1 UDB मेरा विश्वासी मित्रहरू, परमेश्वरले मेरा आफ्नै मानिसहरू, यहूदीहरूलाई बचाउन हुनेछ भनी म उत्कट इच्छा गर्छु र उत्सुकतापूर्वक प्रार्थना गर्छु। BSB BSB: Brothers, my heart’s desire and prayer to God for the Israelites is for their salvation.
2 UDB म तिनीहरूका बारेमा सत्यतासाथ घोषणा गर्छु कि तिनीहरू उत्सुकतापूर्वक परमेश्वरको मार्गमा हिंडे तापनि, उहाँको मार्गमा कसरी ठिक किसिमले हिंड्ने भनी तिनीहरू बुझ्दैनन्। BSB BSB: For I testify about them that they are zealous for God, but not on the basis of knowledge.
3 UDB परमेश्वरले मानिसहरूलाई कसरी धार्मी ठहराउनुहुन्छ भनी तिनीहरूले जानेनन्। तिनीहरू आफ्नै धार्मिकताले परमेश्वरमा धार्मी हुन चाहन्छन्, यसैले तिनीहरूका निम्ति भएको परमेश्वरको इच्छालाई तिनीहरू स्वीकार गर्दैनन्। BSB BSB: Because they were ignorant of God’s righteousness and sought to establish their own, they did not submit to God’s righteousness.
4 UDB उहाँमा विश्वास गर्ने हरेकलाई परमेश्वरमा धार्मी ठहराउनलाई ख्रीष्टले सम्पूर्ण व्यवस्थालाई सिद्ध रूपले पालन गर्नुभयो। यसैले व्यवस्था अब फेरि आवश्यकता छैन। BSB BSB: For Christ is the end of the law, to bring righteousness to everyone who believes.
5 UDB परमेश्वरको व्यवस्था सबै पालन गर्न खोज्ने मानिसहरूका बारेमा मोशाले लेखेः "व्यवस्थाले आवश्यक ठहराएका सबै कुराहरू सिद्ध रूपले पालन गर्ने मानिसहरू यिनै हुन् जो सदासर्वदा जिउनेछन्।” BSB BSB: For concerning the righteousness that is by the law, Moses writes: “The man who does these things will live by them.”
6 UDB तर तिनीहरूले ख्रीष्टमा विश्वास गरेका कारणले परमेश्वरले धार्मी ठहराउनु भएका मानिसहरूलाई मोशा भन्छन्, “कसैले पनि माथि स्वर्गमा जाने कोसिस गर्नुहुँदैन,” अर्थात् ख्रीष्टलाई हामीकहाँ तल ल्याउनलाई। BSB BSB: But the righteousness that is by faith says: “Do not say in your heart, ‘Who will ascend into heaven?’ (that is, to bring Christ down)
7 UDB मोशाले तिनीहरूलाई यसो पनि भन्छन्: “कसैले पनि मृतकहरू भएको ठाउँमा तल जाने कोसिस गर्नुहुँदैन,” अर्थात् ख्रीष्टलाई हाम्रो निम्ति मृत्युबाट फर्काउनलाई। BSB BSB: or, ‘Who will descend into the Abyss?’ (that is, to bring Christ up from the dead).”
8 UDB तर त्यसको सट्टामा, ख्रीष्टलाई विश्वास गर्नेहरूले मोशाले लेखेको कुरा भन्न सक्छन्, “तिमीहरूले परमेश्वरको सन्देश धेरै सजिलोसँग भेटाउन सक्छौ। तिमीले त्यसको बारेमा बोल्न सक्छौ र त्यसको बारेमा सोच्न सक्छौ।” हामीले घोषणा गर्ने शन्देस यो होः मानिसहरूले ख्रीष्टमा विश्वास गर्नुपर्छ। BSB BSB: But what does it say? “The word is near you; it is in your mouth and in your heart,” that is, the word of faith we are proclaiming:
9 UDB सन्देश चाहिं यो हो कि तिमीहरुमध्ये कसैले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्छ र परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो भनी साँच्चिकै तिमीले विश्वास गर्छौ भने, उहाँले तिमीलाई बचाउनुहुनेछ। BSB BSB: that if you confess with your mouth, “Jesus is Lord,” and believe in your heart that God raised Him from the dead, you will be saved.
