछि तिमीहरू शोक गर्नेछौ र धेरै दुखी हुनेछौ। BSB BSB: Woe to you who are well fed now, for you will hunger. Woe to you who laugh now, for you will mourn and weep.
26 UDB जब हरेकले तिमीहरूको बारेमा असल कुराहरू भन्छन् त्यो कति दु:खको कुरा हो। त्यसरी नै तिनीहरूका पुर्खाहरूले पनि ती मानिसहरूको बारेमा असलै कुराहरू भन्ने गर्थे जसले परमेश्वरको अगमवक्ताहरू भएको झूटा दाबी गर्थे। BSB BSB: Woe to you when all men speak well of you, for their fathers treated the false prophets in the same way.
27 UDB तर म यो तिमीहरू हरेकलाई भन्दछु, जसले मैले भनेको कुरा सुन्दैछौ: तिमीहरूका साथीहरूलाई मात्र होइन, तिमीहरूका शत्रुहरूलाई पनि प्रेम गर! जसले तिमीहरूलाई घृणा गर्छन् तिनीहरूको निम्ति असल कुराहरू गर! BSB BSB: But to those of you who will listen, I say: Love your enemies, do good to those who hate you,
28 UDB जसले तिमीहरूलाई श्राप दिन्छन् तिनीहरूलाई आशिष् दिन परमेश्वरसित विन्ती गर! तिमीहरूसित खराब व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। BSB BSB: bless those who curse you, pray for those who mistreat you.
29 UDB यदि तिमीलाई कसैले तिम्रा गालाहरूमध्ये एउटामा थप्पड हानेर तिम्रो अपमान गर्छ भने, तिम्रो अनुहार फर्काइदेऊ ताकि उसले अर्को गालामा पनि थप्पड हान्न सकोस्। यदि कसैले तिम्रो खास्टो लिन चाहन्छ भने त्यसले तिम्रो शर्ट पनि लिइहालोस्। BSB BSB: If someone strikes you on one cheek, turn to him the other also. And if someone takes your cloak, do not withhold your tunic as well.
30 UDB तिमीसँग माग्ने हरेकलाई कही कुरा देऊ। यदि कसैले तिम्रा कुराहरू उसलाई दिनलाई तिमीसँग माग्छ भने, ती कुराहरू ऊसँग फिर्ता गर्न नभन। BSB BSB: Give to everyone who asks you, and if anyone takes what is yours, do not demand it back.
31 UDB अरूहरूले तिमीप्रति जसरी व्यवहार गरेको तिमी चाहन्छौ तिमीले पनि तिनीहरूप्रति त्यसरी नै व्यवहार गर्नुपर्छ। BSB BSB: Do to others as you would have them do to you.
32 UDB यदि तिमीलाई माया गर्नेलाई मात्र तिमीले माया गर्छौ भने त्यसो गर्दा, परमेश्वरले तिम्रो प्रशंसा गर्नुहुन्छ भनी आशा नगर, किनभने पापीहरूले पनि त तिनीहरूलाई माया गर्छन् जसले उनीहरूलाई माया गर्दछन्। BSB BSB: If you love those who love you, what credit is that to you? Even sinners love those who love them.
33 UDB यदि तिमीप्रति असल कुराहरू गर्नेहरूलाई मात्र तिमी असल कुराहरू गर्छौ भने त्यसो गर्दा, परमेश्वरले तिमीलाई इनाम दिनुहुन्छ भनी आशा नगर, किनभने पापीहरूले पनि त्यसै गर्दछन्। BSB BSB: If you do good to those who do good to you, what credit is that to you? Even sinners do the same.
34 UDB यदि जसले तिमीलाई फिर्ता दिनेछन् तिनीहरूलाई मात्र तिमीले पैसा वा धन-सम्पत्ति ऋण दिन्छौ भने त्यसो गर्दा, परमेश्वरले तिमीलाई इनाम दिनुहुनेछ भनी आशा नगर! पापीहरूले पनि अरू पापीहरूलाई ऋण दिन्छन् किनभने तिनीहरूले उनीहरूबाट हरेक कुरा फर्ता पाउने आशा गर्दछन्। BSB BSB: And if you lend to those from whom you expect repayment, what credit is that to you? Even sinners lend to sinners, expecting to be repaid in full.
