1 UDB जब येशूले आफ्ना बाह्रजना चेलाहरूलाई तिनीहरूले के के गर्नुपर्छ भन्ने बारेमा सुझाव दिएर सिध्याउनुभयो, उहाँले तिनीहरूलाई इस्राएलका विभिन्न नगरहरूमा पठाउँनुभयो। त्यसपछि उहाँ त्यस इलाकामा भएका इस्राएलका अरू सहरहरूमा सिकाउन र प्रचार गर्न जानुभयो। BSB BSB: After Jesus had finished instructing His twelve disciples, He went on from there to teach and preach in their cities.
3 UDB उहाँलाई सोधे, “अगमवक्ताहरूले आउनुहुन्छ भनेका ख्रीष्ट के तपाईं नै हुनुहुन्छ वा हामीले अरू कसैको आशा गर्नुपर्ने हो?” BSB BSB: to ask Him, “Are You the One who was to come, or should we look for someone else?”
4 UDB येशूले यूहन्नाका चेलाहरूलाई जवाफ दिनुभयो, “फर्केर जाऊ र मैले मानिसहरूलाई जे भनेको तिमीहरूले सुन्यौ र मैले जे गरेको तिमीहरूले देख्यौ त्यो यूहन्नालाई खबर गर। BSB BSB: Jesus replied, “Go back and report to John what you hear and see:
5 UDB मैले दृष्टिविहीन मानिसहरूलाई फेरि देख्ने र लङ्गडा मानिसहरू हिँड्ने बनाउँदै छु। मैले कुष्ट रोग लागेका मानिसहरूलाई ोनिको पार्दै छु। मैले बहिरा मनिसहरूलाई फेरिी सुन्ने बनाउँदै छु र मरेका मानिसहरूलाई फेरि जीवित बनाउँदै छु। मैले गरिब मानिसहरूलाई परमेश्वरको सुसमाचार सुनाउँदै छु। BSB BSB: The blind receive sight, the lame walk, the lepers are cleansed, the deaf hear, the dead are raised, and the good news is preached to the poor.
6 UDB अझ अरू, यूहन्नालाई भन कि मानिसहरूले मैले गर्दै आएको कामलाई मन नपराएको कारणले मलाई विश्वास गर्न छोड्दैनन् ती मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ।” BSB BSB: Blessed is the one who does not fall away on account of Me.”
7 UDB जब यूहन्नाका चेलाहरू गएपछि, येशूले यूहन्नाको बारेमा मानिसहरूको भिडसित कुरा गर्न लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू उजाड-स्थानमा यूहन्नालाई हेर्न गएका जाँदा, तिमीहरूले के हेर्ने आशा राखेर गर्यौ? तिमीहरू त्यहाँ हावाले हल्लाएको अग्ला घाँसहरू मात्र हेर्न गएका थएनौ, थियौ त? BSB BSB: As John’s disciples were leaving, Jesus began to speak to the crowds about John: “What did you go out into the wilderness to see? A reed swaying in the wind?
8 UDB यसैले तिमीहरूले कस्तो किसिमको व्यक्तिलाई हेर्ने आशा गर्यौ? निश्चय नै महङ्गा लुगाहरू लगाएका मानिसलाई हेर्न होइन। अहँ! तिमीहरू राम्ररी जान्दछौ कि त्यस किसिमका लुगा लगाउने मनिसहरू राजाहरूका दरवारहरूमा बस्छन् र उजाड-स्थानमा होइन। BSB BSB: Otherwise, what did you go out to see? A man dressed in fine clothes? Look, those who wear fine clothing are found in kings’ palaces.
9 UDB यसैले साँच्चै नै, तिमीहरू कस्ता किसिमको व्यक्तिलाई हेर्ने आशा राख्यौ? एक अगमवक्तालाई? ओ, हो! म यो भन्छुः यूहन्ना कुनै साधारण अगमवक्ता मात्र होइनन्। BSB BSB: What then did you go out to see? A prophet? Yes, I tell you, and more than a prophet.
10 UDB कसैले धर्मशास्त्रमा यस्तो लेख्दा र भन्दा, परमेश्वरले सङ्केत गर्नुभएको तिनलाई नै हो, ‘यो कुरा ध्यान देऊ! तपाईंको आगमनको तयारी गर्नलाई तपाईंको अघि-अघि जानलाई मैले एक सन्देशवाहकलाई पठाउँदै छु।’ BSB BSB: This is the one about whom it is written: ‘Behold, I will send My messenger ahead of You, who will prepare Your way before You.’
