1 UDB अन्तमा मेरा विश्वासी बन्धुहरू, निरन्तर आनन्दित होओ किनभने तिमीहरू प्रभुका हौ। तिमीहरूलाई यसअघि भनेकै विषयहरूका बारेमा म अब फेरि लेख्न गइरहेको भए तापनि यस कुराले मलाई थकित बनाउँदैन र यसले तिमीहरूलाई त्यस्ताहरूबाट सुरक्षित बनाउनेछ जसले तिमीहरूको हानि गर्ने इच्छा गर्छन्। BSB BSB: Finally, my brothers, rejoice in the Lord. It is no trouble for me to write the same things to you again, and it is a safeguard for you.
3 UDB तर हाम्रो बारेमा—साँचो रूपमा परमेश्वरको आराधना गर्नलाई परमेश्वरको आत्माले हामीलाई सक्षम बनाउनुहुन्छ। हामीले ख्रीष्ट येशूमा विश्वास गर्ने हुनाले हामी आनन्दित हुन्छौं, र मानिसहरूले पूरा गर्ने विधिहरू र उत्सवहरूको हाम्रा निम्ति कुनै अर्थ छैन। त्यसकारण साँचो खतना हुनुको अर्थ हामी आफैं हौं। BSB BSB: For it is we who are the circumcision, we who worship by the Spirit of God, who glory in Christ Jesus, and who put no confidence in the flesh—
4 UDB परमेश्वरलाई खुशी तुल्याउन कुनै व्यक्तिले धेरै कुराहरूे गरेको छ भने, त्यो म नै हुन सक्छु। BSB BSB: though I myself could have such confidence. If anyone else thinks he has grounds for confidence in the flesh, I have more:
5 UDB म जन्मेपछि आठौं दिनमा तिनीहरूले मेरो खतना गरे। म इस्राएलका मानिसहरूमध्ये एक जना भएर जन्में। म बेन्यामीनको कुलबाट आएको हुँ। मभन्दा बढी हिब्रू व्यक्ति तिमीहरूले भेट्टाउन सक्तैनौ! मेरा पुर्खाहरू सबै हिब्रूहरू थिए। र एक जना फरिसीको रूपमा मैले मोशाको व्यवस्था र तिनका बारेमा हाम्रा पुर्खाहरूले सिकाएका कुरा सबै पालन गरें। BSB BSB: circumcised on the eighth day, of the people of Israel, of the tribe of Benjamin; a Hebrew of Hebrews; as to the law, a Pharisee;
6 UDB मानिसहरूलाई व्यवस्था पालना गर्न लगाउन म यति जोशिलो भएँ जसले गर्दा मैले ख्रीष्टका विश्वासीहरूलाई कष्ट दिएँ। मैले कहिलै पनि व्यवस्थाको आज्ञा पालन नगरेको भनेर कसैले पनि भन्न सकेन। BSB BSB: as to zeal, persecuting the church; as to righteousness in the law, faultless.
7 UDB तर मैले त्यतिबेला महत्त्वपूर्ण ठानेका हरेक कुरा अब म मूल्यहीन ठान्छु, किनभने ख्रीष्टले मलाई परिवर्तन गर्नुभएको छ। BSB BSB: But whatever was gain to me I count as loss for the sake of Christ.
8 UDB बरु, झन् बढी यतिबेला ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने कुराको तुलनामा म ती सबै कुराहरूलाई मूल्यहीन मात्र होइन, तर बिनाकामको फाल्नुपर्ने फोहर ठान्दछु। ख्रीष्टबाट लाभ प्राप्त गर्नको निम्ति हरेक मूल्यहीन कुरालाई मैले आफ्नो जीवनबाट हटाएको छु। BSB BSB: More than that, I count all things as loss compared to the surpassing excellence of knowing Christ Jesus my Lord, for whom I have lost all things. I consider them rubbish, that I may gain Christ
9 UDB अब म पूर्ण रूपले ख्रीष्टको भएको छु। व्यवस्था पालना गरेर म आफैंलाई परमेश्वरको दृष्टिमा धर्मी बनाउन सक्दिन भन्ने कुरा म जान्दछु। बरु, म पूर्ण रूुपले ख्रीष्टमा विश्वास गर्छु, यसरी परमेश्वरले मलाई उहाँको दृष्टिमा धर्मी घोषणा गर्नुभएको छ। BSB BSB: and be found in Him, not having my own righteousness from the law, but that which is through faith in Christ, the righteousness from God on the basis of faith.
