1 UDB तब येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्न लाग्नुभयो। उहाँले भन्नुभयो, “एकजना मानिसले दाखबारी लगायो। उसले त्यसको वरिपरि बार लगायो। उसले दाखको रस जम्मा गर्न एउटा ढुंगाको टयाङकी बनायो। उसले उसको दाखबारिको सुरक्षा गर्नलाई कसैलाई बस्न उसले एउटा धरहरा पनि बनायो। त्यो दाखबारी खेती गर्न उसले कोही किसानहरूलाई त्यो भाडामा दियो र त्यसपछि ऊ टाढा अर्कै देशमा गयो। BSB BSB: Then Jesus began to speak to them in parables: “A man planted a vineyard. He put a wall around it, dug a wine vat, and built a watchtower. Then he rented it out to some tenants and went away on a journey.
2 UDB जब दाख टिप्ने समय आयो, तब दाखबारीका मालिकले आफ्नो दाखबारीलाई भाडामा लिएका ती मानिसहरूकहाँ एकजना सेवकलाई पठाए, किनभने तिनीहरूबाट दाखबारीमा उत्पादित दाखमध्येबाट तिनले आफ्नो भाग पाउन चाहान्थे। BSB BSB: At harvest time, he sent a servant to the tenants to collect his share of the fruit of the vineyard.
3 UDB तर जब सेवक आइपुग्यो, तिनीहरूले उसलाई समाते र सेवकलाई पिटे, र तिनीहरूले उसलाई कुनै फल दिएनन्। त्यसपछि तिनीहरूले उसलाई फिर्ता पठाए। BSB BSB: But they seized the servant, beat him, and sent him away empty-handed.
4 UDB पछि मालिकले तिनीहरूकहाँ अर्को सेवकलाई पठाए। तर तिनीहरूले उसलाई टाउकोमा हिर्काए र तिनीहरूले उसलाई डरलाग्दो किसिमले चोट पुर्याए, जसको लागि उनीहरू लज्जित हुनुपर्थ्यो। BSB BSB: Then he sent them another servant, and they struck him over the head and treated him shamefully.
5 UDB पछि मालिकले अझै अर्को सेवकलाई पनि पठाए। किसानहरूले त्यो मानिसलाई मारे। तिनले पठाएका अरू धेरैजना सेवकहरूलाई पनि तिनीहरूले दुर्व्यवहार गरे। कसैलाई तिनीहरूले पिटे र कसैलाई तिनीहरूले मारे। BSB BSB: He sent still another, and this one they killed. He sent many others; some they beat and others they killed.
6 UDB मालिकसँग अझै अर्को एकजना व्यक्ति, तिनको आफ्नै छोरा, तिनीसँग थियो, जसलाई तिनले धेरै माया गर्थे। यसैले तिनले आफ्नो छोरालाई तिनीहरूकहाँ पठाए, किनभने तिनीहरूले उसलाई आदर गर्नेछन् भनी तिनले विचार गरे। BSB BSB: Finally, having one beloved son, he sent him to them. ‘They will respect my son,’ he said.
7 UDB तर जब तिनको छोरो आउँदै गरेको किसानहरूले देखे, तब तिनीहरूले एक-आपसमा भने, ‘हेर! मालिकको छोरा आउँदैछ जसले कुनै दिन यस दाखबारीको अधिकार गर्नेछ! यसैले यो दाखबारीलाई हाम्रो बनाउनलाई हामी यसलाई मारौं। BSB BSB: But the tenants said to one another, ‘This is the heir. Come, let us kill him, and the inheritance will be ours.’
8 UDB तिनीहरूले मालिकको छोरालाई गिरफ्तार गरे र उसलाई मारे। तब तिनीहरूले उसको लाशलाई दाखबारीको बाहिरपट्टि फाले। BSB BSB: So they seized the son, killed him, and threw him out of the vineyard.
9 UDB यसैले दाखबारीका मालिकले के गर्नेछन् के तिमीहरूलाई थाहा छ? तिनी आउनेछन् र आफ्नो दाखबारी भाडामा लिएका ती दुष्ट मानिसहरूलाई मार्नेछन्। त्यसपछि तिनले त्यसको हेरचाह गर्न कोही अरू मानिसहरूको प्रवन्ध गर्नेछन्। BSB BSB: What then will the owner of the vineyard do? He will come and kill those tenants and give the vineyard to others.
