1 UDB म यहूदा हुँ। म येशू ख्रीष्टको एक जना सेवक र याकूबको एक जना भाइ हुँ। तिमीहरू जसलाई परमेश्वरले आफ्नो हुनलाई बोलाउनुभएको छ, तिमीहरू जसलाई परमेश्वर पिताले प्रेम गर्नुहुन्छ, तिमीहरू जसलाई उहाँले येशू ख्रीष्टको निम्ति निरन्तर सुरक्षित राख्नुहुन्छ, म तिमीहरूलाई लेख्दैछु। BSB BSB: Jude, a servant of Jesus Christ and a brother of James, To those who are called, loved by God the Father, and kept in Jesus Christ:
2 UDB तिमीहरूमा परमेश्वरको धेरै कृपा रहोस्। तिमीहरूलाई उहाँले धेरै शान्ति दिनुभएको होस्, र तिमीहरूलाई उहाँले धेरै प्रेम गर्नुभएको होस्। BSB BSB: Mercy, peace, and love be multiplied to you.
4 UDB केही मानिसहरू तिमीहरूका मण्डलीहरूभित्र लुसुक्क घुस्दैछन्। तिनीहरू त्यस्ता दुष्ट मानिसहरू हुन् जसका बारेमा धेरै अघि नै अगमवक्ताहरूले लेखे— तिनीहरूले झूटा कुराहरू सिकाउँछन् र यौनको पाप गर्ने अनुमति दिनलाई परमेश्वरको अनुग्रहलाई बङ्ग्याउँछन्। यसरी येशू ख्रीष्ट हाम्रा एकमात्र मालिक र प्रभुको बारेमा जे कुरा साँचो हो त्यसको तिनीहरूले विरोध गर्छन्। BSB BSB: For certain men have crept in among you unnoticed—ungodly ones who were designated long ago for condemnation. They turn the grace of our God into a license for immorality, and they deny our only Master and Lord, Jesus Christ.
5 UDB तिमीहरूलाई यी सबै कुराहरू पहिल्यैदेखि नै थाहा भए तापनि, केही कुराहरू छन् जसका बारेमा म तिमीहरूलाई सम्झाउने इच्छा गर्छु। यो कुरा नबिर्स कि परमप्रभुले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट छुटकारा दिनुभयो, तापनि ती मानिसहरूमध्ये धेरैजसो जसले उहाँमा विश्वास गरेनन्, ती मानिसहरूलाई उहाँले नष्ट गर्नुभयो। BSB BSB: Although you are fully aware of this, I want to remind you that after Jesus had delivered His people out of the land of Egypt, He destroyed those who did not believe.
6 UDB साथै, धेरै संख्यामा स्वर्गदूतहरू थिए, जसलाई परमेश्वरले स्वर्गमा अधिकारको दर्जाहरूमा राख्नुभयो। तर तिनीहरूले ती अधिकारको दर्जाहरूमा रहेर निरन्तर राज्य गरेनन्। बरु, तिनीहरूले ती स्थानहरू त्यागे। यसैले परमेश्वरले ती दूतहरूलाई सधैंँको निम्ति साङ्गलोमा बाँधेर नरकको अन्धकारमा राख्नुभएको छ। परमेश्वरको इन्साफ गर्ने र तिनीहरूलाई दण्ड दिने महत्वपूर्ण दिन नआउन्जेलसम्म तिनीहरू त्यहाँ रहनेछन्। BSB BSB: And the angels who did not stay within their own domain but abandoned their proper dwelling—these He has kept in eternal chains under darkness, bound for judgment on that great day.
7 UDB त्यसरी नै, सदोम र गमोरा तथा नजिकका सहरहरूमा बसोबास गर्ने मानिसहरूले यौनको अनैतिक काम गरे। परमेश्वरले अनुमति दिनुभएको भन्दा अलग सबै किसिमको यौन सम्बन्धहरू तिनीहरूले खोजे। यसैले परमेश्वरले तिनीहरूको सहरहरू नष्ट गर्नुभयो। ती मानिसहरू र स्वर्गका ती स्वर्गदूतहरूलाई जे भयो त्यसले यो देखाउँछ कि परमेश्वरले झूटा सिद्धान्तहरू सिकाउने यी व्यक्तिहरू जस्तै मानिसहरूलाई पनि नरकको अनन्त आगोमा दण्ड दिनुहुनेछ। BSB BSB: In like manner, Sodom and Gomorrah and the cities around them, who indulged in sexual immorality and pursued strange flesh, are on display as an example of those who sustain the punishment of eternal fire.
8 UDB त्यसरी नै, तिमीहरूका माझमा भएका यी मानिसहरूले पनि अनैतिक रूपले जीवन जिएर आफ्नाो शरीरहरूलाई अशुद्ध बनाउँछन्। तिनीहरू भन्छन्, परमेश्वरले तिनीहरूलाई दर्शनहरू दिनुभएको छ जसले तिनीहरूलाई यो कुरा गर्न भन्छ। तर तिनीहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दैनन् र तिनीहरूले उहाँका विशिष्ट स्वर्गदूतहरूको अपमान गर्छन्। BSB BSB: Yet in the same way these dreamers defile their bodies, reject authority, and slander glorious beings.
