1 UDB त्यसपछि ती स्वर्गदूतले मलाई त्यो नदी देखाए, जसबाट सदासर्वदा जीवित रहनलाई मानिसहरूले पिउँछन्। त्यो पानी स्फटिकजस्तै चम्किलो र पारदर्शी थियो। त्यो नदी सिंहासनबाट बग्दैथियो, जहाँ परमेश्वर र थुमा विराजमान हुनुहुन्थ्यो। BSB BSB: Then the angel showed me a river of the water of life, as clear as crystal, flowing from the throne of God and of the Lamb
2 UDB सहरको मूल सडकको बीचबाट तल त्यो बगेको थियो। त्यो नदीको दुवै किनारमा फल भएका रूखहरू थिए, जसबाट खाने मानिसलाई सदासर्वदा बाँच्ने त्यसले बनाउनेछ। ती रूखहरूले बाह्र किसमका फल फलाउँछन्। तिनले हरेक महिना एक थरी फल फलाउँछन्। मानिसका समूहहरूका आफ्ना घाउहरू निको होउन् भनेर तिनीहरूले ती रूखहरूका पातहरूलाई औषधीको रूपमा प्रयोग गर्छन्। BSB BSB: down the middle of the main street of the city. On either side of the river stood a tree of life, bearing twelve kinds of fruit and yielding a fresh crop for each month. And the leaves of the tree are for the healing of the nations.
3 UDB त्यस्तो कुनै व्यक्ति वा कुनै कुरा त्यहाँ हुनेछैनन् जसलाई परमेश्वरले श्राप दिनुहुनेछ। त्यो सहरमा परमेश्वरको र थुमाको सिंहासन हुनेछ। परमेश्वरका सेवकहरूले त्यहाँ उहाँको आराधना गर्नेछन्। BSB BSB: No longer will there be any curse. The throne of God and of the Lamb will be within the city, and His servants will worship Him.
4 UDB तिनीहरूले उहाँलाई आमने-सामने देख्नेछन् र तिनीहरूका निधारहरूमा उहाँका नाउँहरू लेखिएकाो हुनेछन्। BSB BSB: They will see His face, and His name will be on their foreheads.
5 UDB त्यहाँ फेरि कहिल्यै रात हुनेछैन। परमेश्वरका सेवकहरूलाई एउटा बत्तिको वा सूर्यको उज्यालोको आवश्यकता हुनेछैन किनभने परमप्रभु परमेश्वरले तिनीहरूमाथि आफ्नो ज्योति चम्काउनुहुनेछ। तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्। BSB BSB: There will be no more night in the city, and they will have no need for the light of a lamp or of the sun. For the Lord God will shine on them, and they will reign forever and ever.
6 UDB ती स्वर्गदूतले मलाई भने, “परमेश्वरले तिमीलाई देखाउनुभएका यी कुराहरू सत्य हुन्, र उहाँले निश्चय नै ती पूरा गर्नुहुनेछ। अगमवक्ताहरूलाई प्रेरणा दिनहुने परमप्रभु परमेश्वरले आफ्नो सेवा गर्ने मानिसहरूलाई चाँडै हुन आउने घटनाहरू देखाउनलाई आफ्नो स्वर्गदूत पठाउनुभयो।” BSB BSB: Then the angel said to me, “These words are faithful and true. The Lord, the God of the spirits of the prophets, has sent His angel to show His servants what must soon take place.”
7 UDB येशूले आफ्ना सबै मानिसलाई भन्नुभयो, “यो कुरा सुन! म चाँडै आउँदैछु। यस पुस्तकमा लेखिएका सन्देश पालन गर्ने हरेकलाई परमेश्वरले प्रशस्त किसिसमले आशिष दिनुहुनेछ।” BSB BSB: “Behold, I am coming soon. Blessed is the one who keeps the words of prophecy in this book.”
