1 UDB येशूले आफ्ना बाह्रजना चेलाहरूलाई आफूकहाँ आउन भन्नुभयो। तब मानिसहरूलाई अधीन गरेका दुष्ट आत्माहरू निकाल्नलाई उहाँले तिनीहरूलाई शक्ति दिनुभयो। सबै किसिमका रोगहरू लागेका वा हर तरहले बिरामी भएका मानिसहरूलाई निको पार्न पनि उहाँले तिनीहरूलाई सक्षम बनाउनुभयो। BSB BSB: And calling His twelve disciples to Him, Jesus gave them authority over unclean spirits, so that they could drive them out and heal every disease and sickness.
2 UDB यहाँ बाह्रजना चेलाहरूको नामावली यसप्रकार छन्, जसलाई उहाँले प्रेरितहरू भन्नुभयो। तिनीहरूमा सिमोन जसलाई उहाँले पत्रुस भनेर नयाँ नाम दिनुभयो; पत्रुसको भाइ अन्द्रियास; जब्दियाको छोरा याकूब; याकूबको भाइ यूहन्ना; BSB BSB: These are the names of the twelve apostles: first Simon, called Peter, and his brother Andrew; James son of Zebedee, and his brother John;
3 UDB फिलिप; बारथोलोमाइ; थोमा; कर उठाउँने मत्ती; अल्फायसका छोरा याकूब; थेदियस; BSB BSB: Philip and Bartholomew; Thomas and Matthew the tax collector; James son of Alphaeus, and Thaddaeus;
4 UDB सिमोन कननी; र यहूदा इस्करियोत, जो येशूको विश्वसघाती भयो र अधिकारीहरूलाई उहाँलाई देखायो जसले गर्दा तिनीहरूले उहाँलाई गिरफ्तार गर्न सके। BSB BSB: Simon the Zealot, and Judas Iscariot, who betrayed Jesus.
6 UDB त्यसको सट्टोमा, इस्राएलका मानिसहरूकहाँ जाओ; तिनीहरू आफ्ना गोठालो हराएका भेडाहरूजस्ता छन्। BSB BSB: Go rather to the lost sheep of Israel.
7 UDB जब तिमीहरू तिनीहरूकहाँ जान्छौ, परमेश्वरले स्वर्गबाट चाँडैनै राज्य गर्नुहुने छ भनी तिनीहरूलाई घोषणा गर। BSB BSB: As you go, preach this message: ‘The kingdom of heaven is near.’
8 UDB बिरामी मानिसहरूलाई निको पार, मरेका मानिसहरूलाई जीवित पार, कुष्ट रोग भएका मानिसहरूलाई निको पार र तिनीहरूलाई समाजमा ल्याओ, र भुत आत्माहरूलाई तिनीहरूले अधीन गरेका मानिसहरूबाट भगाओ। मानिसहरूलाई सहायता गरेकोमा पैसा लिँदै नलेओ, किनभने परमेश्वरले तिमीहरूलाई सहायता गर्नुभएको लागि उहाँले तिमीहरूबाट कुनै कुरा लिनुभएन। BSB BSB: Heal the sick, raise the dead, cleanse the lepers, drive out demons. Freely you have received; freely give.
9 UDB तिमीहरूसँग पैसा लाँदै नलैजाओ, BSB BSB: Do not take along any gold or silver or copper in your belts.
10 UDB न त तिमीहरूका सामान भएको झोला। एउटा जगेडा अलखा पनि नलैजाओ, न त तिमीहरूले लगाएको बाहेक जगेडा चप्पल, न त एउटा टेक्ने लौरो। हरेक कामदारले जसको काम गर्छ त्यसबाट उसले ज्याला पाउनुपर्छ, यसैले जुन मनिसहरूका लागि तिमीहरू जान्छौ तिनीहरूबाट तिमिहरुले भोजन पाउनुपर्छ। BSB BSB: Take no bag for the road, or second tunic, or sandals, or staff; for the worker is worthy of his provisions.
11 UDB तिमीहरू जुन नगर वा गाउँमा पस्छौ, त्यहाँ एकजना व्यक्तिलाई भेट्टाओ जसले तिमीहरूलाई आफ्नो घरमा राख्ने इच्छा गर्छ। BSB BSB: Whatever town or village you enter, find out who is worthy there and stay at his house until you move on.