9 UDB प्रधान स्वर्गदूत मिखाएलले शैतानसँग मोशाको लाश कसले लिने भन्ने बारेमा विवाद गर्दा पनि तिनले उसलाई अपमान गर्ने र दोष लागाउने काम गरेनन्। तिनले यतिमात्र भने, “परमप्रभुले नै तँलाई दण्ड दिनुभएको होस्!” BSB BSB: But even the archangel Michael, when he disputed with the devil over the body of Moses, did not presume to bring a slanderous charge against him, but said, “The Lord rebuke you!”
10 UDB तर जुन मानिसहरूको बारेमा म लेख्दैछु, तिनीहरू आफूुले नबुझ्ने हरेक असल कुराको बारेमा दुष्ट शब्दहरू बोल्छन्। तिनीहरू विचार गर्न नसक्ने जङ्गली जनावर जस्तै हुन्, किनभने तिनीहरूले स्वभावैले बुझ्न सक्ने सबै कुराहरूले नै तिनीहरूलाई नष्ट पार्छ। BSB BSB: These men, however, slander what they do not understand, and like irrational animals, they will be destroyed by the things they do instinctively.
11 UDB यी कुराहरू गर्नेहरूलाई परमेश्वरले अति नै हसह्य किसिमले दण्ड दिनुहुनेछ। तिनीहरू कयिनले गरेजस्तो व्यवहार गर्छन्। तिनीहरू बालामले पैसाको लागि गरेको पापजस्तै पाप गर्छन्, र तिनीहरू कोरह झैं मर्नेछन्, जसले मोशाको विरुद्ध विद्रोह गर्यो। BSB BSB: Woe to them! They have traveled the path of Cain; they have rushed for profit into the error of Balaam; they have perished in Korah’s rebellion.
12 UDB यी मानिसहरू पानीमुनिका चट्टानहरू जस्ता हुन्छन् जसमा जहाजहरू ठक्कर खान्छन्। तिमीहरूका प्रीतिभोजहरूमा जब तिनीहरू सामेल हुन्छन्, तब तिनीहरूलाई लाजै लाग्दैन, किनभने तिनीहरू आफूलाई खुशी पार्नलाई खान्छन्। तिनीहरू पानी नपर्ने बादलहरू, हावाहुरीले उडाइलाने वादलहरूजस्ता हुन्छन्। तिनीहरू असल कामहरू गर्दैनन्, किनकि तिनीहरू हिउँदका रूखहरूजस्ता हुन्छन्, जसले फल फलाउँदैनन्। तिनीहरू दुईपल्ट मृत्यु भइसकेका मानिसहरूजस्ता हुन्छन्, तिनीहरू उखेलिएका रूखहरूजस्ता हुन्छन्। BSB BSB: These men are hidden reefs in your love feasts, shamelessly feasting with you but shepherding only themselves. They are clouds without water, carried along by the wind; fruitless trees in autumn, twice dead after being uprooted.
13 UDB तिनीहरूले आफैंलाई नियन्त्रण गर्दैनन्। तिनीहरू आँधिबेरीसँगै आएका समुद्रका शक्तिशाली छालजस्ता हुन्छन्, र छालहरूले फिंज र फोहोरलाई किनारामा ल्याएझैं, तिनीहरूले आफ्ना शर्मले अरूलाई प्रदुषित गर्छन्। तिनीहरू त्यस्ता ताराहरू हुन् जुन आकाशमा जहाँ तिनीहरू बस्नुपर्ने हो त्यहाँ बस्दैनन्। परमेश्वरले तिनीहरूलाई सदासर्वदा धेरै अन्धकारमा फल्नुहुनेछ। BSB BSB: They are wild waves of the sea, foaming up their own shame; wandering stars, for whom blackest darkness has been reserved forever.
15 UDB तिनीहरूले हरेक व्यक्तिको इन्साफ गर्नेछन् र सबै दुष्ट मानिसहरू र परमेश्वरको अनादर गर्ने सबैलाई दण्ड दिनेछन्। यी मानिसहरूले परमेश्वरको विरुद्धमा बोलेका सबै कठोर कुराहरूका कारणले स्वर्गदूतहरूले यसो गर्नेछन्।” BSB BSB: to execute judgment on everyone, and to convict all the ungodly of every ungodly act of wickedness and every harsh word spoken against Him by ungodly sinners.”
16 UDB झूटा सिद्धान्तका यी शिक्षकहरूले परमेश्वरले गर्नुहुने कुराहरूका बारेमा गनगन गर्छन्। तिनीहरूलाई जे हुन्छ, त्यसको बारेमा तिनीहरू गुनासो गर्छन्। तिनीहरू दुष्ट कुराहरू गर्छन् किनभने तिनीहरू ती गर्ने इच्छा गर्छन्। तिनीहरू अहंकारी भएर कुरा गर्छन्। मानिसहरूबाट चीजबीजहरू प्राप्त गर्नलाई तिनीहरू उनीहरूको प्रशंसा गर्छन्। BSB BSB: These men are discontented grumblers, following after their own lusts; their mouths spew arrogance; they flatter others for their own advantage.