8 UDB म, यूहन्नाले यी कुराहरू एउटा दर्शनमा सुनें र देखें जसलाई मैले लेखेको छु। जब मैले ती सुनें र देखें, मलाई यी कुराहरू देखाउने स्वर्गदूतको आराधना गर्न भनेर म तुरुन्तै तिनको सामु घोप्टो परें। BSB BSB: And I, John, am the one who heard and saw these things. And when I had heard and seen them, I fell down to worship at the feet of the angel who had shown me these things.
9 UDB तर तिनले मलाई भने, “मेरो आराधना नगर! म पनि तिमीजस्तै परमेश्वरको एक सेवक हुँ! तिम्रा विश्वासी अगमवक्ताहरूजस्तै, र यस पुस्तकको सन्देश पालन गर्नेहरूजस्तै म पनि एक सेवक हुँ। बरु, परमेश्वरको आराधना गर!” BSB BSB: But he said to me, “Do not do that! I am a fellow servant with you and your brothers the prophets, and with those who keep the words of this book. Worship God!”
10 UDB तिनले मलाई यसो पनि भने, “परमेश्वरले यस पुस्तकमा भविष्यवाणी गर्नुभएको सन्देशलाई गुप्त नराख, किनभने उहाँले यो सन्देश पूरा गर्नुहुने समय हुनै लागेको छ। BSB BSB: Then he told me, “Do not seal up the words of prophecy in this book, because the time is near.
11 UDB त्यो समय नजिकै भएको हुनाले, दुष्ट किसिमले काम गर्नेहरूले निरन्तर त्यसरी नै काम गर्ने इच्छा गर्छन् भने, तिनीहरू निरन्तर त्यसै गरून्। त्यसको निम्ति परमेश्वरले चाँडै नै तिनीहरूलाई बदला लिनुहुनेछ। घृणितले निरन्तर घृणित नै गर्ने इच्छा गर्छ भने, तिनीहरू निरन्तर त्यसै गरून्। त्यसको निम्ति परमेश्वरले चाँडै नै तिनीहरूलाई बदला लिनुहुनेछ। धर्मी किसमले काम गर्ने इच्छा गर्नेहरूले निरन्तर धर्मी काम गरून्। सिद्ध मानिसहरू निरन्तर सिद्ध नै रहून्।” BSB BSB: Let the unrighteous continue to be unrighteous, and the vile continue to be vile; let the righteous continue to practice righteousness, and the holy continue to be holy.”
12 UDB यशूले सबै मानिसलाई भन्नुहुन्छ, “सुन! म चाँडै आउँदैछु! र प्रत्येक व्यक्तिले जे गरेको छ त्यसअनुसार हरेक व्यक्तिलाई म बदला लिनेछु र दण्ड दिनेछु वा इनाम दिनेछु। BSB BSB: “Behold, I am coming soon, and My reward is with Me, to give to each one according to what he has done.
13 UDB सबै कुराहरूको सुरु गर्ने म नै हुँ र सबै कुराहरूको अन्त्य गर्ने पनि म नै हुँ। सबै कुराहरू भन्दा पहिलाको म नै हुँ र सबै कुराहरू भन्दा पछिको पनि म नै हुँ। BSB BSB: I am the Alpha and the Omega, the First and the Last, the Beginning and the End.”
14 UDB आफ्ना वस्त्रहरू धुने र ती शुद्ध पार्ने मानिसहरूसँग परमेश्वर अति नै प्रसन्न हुनुहुन्छ, किनभने मानिसहरूलाई सदासर्वदा जीवित राख्ने रूखको फल तिनीहरूले खान सक्नेछन् र किनभने तिनीहरू ढोकाहरूबाट पवित्र सहरमा प्रवेश गर्न सक्नेछन्। BSB BSB: Blessed are those who wash their robes, so that they may have the right to the tree of life and may enter the city by its gates.
15 UDB बाहिरचाहिं अपवित्र मानिसहरू हुन्छन्। तिनीहरूमा तन्त्रमन्त्रको अभ्यास गर्ने मानिसहरू, यौनको पाप गर्ने मानिसहरू, अरूको हत्या गर्ने मानिसहरू, मूर्ति पुजकहरू र झूटो बोल्ने मानिसहरू र सधैं झूटो बोल्नेहरू पर्छन्। तिनीहरू कहिल्यै पनि त्यो सहरमा प्रवेश गर्न सक्दैनन्।” BSB BSB: But outside are the dogs, the sorcerers, the sexually immoral, the murderers, the idolaters, and everyone who loves and practices falsehood.
