1 UDB त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके र आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई मैले देखेंँ। परमेश्वरले त्यसलाई बन्द अन्तहीन अतलकुण्डको साँचो दिनुभयो। BSB BSB: Then the fifth angel sounded his trumpet, and I saw a star that had fallen from heaven to earth, and it was given the key to the pit of the Abyss.
2 UDB जब त्यसले त्यो बन्द अतलकुण्ड खोल्यो तब एउटा विशाल आगोको भट्टीबाट आएको धुवाँ जस्तै धुवाँ त्यसबाट माथि उठ्यो। त्यो धुवाँले कुनै पनि व्यक्तिलाई सूर्यको प्रकाश र आकाश देख्नबाट छेक्यो। BSB BSB: The star opened the pit of the Abyss, and smoke rose out of it like the smoke of a great furnace, and the sun and the air were darkened by the smoke from the pit.
3 UDB त्यस धुवाँबाट पृथ्वीमा सलहहरू पनि आए। जसरी विषालु बिच्छीहरूले मानिसहरूलाई टोक्छन् त्यसरी नै मनिसहरूलाई टोक्ने शक्ति परमेश्वरले तिनीहरूलाई दिनुभयो। BSB BSB: And out of the smoke, locusts descended on the earth, and they were given power like that of the scorpions of the earth.
4 UDB पृथ्वीका घाँसहरू र कुनै पनि विरूवाहरू वा रूखहरूलाई हानी नगर्नु भन्ने आज्ञा परमेश्वरले ती सलहहरूलाई दिनुभयो। जुन मानिसहरूका निधारमा आफू परमेश्वरका हुन् भनी देखाउनलाई छाप छैनन्, उनीहरूलाई मात्र तिनीहरूले हानी गर्नुपर्छ भनी परमेश्वरले भन्नुभयो। BSB BSB: They were told not to harm the grass of the earth or any plant or tree, but only those who did not have the seal of God on their foreheads.
5 UDB परमेश्वरले ती मानिसहरूलाई मार्ने अनुमति सलहहरूलाई दिनुभएन। बरु, पाँच महिनासम्म मानिसहरूलाई सलहहरूले निरन्तर सताइरहे। ती मानिसहरूले अनुभव गरेको पीडा बिच्छीले कसैलाई टोकेको समयमा हुने पीडा जस्तै थियो। BSB BSB: The locusts were not given power to kill them, but only to torment them for five months, and their torment was like the stinging of a scorpion.
6 UDB सलहहरूले वोद्रोही मानिसहरूलाई पीडा दिंदा, त्यो पीडा यति साह्रै भयानक हुनेछ कि मानिसहरूले मर्नको लागि उपायहरू खोज्नेछन्, तर तिनीहरूले मर्नलाई कुनै पनि उपाय पाउने छैनन्। BSB BSB: In those days men will seek death and will not find it; they will long to die, but death will escape them.
7 UDB ती सलहहरू युद्धको लागि तयार भएका घोडाहरू जस्ता देखिन्थे। आफ्ना शिरहरूमा तिनीहरूले सुनका मुकुटहरू लगाएका थिए। तिनीहरूका अनुहारहरू मानिसहरूका अनुहारहरू जस्ताो थिए। BSB BSB: And the locusts looked like horses prepared for battle, with something like crowns of gold on their heads; and their faces were like the faces of men.
8 UDB स्त्रीहरूको लामो कपाल जस्तै लामो कपाल तिनीहरूसँग थियो। तिनीहरूका दाँतहरू सिंहहरूका दाँतहरू जस्तै बलिया थिए। BSB BSB: They had hair like that of women, and teeth like those of lions.
9 UDB धातुले बनेका छातीपाताहरू तिनीहरूले लगाए। तिनीहरू उडिरहँदा युद्ध गर्न दौडाइएका घोडाहरूले रथहरू तान्दा हुने गर्जनजस्तै आवाज तिनीहरूका पखेटाहरूले निकाल्थ्यो। BSB BSB: They also had breastplates like breastplates of iron, and the sound of their wings was like the roar of many horses and chariots rushing into battle.
10 UDB तिनीहरूका पुच्छरहरू बिच्छीहरूका पुच्छरहरू जस्तै थिए। यी पुच्छरहरूले तिनीहरूले मानिसहरूलाई टोक्न सक्थे। ती पाँच महिनाको अवधिमा मानिसहरूलाई हानी गर्न सक्ने तिनीहरूका शक्ति तिनीहरूका पुच्छरहरूमा थिए। BSB BSB: They had tails with stingers like scorpions, which had the power to injure people for five months.
11 UDB तिनीहरूमाथि राज्य गर्ने राजा त्यो अन्तहीन अतल कुण्डको दूत थियो। हिब्रू भाषामा उसको नाउँ एबाड्डोन हो। ग्रीक भाषामा अपोल्लियोन हुन्छ। यी दुवै नाउँको अर्थ “विनाशक” हुन्छ। BSB BSB: They were ruled by a king, the angel of the Abyss. His name in Hebrew is Abaddon, and in Greek it is Apollyon.