10 UDB मैले ख्रीष्टलाई जान्न सुरु गरौं भनेर परमेश्वरले मलाई उहाँको नजरमा धर्मी घोषणा गर्नुभयो, जसले गर्दा परमेश्वरले जुन शक्तिले ख्रीष्टलाई मृत्युबाट जीवित पार्नुभयो उहाँले ममा त्यहीअनुरूप काम सुरु गर्नुभएको होस्, यसरी ख्रीष्टले दुःख भोग्नुभए जस्तै मैले उहाँसँगै दुःख भोग्न सुरु गर्न सकौं र जसको कारणले ख्रीष्टले मलाई उहाँको मृत्यु हुँदाजस्तै बनाउन सक्नुभएको होस्। BSB BSB: I want to know Christ and the power of His resurrection and the fellowship of His sufferings, being conformed to Him in His death,
11 UDB परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुरूप उहाँले मलाई फेरिी जीवित पार्नुहुनेछ भनेर मैले उहाँमा पूर्ण रूपमा आशा गर्ने हुनाले यी सबै कुरा भएका हुन्। BSB BSB: and so, somehow, to attain to the resurrection from the dead.
13 UDB मेरा विश्वासी बन्धुहरू, यी सबै कुराहरू ममा पूर्ण रूपमा पूरा भएका छन् भनेर म अझैसम्म निश्चित रूपमा विचार गर्दिन। तर म एक जना धावक जस्तो हुँ, किनभने म अन्तिम रेखामा अघितिर दौडँदा म फछि फर्केर हेर्दिन। BSB BSB: Brothers, I do not consider myself yet to have taken hold of it. But one thing I do: Forgetting what is behind and straining toward what is ahead,
14 UDB बरु, परमेश्वरसँग सदासर्वदा बास गर्न पाउने पुरस्कार जित्न सकौं भन्ने हेतुले म निरन्तर अन्तिम रेखातर्फ दौडन्छु। परमेश्वरले मलाई यसैका निम्ति बोलावट दिनुभएको हो र ख्रीष्ट येशूले यो सम्भव तुल्याउनुभएको छ। BSB BSB: I press on toward the goal to win the prize of God’s heavenly calling in Christ Jesus.
15 UDB यसैले हामी बलिया भएका विश्वासीहरू सबैले यसरी नै विचार गर्नुपर्छ। तर तिमीहरूमध्ये कुनै व्यक्तिले यसरी विचार गर्दैन भने, परमेश्वरले यो कुरा तिमीहरूलाई प्रकट गर्नुहुनेछ। BSB BSB: All of us who are mature should embrace this point of view. And if you think differently about some issue, God will reveal this to you as well.
16 UDB हाम्रो बारेमा यतिबेला जे कुरो सत्य भए पनि, हामी जति टाढासम्म आएको भए पनि, हामीले अहिलेसम्म जसरी ख्रीष्टलाई विश्वास गरेका छौं त्यसरी नै गरिराखौं। BSB BSB: Nevertheless, we must live up to what we have already attained.
17 UDB मेरा विश्वासी बन्धुहरू, मसँग सहभागी होओ र मेरो अनुकरण गर र मैले झैं जीवन बिताउने मानिसहरूलाई नजीकबाट नियालेर हेर र हाम्रा उदाहरणको अनुकरण गर। BSB BSB: Join one another in following my example, brothers, and carefully observe those who walk according to the pattern we set for you.
18 UDB ख्रीष्टमा विश्वास गर्छौं भन्ने मानिसहरू धेरै जना छन्, तर उहाँले क्रूसमा हाम्रा निम्ति जे गर्नुभयो त्यसलाई तिनीहरू साँच्चै नै विरोध गर्छन्। ती मानिसहरूका बारेमा मैले यसअघि धेरै पल्ट भनेको छु र अहिले मैले तिनीहरूका बारेमा तिमीलाई फेरिी भन्दै गर्दा म निराश भएको छु, रुँदै पनि छु। BSB BSB: For as I have often told you before, and now say again even with tears: Many live as enemies of the cross of Christ.
19 UDB परमेश्वरले अन्त्यमा तिनीहरूको नाश गर्नुहुनेछ किनभने तिनीहरूको खाने इच्छा नै तिनीहरूको ईश्वर हो र तिनीहरू लाजमर्दो किसिमले जीवन बिताउँछन् र पृथ्वीका कुराहरूका बारेमा विचार गर्छन्। BSB BSB: Their end is destruction, their god is their belly, and their glory is in their shame. Their minds are set on earthly things.
20 UDB हाम्रा बारेमा, हामीहरू स्वर्गका नागरिक हौं। हाम्रा प्रभु र उद्धारकर्ता येशू ख्रीष्ट स्वर्गबाट फेरि आउनुभएको हेर्न हामीहरू उत्सुकतासाथ पर्खंदैछौं। BSB BSB: But our citizenship is in heaven, and we eagerly await a Savior from there, the Lord Jesus Christ,
21 UDB अहिले हामीसँग भएका कमजोर तथा होच्याइएका शरीरहरूलाई उहाँको आफ्नै शक्तिशाली शरीर जस्तै गरी उहाँले परिवर्तन गर्नुहुनेछ। उहाँले सम्पूर्ण कुराहरूलाई अधीन गर्नुहुने शक्तिले नै उहाँले यसो गर्नुहुनेछ। BSB BSB: who, by the power that enables Him to subject all things to Himself, will transform our lowly bodies to be like His glorious body.
Select verses for actions: Enter goes to them and Escape comes back.