10 UDB अब यी शब्दहरूका बारेमा होशियारसँग विचार गर, जुन तिमीहरूले धर्मशास्त्रमा पढेका छौ: “घर बनाउँदै गरेकाहरूले कुनै ढुंगाको प्रयोग गर्न इन्कार गरे। तर परमप्रभुले त्यही ढुंगालाई यसको उपयुक्त ठाउँमा राख्नुभएको छ, र त्यो नै घरमा सबैभन्दा महत्त्वपूर्ण ढुंगा बनेको छ! BSB BSB: Have you never read this Scripture: ‘The stone the builders rejected has become the cornerstone.
11 UDB परमप्रभुले नै यसो गर्नुभएको छ, र हामीले यसलाई हेर्दा, हामी अचम्मित हुन्छौं।” BSB BSB: This is from the Lord, and it is marvelous in our eyes’?”
12 UDB तब येशूले ती दुष्ट मानिसहरूले गरेका कामको कथा भन्नुहुँदा, उहाँले यहूदी अगुवाहरूलाई दोष्याउँदै हुनुहुन्थ्यो भनी तिनीहरूले महसुस गरे। यसैले तिनीहरूले उहाँलाई गिरफ्तार गर्न खोजे। तर तिनीहरूले त्यसो गरे भने मानिसका भीडहरूले के गर्लान् भनी तिनीहरू डराए। यसैले तिनीहरूले उहाँलाई छाडे र गए। BSB BSB: At this, the leaders sought to arrest Jesus, for they knew that He had spoken this parable against them. But fearing the crowd, they left Him and went away.
13 UDB यहूदी अगुवाहरूले केही फरिसीहरू र हेरोद एन्तिपासलाई सहयोग गर्ने समूहका केही मानिसहरूलाई येशूकहाँ पठाए। तिनीहरूले येशूलाई छल गर्न चाहन्थे; तिनीहरूले उहाँलाई केही गलत भन्ने पार्न चाहन्थे जसले गर्दा मानिसहरूलाई उहाँले गल्ती कुराहरू सिकाएको भनेर तिनीहरूले देखाउन सक्थे, यसरी तिनीहरूले उहाँको विरुद्धमा दोष लगाउन सक्थे। BSB BSB: Later, they sent some of the Pharisees and Herodians to catch Jesus in His words.
14 UDB तिनीहरू आएपछि, तिनीहरूले उहाँलाई भने, “गुरूज्यू, तपाईंले सत्यता सिकाउनुहुन्छ भनी हामी जान्दछौं। तपाईंले भन्नुभएको कुरा महत्त्वपूर्ण व्यक्तिले मन नपराए तापनि, मानिसहरूले तपाईंको बारेमा के भन्छन् त्यसलाई तपाईं वास्ता गर्नुहुन्न भनेर पनि हामी जान्दछौं। बरु, हामीले जे गर्नुपर्ने परमेश्वरको इच्छा छ त्यो तपाईं सत्यतासाथ सिकाउनु न्छ। यसैले यो बिषयमा तपाईंको विचार के छ हामीलाई भन्नुहोस्: हामीले रोमी सरकारलाई करहरू तिर्नु उचित हुन्छ वा हुँदैन? हामीले करहरू तिर्नुपर्छ वा ती तिर्नुपर्दैन? BSB BSB: “Teacher,” they said, “we know that You are honest and seek favor from no one. Indeed, You are impartial and teach the way of God in accordance with the truth. Is it lawful to pay taxes to Caesar or not? Should we pay them or not?”
15 UDB तिनीहरूले वास्तविक रूपमा परमेश्वरको इच्छा जान्न चाहेका थिएनन् भनी येशूले जान्नुहुन्थ्यो। यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मलाई केवल केही गलत कुरा भन्न लगाउँदैछौ जसको कारण तिमीहरूले मलाई दोष लगाउन सक्छौ भनी म जान्दछु। जहोस्, म तिमीहरूको प्रश्नको जवाफ दिनेछु। मलाई एउटा सिक्क देऊ ता कि म त्यो हेर्न सकूँ।” BSB BSB: But Jesus saw through their hypocrisy and said, “Why are you testing Me? Bring Me a denarius to inspect.”