12 UDB त्यो पहिलो भयानक घटनाको अन्त भयो। तर दुईवटा भयानक घटनाहरू अझै घट्न बाँकी रहेको हुनाले सावधान रहो। BSB BSB: The first woe has passed. Behold, two woes are still to follow.
13 UDB त्यसपछि छैटौं स्वर्गदूतले आफ्नो तुरही फुके, र परमेश्वरको उपस्थितिमा भएको सुनको वेदीको चारै कुनाहरूबाट मैले एउटा आवाज सुनें। BSB BSB: Then the sixth angel sounded his trumpet, and I heard a voice from the four horns of the golden altar before God
14 UDB त्यो आवाजले तुरही भएको छैटौं स्वर्गदूतलाई भन्दै थियो, “ठूलो नदी यूप्रेटिसमा मैले बाँधिराखेका चार दूतहरूलाई फुकाइदेऊ।” BSB BSB: saying to the sixth angel with the trumpet, “Release the four angels who are bound at the great river Euphrates.”
15 UDB तब ती चार दूतहरू स्वतन्त्र भए जसले त्यो दिन, महिना र वर्षको ठीक त्यही समयलाई पर्खिरहेका थिए। तिनीहरूले मानिसहरूमध्ये एक-तिहाइलाई मार्न आफ्ना सेनाहरूलाई सक्षम बनाउन सकून् भनेर तिनीहरू स्वतन्त्र भएर गए। BSB BSB: So the four angels who had been prepared for this hour and day and month and year were released to kill a third of mankind.
16 UDB घोडामा सवार भइरहेका ती सेनाहरूको संख्या बीस करोड थियो। त्यहाँ कति जना थिए भनेर कसैले भनेको मैले सुनें। BSB BSB: And the number of mounted troops was two hundred million; I heard their number.
17 UDB घोडाहरू र तिनमा सवार सेनाहरू कस्ता देखिन्थे भन्ने कुरा मैले दर्शनमा देखें। ती सेनाहरूले आगो जस्तो रातो, धुवाँ जस्तो मधुरो निलो र गन्धक जस्तो पहेंलो रङ्ग भएका छातीपाताहरू लगाएका थिए। ती घोडाहरूकाो टाउकाहरू सिंहहरूका टाउकाहरू जस्ता थिए। तिनीहरूकाो मुखबाट आगो, धुवाँ र बलिरहेको गन्धकको धुवाँ आउँथ्यो। BSB BSB: Now the horses and riders in my vision looked like this: The riders had breastplates the colors of fire, sapphire, and sulfur. The heads of the horses were like the heads of lions, and out of their mouths proceeded fire, smoke, and sulfur.
18 UDB ती तीन कुराहरू—घोडाहरूका मुखबाट निस्केका आगो, धुवाँ र बलिरहेको गन्धकले— मानिसहरूको एक-तिहाइ भागलाई मारे। BSB BSB: A third of mankind was killed by the three plagues of fire, smoke, and sulfur that proceeded from their mouths.
19 UDB घोडाहरूका शक्ति तिनीहरूका मुखहरूमा र तिनीहरूकाो पुच्छरहरूमा थिए। तिनीहरूकाो पुच्छरहरूमा सर्पहरूका जस्ता टाउकाहरू थिए जसद्वारा तिनीहरूले मानिसहरूलाई हानी गरे। BSB BSB: For the power of the horses was in their mouths and in their tails; indeed, their tails were like snakes, having heads with which to inflict harm.
20 UDB आगो र धुवाँ र बलिरहेको गन्धकका विपत्तिहरूले नमरेका बाँकी मानिसहरू आफूले गरिरहेको पापपूर्ण कुराहरूबाट फर्किएनन्। तिनीहरूले भूत आत्माहरू वा तिनीहरू आफैंले बनाएका सुनका, चाँदीका, पित्तलका, ढुङ्गाका र काठका मूर्तीहरू पुजा गर्न छोडेनन्। ती देख्न, सुन्न वा हिंँडन नसक्ने मूर्तिहरू भए तापनि मानिसहरूले तिनको पुजा गर्न छोडेनन्। BSB BSB: Now the rest of mankind who were not killed by these plagues still did not repent of the works of their hands. They did not stop worshiping demons and idols of gold, silver, bronze, stone, and wood, which cannot see or hear or walk.
21 UDB मानिसहरूको हत्या गर्न वा मन्त्रतन्त्र गर्न वा यौनको अनैतिक काम गर्न वा चिजबिज चोरी गर्न अनैतिक छोडेनन्। BSB BSB: Furthermore, they did not repent of their murder, sorcery, sexual immorality, and theft.
Select verses for actions: Enter goes to them and Escape comes back.