1 UDB येशू ख्रीष्टले म, यूहन्नालाई देखाउनुभएका कुराहरू यो पुस्तक हुन्। येशूले यी कुराहरू आफ्ना सेवकहरूलाई दिन सक्नुभएको होस् भनेर परमेश्वरले यी उहाँलाई देखाउनुभयो। यी कुराहरू चाँडै नै हुन आउनेछन्। येशूले आफ्नो स्वर्गदूतलाई आफ्नो सेवक यूहन्नाकहाँ पठाउनुभएर उहाँले यी कुराहरू बताउनुभयो। BSB BSB: This is the revelation of Jesus Christ, which God gave Him to show His servants what must soon come to pass. He made it known by sending His angel to His servant John,
2 UDB परमेश्वरको वचनको र येशू ख्रीष्टका सम्बन्धमा दिइएका साँचो विवरणहरूका बारेमा म, यूहन्नाले देखेका र सुनेका हरेक कुराको एक जना साक्षीको रूपमा मैले विवरण दिएँ। BSB BSB: who testifies to everything he saw. This is the word of God and the testimony of Jesus Christ.
3 UDB यी वचनहरू पढ्ने कुनै पनि व्यक्तिलाई र ती चर्को स्वरले पढिंदै गर्दा सुन्ने कसैलाई पनि परमेश्वरले असल गर्नुहुनेछ। ती ध्यानले सुन्ने र ती पालन गर्नेहरूलाई उहाँले असल गर्नुहुनेछ, किनकि यी कुराहरू हुने समय चाँडै आउँदैछ। BSB BSB: Blessed is the one who reads aloud the words of this prophecy, and blessed are those who hear and obey what is written in it, because the time is near.
4 UDB एसिया प्रान्तमा भएका विश्वासीहरूका सातवटा मण्डली समूहहरूलाई म, यूहन्नाले यो पत्र लेख्दैछु। परमेश्वर तिमीहरूप्रति दयालु हुनुभएको होस् र तिमीहरूलाई शान्ति दिनुभएको होस्, किनकि उहाँ नै हुनुहुन्छ जो सधैंभरि अस्तित्वमा हुनुहुन्थ्यो, जो अहिले अस्तित्वमा हुनहुन्छ र जो भविष्यमा सधैंभरि अस्तित्वमा रहनुहुनेछ। उहाँको सिंहासनको सामु विराजमान रहनुहुने सात आत्माहरूले पनि तिमीहरूका निम्ति यी कुराहरू गर्नुभएको होस्। BSB BSB: John, To the seven churches in the province of Asia: Grace and peace to you from Him who is and was and is to come, and from the seven spirits before His throne,
5 UDB येशू ख्रीष्टको—जसले हामीलाई विश्वासयोग्य भएर परमेश्वरको सत्यता भन्नुभएको छ—दया तिमीहरूमा रहोस् र तिमीहरूलाई शान्ति होस्। किनभने उहाँ नै पहिलो हुनुहुन्छ जसलाई परमेश्वरले मृतकबाट फेरि जीवित पार्नुभयो, र उहाँले नै पृथ्वीका राजाहरूमाथि राज्य गर्नुहुन्छ। हामीलाई प्रेम गर्ने उहाँ नै हुनुहुन्छ र उहाँ क्रूसमा मर्नुहुँदा उहाँले बगाउनुभएको रगतद्वारा हाम्रा पापहरूका दोषबाट हामीलाई छुटकारा दिनुभएको छ। BSB BSB: and from Jesus Christ, the faithful witness, the firstborn from the dead, and the ruler of the kings of the earth. To Him who loves us and has released us from our sins by His blood,
6 UDB उहाँ नै एक जना हुनुहुन्छ जसले आफ्नो राज्यमा राज्य गर्न सुरु गर्नुभएको छ। उहाँले हामीलाई पुूजारीहरू हुनलाई अलग गर्नुभएको छ जसले उहाको आज्ञाअनुसार परमेश्वर उहाँका पिताको आराधना गर्छन्। येशू ख्रीष्ट नै हुनुहुन्छ, जसलाई हामीले सदासर्वदा आदर र प्रशंसा गर्नुपर्छ। सत्य यही हो। BSB BSB: who has made us to be a kingdom, priests to His God and Father—to Him be the glory and power forever and ever! Amen.
