2 UDB तिनले त्यो अजिङ्गरलाई समाते। त्यो अजिङ्गर नै प्राचीन सर्प, दियाबलस, त्यसको अर्थ शैतान हो। ती स्वर्गदूतले त्यसलाई साङ्लाले बाँधे। त्यो साङ्लालाई एक हजार वर्षसम्म फुकाउन सकिंदैन। BSB BSB: He seized the dragon, that ancient serpent who is the devil and Satan, and bound him for a thousand years.
3 UDB ती स्वर्गदूतले त्यसलाई अँध्यारो खाडल, अतल कुण्डमा फाले। तिनले उक्त कुण्डको ढोका बन्द गरे, ताल्चा लगाए र कुनै व्यक्तिले पनि त्यसलाई खोल्न नसकोस् भनी त्यसमा मोहर लगाए। ती एक हजार वर्ष नसकिएसम्म त्यो शैतानले धेरै समूहका मानिसहरूलाई फेरि नबहकाओस् भनेर तिनले त्यसो गरे। त्यो समय बितेपछि, परमेश्वरले जे योजना गर्नुभएको छ त्यो कुरालाई शैतानले पूरा गर्न सकोस् भनेर उसलाई छोटो समय स्वतन्त्र गर्नुपर्छ। BSB BSB: And he threw him into the Abyss, shut it, and sealed it over him, so that he could not deceive the nations until the thousand years were complete. After that, he must be released for a brief period of time.
4 UDB मैले सिंहासनहरू देखें जसमा मानिसहरू बसिरहेको थिए। परमेश्वरले तिनीहरूलाई इन्साफ गर्ने अधिकार दिनुभयो। मैले अरू मानिसहरूका आत्माहरू पनि देखें जसका शिरहरू काटिएका थिए किनभने तिनीहरूले येशूको सत्य वचन बोलेका र परमेश्वरको सन्देश घोषणा गरेका थिए। ती मानिसहरूले त्यो पशु वा त्यसको मूर्तिलाई पुजा गर्न इन्कार गरेका थिए र आफ्ना निधारहरू वा आफ्ना हातहरूमा तिनीहरूले त्यो पशुको मोहर लगाउन त्यसका सेवकहरूलाई अनुमति दिएका थिएनन्। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीष्टसँग ती एक हजार वर्ष राज्य गरे। BSB BSB: Then I saw the thrones, and those seated on them had been given authority to judge. And I saw the souls of those who had been beheaded for their testimony of Jesus and for the word of God, and those who had not worshiped the beast or its image and had not received its mark on their foreheads or hands. And they came to life and reigned with Christ for a thousand years.
5 UDB परमेश्वरले मृत मानिसहरूलाई फेरि जीवित पार्नुहुँदा सर्वप्रथम फेरि जीवित हुनेहरू तिनीहरू नै थिए। मृत्यु भएका अरू बाँकी विश्वासीहरू एक हजार वर्ष पूुरा नहुन्जेल फेरि जीवित भएनन्। BSB BSB: The rest of the dead did not come back to life until the thousand years were complete. This is the first resurrection.
6 UDB यो पहिलोपल्ट फेरि जीवित हुनेहरूसँग परमेश्वर प्रसन्न हुनुहुनेछ। परमेश्वरले तिनीहरूलाई पवित्र भन्नुहुनेछ। तिनीहरू फेरि दोस्रोपल्ट मर्नेछैनन्। बरु, तिनीहरू परमेश्वर र ख्रीष्टको सेवा गर्ने पुजारीहरू हुनेछन् र तिनीहरूले एक हजार वर्षसम्म ख्रीष्टसँगै राज्य गर्नेछन्। BSB BSB: Blessed and holy are those who share in the first resurrection! The second death has no power over them, but they will be priests of God and of Christ and will reign with Him for a thousand years.