11 UDB यो कुरा ध्यान देऊः पृथ्वीमा जीवन बिताएका सारा मानिसहरूमध्ये, तिनीहरूमध्ये कसैलाई पनि परमेश्वरले बप्तिस्मा दिने यूहन्नाभन्दा महान ठान्नुभएन। तापनि, स्वर्गबाट परमेश्वरले राज्य गर्नुहुँदा कुनै प्रतिष्ठा नभएका मानिसहरू पनि बप्तिस्मा दिने यूहन्नाभन्दा महान हुन्छन् भनी उहाँ विचार गर्नुहुन्छ। BSB BSB: Truly I tell you, among those born of women there has risen no one greater than John the Baptist. Yet even the least in the kingdom of heaven is greater than he.
12 UDB बप्तिस्मा दिने यूहन्नाले प्रचार गरेको समयदेखि अहिलेसम्म, स्वर्गको परमेश्वरको राज्य ल्याउन केही मानिसहरूले आफ्नै तरीकाले कोसिस गरिरहेका छन्, र यस उदेश्यका निम्ति तिनीहरूले बल प्रयोग गरिरहेका छन्। BSB BSB: From the days of John the Baptist until now, the kingdom of heaven has been subject to violence, and the violent lay claim to it.
13 UDB मैले यूहन्नाका बारेमा भनेका सबै कुरा, बप्तिस्मा दिने यूहन्नाको समयसम्म नै, अगमवक्ताहरूले जे लेखेका छन् र व्यवस्थाले जे भनेको छ, त्यसमा तिमीहरूले पढ्न सक्छौ। BSB BSB: For all the Prophets and the Law prophesied until John.
15 UDB तिमीहरू यसलाई बुझ्ने इच्छा गर्छौ भने, मैले भर्खरै भनेका कुरालाई तिमीहरूले होशियारसाथ विचार गर्नुपर्छ। BSB BSB: He who has ears, let him hear.
16 UDB तर तिमीहरू र अहिले बाँचीरहेका अरू मानिसहरू, तिमीहरू बजारमा खेल खेलिरहेका बाल-बालिकाजस्तै हौ। तिनीहरूमध्ये कसैले आफ्ना मित्रहरू भन्छन्, BSB BSB: To what can I compare this generation? They are like children sitting in the marketplaces and calling out to others:
17 UDB ‘हामीले तिमीहरूका निम्ति बाँसुरीको रमाइलो सङ्गीत-धुन बजायौँ तर तिमीहरूले नाच्न मानेनौ! तब हामीले तिमीहरूका निम्ति अन्त्येष्टिको उदास गीतहरू गायौँ, तर तिमीहरूले रुन मानेनौ!’ BSB BSB: ‘We played the flute for you, and you did not dance; we sang a dirge, and you did not mourn.’
18 UDB यूहन्ना र म दुवैसँग तिमीहरू असन्तुष्ट भएको कारणले म तिमीहरूलाई यसो भन्दै छु! जब यूहन्ना आए र तिमीहरूलाई प्रचार गरे, मानिसहरूमध्ये धेरैले गरेझैं, तिनले असल खाना खाएनन् र दाखमद्य पिएनन्। तर तिमीहरूले तिनलाई इन्कार गर्यौ र भन्यौ, ‘त्यसलाई एउटा दुष्ट आत्माले अधीन गरेको छ!’ BSB BSB: For John came neither eating nor drinking, and they say, ‘He has a demon!’
19 UDB म, मानिसको पुत्र, यूहन्नाजस्तै भइन। अरू मानिसहरूले जस्तो खान्छन्, म त्यस्तै खाना खान्छु र दाखमद्य पिउँछु। तर तिमीहरूले मलाई पनि इन्कार गर्छौ र भन्छौ, ‘हेर! यो मानिसले धेरै खाना खान्छ र धेरै दाखमद्य पिउँछ, र यसले कर उठाउँनेहरू र अरू पापीहरूसँग मित्रता गर्छ!’ तर कुनै व्यक्ति साँच्चै बुद्धिमान छ भने, उसले त्यो असल कामहरूले देखाउने छ।” BSB BSB: The Son of Man came eating and drinking, and they say, ‘Look at this glutton and drunkard, a friend of tax collectors and sinners!’ But wisdom is vindicated by her actions.”
20 UDB यशूले आफ्ना आश्चर्य कामहरूमध्ये धेरैजसो गर्नुभएका नगरहरूमा भएका मानिसहरूले अझै पनि परमेश्वरमा फर्कन इन्कार गरे। यसैले तिनीहरूलाई यसो भन्दै उहाँले तिनीहरूलाई हप्काउन सुरु गर्नुभयो, BSB BSB: Then Jesus began to denounce the cities in which most of His miracles had been performed, because they did not repent.