35 UDB बरू तिम्रो शत्रुहरूलाई प्रेम गर! तिनीहरूका लागि असल कुराहरू गर! तिनीहरूलाई ऋण देऊ र तिनीहरूबाट कुनै पनि कुरा फिर्ता पाउने आशा नगर! त्यसपछि परमेश्वरले तिमीहरूलाई ठूलो इनाम दिनुहुनेछ। र तिमीहरू सर्वोच्च परमेश्वरको सन्तान हुनेछौ, किनभने परमेश्वर अधन्यवादी र दुष्ट मानिसहरूप्रति पनि दयालु हुनुहुन्छ। BSB BSB: But love your enemies, do good to them, and lend to them, expecting nothing in return. Then your reward will be great, and you will be sons of the Most High; for He is kind to the ungrateful and wicked.
36 UDB त्यसकारण जसरी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले मानिसहरूप्रति कृपासाथ व्यवहार गर्नुहुन्छ, त्यसरी नै तिमीहरूले अरू मानिसहरूप्रति कृपासाथ व्यवहार गर्नुपर्छ। BSB BSB: Be merciful, just as your Father is merciful.
37 UDB कठोरतापूर्वक मानिसहरूको आलोचना नगर र परमेश्वरले पनि कठोरतापूर्वक तिमीहरूको आलोचना गर्नु हुनेछैन। अरू मानिसहरूलाई दोष नलगाऊ र परमेश्वरले तिमीहरूलाई दोष लगाउनु हुनेछैन। अरूहरूले गरेका दुष्ट कुराहरूका लागि तिनीहरूलाई क्षमा देऊ, र परमेश्वरले तिमीहरूलाई क्षमा दिनुहुनेछ। BSB BSB: Do not judge, and you will not be judged. Do not condemn, and you will not be condemned. Forgive, and you will be forgiven.
38 UDB असल कुराहरू अरूहरूलाई देऊ र परमेश्वरले तिमीहरूलाई असल कुराहरू दिनुहुनेछ। यो त्यस्तो हुनेछ कि उहाँले उदारचित्तले प्रशस्त अन्न एउटा डालोमा खाँद्दै र डालो पूर्ण रूपमा भरिएको निश्चित हुनलाई त्यसलाई हल्लाउँदै, केही अन्न छेउँछेउबाट पोखिनेसम्म गरी भरेर उहाँले तिमीलाई दिंदै हुनुहुन्छ। याद गर कि अरूहरूको न्याय गर्न वा आशिष् दिन तिमीहरूले जुन नापको प्रयोग गर्छौ, तिम्रो न्याय गर्न वा आशिष् दिन परमेश्वरले त्यही नापको प्रयोग गर्नुहुनेछ!” BSB BSB: Give, and it will be given to you. A good measure, pressed down, shaken together, and running over will be poured into your lap. For with the measure you use, it will be measured back to you.”
39 UDB उहाँले आफ्ना चेलाहरूलाई यो दृष्टान्त पनि दिनुभयो: “एकजना अन्धो मानिसले अर्को अन्धो मानिसलाई डोर्याउन कोसिस गर्नुहुँदैन। यदि उसले गर्यो भने, तिनीहरू दुवैजना खाडलमा पर्नेछन्! BSB BSB: Jesus also told them a parable: “Can a blind man lead a blind man? Will they not both fall into a pit?
40 UDB चेला आफ्नो गुरुभन्दा ठूलो हुँदैन। तर जब ऊ पूर्णरूपमा तालिम प्राप्त हुन्छ, ऊ आफ्नो गुरुजस्तै हुनेछ। यसकारण तिमीहरू म जस्तै हुनुपर्छ। BSB BSB: A disciple is not above his teacher, but everyone who is fully trained will be like his teacher.
41 UDB अरू कसैको साना त्रुटीहरूका बरेमा तिमीहरू कसैले पनि मतलव गर्नुहुँदैन। त्यो त तिम्रो आफ्नै आँखामा भएको काठको एउटा ठूलो टुक्रा नदेखीकन त्यस व्यक्तिको आँखामा भएको एउटा सानो कसिङ्गर देख्ने जस्तै हो। BSB BSB: Why do you look at the speck in your brother’s eye but fail to notice the beam in your own eye?