10 UDB मानिसहरूले यी कुराहरूमा विश्वास गर्छन् भने, परमेश्वरले तिनीहरूलाई धार्मी ठहराउनुहुनेछ। र येशू नै प्रभु हुनुहुन्छ भनी जसले खुल्लमखुल्ला किसिमले भन्छ- परमेश्वरले तिनीहरूको उद्धार गर्नुहुन्छ। BSB BSB: For with your heart you believe and are justified, and with your mouth you confess and are saved.
11 UDB ख्रीष्टको बारेमा धर्मशास्त्रमा यस्तो लेखिएको छ, “जसले उहाँमा विश्वास गर्छन्, हातास हुने वा लज्जित हुनेछैनन्।” BSB BSB: It is just as the Scripture says: “Anyone who believes in Him will never be put to shame.”
12 UDB यसरी परमेश्वरले यहूदीहरू र गैरयहूदीहरूलाई समान व्यवहार गर्नुहुन्छ। किनभने उहाँमा विश्वास गर्ने सबै मानिसहरूकाो निम्ति उहाँ एउटै प्रभु हुनुहुन्छ, आफूलाई मद्धत गर्न उहाँलाई पुकारा गर्ने सबै मानिसहरूलाई उहाँले महान किसिमले मद्धत गर्नुहुन्छ। BSB BSB: For there is no difference between Jew and Greek: The same Lord is Lord of all, and gives richly to all who call on Him,
14 UDB धेरैजसो मानिसहरूले निश्चय नै ख्रीष्टमा विश्वास गरेका छैनन्, र कोही मानिसहरूले किन त्यसो गरेका छैनन् भनी बताउन तिनीहरू यसो भन्न सक्छन्, “मानिसहरूले पहिला ख्रीष्टमा विश्वास गरेका छैनन् भने, तिनीहरूले निश्चित रूपमा आफूलाई मद्धत गर्न उहाँलाई पुकार्न सक्दैनन्! र तिनीहरूले उहाँको बारेमा सुनेका छैनन् भने, निश्चित रूपमा तिनीहरूले उहाँमा विश्वास गर्न सक्दैनन्! र कसैले उहाँको बारेमा तिनीहरूलाई प्रचार गर्दैन भने, तिनीहरूले निश्चित रूपमा उहाँको बारेमा सुन्न सक्दैनन्! BSB BSB: How then can they call on the One in whom they have not believed? And how can they believe in the One of whom they have not heard? And how can they hear without someone to preach?
15 UDB र तिनीहरूलाई ख्रीष्टको बारेमा प्रचार गर्न सक्नेहरूलाई परमेश्वरले नपठाउनु भएसम्म तिनीहरूले निश्चय नै त्यसो गर्न सक्दैनन्। तर कोही विश्वासीहरूले तिनीहरूलाई प्रचार गर्छन् भने, त्यो धर्मशास्त्रले भनेजस्तै हुन्छः ‘मानिसहरू आउँदा र सुसमाचार ल्याउँदा सुन्दर कुरा हुन्छ!’” BSB BSB: And how can they preach unless they are sent? As it is written: “How beautiful are the feet of those who bring good news!”
16 UDB यस्ता कुराहरू गर्ने मानिसहरूलाई म यसरी जवाफ दिन्छुः “ख्रीष्टको बारेमा सन्देश प्रचार गर्नलाई परमेश्वरले वास्तवमा नै मानिसहरू पठाउनुभएको छ। तर इस्राएलका सबै मानिसहरूले सुसमाचारमा ध्यान दिएका छैनन्! येशैयाले साह्रै निराश अनुभव गर्दा तिनले भनेको जस्तै होः “परमप्रभु! हामीले प्रचार गरेको तिनीहरूले सुनेर कुनै व्यक्तिले विरलै विश्वास गरेजस्तो लाग्यो!” BSB BSB: But not all of them welcomed the good news. For Isaiah says, “Lord, who has believed our message?”
