2 UDB परमेश्वरको पवित्र सहर मैले देखें, जुनचाहिं नयाँ यरूशलेम सहर हो। त्यो परमेश्वरबाट स्वर्गदेखि तल आउँदै थियो। त्यसलाई परमेश्वरले नै तयार पार्नुभएको र सजाउनुभएको थियो, जसरी एक जना पुरुषसँग विवाह गर्ने हेतुले स्त्रीहरूले एउटी दुलहीलाई स्रिङ्गार गर्छन्। BSB BSB: I saw the holy city, the new Jerusalem, coming down out of heaven from God, prepared as a bride adorned for her husband.
5 UDB त्यसपछि सिंहासनमा विराजमान हुनुहुने परमेश्वरले भन्नुभयो, “यो कुरा सुन! म अब हरेक कुरा नयाँ बनाउँदैछु!” उहाँले मलाई भन्नुभयो: “मैले तँलाई भनेका यी कुराहरू लेख किनभने म निश्चय नै ती कुराहरू हुन दिनेछु भनी तैंले विश्वास गर्न सक्छस्।” BSB BSB: And the One seated on the throne said, “Behold, I make all things new.” Then He said, “Write this down, for these words are faithful and true.”
6 UDB उहाँले मलाई यसो पनि भन्नुभयो, “यी सबै कुराहरू मैले पूरा गरेको छु! सबै कुराहरूको सुरु मैले नै गरेको हो र सबै कुराहरूको अन्य पनि म नै गर्नेछु। यसलाई पाउन इच्छा गर्ने हरेक व्यक्तिलाई, म मूलबाट नै सित्तैंमा पानी दिनेछु, त्यसले मानिसलाई सदासर्वदा जीवन दिनेछ। BSB BSB: And He told me, “It is done! I am the Alpha and the Omega, the Beginning and the End. To the thirsty I will give freely from the spring of the water of life.
7 UDB शैतानमाथि विजयी हुने सबैलाई म यो दिनेछु। म तिनीहरूका परमेश्वर हुनेछ र तिनीहरू मेरा छोराछोरी हुनेछन्। BSB BSB: The one who overcomes will inherit all things, and I will be his God, and he will be My son.
8 UDB तर ती डरपोकहरू, मलाई विश्वास नगर्नेहरू, घिनलाग्दा कुरा गर्नेहरू, मानिसहरू हत्या गर्नेहरू, यौनका पाप गर्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिहरूका पूजा गर्नेहरू र हरेक झूटा बोल्नेहरू भने आगो र गन्धक बल्ने कुण्डमा कष्ट भोग्न्ने छन्। दोस्रोपल्ट मृत्यु हुनुको अर्थ नै त्यही हो।” BSB BSB: But to the cowardly and unbelieving and abominable and murderers and sexually immoral and sorcerers and idolaters and all liars, their place will be in the lake that burns with fire and sulfur. This is the second death.”
9 UDB त्यसपछि सात स्वर्गदूतमध्ये एउटा जससँग दाखमद्यका सात कचौरहरू थिए—त्यो दाखमद्य जसले कष्टका सात अन्तिम उपायहरू ल्याउँछन्—आए र मलाई भने, “मसँग आऊ र म तिमीलाई ती मानिसहरू देखाउनेछु जसको सदासर्वदा थुमासँग मिलाप भएको छ जसरी एक जना स्त्रीले एक जना पुरुषसँग विवाह गर्छिन्!” BSB BSB: Then one of the seven angels with the seven bowls full of the seven final plagues came and said to me, “Come, I will show you the bride, the wife of the Lamb.”