42 UDB यदि तिमी त्यसो गर्छौ भने एउटा तिमी कपटी हौ! अरू कसैको आँखामा भएको कसिङ्गर निकाल्ने कोसिस गर्नुभन्दा अगाडि तिमीले पहिले तिम्रो आफ्नो आँखामा भएको काठको टुक्रा हटाउनुपर्छ। जब तिमीले पाप गर्न छोड्दछौ, त्यसपछि अरूहरूलाई तिनीहरूका पापहरू छोड्न मद्धत गर्न तिमीहरूसित आत्मिक अन्तर्दृष्टि हुनेछ। BSB BSB: How can you say, ‘Brother, let me take the speck out of your eye,’ while you yourself fail to see the beam in your own eye? You hypocrite! First take the beam out of your own eye, and then you will see clearly to remove the speck from your brother’s eye.
43 UDB हरेकलाई थाहा छ कि स्वस्थ्य रूखहरूले खराब फल फलाउँदैनन् र अस्वस्थ्य रूखहरुले असल फल फलाउँदैनन्। BSB BSB: No good tree bears bad fruit, nor does a bad tree bear good fruit.
44 UDB र यो कस्तो किसिमको रूख हो भनेर हरेकले यसमा भएको फललाई हेरेर नै बताउन सक्छ। उदाहरणको लागि, काँडे-झाङ्ले अञ्जीरहरू फलाउँदैन नत काँडे-रूखले नै अंगुरहरू फलाउँछ। यसरी नै व्यक्तिले जे गर्छ त्यसलाई हेरेर त्यस व्यक्तिको मनभित्र कस्तो छ भनेर जान्न सजिलो हुन्छ। BSB BSB: For each tree is known by its own fruit. Indeed, figs are not gathered from thornbushes, nor grapes from brambles.
45 UDB असल मानिसहरूले असल कुराहरू गर्छन्, जुन कुराले तिनीहरूले असलै विचारहरू सोच्दछन् भन्ने दर्शाउँछ, र दुष्ट मानिसहरूले दुष्ट कुराहरू गर्छन् जुन कुराले तिनीहरूले खराब विचारहरू सोच्दछन् भन्ने दर्शाउँछ। मानिसहरूले आफ्नो मनहरूमा जे सोच्दछन् त्यसै अनुसार तिनीहरूले बोल्नेछन् र गर्नेछन्। BSB BSB: The good man brings good things out of the good treasure of his heart, and the evil man brings evil things out of the evil treasure of his heart. For out of the overflow of the heart the mouth speaks.
46 UDB येशूले मानिसहरूलाई भन्नुभयो, “मैले तिमीहरू जे गर्न भन्छु त्यही मान्दैनौ भने तिमीहरू मलाई किन ‘प्रभु’ भन्दछौ?” BSB BSB: Why do you call Me ‘Lord, Lord,’ but do not do what I say?
47 UDB मकहाँ आउने, मेरा शिक्षाहरू सुन्ने र तिनीहरूलाई पालन गर्ने मानिसहरू कस्ता हुन्छन् म तिमीहरूलाई भन्दछु। BSB BSB: I will show you what he is like who comes to Me and hears My words and acts on them:
48 UDB तिनीहरू त्यो मानिस जस्तै हुन्छन्, जसले आफ्नो घर निर्माण लागि तयार पार्न जमीनलाई गहिरो खन्यो। घरको जग बलियो चट्टानमाथि बसेको कुरामा ऊ ढुक्क भयो। त्यसपछि त्यहाँ बाडी आयो र पानीको भेलले घरलाई हान्दै थियो। तर भेलले घरलाई हल्लाउन पनि सकेन, किनभने त्यो घर एउटा बलियो जगमा बनाइएको थियो। BSB BSB: He is like a man building a house, who dug down deep and laid his foundation on the rock. When the flood came, the torrent crashed against that house but could not shake it, because it was well built.
49 UDB तर मेरो शिक्षाहरू सुन्ने केही मानिसहरूले भने ती पालना गर्दैनन्। तिनीहरू त्यो मानिस जस्तै हुन् जसले जमिनमाथि जगै नबनाई घर निर्माण गर्यो। जब नदीमा बाडी आयो, घर तुरन्तै ढल्यो र पूर्णरूपले नाश भयो।” BSB BSB: But the one who hears My words and does not act on them is like a man who built his house on ground without a foundation. The torrent crashed against that house, and immediately it fell—and great was its destruction!”