17 UDB यसैले त्यसोभए, म तिमीहरूलाई भन्छु कि मानिसहरूले ख्रीष्टको बारेमा सुनेको कारणले तिनीहरूले उहाँमा विश्वास गर्दैछन्, र अरूहरूले ख्रीष्टको बारेमा प्रचार गरिरहेको कारणले मानिसहरूले सन्देश सुन्दैछन्। BSB BSB: Consequently, faith comes by hearing, and hearing by the word of Christ.
18 UDB तर ती मानिसहरूलाई कसैले यसो भने, “इस्राएलीहरूले वास्तवमा नै यो सन्देश सुनेका छन्,” म भन्छु, “हो, साँच्चै हो! यो धर्मशास्त्रले यसो भनेजस्तै होः सारा संसारभरि रहेका मानिसहरूले सारा सृष्टिलाई देखेका छन्, र परमेश्वर को हुनुहुन्छ भन्ने बारेमा यसले प्रमाणित गर्छ– संसारको सबैभन्दा दुर्गम ठाउँहरूमा बस्ने मानिसहरूले पनि यो कुरा बुझेका छन्!” BSB BSB: But I ask, did they not hear? Indeed they did: “Their voice has gone out into all the earth, their words to the ends of the world.”
19 UDB यसका अतिरिक्त, इस्राएलीहरूले वास्तवमा नै यो सन्देश सुनेको कुरा सत्य हो। तिनीहरूले यसलाई बुझेका पनि हुन्, तर तिनीहरूले यसमा विश्वास गर्न इन्कार गरे। याद गर कि यस्ता मानिसहरूलाई चेतावनी दिने मोशा नै पहिलो व्यक्ति थिए। परमेश्वरले भन्नुभएका कुरा तिनले उनीहरूलाई भने, “गैरयहूदी जातिहरू वास्तविक जातिहरू हुँदै होइनन् भनी तिमीहरू विचार गर्छौ। तर तिनीहरूमध्ये कसैले मलाई विश्वास गर्नेछन् र म तिनीहरूलाई आशिष् दिनेछु। तव तिमीहरूले तिनीहरूलाई डाहा गर्नेछौ र तिनीहरूसँग रिसाउनेछौ, जुन मानिसहरूले मलाई बुझ्न सक्छन् भनी तिमीहरू विचार गर्दैनौ। BSB BSB: I ask instead, did Israel not understand? First, Moses says: “I will make you jealous by those who are not a nation; I will make you angry by a nation without understanding.”
20 UDB परमेश्वरले यशैयाद्वारा धेरै सहासकासाथ यसो भन्नुभएको कुरा पनि याद गर, “मलाई चिन्न कोसिस नगरेका गैरयहूदीहरूले निश्चय नै मलाई भट्टाउनेछन्! जसले मलाई पुकारा गरेनन् तिनीहरूलाई म कस्तो छु भनी म निश्चय नै प्रकट गर्नेछु!” BSB BSB: And Isaiah boldly says: “I was found by those who did not seek Me; I revealed Myself to those who did not ask for Me.”
21 UDB तर परमेश्वरले इस्राएलीहरूका बारेमा बोल्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “मेरो अज्ञा नमान्ने र विद्रोही मानिसहरू मकहाँ फर्केर आउन् भनी तिनीहरूलाई निम्तो दिनलाई धेरै समयदेखि मैले आफ्ना हातहरू फैलाएर राखेको छु।” BSB BSB: But as for Israel he says: “All day long I have held out My hands to a disobedient and obstinate people.”
Select verses for actions: Enter goes to them and Escape comes back.