16 UDB तिनीहरूले एउटा सिक्का उहाँकहाँ ल्याएपछि, उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो सिक्कामा कसको स्वरूप छ? र यसमा कसको नाम छ?” तिनीहरूले जवाफ दिए, “यो सिजरको स्वरूप र नाम हो।” BSB BSB: So they brought it, and He asked them, “Whose image is this? And whose inscription?” “Caesar’s,” they answered.
17 UDB येशूले तिनीहरूलाई भन्नुभयो, “त्यो ठिक भन्यौ, यसैले जे सिजरको हो त्यो सिजरलाई देओ र जे परमेश्वरको हो त्यो उहाँलाई नै देओ।” उहाँले भन्नुभएको जवाफ सुनेर तिनीहरू साह्रै अचम्मित भए। BSB BSB: Then Jesus told them, “Give to Caesar what is Caesar’s, and to God what is God’s.” And they marveled at Him.
18 UDB “मानिसहरूको मृत्यु भएपछि तिनीहरू फेरि जीवित हुन्छन् भन्ने अरू यहूदीहरूको मतलाई सदुकीहरूको समूहका मानिसहरूले इन्कार गर्छन्। केही सदुकीहरू येशूकहाँ आए र उहाँलाई सोधे, BSB BSB: Then the Sadducees, who say there is no resurrection, came to Jesus and questioned Him:
19 UDB “गुरूज्यू, मोशाले हामी यहूदीहरूको लागि लखे कि कुनै मानिसको दाजुको मृत्यु भयो र पत्नी मात्र छिन् तर छोराछोरी छैनन् भने, उसको भाइले त्यो विधवालाई विवाह गर्नुपर्छ र आफ्नो दाजुको निम्ति सन्तान हुर्काउनुपर्छ। BSB BSB: “Teacher, Moses wrote for us that if a man’s brother dies and leaves a wife but no children, the man is to marry his brother’s widow and raise up offspring for him.
20 UDB यसैले यहाँ एउटा उदाहरण छ। एउटा परिवारमा सातजना दाजुभाइ थिए। जेठोले एकजना स्त्रीसँग विवाह गर्यो तर ऊ र उसको श्रीमतीले छोराछोरी जन्माएनन्। त्यसपछि उसको मृत्यु भयो। BSB BSB: Now there were seven brothers. The first one married and died, leaving no children.
21 UDB माइलो भाइले पनि त्यो स्त्रीसँग विवाह गर्यो, तर उसले पनि कुनै छोराछोरी जन्माएन। त्यसपछि उसको मृत्यु भयो। साइलो भाइले पनि उसका अरू दाजुहरूले गरेझैं गर्यो। तर उसले पनि कुनै छोराछोरी जन्माएन र त्यसपछि मृत्यु भयो।। BSB BSB: Then the second one married the widow, but he also died and left no children. And the third did likewise.
22 UDB अन्ततः सबै सातैजना दाजुभाइले एकपछि अर्को गर्दै त्यो स्त्रीलाई विवाह गरे, तर कसैको पनि कुनै छोराछोरी थिएनन्, र एकपछि अर्को गर्दै तिनीहरूको मृत्यु भयो। सबभन्दापछि त्यो स्त्रीको पनि मत्यु भयो। BSB BSB: In this way, none of the seven left any children. And last of all, the woman died.
23 UDB अब मानिसहरूको मृत्यु भएर तिनीहरू फेरि जीवित हुने दिनमा, त्यो स्त्री कसको श्रीमती हुनेछिन्? यो ध्यान दिनुहोस् कि तिनले सबै सातै जना दाजुभाइसँग विवाह गरेकी थिइन्!” BSB BSB: In the resurrection, then, whose wife will she be? For all seven were married to her.”
24 UDB येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले निश्चित रूपमा गलत बुझेका छौ। यसको बारेमा धर्मशास्त्रले के सिकाउँछ भनी तिमीहरूलाई थाहा छैन। मानिसलाई मृत्युबाट फेरिी जीवित बनाउने परमेश्वरको शक्तिलाई पनि तिमीहरू बुझ्दैनौ। BSB BSB: Jesus said to them, “Aren’t you mistaken, because you do not know the Scriptures or the power of God?
25 UDB त्यो स्त्री ती दाजुभाइमध्ये कसैको पनि श्रीमती हुनेछैनन्, किनभने जब मानिसहरू मृत्युबाट फेरि जीवित हुन्छन्, मानिसहरूका साथमा श्रीमतीहरू र श्रीमतीहरूका साथमा श्रीमानहरू हुनको साट्टोामा, तिनीहरू स्वर्गमा भएका स्वर्गदूतहरू जस्तै हुनेछन्। स्वर्गदूतहरूले विवाह गर्दैनन्। BSB BSB: When the dead rise, they will neither marry nor be given in marriage. Instead, they will be like the angels in heaven.