10 UDB त्यसपछि परमेश्वरको आत्माले मलाई नियन्त्रण गर्नुभयो, र स्वर्गदूतले मलाई एउटा उच शिखरको टुप्पोमा लगे। तिनले मलाई परमेश्वरका पवित्र सहर, नयाँ यरूशलेम, जुन परमेश्वरबाट स्वर्गदेखि तल आउँदै थियो। BSB BSB: And he carried me away in the Spirit to a mountain great and high, and showed me the holy city of Jerusalem coming down out of heaven from God,
11 UDB परमेश्वर स्वयंबाट आएको अत्यन्त चम्किलो ज्योतिले त्यो चम्किरहेको थियो। त्यो सहर महुमूुल्य रत्न चम्केि जस्तै चम्केको थियो र त्यो स्फटिक झैं पारदर्शी थियो। BSB BSB: shining with the glory of God. Its radiance was like a most precious jewel, like a jasper, as clear as crystal.
12 UDB सहरको वरिपरि एउटा धेरै अग्लो पर्खाल थियो। पर्खालमा बाह्रवटा ढोका थिए। प्रत्येक ढोकामा एउटा स्वर्गदूत थिए। ढोकामाथि इस्राएलका बाह्र कुूलका नाउँहरू लेखिएका थिए। प्रत्येक ढोकामा एउटा कुलको नाउँ थियो। BSB BSB: The city had a great and high wall with twelve gates inscribed with the names of the twelve tribes of Israel, and twelve angels at the gates.
13 UDB पूर्वपट्टि तीनवटा ढोकाहरू थिए, उत्तरपट्टि तीनवटा ढोकाहरू थिए, दक्षिणपट्टि तीनवटा ढोकाहरू थिए र पश्चिमपट्टि तीनवटा ढोकाहरू थिए। BSB BSB: There were three gates on the east, three on the north, three on the south, and three on the west.
14 UDB त्यो सहरको पर्खालमा बाह्रवटा जगका ढुङ्गा थिए। जगको ती प्रत्येक ढुङ्गामा थुमाले नियुक्त गर्नुभएका बाह्र जना प्रेरितमध्ये एक जनाको नाउँ लेखिएको थियो। BSB BSB: The wall of the city had twelve foundations bearing the names of the twelve apostles of the Lamb.
15 UDB मसँत बोल्दै गरेका स्वर्गदूतले सुनको एउटा नाप्ने डण्डा बोकेका थिए, उक्त डण्डाले तिनले त्यो सहर, त्यसका ढोकाहरू र त्यसको पर्खाल नाप्न प्रयोग गरे। BSB BSB: The angel who spoke with me had a golden measuring rod to measure the city and its gates and walls.
16 UDB त्यो सहरको आकार वर्गाकार थियो। जति त्यसको चौडाइ थियो त्यतिनै त्यसको लम्बाइ थियो। स्वर्गदूतले आफ्नो नाप्ने डण्डाले त्यो सहर नापीी सकेपछि, त्यो २,२०० किलोमिटर लम्बाइ भएको विवरण तिनले दिए र त्यसको चौडाइ र उचाइ भने प्रत्येक नै त्यसको लम्बाइ जत्ति नै थियो। BSB BSB: The city lies foursquare, with its width the same as its length. And he measured the city with the rod, and all its dimensions were equal—12,000 stadia in length and width and height.
17 UDB तिनले पर्खालको नाप लिए र त्यो छैसठ्ठी मिटर चौडा भएको विवरण थिए। मानिसले सामान्य रूपले प्रयोग गर्ने नापलाई नै स्वर्गदूतले पनि प्रयोग गरे। BSB BSB: And he measured its wall to be 144 cubits, by the human measure the angel was using.
18 UDB सहरको पर्खाल हरियो रङ्गको ज्यास्पर रत्नजस्तै केही बहुमूल्य कुराले बनेको थियो। त्यो सहर आफैं शुद्ध सुनले बनेको थियो जुन हेर्दा पारदर्शी काँच जस्तै देखिन्थ्यो। BSB BSB: The wall was made of jasper, and the city itself of pure gold, as pure as glass.