7 UDB जब एक हजार वर्षको समय पूरा हुन्छ, तब परमेश्वरले शैतानलाई त्यसको कैदबाट स्वतन्त्र गर्नुहुनेछ। BSB BSB: When the thousand years are complete, Satan will be released from his prison,
8 UDB सारा पृथ्वीमा भएका विद्रोही मानिसहरूका समूहलाई बहकाउन शैतान बाहिर जानेछ। यी तिनै जातिहरू हुन् जसलाई इजिकिएल अगमवक्ताले गोग र मगोग भने। परमेश्वरका मानिसहरूको विरुद्धमा युद्ध गर्नलाई शैतानले तिनीहरूलाई एकसाथ भेला गर्नेछ। तिनीहरूमध्ये असंख्यले परमेश्वरका मानसिहरूसँग युद्ध गर्नेछन् जसको संख्यालाई कसैले पनि गणना गर्न सक्नेछैन जसरी समुद्र किनारको बालुवाका कणलाई कसैले गणना गर्न सक्दैन। BSB BSB: and will go out to deceive the nations in the four corners of the earth—Gog and Magog—to assemble them for battle. Their number is like the sand of the seashore.
9 UDB तिनीहरू पूरा पृथ्वीभरि जानेछन् र पमेश्वरले प्रेम गर्नुहुनेे सहर यरूशलेममा भएका परमेश्वरका मानिसहरूलाई घेरा हाल्नेछन्। त्यसपछि परमेश्वरले स्वर्गबाट आगो पठाउनुहुनेछ र त्यसले तिनीहरूलाई जलाउनेछ। BSB BSB: And they marched across the broad expanse of the earth and surrounded the camp of the saints and the beloved city. But fire came down from heaven and consumed them.
11 UDB त्यसपछि एउटा विशाल सेता सिंहासन मैले देखें जसमा परमेश्वर विराजमान हुनुहुन्थ्यो। उहाँ धेरै डरलाग्दो हुनुहुन्थ्यो जसले गर्दा पृथ्वी र आकाश नै उहाँको उपस्थितिबाट पूर्ण रूपले हराए। तिनीहरूको अस्तित्व नै रहेन। BSB BSB: Then I saw a great white throne and the One seated on it. Earth and heaven fled from His presence, and no place was found for them.
12 UDB मृत्यु भएका तर यतिबेला फेरि जीवित पारिएका मानिसहरू सिंहासनको सामु खडा भएका मैले देखें। तिनीहरू प्रतिस्ठित तथा अप्रतिस्ठित दुवै किसिमका मानिसहरू थिए! मानिसहरूले गरेका कामको परमेश्वरले लेखा राख्नुहुने पुस्तकहरू खोलिएका थिए। अर्को पुस्तक पनि खोलिएको थियो जुन जीवनको पुस्तक थियो, जसमा परमेश्वरले ती मानिसहरूका नाउँहरू लेख्नुभएको छ, जसले अनन्त जीवन पाएका छन्। मृत्यु भएका र यतिबेला फेरि जीवित पारिएका मानिसहरूको इन्साफ परमेश्वरले तिनीहरूका कामअनुसार गर्नुभयो, जस्तो उहाँले पुस्तकहरूमा लेखा राख्नुभएको थियो। BSB BSB: And I saw the dead, great and small, standing before the throne. And books were opened, and one of them was the Book of Life. And the dead were judged according to their deeds, as recorded in the books.
13 UDB परमेश्वरको सिंहासनको सामु खडा हुनको निम्ति समुद्रमा भएका मानिसहरूका लाशहरू फेरि जीवित भए। सिंहासनको सामु खडा हुनको निम्ति जमिनमा गाडिएकाहरू हरेक व्यक्तिका लाशहरू पनि फेरि जीवित भए। तिनीहरूमध्ये प्रत्येकले गरेको कामअनुसार परमेश्वरले तिनीहरू प्रत्येकको इन्साफ गर्नुभयो। BSB BSB: The sea gave up its dead, and Death and Hades gave up their dead, and each one was judged according to his deeds.
15 UDB अनन्त जीवन पाएका मानिसहरूका नाउँहरू परमेश्वरले लेख्नुभएको पुस्तक, त्यो अनन्त जीवनको पुस्तकमा नाउँहरू नभएका मानिसहरूलाई पनि परमेश्वरले आगोको कुण्डमा फाल्नुभयो। BSB BSB: And if anyone was found whose name was not written in the Book of Life, he was thrown into the lake of fire.
Select verses for actions: Enter goes to them and Escape comes back.