12 UDB तिमीहरू त्यस घरमा जाँदा, त्यस घरमा बस्ने मनिसहरूलाई भलाइ गर्न परमेश्वरमा विन्ती गर। तिमीहरूले त्यो नगर वा गाउँलाई छोडेर नगएसम्म त्यस घरमा बस। BSB BSB: As you enter the home, greet its occupants.
13 UDB त्यस घरमा बस्ने मानिसहरूले तिमीहरूलाई राम्ररी स्वागत गरे भने, परमेश्वरले साँच्चै नै तिनीहरूको भलाइ गर्नुहुने छ। तर तिनीहरूले तिमीहरूलाई राम्ररी स्वागत गरनन् भने तिमीहरूको प्रार्थनाले तिनीहरूलाई सहायता हुने छैन, र परमेश्वरले तिनीहरूको भलाइ गर्नुहुने छैन। BSB BSB: If the home is worthy, let your peace rest on it, but if it is not, let your peace return to you.
14 UDB कुनै घरमा वा नगरमा बसोबास गर्ने मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, न त तिमीहरूका सन्देश सुन्छन् भने, त्यो ठाउँ छोडेर जाओ। तिमीहरूले छोडेरे जानलाग्दा, आफ्ना पाउहरूका धुलो झार। त्यसो गरेर, जसरी तिमीहरूले भनेका कुराहरूलाई तिनीहरूले इन्कार गरे त्यसरी नै परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुहुने छ भनी तिमीहरूले तिनीहरूलाई चेतावनी दिने छौ। BSB BSB: And if anyone will not welcome you or heed your words, shake the dust off your feet when you leave that home or town.
15 UDB यो कुरा होसियाररूपमा ध्यान देओः परमेश्वरले सबै मानिसहरूको न्याय गर्नुहुँदा, उहाँले सदोम र गमोरामा बसोबास गरेका दुष्ट मानिसहरूलाई दण्ड दिनुहुने छ। तर कुनै सहरका मानिसहरूले तिमीहरूलाई इन्कार गरे भने, परमेश्वरले तिनीहरुलाई झन् बढी असह्यरूपमा दण्ड दिनुहुने छ। BSB BSB: Truly I tell you, it will be more bearable for Sodom and Gomorrah on the day of judgment than for that town.
16 UDB ध्यान देओः जब म तिमीहरूलाई पठाउँछु, ब्वाँसाहरूजस्ता खतरनाक मानिसहरूका माझमा तिमीहरू भेंडाहरूजस्तै असाहाय हुने छौ। यसैले सर्पहरू होसियार भएजस्तै होशियार होओ र परेवाहरू हानिरहीत भएझैँ तिनीहरूका निम्ति सिधासादा होओ। BSB BSB: Behold, I am sending you out like sheep among wolves; therefore be as shrewd as snakes and as innocent as doves.
17 UDB अझ अरू, त्यस्ता मानिसहरूबाट सुरक्षित बस किनभने तिनीहरूले तिमीहरुलाई गिरफ्तार गर्ने छन् र तिमीहरूको न्यायिक जाँचबुझको लागि तिमीहरूलाई शासकीय परिषदहरूका सदस्यहरूकहाँ लैजाने छन्। तिनीहरूले तिमीहरूलाई आफ्ना सभाघरहरूमा कोर्रा लगाउने छन्। BSB BSB: But beware of men, for they will hand you over to their councils and flog you in their synagogues.
18 UDB र तिमीहरू मेरा भएका कारणले तिमीहरूको न्यायिक जाँचबुझ गर्न र तिमीहरूलाई दण्ड दिनको लागि तिनीहरूले तिमीहरूलाई गवर्नरहरू र राजाहरूका सामु लाने छन्। तर तिमीहरूले मेरो बारेमा ती शासकहरू र अन्य गैर-यहूदीहरूलाई साक्षी दिने छौ। BSB BSB: On My account you will be brought before governors and kings as witnesses to them and to the Gentiles.
19 UDB जब ती मानिसहरूले तिमीहरूलाई गिरफ्तार गर्ने छन्, तिमीहरूले तिनीहरूलाई भन्नुपर्ने कुराका बारेमा चिन्तित नहोओ किनभने तिमीहरूले भन्नुपर्ने शब्दहरू तिमीहरूलाई आउने छ। BSB BSB: But when they hand you over, do not worry about how to respond or what to say. In that hour you will be given what to say.