19 UDB सहरको पर्खालका जगहरू बहुमूल्य रत्नहरूले सुन्दर किसिमले बनाइएका थिए। पहिलो जगको ढुङ्गा ज्यास्पर रत्नको थियो, दोस्रो जगको ढुङ्गा नीरको थियो, तेस्रो जगको ढुङ्गा हरित रत्नको थियो, चौथो जगको ढुङ्गा पन्ना थियो, BSB BSB: The foundations of the city walls were adorned with every kind of precious stone: The first foundation was jasper, the second sapphire, the third chalcedony, the fourth emerald,
20 UDB पाचौं जगको ढुङ्गा आनिक्सको थियो, छैटौं जगको ढुङ्गा लालमणिको थियो, सातौं जगको ढुङ्गा पीतमणिको थियो, आठौं जगको ढुङ्गा बेरूजको थियो, नवौं जगको ढुङ्गा पुष्पराजको थियो, दशौं जगको ढुङ्गा लसुनेको थियो, एघारौं जगको ढुङ्गा नीलमणि थियो र बाह्रौ जगको ढुङ्गा कटेलाको थियो। BSB BSB: the fifth sardonyx, the sixth carnelian, the seventh chrysolite, the eighth beryl, the ninth topaz, the tenth chrysoprase, the eleventh jacinth, and the twelfth amethyst.
21 UDB त्यो सहरका बाह्र ढोका विशाल मोतीहरूका जस्ता थिए। त्यो सहरका सडकहरू शुद्ध सुनका थिए जुन पारदर्शी काँचजस्ता देखिन्थे। BSB BSB: And the twelve gates were twelve pearls, with each gate consisting of a single pearl. The main street of the city was pure gold, as clear as glass.
22 UDB त्यो सहरमा कुनै मन्दिर नै थिएन। सबै कुरामाथि राज्य गर्नुहुने परमप्रभु परेमेश्वरबाट स्वंयम र थुमा त्यहाँ हुनुहुन्छ, यसैले त्यहाँ मन्दिरको आवश्यकता थिएन। BSB BSB: But I saw no temple in the city, because the Lord God Almighty and the Lamb are its temple.
23 UDB त्यो सहरलाई उज्यालो पार्न सहरलाई सूर्य वा चन्द्रमाको खाँचो पर्नेछैन् किनभने परमेश्वरबाट आएको ज्योतिले त्यो सहरलाई उज्यालो पार्नेछ, र थुमा पनि त्यसको ज्योति हुनुहुनेछ। BSB BSB: And the city has no need of sun or moon to shine on it, because the glory of God illuminates the city, and the Lamb is its lamp.
24 UDB मानिसका समूहहरूमाथि चम्केको सहरको ज्योतिमा तिनीहरू बास गर्नेछन्। पृथ्वीका राजाहरूले परमेश्वर र थुमाको आदर गर्न आफ्ना धनसम्पत्ति त्यस सहरमा ल्याउनेछन्। BSB BSB: By its light the nations will walk, and into it the kings of the earth will bring their glory.
25 UDB जसरी साँझमा सहरका ढोकाहरू प्रायः बन्द गरिन्छन्, त्यसरी त्यो सहरको ढोकाहरू बन्द हुनेछैन किनभने त्यहाँ रात नै हुनेछैन। BSB BSB: Its gates will never be shut at the end of the day, because there will be no night there.
26 UDB संसारका मानिसहरूले पनि आफ्ना धनसम्पत्ति त्यो सहरभित्र ल्याउनेछन्। BSB BSB: And into the city will be brought the glory and honor of the nations.
27 UDB नैतिक रूपमा अशुद्ध कुनै कुरा, परमेश्वरले घृणित ठान्नुहुने कामहरू गर्ने कुनै व्यक्ति र झूटो बोल्ने कुनै व्यक्ति त्यो सहरमा कदापि प्रवेश गर्नेछैनन्। जसका नाउँहरू थुमाको पुस्तकमा, अनन्त जीवन पाएका मानिसहरूका नाउँहरू भएको पुस्तकमा लेखिएका छन्, ती मानिसहरू मात्र त्यहाँ हुनेछन्। BSB BSB: But nothing unclean will ever enter it, nor anyone who practices an abomination or a lie, but only those whose names are written in the Lamb’s Book of Life.
Select verses for actions: Enter goes to them and Escape comes back.