1 UDB यी कुराहरू पछि स्वर्गमा एउटा ठूलो भीडको आवाज जस्तो मैले सुनें। तिनीहरूले यसो भन्दै कराउँदै थिए, “हल्लेलूयाह! उहाँले हामीलाई बचाउनुभएको छ! उहाँ महिमित र शक्तिशाली हुनुहुन्छ!” BSB BSB: After this I heard a sound like the roar of a great multitude in heaven, shouting: “Hallelujah! Salvation and glory and power belong to our God!
2 UDB उहाँको प्रशंसा होस् किनभने उहाँले सत्य किसिमले र न्यायोचीत ढंगले इन्साफ गर्नुहुन्छ! उहाँले अति दुष्ट सहरलाई दण्ड दिनुभएको छ जुन एक जना वेश्या जस्तो थियो किनभने तिनीहरूका मानिसहरूले पृथ्वीमा भएका अरू मानिसहरूलाई आफूले झैं अनैतिक किसिमले काम गर्नलाई बहकाए। उहाँको प्रशंसा होस् किनभने आफ्ना सेवकहरूको हत्या गरेकोमा उहाँले तिनीहरूलाई दण्ड दिनुभएको छ!” BSB BSB: For His judgments are true and just. He has judged the great prostitute who corrupted the earth with her immorality. He has avenged the blood of His servants that was poured out by her hand.”
3 UDB त्यो भीडले दोस्रोपल्ट यसो भन्दै कराए, “हल्लेलूुयाह! त्यो सहर जलाइरहेको आगोको धुवाँ सदासर्वदा माथि जानेछ!” BSB BSB: And a second time they called out: “Hallelujah! Her smoke rises forever and ever.”
4 UDB चौबीसै धर्मगुरु र चार जीवित प्राणी आफै घोप्टो परे र सिंहासनमा विराजमान हुनुहुने परमेश्वरको आराधना गरे। तिनीहरूले भनेः “यो साँचो हो! हल्लेलूयाह!” BSB BSB: And the twenty-four elders and the four living creatures fell down and worshiped God who sits on the throne, saying: “Amen, Hallelujah!”
5 UDB कसैले सिंहासनबाट बोले र यसो भने, “हे सबै हाम्रा परमेश्वरका सेवकहरू हो, उहाँको प्रशंसा गर! तिमीहरू सबै जत्तिले उहाँको आदर गर्छौ, तिमीहरू प्रतिष्ठित वा अप्रतिष्ठित हरेकले उहाँको प्रशंसा गर!” BSB BSB: Then a voice came from the throne, saying: “Praise our God, all you who serve Him, and those who fear Him, small and great alike!”
6 UDB त्यसपछि मानिसहरूको एउटा ठूलो भीडको हल्ला जस्तो, एउटा ठूलो झरनाको आवाज जस्तो र गर्जनको एउटा ठूलो आवाज जस्तो केही कुरा मैले सुनें! तिनीहरू कराउँदै थिएः “हल्लेलूयाह! हरेक कुरामाथि शासन गर्नुहुने हाम्राो परमप्रभु परमेश्वरले राज्य गर्नुहुन्छ! BSB BSB: And I heard a sound like the roar of a great multitude, like the rushing of many waters, and like a mighty rumbling of thunder, crying out: “Hallelujah! For the Lord our God the Almighty reigns.
8 UDB तिनले आफैलाई राम्रो मलमलको, चहकिलो र शुद्ध वस्त्र पहिराउने अनुमति परमेश्वरले दिनुभएको हो। राम्रो, चम्किलो र शुद्ध मलमलले परमेश्वरका मानिसको धार्मिक कामहरूलाई जनाउँछ। BSB BSB: She was given clothing of fine linen, bright and pure.” For the fine linen she wears is the righteous acts of the saints.
9 UDB त्यसपछि स्वर्गदूतले मलाई भने, “यो लेखः थुमाले विवाह गर्नुहुँदा परमेश्वरको निमन्त्रणा पाउने मानिसहरू कति आशिषित हुन्! तिनले मलाई यसो पनि भनेः “परमेश्वरले घोषणा गर्नुहुने यी वचनहरू सत्य छन्!” BSB BSB: Then the angel told me to write, “Blessed are those who are invited to the marriage supper of the Lamb.” And he said to me, “These are the true words of God.”
10 UDB तुरुन्तै मैले तिनको आराधना गर्न भनेर म आफैं तिनको सामु घोप्टो परें। तर तिनले मलाई भने, “मरो आराधना नगर! म तिम्रो सहकर्मी सेवक र येशूको बारेमा सत्य बोल्ने तिम्रा विश्वासी बन्धुहरूका सहकर्मी सेवक मात्र हुँ! तिमीले परमेश्वरको नै आराधना गर्नुपर्छ किनभने मानिसहरूलाई येशूको बारेमा सत्य बोल्ने शक्ति दिनुहुने परमेश्वर आत्मा नै हुनुहुन्छ!” BSB BSB: So I fell at his feet to worship him. But he told me, “Do not do that! I am a fellow servant with you and your brothers who rely on the testimony of Jesus. Worship God! For the testimony of Jesus is the spirit of prophecy.”
11 UDB त्यसपछि मैले स्वर्ग खुलेको देखें र एउटा सेतो घोडा देखेर म छक्क परें! त्यो घोडामा सवार येशूलाई यसो भनियो, “विश्वासयोग्य र सत्य।” उहाँले सबै मानिसहरूको न्यायअनुरूप इन्साफ गर्नुहुन्छ। आफ्ना शत्रुहरूका विरुद्धमा उहाँले न्यायपूर्वक लडाइँ गर्नुहुन्छ। BSB BSB: Then I saw heaven standing open, and there before me was a white horse. And its rider is called Faithful and True. With righteousness He judges and wages war.