27 UDB तब मरेका मानिसहरूले परमेश्वरको आराधना गर्दैनन्। जीवित मानिसहरूले परमेश्वरको आराधना गर्छन्। यसैले जब तिमीहरूले मरेका मानिसहरू फेरि जीवित हुँदैनन् भन्छौ भने, तिमीहरू एकदमै गलत छौ।” BSB BSB: He is not the God of the dead, but of the living. You are badly mistaken!”
30 UDB तैंले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा इच्छा तथा भावनाले, आफ्नो सारा विचारले, र आफ्नो सारा कामले प्रेम गर्नुपर्छ! BSB BSB: Love the Lord your God with all your heart and with all your soul and with all your mind and with all your strength.’
31 UDB अर्को महत्त्वपूर्ण आज्ञा यो होः तैंले आफ्नो वरिपरी भएकाो मानिसहरूलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ।” यी दुई आज्ञाहरूभन्दा महत्त्वपूर्ण अन्य कुनै आज्ञा छैन!” BSB BSB: The second is this: ‘Love your neighbor as yourself.’ No other commandment is greater than these.”
32 UDB त्य मानिसले येशूलाई भन्यो, “गुरूज्यू, तपाईंले एकदम राम्रोसँग जवाफ दिनुभएको छ। परमेश्वर एकमात्र हुनुहुन्छ र अरू कुनै परमेश्वर छैनन् भनेर तपाईंले ठिक भन्नुभयो। BSB BSB: “Right, Teacher,” the scribe replied. “You have stated correctly that God is One and there is no other but Him,
33 UDB हामीले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा इच्छा तथा भावनाले, आफ्नो सारा विचारले, र आफ्नो सारा कामले प्रेम गर्नुपर्छ भनेर पनि तपाईंले ठिक भन्नुभएको छ। र हामीले आफ्नो सम्बन्धमा आएका मानिसहरूलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ भनेर पनि तपाईंले ठिक भन्नुभएको छ। र यी सारा कुराहरू गर्नाले परमेश्वरलाई पशु बलि वा अरू होमबलीहरू चढाउनुभन्दा बढी खुशी तुल्याउँछ भनेर पनि तपाईंले ठिक भन्नुभएको छ।” BSB BSB: and to love Him with all your heart and with all your understanding and with all your strength, and to love your neighbor as yourself. This is more important than all burnt offerings and sacrifices.”
34 UDB यो मानिसले बुद्धीमानीसाथ जवाफ दिएको छ भनेर येशूले महसुस गर्नुभयो। यसैले उहाँले उसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यको एकदम नजीक छौ।” त्यसपछि येशूलाई फसाउने किसिमको अरू कुनै त्यस्तो प्रश्न सोध्न यहूदी अगुवाहरू डराए। BSB BSB: When Jesus saw that the man had answered wisely, He said, “You are not far from the kingdom of God.” And no one dared to question Him any further.
35 UDB पछि, जब येशूले मन्दिर परिसरमा शिक्षा दिंदै हुनुहुन्थ्यो, उहाँले मानिसहरूलाई भन्नुभयो, “ख्रीष्टलाई दाऊदका पुत्र हुन्– भनेर व्यवस्था सिकाउने मानिसहरूले कसरी भन्छन्– र यसो भन्दा तिनीहरू कसरी ठिक हुन्छन्? BSB BSB: While Jesus was teaching in the temple courts, He asked, “How can the scribes say that the Christ is the Son of David?
36 UDB पवित्र आत्माले दाऊदलाई ख्रीष्टको बारेमा भन्न लगाउनुभयो, ‘परमेश्वरले मेरो प्रभुलाई भन्नुभयो, “मेरो छेउमा मेरो दाहिनेतर्फ बस, त्यो स्थानमा जहाँ म तिमीलाई अरू कसैलाई भन्दा बढी उच्च आदर गर्नेछु! मैले तिम्रो शत्रुलाई पूर्ण रूपमा पराजित नगरून्जेल यहाँ बस!”’ BSB BSB: Speaking by the Holy Spirit, David himself declared: ‘The Lord said to my Lord, “Sit at My right hand until I put Your enemies under Your feet.”’