7 UDB हेर! ख्रीष्ट बादलहरूमा आउँदै हुनुहुन्छ। हरेक व्यक्तिले जसले उहाँलाई क्रूसमा किला ठोके तिनीहरूले समेत उहाँलाई देख्नेछ। पृथ्वीमा भएका हरेक कुलले जब उहाँ आउँदै गरेको देख्नेछन्, तब दु:ख र शोक गर्नेछन्। सत्य त्यही हो! BSB BSB: Behold, He is coming with the clouds, and every eye will see Him—even those who pierced Him. And all the tribes of the earth will mourn because of Him. So shall it be! Amen.
8 UDB परमप्रभु परमेश्वरले भन्नुहुन्छ, “सबै कुराहरूको सुरु गर्ने अल्फा म नै हुँ र सबै कुराहरूको अन्त्य गर्ने ओमेगा म नै हुँ। म नै हुँ जसको अस्तित्व छ र जो सधैंभरि अस्तित्व थिएँ र जो सधैंभरि अस्तित्वमा रहनेछु। हरेक कुरा र हरेक व्यक्तिमा राज्य गर्ने म नै हुँ।” BSB BSB: “I am the Alpha and the Omega,” says the Lord God, who is and was and is to come—the Almighty.
9 UDB तिमीहरूका विश्वासी बन्धु म यूहन्नाले तिमीहरूले जस्तै कष्ट भोग्दैछु, किनभने येशूले हामीमा राज्य गर्नुहुन्छ। हाम्रो विश्वासको निम्ति दुःख भोग्ने बोलावटमा हामी एकसाथ सहभगी हुन्छौं। उहाँले सबै कुराहरूमा राज्य र शासन गर्नुहुँदा हामी सहभागी हुन्छौं, र आउन लागेका हरेक परीक्षा र जाँचलाई हामी धैर्यपूर्वक सहँदैछौं। मैले मानिसहरूलाई परमेश्वरको शन्देस र येशूको सत्यता निरन्तर बताएको कारणले मलाई झ्यालखानमा हालियो र पत्मोस टापूमा पठाइयो। BSB BSB: I, John, your brother and partner in the tribulation and kingdom and perseverance that are in Jesus, was on the island of Patmos because of the word of God and my testimony about Jesus.
10 UDB हामीले अरू विश्वासीहरूका साथमा आराधना गर्ने दिनहरूमध्ये एक दिन बेला परमेश्वरको आत्माले मलाई नियन्त्रण गर्नुभयो। तब मैले आफ्नो पछाडि कोही एक जना बोलिीरहेको सुनें। उहाँको आवाज एउटा तुरहीको जस्तै थियो जुन बजाइएको थियो। BSB BSB: On the Lord’s day I was in the Spirit, and I heard behind me a loud voice like a trumpet,
11 UDB उहाँले मलाई भन्नुभयो, "तिमी देखेको कुरा एउटा चर्मपत्रमा लेख र त्यसलाई विश्वासीहरूका सातै मण्डलीहरूलाई पठाऊ। यसलाई एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियाका सहरहरूमा भएका विश्वासीहरूलाई पठाऊ। BSB BSB: saying, “Write on a scroll what you see and send it to the seven churches: to Ephesus, Smyrna, Pergamum, Thyatira, Sardis, Philadelphia, and Laodicea.”
