1 UDB त्यसपछि थुमाले सातौं मोहर खोल्नुभयो र स्वर्गमा केही समय कुनै किसिमको आवाज पनि आएन। BSB BSB: When the Lamb opened the seventh seal, there was silence in heaven for about half an hour.
2 UDB मैले सात स्वर्गदूतहरू देखें जो परमेश्वरको सामु खडा हुन्छन्। तिनीहरूमध्ये प्रत्येकलाई उहाँले एउटा तुरही दिनुभयो। BSB BSB: And I saw the seven angels who stand before God, and they were given seven trumpets.
3 UDB अर्को स्वर्गदूत आए र वेदीको छेउमा खडा भए। धूप बाल्नलाई तिनले एउटा सुनको धूपौरो लिएका थिए। परमेश्वरका सबै मानिसहरूका प्रार्थनाका साथमा तिनले त्यो परमेश्वरको सिंहासनको अघि रहेको सुनको वेदीमा चढाउन सकून् भनेर परमेश्वरले त्यसलाई धेरै मात्रामा धूप दिनुभयो। BSB BSB: Then another angel, who had a golden censer, came and stood at the altar. He was given much incense to offer, along with the prayers of all the saints, on the golden altar before the throne.
4 UDB स्वर्गदूतको हातमा रहेको धूपौरोबाट, धूपको धुवाँ र परमेश्वरका मानिसहरूको प्रार्थना एकसाथ परमेश्वरको उपस्थितिमा माथि गयो। BSB BSB: And the smoke of the incense, together with the prayers of the saints, rose up before God from the hand of the angel.
5 UDB त्यसपछि स्वर्गदूतले त्यो सुनको धूपौरो लिए र वेदीबाट त्यसमा आगो भुङ्ग्रो भरे। त्यो सबै तिनले पृथ्वीमा फालिदिए। चर्को गर्जन र आवाज आयो, बिजुली चम्क्ँयो र पृथ्वी काम्यो। BSB BSB: Then the angel took the censer, filled it with fire from the altar, and hurled it to the earth; and there were peals of thunder, rumblings, flashes of lightning, and an earthquake.
6 UDB त्यसपछि सात स्वर्गदूतहरू, जसमा प्रत्येकले सात तुरहीहरूमध्ये एउटा बोकेका थिए, ती बजाउनलाई तयार भए। BSB BSB: And the seven angels with the seven trumpets prepared to sound them.
7 UDB पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र पृथ्वीमा रगत मिसिएको असिना र आगोको वर्षा भयो। फलस्वरूप, जमिनको सतहमा भएका हरेक कुराका एक-तिहाइ जलाइयोः रूखहरू एक तिहाइ जले र हरियो घाँसमध्ये एक-तिहाइ सबै जले। BSB BSB: Then the first angel sounded his trumpet, and hail and fire mixed with blood were hurled down upon the earth. A third of the earth was burned up, along with a third of the trees and all the green grass.
8 UDB त्यसपछि दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आगो बलिरहेको ठूलो पहाड जस्तो समुद्रमा खस्यो। फलस्वरूप, समुद्रको एक-तिहाइ भाग रगतजस्तो रातो भयो, BSB BSB: Then the second angel sounded his trumpet, and something like a great mountain burning with fire was thrown into the sea. A third of the sea turned to blood,
9 UDB समुद्रमा भएका जीवित प्राणीमध्ये एक-तिहाइ मरे र समुद्रमा भएका जहाजहरूमध्ये एक-तिहाइ नाश पारियो। BSB BSB: a third of the living creatures in the sea died, and a third of the ships were destroyed.
10 UDB त्यसपछि तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र एउटा राँकोझैं बलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूमध्ये एक-तिहाइ तथा पानीका मूलहरूमध्ये एक तिहाइ भागमा खस्यो। BSB BSB: Then the third angel sounded his trumpet, and a great star burning like a torch fell from heaven and landed on a third of the rivers and on the springs of water.
11 UDB त्यो ताराको नाउँ तीतोपन हो। फलस्वरूप, नदीहरू तथा पानीका मूलहरूमा भएका एक-तिहाइ पानी तीतो भयो। त्यो पानी पिएर धेरै मानिसहरू मरे किनभने त्यो तीतो भएको थियो। BSB BSB: The name of the star is Wormwood. A third of the waters turned bitter like wormwood oil, and many people died from the bitter waters.
12 UDB त्यसपछि चौथो स्वर्गदूतले आफ्नो तुरही फुके र परमेश्वरले सूर्य, चन्द्र र ताराहरूमा प्रहार गर्नुभयो जसको कारणले तिनीहरूले एक-तिहाइ समय आफ्नो ज्योति गुमाए। दिनको एक-तिहाइ समयमा सूर्य उज्यालो भएन, र रातको एक-तिहाइ समयमा चन्द्र र ताराहरूले चमक दिएनन्। BSB BSB: Then the fourth angel sounded his trumpet, and a third of the sun and moon and stars were struck. A third of the stars were darkened, a third of the day was without light, and a third of the night as well.
13 UDB जसै मैले हेरें, माथि आकाशमा उडिरहेको एउटा चीलले चर्को स्वरमा कराइरहेको मैले सुनें, “बाँकी रहेको तीन स्वर्गदूतहरूले आफ्ना तुरहीहरू फुक्दा, पृथ्वीमा बास गर्ने मानिसहरूमाथि डरलाग्दा कुराहरू हुन आउनेछन्! तिनीहरूले ती फुक्न लागेका छन्!” BSB BSB: And as I observed, I heard an eagle flying overhead, calling in a loud voice, “Woe! Woe! Woe to those who dwell on the earth, because of the trumpet blasts about to be sounded by the remaining three angels!”
Select verses for actions: Enter goes to them and Escape comes back.