37 UDB यो दाऊदको भजनमा तिनले ख्रीष्टलाई मेरो ‘प्रभु’ भन्छन्। तर कसरी व्यवस्थाका शिक्षकहरूको भनाई ठिक हुन्छ– के ख्रीष्ट दाऊदका पुत्र पनि हुन सक्छन्?” उहाँले यी कुराहरू सिकाउनुहुँदा, धेरै मानिसहरूले खुशीसित उहाँका कुरा सुने। BSB BSB: David himself calls Him ‘Lord.’ So how can He be David’s son?” And the large crowd listened to Him with delight.
38 UDB येशूले मानिसहरूलाई सिकाउँदै गर्नुहुँदा, उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रो व्यवस्था सिकाउने मानिसहरूले जस्तै काम नगर्नलाई तिमीहरू होशियार रहो। मानिसहरूले तिनीहरूको आदर गरेको तिनीहरू मन पराउँछन्, यसैले तिनीहरू लामो लुगा लगाउँछन् र तिनीहरूले महत्वपूर्ण छन् भनी देखाउनलाई वरिपरिी हिंड्डुल गर्छन्। बजारहरूमा मानिसहरूले तिनीहरूलाई आदरसाथ अभिवादन गरेको पनि तिनीहरू मन पराउँछन्। BSB BSB: In His teaching Jesus also said, “Watch out for the scribes. They like to walk around in long robes, to receive greetings in the marketplaces,
39 UDB तिनीहरू सभाघरहरूमा सबैभन्दा महत्त्वपूर्ण आशनहरूमा बस्न मन पराउँछन्। चाड-पर्वहरूमा सबभन्दा महत्वपूर्ण मानिसहरूका आशनहरूमा बस्न तिनीहरू मन पराउँछन् BSB BSB: and to have the chief seats in the synagogues and the places of honor at banquets.
40 UDB विधवाहरूलाई ठगेर उनीहरूका घरहरू र धनसम्पत्ति तिनीहरूले धुतेर लिन्छन्। त्यसपछि सार्वजनिक स्थलहरूमा लामो समय प्रार्थनाहरू गरेर आफूहरू असल भएको बाहाना तिनीहरू गर्छन्। परमेश्वरले निश्चय नै तिनीहरूलाई अझ कठोर दण्ड दिनुहुनेछ!” BSB BSB: They defraud widows of their houses, and for a show make lengthy prayers. These men will receive greater condemnation.”
41 UDB पछि येशू मन्दिर परिसरमा मानिसहरूले भेटीहरू चढाउने भाँडोहरूका अर्कोपट्टी छेउमा बस्नुभयो। जसै उहाँ त्यहाँ बस्दै हुनुहुन्थ्यो, भाँडोहरूमध्ये एउटामा तिनीहरूले पैसा चढएको उहाँले हर्नुभयो। धेरैजना धनी मानिसहरूले धेरै पैसा भेटी चढाए। BSB BSB: As Jesus was sitting opposite the treasury, He watched the crowd putting money into it. And many rich people put in large amounts.
42 UDB त्यसपछि एउटी गरीब बिधुवा पनि सँगसँगै आइन् र तामाका दुईवटा स-साना सिक्काहरू चढाइन्, जसको एकदमै न्यून मूल्य थियो। BSB BSB: Then one poor widow came and put in two small copper coins, which amounted to a small fraction of a denarius.
43 UDB येशूले आफ्ना चेलाहरूलाई आफ्नो वरिपरिी जम्मा गर्नुभयो र तिनीहरूलाई भन्नुभयो, “सत्य कुरा यो हो कि अरू मानिसहरूसँग एकदमै धेरै पैसा छ, तर तिनीहरूले त्यसको एउटा सानो हिस्सामात्र दिए। तर यी स्त्री, जो एकदमै गरीब छिन्, तिनले आफूलाई आज आवश्यक कुराहरू किन्नुपर्ने पैसा सबै भेटीमा हालेकी छिन्ि। BSB BSB: Jesus called His disciples to Him and said, “Truly I tell you, this poor widow has put more than all the others into the treasury.
44 UDB यसैले अरू सबैलेभन्दा धेरै पैसा यी गरीब बिधुवाले भाँडोमा हालेकी छिन्!” BSB BSB: For they all contributed out of their surplus, but she out of her poverty has put in all she had to live on.”