22 UDB म तिमीहरूलाई यो भन्छुः टायर र सिदोन सहरहरूमा बसोबास गर्ने दुष्ट मानिसहरूलाई परमेश्वरले दण्ड दिनुहुने छ, तर अन्तिम दिनमा उहाँले सबै मानिसहरूको न्याय गर्नुहुँदा, उहाँले तिमीहरूलाई अझै धेरै असैह्यरूपमा दण्ड दिनुहुने छ। BSB BSB: But I tell you, it will be more bearable for Tyre and Sidon on the day of judgment than for you.
23 UDB कफर्नहुम सहरमा बस्ने मानिसहरूलाई पनि मैले केही भन्नु छ। अरूहरूले तिमीहरूको धेरै प्रशंसा गरेको कारणले तिमीहरू स्वर्ग जानेछौ भनी तिमीहरू विचार गर्छौ? त्यसो हुनेछैन! त्यसको विपरित, तिमीहरू पातालमा जाने छौ जहाँ मृत्युपछि परमेश्वरले मानिसहरूलाई दण्ड दिनुहुन्छ! मैले यी आश्चर्यकामहरू धेरै समय पहिले सदोममा गरेको भए, ती दुष्ट मानिसहरूले निश्चय नै पाप गर्न छोड्ने थिए, र तिनीहरूको सहर आजसम्म पनि यहाँ हुनेथियो। तर तिमीहरूले पाप गर्न छोडेका छैनौ। BSB BSB: And you, Capernaum, will you be lifted up to heaven? No, you will be brought down to Hades! For if the miracles that were performed in you had been performed in Sodom, it would have remained to this day.
24 UDB म तिमीहरू यो भन्छुः परमेश्वरले सदोममा बसोबास गर्ने दुष्ट मानिसहरूलाई दण्ड दिनुहुने छ, तर अन्तिम दिनमा उहाँले सबै मानिसहरूको न्याय गर्नुहुँदा, उहाँले तिमीहरूलाई अझै धेरै असैह्यरूपमा दण्ड दिनुहुने छ।” BSB BSB: But I tell you that it will be more bearable for Sodom on the day of judgment than for you.”
25 UDB त्यसबेला येशूले प्रार्थना गर्नुभयो, “पिता, तपाईंले स्वर्गमा र पृथ्वीमा भएका हरेक कुरामाथि राज्य गर्नुहुन्छ। म तपाईंलाई धन्यवाद दिन्छु कि आफैँलाई बुद्धिमान र शिक्षित भनी विचार गर्ने मानिसहरूलाई तपाईंले यी कुराहरू जान्नबाट रोक्नुभयो। त्यसको साटोमा, एकजना वयस्क मानिसले साना बाल-बालिकालाई भनेका कुरा तिनीहरूले विश्वास गरेझैँ तपाईका सत्यतालाई ग्रहण गर्ने मानिसहरूलाई तपाईंले ती प्रकट गर्नुभएको छ। BSB BSB: At that time Jesus declared, “I praise You, Father, Lord of heaven and earth, because You have hidden these things from the wise and learned, and revealed them to little children.
26 UDB हो, पिता, तपाईंले त्यसै गर्नुभएको छ, किनभने त्यसो गर्न तपाईंलाई असल लाग्यो।” BSB BSB: Yes, Father, for this was well-pleasing in Your sight.
27 UDB त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “मैले आफ्नो काम गर्नको निम्ति थाहा पउनुपर्ने सबै कुराहरू परमेश्वर, मेरो पिताले, मलाई प्रकट गर्नुभएको छ। वास्तवमा म को हुँ भनी मेरो पिताले मात्र जान्नुहुन्छ। अझै, म र मैले उहाँलाई प्रकट गर्न इच्छा गरेका मानिसहरूले मात्र साँचोरूपमा उहाँलाई चिन्छौं। BSB BSB: All things have been entrusted to Me by My Father. No one knows the Son except the Father, and no one knows the Father except the Son and those to whom the Son chooses to reveal Him.
28 UDB तिमीहरूले व्यवस्था पालन गर्नुपर्छ भनी तिमीलाई अगुवाहरूले सिकाएका सबै व्यवस्था पालन गर्ने कोसिस गरेर असाध्ये थाकेका सबै मानिसहरू हो, मकहाँ आओ। त्यो सबैबाट म तिमीलाई विश्राम दिने छु। BSB BSB: Come to Me, all you who are weary and burdened, and I will give you rest.
29 UDB एउटा गोरु जुवामा नारिए जस्तै, ममा शरण पर, र मैले तिमीहरूलाई सिकाएको कुरा सिक। म कोमल र विनम्र छु, र तिमीहरूले साँच्चै विश्राम पाउने छौ। BSB BSB: Take My yoke upon you and learn from Me, for I am gentle and humble in heart, and you will find rest for your souls.
30 UDB किनभने मैले तिमीहरूलाई दिने भारी हलुका छ, र यसलाई तिमीहरूले सजिलै बोक्ने छौ। BSB BSB: For My yoke is easy and My burden is light.”