12 UDB उहाँका आँखा आगोको ज्वाला जस्तै चम्कियो। उहाँको शिरमा धेरैवटा राजका मुकुटहरू थिए। उहाँमा एउटा नाउँ लेखिएको थियो। त्यस नाउँको अर्थ उहाँलाई मात्र थाहा छ। BSB BSB: He has eyes like blazing fire, and many royal crowns on His head. He has a name written on Him that only He Himself knows.
13 UDB उहाँले पहिरिनु भएको अलखा रगतले भिजेको थियो। उहाँको नाउँ “परमेश्वरको सन्देश” पनि हो। BSB BSB: He is dressed in a robe dipped in blood, and His name is The Word of God.
14 UDB स्वर्गका सेना उहाँको पछिपछि लागेका थिए। तिनीहरू सेता घोडाहरूमा सवार थिए। शुद्ध सेतो मलमलले बनेका वस्त्रहरू तिनीहरूले पहिरिएका थिए। BSB BSB: The armies of heaven, dressed in fine linen, white and pure, follow Him on white horses.
15 UDB उहाँको मुखबाट एउटा धारिलो तरवार निस्कन्छ। उहाँले विद्रोही मानिसहरूका समूहलाई त्यसले प्रहार गर्नुहुनेछ। उहाँसँग एउटा फलामको डण्डा भएझैं गरी उहाँ आफैंले तिनीहरूमाथि शक्तिशाली किसिमले राज्य गर्नुहुनेछ। एक जना व्यक्तिले दाखको कोलमा दाख पेलेझैं गरी उहाँले आफ्ना शत्रुहरूलाई धुलोपिठो पार्नुहुनेछ। हरेक कुरामाथि राज्य गर्नुहुने र तिनीहरूका पापहरूका कारणले तिनीहरूसँग क्रुद्ध हुनुभएको परमेश्वरको निम्ति उहाँले यसो गर्नुहुनेछ। BSB BSB: And from His mouth proceeds a sharp sword with which to strike down the nations, and He will rule them with an iron scepter. He treads the winepress of the fury of the wrath of God the Almighty.
16 UDB उहाँको पोशाकमा उहँको तिघ्रामाथि एउटा नाउँ लेखिएको थियोः “राजा जसले अरू सबै राजाहरूमाथि राज्य गर्नुहुन्छ र प्रभु जसले अरू सबै प्रभुहरूमाथि राज्य गर्नुहुन्छ।” BSB BSB: And He has a name written on His robe and on His thigh: KING OF KINGS AND LORD OF LORDS.
17 UDB त्यसपछि मैले सूर्यको उज्यालोमा खडा भएका एउटा स्वर्गदूतलाई देखें। तिनले आकाशमा माथि उडेका सबै मांसहारी चराहरूलाई यसो भन्दै ठूलो स्वरले बोलाए, “आओ र परमेश्वरले तिमीहरूलाई दिनु लाग्नुभएको ठूलो भोजको निम्ति जम्मा होओ! BSB BSB: Then I saw an angel standing in the sun, and he cried out in a loud voice to all the birds flying overhead, “Come, gather together for the great supper of God,
18 UDB आओ र मृत्यु भएका परमेश्वरका सबै शत्रुहरूका मासु—राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू तथा त्यसमा सवार सिपाहीहरूका मासु, र अरू सबै किसिमका मानिसहरू, फुक्का वा दास, प्रतिष्ठित वा अप्रतिष्ठित जेसुकै भए पनि तिनीहरूका मासु खाओ। सबै किसिमका!” BSB BSB: so that you may eat the flesh of kings and commanders and mighty men, of horses and riders, of everyone slave and free, small and great.”
19 UDB त्यसपछि त्यो पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाका साथमा मैले देखें। घोडामा सवार तथा उहाँका सेनाका विरुद्ध युद्ध गर्न तिनीहरू जम्मा भएका थिए। BSB BSB: Then I saw the beast and the kings of the earth with their armies assembled to wage war against the One seated on the horse, and against His army.
20 UDB सेतो घोडामा सवार हुनुहुनेले त्यो पशु तथा त्यो झूटा अगमवक्तालाई पक्रनुभयो। त्यो झूठा अगमवक्ताले त्यो पशुको उपस्थितिमा आश्चर्य कामहरू गरेको थियो। त्यसो गरेर त्यसले ती मानिसहरूलाई छल गर्यो, जसले आफ्ना निधारहरूमा त्यो पशुको छाप लगाउन सहमत भएका र त्यस मूर्तिको पुजा गरेका थिए। त्यसपछि परमेश्वरले त्यो पशु र त्यो झूठा अगमवक्तालाई जिउँदै गन्धकको साथमा जलिरहने आगोको कुण्डमा फाल्नुभयो। BSB BSB: But the beast was captured along with the false prophet, who on its behalf had performed signs deceiving those who had the mark of the beast and worshiped its image. Both the beast and the false prophet were thrown alive into the fiery lake of burning sulfur.
21 UDB घोडामा सवार हुनुहुनेले आफ्नो मुखबाट निस्केको तरवारले तिनीहरूका बाँकी सेनाहरूलाई मार्नुभयो। उहाँले मार्नुभएका ती मानिसहरू तथा घोडाहरूका मासुलाई ती सबै चराहरूले अघाउन्जेल खाए। BSB BSB: And the rest were killed with the sword that proceeded from the mouth of the One seated on the horse. And all the birds gorged themselves on their flesh.
Select verses for actions: Enter goes to them and Escape comes back.