17 UDB तर तिमीहरू जसलाई म प्रेम गर्छु, प्रभु येशू ख्रीष्टका प्रेरितहरूले धेरै समय अगाडि भनेको कुरालाई याद गर। BSB BSB: But you, beloved, remember what was foretold by the apostles of our Lord Jesus Christ
18 UDB तिनीहरूले तिमीहरूलाई भने, “अन्तिम दिनको ठीक अघि परमेश्वरले हामीलाई भन्नुभएको साँचो कुराहरूमा कोही मानिसहरू हाँस्नेछन्। तिनीहरूले आफ्ना शरीरहरूले पापहरू गर्नेछन् जुन गर्ने इच्छा तिनीहरूले गर्छन् किनभने तिनीहरूले परमेश्वरको अनादर गर्छन्।” BSB BSB: when they said to you, “In the last times there will be scoffers who will follow after their own ungodly desires.”
19 UDB यी त्यस्ता मानिसहरू हुन् जसले विश्वासीहरूलाई एक आपसमा रिसाउने बनाउँछन्। तिनीहरू सबै दुष्ट कामहरू गर्छन् जुन तिनीहरू इच्छा गर्छन्। परमेश्वरको आत्माले तिनीहरूमा बास गगर्नुहुन्न। BSB BSB: These are the ones who cause divisions, who are worldly and devoid of the Spirit.
20 UDB तर तिमीहरू जसलाई म प्रेम गर्छु, तिमीहरूले विश्वास गर्ने परमेश्वरको सत्यताको प्रयोग गर्दै एक अर्कालाई सुदृढ गराओ। पवित्र आत्माले तिमीहरूलाई प्रार्थना गर्नलाई मार्गदर्शन गर्नुभएको होस्। BSB BSB: But you, beloved, by building yourselves up in your most holy faith and praying in the Holy Spirit,
21 UDB परमेश्वरलाई प्रेम गर्नेहरूलाई ठीक लाग्ने किसिमले निरन्तर आफ्नो जीवनमा व्यवहार गर। हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूप्रति निरन्तर रूपमा कृपालु भएर व्यवहार गर्नेहुनेछ भन्ने आशा गर। उहाँसँगै हामीले अनन्त रूपले बास गर्ने समय नभएसम्म नै यो कुराको निरन्तर आशा गर। BSB BSB: keep yourselves in the love of God as you await the mercy of our Lord Jesus Christ to bring you eternal life.
22 UDB के शिक्षाहरू आफूले ग्रहण गर्नुपर्ने भनी निश्चय गर्न नसक्नेहरूप्रति दयालु होओ र तिनीहरूको मदत गर। BSB BSB: And indeed, have mercy on those who doubt;
23 UDB अरूलाई अनन्तकालको आगोको दण्डमा जानलाई रोक। पाप गर्ने मानिसहरूलाई दया देखाओ, तर ती पापहरूमा सहभागी हुनलाई डराओ। बरु, तिनीहरूका वस्त्रलाई समेत घृणा गर किनकि तिनीहरूका पापहरूले त्यो फोहोर बनाइएको छ। BSB BSB: save others by snatching them from the fire; and to still others show mercy tempered with fear, hating even the clothing stained by the flesh.
24 UDB तिमीहरूलाई निरन्तर परमेश्वरको विश्वासमा राख्नलाई उहाँ सक्षम हुनुहुन्छ। उहाँले तिमीलाई आफ्नो उपस्थितिमा पनि लानुहुनेछ, जहाँ ज्यादै चम्किलो प्रकाश हुन्छ। तिमीहरू धेरै आनन्दित हुनेछौ र पापबाट मुक्त हुनेछौ। BSB BSB: Now to Him who is able to keep you from stumbling and to present you unblemished in His glorious presence, with great joy—
25 UDB उहाँ मात्र साँचो परमेश्वर हुनुहुन्छ। येशू ख्रीष्ट हाम्रा प्रभुले हाम्रा निम्ति जे गर्नुभयो, त्यसैको फलस्वरूप उहाँले हामीलाई बचाउनुभयो। परमेश्वर महिमित, महान् तथा शक्तिशाली हुनुहुन्थ्यो र समयको सुरु हुनुअघि उहाँले महान् अधिकारमा राज्य गर्नुभयो। उहाँ अझै पनि त्यस्तै हुनुहुन्छ र उहाँ सदासर्वदा त्यस्तै रहनुहुनेछ! आमेन! BSB BSB: to the only God our Savior be glory, majesty, dominion, and authority through Jesus Christ our Lord before all time, and now, and for all eternity. Amen.
Select verses for actions: Enter goes to them and Escape comes back.