12 UDB जब मैले यी शब्दहरू सुनें, तब को बोल्दै हुनुहुन्थ्यो भनी हेर्न म पछाडि फर्कें। तब मैले सातवटा सुनका सामदान देखेंँ। BSB BSB: Then I turned to see the voice that was speaking with me. And having turned, I saw seven golden lampstands,
13 UDB सामदानका माझमा कोही एक जना हुनुहुन्थ्यो जो एक जना मानिस जस्तै देखिनुहुन्थ्यो। उहाँले एउटा वस्त्र पहिरिनुभएको थियो जसले उहाँको पाउ ढाकेको थियो र आफ्नो छातीमा एउटा सुनको फित्ता बाँध्नुभएको थियो। BSB BSB: and among the lampstands was One like the Son of Man, dressed in a long robe, with a golden sash around His chest.
14 UDB उहाँको शिरको कपाल सेतो ऊन वा ताजा झरेको हिउँ जस्तो सेतो थियो। उहाँका आँखा चम्किलो ज्वाला जस्तै थिए। BSB BSB: The hair of His head was white like wool, as white as snow, and His eyes were like a blazing fire.
15 UDB उहाँका पाउहरू टल्कने काँसा जस्तो देखिन्थ्यो। उहाँ बोल्नुहुँदा तेज गतिमा बग्ने एउटा ठूलो नदीको उच्च तथा गहिरो आवाज उहाँको आवाज थियो। BSB BSB: His feet were like polished bronze refined in a furnace, and His voice was like the roar of many waters.
16 UDB आफ्नो दाहिने हातमा उहाँले सातवटा ताराहरू समातिराख्नुभएको थियो। धारिला दुईवटा धारहरू भएको एउटा तरवार उहाँको मुखबाट बाहिर निस्कँदै थियो। उहाँको अनुहार मध्यदिनको सूर्य जस्तै चहकिलो थियो। BSB BSB: He held in His right hand seven stars, and a sharp double-edged sword came from His mouth. His face was like the sun shining at its brightest.
17 UDB जब मैले उहाँलाई देखें, तबँ म मरेको जस्तै भएर उहाँको पाउमा घोप्टो परें। तर उहाँले आफ्नो दाहिने हात ममाथि राख्नुभयो र मलाई भन्नुभयो, "नडराऊ! सबै कुराहरूको सुरु गर्ने पहिलो व्यक्ति म नै हुँ र सबै कुराहरूको अन्त्य गर्ने अन्तिम व्यक्ति पनि म नै हुँ। BSB BSB: When I saw Him, I fell at His feet like a dead man. But He placed His right hand on me and said, “Do not be afraid. I am the First and the Last,
18 UDB एकपल्ट मेरो मृत्यु भए तापनि म जीवित छु र वास्तवमा म सदासर्वदाको निम्ति जीवित छु! मृत्युमाथि मेरो शक्ति छ र मृत्युको ठाउँलाई मैले नै नियन्त्रण गर्छु। BSB BSB: the Living One. I was dead, and behold, now I am alive forever and ever! And I hold the keys of Death and of Hades.
19 UDB यसैले तिमीले जे देखेका छौ त्यो लेख। र अहिले जे भइरहेको छ त्यो लेख। र भविष्यमा जे हुनेछ त्यो लेख। BSB BSB: Therefore write down the things you have seen, the things that are, and the things that will happen after this.
20 UDB तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू र सातवटा सुनका सामदानको अर्थ यो हो: सात ताराहरूले एसियामा भएका विश्वासीहरूका सातवटा मण्डलीहरूको हेरचाह गर्ने दूतहरूको प्रतिनिधित्व गर्छन् र सातवटा सामदानले त्यहाँ भएका सातवटा मण्डलीहरूको प्रतिनिीधित्व गर्छन्।” BSB BSB: This is the mystery of the seven stars you saw in My right hand and of the seven golden lampstands: The seven stars are the angels of the seven churches, and the seven lampstands are the seven churches.
Select verses for actions: Enter goes to them and Escape comes back.