16 UDB “म, येशूले, तिमीहरू जो विश्वासीको समूहहरूलाई सबै सत्य कुराहरूका बारेमा मेरा स्वर्गदूतले भनून् भन्ने हेतुले तिनलाई पठाएँ। अगमवक्ताहरूले आउने भनी प्रतिज्ञा दिएका राजा दाऊदकाो सन्तान म नै हुँ। बिहानको चम्किलो तारा जस्तो एक जना म नै हुँ।” BSB BSB: “I, Jesus, have sent My angel to give you this testimony for the churches. I am the Root and the Offspring of David, the bright Morning Star.”
17 UDB परमेश्वरको आत्मा र ख्रीष्टका दुलही जस्ता उहाँका मानिसहरूले, विश्वास गर्न इच्छा गर्ने प्रत्येक व्यक्तिलाई भन्छन्, “आओ!” यो कुरा सुन्ने जोसुकैले विश्वास गर्न इच्छा गर्ने प्रत्येक व्यक्तिलाई भन्नुपर्छ, “आओ!” आउन इच्छा गर्ने मानिसहरू आउनुपर्छ! मानिसहरूलाई सदासर्वदा जीवित हुन सक्षम तुल्याउने पानीको इच्छा गर्ने हरेक व्यक्तिले यसलाई वरदान स्वरूप सित्तैंमा ग्रहण गर्नुपर्छ। BSB BSB: The Spirit and the bride say, “Come!” Let the one who hears say, “Come!” And let the one who is thirsty come, and the one who desires the water of life drink freely.
18 UDB मैले यस पुस्तकमा भविष्यवाणी गरेका कुरा सुन्ने हरेक व्यक्तिलाई म यूहन्ना गम्भीरतापूर्वक चेतावनी दिन्छुः कुनै व्यक्तिले यो सन्देशमा कुनै कुरा थप गर्छ भने यस पुस्तकले भनेअनुरूप परमेश्वरले त्यसलाई दण्ड दिनुहुनेछ। BSB BSB: I testify to everyone who hears the words of prophecy in this book: If anyone adds to them, God will add to him the plagues described in this book.
19 UDB मैले यस पुस्तकमा जे भविष्यवाणी गरेको छु त्यसबाट कुनै व्यक्तिले कुनै सन्देश हटाउँछ भने, मानिसहरूलाई सदासर्वदा जीवित रहन सक्षम तुल्याउने त्यो रूखको फल खान पाउने त्यो व्यक्तिको अधिकार परमेश्वरले खोस्नुहुनेछ। परमेश्वरको पवित्र सहरमा प्रवेश गर्न पाउने त्यस व्यक्तिको अधिकार पनि उहाँले खोस्नुहुनेछ। यी दुवै कुराहरू यस पुस्तकमा बताइएको छ। BSB BSB: And if anyone takes away from the words of this book of prophecy, God will take away his share in the tree of life and the holy city, which are described in this book.
20 UDB यी सबै कुराहरू सत्य हुन् भन्नुहुने येशू भन्नुहुन्छ, “निश्चित रूपमा म चाँडै नै आउँदैछु!” म, यहूुन्ना भन्छु, “यस्तै होस्! प्रभु येशू आउनुहोस्!” BSB BSB: He who testifies to these things says, “Yes, I am coming soon.” Amen. Come, Lord Jesus!
21 UDB तिमीहरू जो परमेश्वरका मानिसहरू हौ, सबै जनासँग हाम्रो प्रभु येशूले निरन्तर दयालु भएर व्यवहार गर्नुभएको होस् भनी म प्रार्थना गर्छु। आमेन! BSB BSB: The grace of the Lord Jesus be with all the saints. Amen.
Select verses for actions: Enter goes to them and Escape comes back.