1 UDB अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट आएको मैले दर्शनमा देखें। एउटा बादलले तिनलाई घेर्यो। तिनको शिरमाथि एउटा इन्द्रेणी थियो। तिनको अनुहार सूर्य जस्तै चम्केको थियो। तिनका पाउहरू आगोका खाँबोहरूजस्ता देखिन्थे। BSB BSB: Then I saw another mighty angel coming down from heaven, wrapped in a cloud, with a rainbow above his head. His face was like the sun, and his legs were like pillars of fire.
2 UDB उहाँको हातमा एउटा सानो चर्मपत्र मुठो खोलिएको थियो। उहाँले आफ्नो दाहिने पाउ समुद्रमाथि र उहाँको देब्रे पाउ जमिनमाथि राख्नुभयो। BSB BSB: He held in his hand a small scroll, which lay open. He placed his right foot on the sea and his left foot on the land.
3 UDB एउटा सिंहको गर्जन जस्तो आवाजले ठूलो स्वरमा कराएर उहाँले केही कुरा भन्नुभयो। उहाँले कराएर भन्नुहुँदा, त्यसको गर्जन सातपल्ट सुनियो। गर्जनमा शब्दहरू बोलिएका थिए जुन मैले बुझ्न सकें। BSB BSB: Then he cried out in a loud voice like the roar of a lion. And when he cried out, the seven thunders sounded their voices.
4 UDB मैले सुनेका शब्दहरू मैले लेख्नै लागेका थिएँ, तर स्वर्गबाट एउटा आवाजले मलाई भन्यो, "गर्जनले जे भने त्यो गोप्य राख! त्यो नलेख!” BSB BSB: When the seven thunders had spoken, I was about to put it in writing. But I heard a voice from heaven saying, “Seal up what the seven thunders have said, and do not write it down.”
5 UDB तब ती स्वर्गदूत जसलाई समुद्रमाथि र जमिनमाथि खडा भएको मैले देखेको थिएँ, तिनले आफ्नो दाहिने हात स्वर्गतर्फ उचाले, BSB BSB: Then the angel I had seen standing on the sea and on the land lifted up his right hand to heaven.
6 UDB र सदासर्वदा जीवित हुनुहुने—स्वर्ग र त्यसमा भएका हरेक कुराको सृष्टि गर्नुहुने, पृथ्वी त्यसमा भएका हरेक कुराको सृष्टि गर्नुहुने, साथै समुद्र र त्यसमा भएका हरेक कुराको सृष्टि गर्नुहुनेलाई— उहाँले जे भन्न लाग्दै हुनुहुन्थ्यो त्यो सत्य हो भनी तिनले सोधे। परमेश्वरले जे योजना गर्नुभएको छ सो गर्नलाई उहाँले अब ढिलो गर्नुहुन्न भनी स्वर्गदूतले सुनाए। BSB BSB: And he swore by Him who lives forever and ever, who created heaven and everything in it, the earth and everything in it, and the sea and everything in it: “There will be no more delay!
7 UDB सातौं स्वर्गदूतले आफ्नो तुरही फुक्ने समय आउँदा परमेश्वरले आफ्ना सेवकहरू, अगमवक्ताहरूलाई धेरै अघि भन्नुभएको जस्तै उहाँका गुप्ता योजना पूरा हुन्छन् भनी तिनले सुनाए। BSB BSB: But in the days of the voice of the seventh angel, when he begins to sound his trumpet, the mystery of God will be fulfilled, just as He proclaimed to His servants the prophets.”
8 UDB जसलाई मैले स्वर्गबाट बोल्नुभएको सुनेको थएँ, उहाँले मसँग फेरि बोल्नुभयो। उहाँले भन्नुभयो, “जाऊ र त्यो खोलिएको चर्मपत्रको मुठो समुद्रमाथि र जमिनमाथि खडा हुने स्वर्गदूतको हातबाट लेऊ।” BSB BSB: Then the voice that I had heard from heaven spoke to me again, saying, “Go, take the small scroll that lies open in the hand of the angel standing on the sea and on the land.”
9 UDB यसैले म ती स्वर्गदूतकहाँ गएँ र त्यो चर्मपत्रको सानो मुठो मैले मागें। तिनले मलाई भने, “यो लेऊ र यो खाऊ। तिम्रो मुखमा त्यसको स्वाद महजस्तो गुलियो हुनेछ तर यसले तिम्रो पेटलाई तीतो बनाउनेछ।” BSB BSB: And I went to the angel and said, “Give me the small scroll.” “Take it and eat it,” he said. “It will make your stomach bitter, but in your mouth it will be as sweet as honey.”
10 UDB मैले ती स्वर्गदूतको हातबाट त्यो चर्मपत्रको सानो मुठो लिएँ र त्यो खाएँ। मेरो मुखमा त्यसको स्वाद महजस्तो गुलियो भयो, तर त्यसले मेरो पेटलाई तीतो बनायो। BSB BSB: So I took the small scroll from the angel’s hand and ate it, and it was as sweet as honey in my mouth. But when I had eaten it, my stomach turned bitter.
11 UDB तब कसैले मलाई भन्यो, “धेरै जातिहरू, मानिसहरूका समूहहरू, धेरै भाषा बोल्नेहरू तथा धेरै राजाहरूका बारेमा तिमीले फेरि पनि परमेश्वरको वचन बोल्नैपर्छ।” BSB BSB: And they told me, “You must prophesy again about many peoples and nations and tongues and kings.”
Select verses for actions: Enter goes to them and Escape comes back.