20 UDB के भन्नुपर्ने त्यो निर्णय गर्ने तिमीहरू हुने छैनौ। तर त्यसको सट्टोमा, स्वर्गका पिताको आत्माले जे तिमीहरूलाई बोल्न भन्नुहुने छ त्यो तिमीहरू भन्ने छौ। BSB BSB: For it will not be you speaking, but the Spirit of your Father speaking through you.
21 UDB तिनीहरूले तिमीहरूलाई मार्न अधिकारीहरूकहाँ लाने छन् किनभने तिमीहरू मलाई विश्वास गर्छौ। उदाहरणको लागि, मानिसहरूले आफ्ना दाजुभाइलाई त्यसो गर्ने छन् र बुबाहरूले आफ्ना छोराछोरीलाई त्यसो गर्ने छन्। छोराछोरीले आफ्ना बुबाआमाका विरुद्ध विद्रोह गर्ने छन् र तिनीहरूलाई मार्ने छन्। BSB BSB: Brother will betray brother to death, and a father his child; children will rise against their parents and have them put to death.
22 UDB धेरैजना मानिसहरूले तिमीहरूलाई घृणा गर्ने छन् किनभने तिमीहरू मलाई विश्वास गर्छौ। तर आफ्नो मृत्युसम्म विश्वासयोग्यरूपमा मलाई विश्वास गर्ने कोही पनि छन् भने, परमेश्वरले त्यस्ता मानिसहरूलाई बचाउनुहुने छ। BSB BSB: You will be hated by everyone because of My name, but the one who perseveres to the end will be saved.
23 UDB जब कुनै एउटा सहरमा भएका मानिसहरूले तिमीहरूलाई दुःख दिन्छन्, तब अर्को सहरमा भाग। यो कुरा ध्यान देओः तिमीहरूले इस्राएलको सबै ठाउँमा एउटा नगरबाट अर्को नगरमा पुग्नु र मानिसहरूलाई मेरो बारेमा प्रचार गरेर सिध्याउनुभन्दा पहिले नै म, मानिसको पुत्र, निश्चितरूपमा पृथ्वीमा फर्किनेछु। BSB BSB: When they persecute you in one town, flee to the next. Truly I tell you, you will not reach all the towns of Israel before the Son of Man comes.
24 UDB एकजना चेलाले आफ्नो गुरुभन्दा महान हुने आशा गर्नुहुँदैन, र सेवकहरू आफ्ना मालिकहरूभन्दा वरिष्ठ हुँदैनन्। BSB BSB: A disciple is not above his teacher, nor a servant above his master.
25 UDB मानिसहरूले आफ्ना गुरुलाईभन्दा बढी असल व्यवहार विद्यार्थीलाई गर्ने छन् वा तिनीहरूले आफ्ना मालिकलाई भन्दा बढी असल व्यवहार सेवकलाई गर्ने छन् भनी तिमीहरूले आशा गर्नु हँदैन। त्यसरी नै, म तिमीहरूको शिक्षक र मालिक भएको कारणले, मानिसहरूले तिमीहरूलाई दुर्व्यवहार गर्ने आशा तिमीहरू गर्न सक्छौ, किनभने तिनीहरूले मलाई दुर्व्यवहार गरे। म एउटा घरानाको शासकजस्तो हुँदा पनि तिनीहरूले शैतान भन्छन्। तिनीहरू मलाई त्यस्तो खराबरूपमा व्यवहार गर्छन् भने, तिनीहरूले तिमीहरूलाई कसरी व्यवहार गर्ने छन् भनी तिमीहरू विचार गर्छौ?” BSB BSB: It is enough for a disciple to be like his teacher, and a servant like his master. If the head of the house has been called Beelzebul, how much more the members of his household!
26 UDB “ती मानिसहरूसँग भयभीत नहोओ। ढाकेर राखिएका हरेक कुरा उदाङ्गो पारिने छन्, र हरेक गुप्त कुराको जनकारी गराइने छ। BSB BSB: So do not be afraid of them. For there is nothing concealed that will not be disclosed, and nothing hidden that will not be made known.
27 UDB यसैले, डराउनुको साटोमा, मानिसहरूले रातमा गर्ने कामजस्तो जे म तिमीहरूलाई गुप्तमा भन्छु, मानिसहरूले दिनमा गर्ने कामजस्तो त्यो तिमीहरूले खुल्लमखुल्ला भन। मानिसहरूले तिमीहरूसँग कानेखुशी गरेजस्तो जे म तिमीहरूलाई एकान्तमा भन्छु, त्यो तिमीहरूले खुल्लमखुल्ला घोषणा गर। BSB BSB: What I tell you in the dark, speak in the daylight; what is whispered in your ear, proclaim from the housetops.
30 UDB उहाँलाई तिमीहरूको बारेमा पनि हरेक कुरा थाहा छ। तिमीहरूको शिरमा कतिवटा रौंहरू छन् भन्ने कुरा पनि उहाँलाई थाहा छ! BSB BSB: And even the very hairs of your head are all numbered.
31 UDB परमेश्वरले भँगेराहरूभन्दा बढी तिमीहरूलाई मूल्यवान ठान्नुहुन्छ। यसैले तिमीहरूलाई मार्ने धम्की दिने मानिसहरूदेखि नडराओ! BSB BSB: So do not be afraid; you are worth more than many sparrows.
33 UDB तर अरूहरूका सामु तिनीहरू मेरा हुन् भन्न तिनीहरू डराउँछन् भने, स्वर्गमा हुनुहुने मेरा पितालाई तिनीहरू मेरा होइनन् भनी म भन्ने छु।” BSB BSB: But whoever denies Me before men, I will also deny him before My Father in heaven.
35 UDB म पृथ्वीमा आएकोले मलाई विश्वास नगर्ने मानिसहरू मलाई विश्वास गर्नेहरूका विरुद्धमा खडा हुने छन्। उदाहरणको लागि, कोही छोराहरूले आफ्ना बुबाहरूको विरोध गर्ने छन्, कोही छोरीहरूले आफ्ना आमाहरूको विरोध गर्ने छन् र कोही बुहारीहरूले आफ्ना सासूहरूको विरोध गर्ने छन्। BSB BSB: For I have come to turn ‘a man against his father, a daughter against her mother, a daughter-in-law against her mother-in-law.
36 UDB यसले यो देखाउँछ कि, कहिलेकाहीँ कही व्यक्तिका शत्रुहरू उसका आफ्नै घरानाका सदस्यहरू हुने छन्। BSB BSB: A man’s enemies will be the members of his own household.’
39 UDB मर्नबाट उम्कनको लागि ममाथिको विश्वासलाई इन्कार गर्ने मानिसहरू अनन्तकालसम्म परमेश्वरसँग बसोबास गर्ने छैनन्, तर मलाई विश्वास गरेको कारणले आफ्नो जीवनहरू गुमाउन तयार हुने मनिसहरू अनन्तकालसम्म परमेश्वरसँग बसोबास गर्ने छन्।” BSB BSB: Whoever finds his life will lose it, and whoever loses his life for My sake will find it.
40 UDB “तिमीहरूलाई स्वागत गर्ने हरेकले मलाई स्वागत गर्छ भनी परमेश्वर ठान्नुहुन्छ, र मलाई स्वागत गर्ने हरेकले मलाई पठाउनुहुने, उहाँलाई स्वागत गर्छ भनी उहाँ ठान्नुहुन्छ। BSB BSB: He who receives you receives Me, and he who receives Me receives the One who sent Me.
41 UDB तिनी अगमवक्ता हुन् भनी जानेको कारणले कसैलाई स्वागत गर्ने मानिसहरू छन् भने- अगमवक्ताहरूले परमेश्वरबाट पउने इनाम नै तिनीहरूले पनि पाउने छन्। त्यसरी नै, धर्मी हुन् भनी जानेको कारणले कसैलाई स्वागत गर्ने मानिसहरू छन् भने– धर्मी मनिसहरूले परमेश्वरबाट पउने इनाम नै तिनीहरूले पनि पाउने छन्। BSB BSB: Whoever receives a prophet because he is a prophet will receive a prophet’s reward, and whoever receives a righteous man because he is a righteous man will receive a righteous man’s reward.
42 UDB यो ध्यान देओः मानौं, तिमी एक प्रतिष्ठित व्यक्ति नभए तापनि, मानिसहरूले तिमीलाई मेरो चेलाहरूमध्ये एक हौ भनी चिनेको करणले तिनीहरूले तिमीलाई तिर्खाएको देख्छन् र चिसो पानी पिउन दिन्छन्। त्यसो गर्ने मानिसहरूलाई परमेश्वरले निश्चय पनि इनाम दिनुहुने छ। BSB BSB: And if anyone gives even a cup of cold water to one of these little ones because he is My disciple, truly I tell you, he will never lose his reward.”