2 UDB अहँ, परमेश्वरले आफ्ना मानिसहरूलाई तिरस्कार गर्नुभएको छैन जसलाई उहाँले विशेष किसिमले आशिष् दिएर आफ्ना मानिस बनाउनलाई उहाँले धेरै अघि चुन्नुभयो। एलियाले भुलवश इस्राएलका मानिसहरूको बारेमा परमेश्वरसँग गुनासो गरेको कुरा याद गर जस्तो धर्मशास्त्रले भन्छः BSB BSB: God did not reject His people, whom He foreknew. Do you not know what the Scripture says about Elijah, how he appealed to God against Israel:
3 UDB “परमप्रभु, तिनीहरूले तपाईंका बाँकी अगमवक्ताहरूलाई मारे, र तिनीहरूले तपाईंको वेदीहरू नाश गरेका छन्। तपाईंमा विश्वास गर्ने म मात्र एकजना जीवित छु, र अहिले तिनीहरूले मलाई मार्ने कोसिस गर्दैछन्!” BSB BSB: “Lord, they have killed Your prophets and torn down Your altars. I am the only one left, and they are seeking my life as well”?
4 UDB परमेश्वरले तिनलाई यस्तो जवाफ दिनुभयोः “बाँकी बचेका ममा विश्वासयोग्य मानिसहरूमा तँ मात्र छैनस्। इस्राएलमा आफ्नो निम्ति मैले सात हजार मानिसहरूलाई जोगाएको छु, यी झुटा देवता बालको आराधना गरेका छैनन्।” BSB BSB: And what was the divine reply to him? “I have reserved for Myself seven thousand men who have not bowed the knee to Baal.”
5 UDB यसैले, त्यस्तै किसिमले, यो समयमा पनि हामी यहूदीहरूको एउटा बाँकी बचेका समूह छ जो विश्वासीहरू भएका छौंँ। परमेश्वरले हामीप्रति दयालु व्यवहार गर्नुभएको कारणले मात्र उहाँले हामीलाई विश्वासीहरू हुनलाई चुन्नुभएको हो, एक किसिमले हामी त्यसको निम्ति योग्य छैनौं। BSB BSB: In the same way, at the present time there is a remnant chosen by grace.
6 UDB यो उहाँले चुन्नुहुने मानिसहरूप्रति उहाँले दयालु व्यवहार गर्नुहुने कारणले हो, तिनीहरूले असल कुराहरू गरेको कारणले उहाँले चुन्नु भएको होइन। मानिहरूले असल कामहरू गरेको कारणले परमेश्वरले तिनीहरूलाई चुन्नुभएको भए, उहाँले तिनीहरूप्रति दयालु व्यवहार गर्नुपर्ने आवश्यक थिएन। BSB BSB: And if it is by grace, then it is no longer by works. Otherwise, grace would no longer be grace.
7 UDB परमेश्वरले इस्राएलका केही मानिस मात्र चुन्नुभएको कारणले, यसले हामीलाई यो ज्ञान हुन्छ कि यहूदीहरूमध्ये धेरैजनाले आफूले खोज्दै गरेको कुरा प्राप्त गर्न असफल भए (यद्यपि परमेश्वरले चुन्नुभएका यहूदीहरूले यो प्राप्त गरे)। परमेश्वरले यहूदीहरूलाई के भन्दै हुनुहुन्थ्यो भनी तिनीहरूमध्ये धेरैले बुझ्ने इच्छा गरेनन्। BSB BSB: What then? What Israel was seeking, it failed to obtain, but the elect did. The others were hardened,
8 UDB यशैया अगमवक्ताले लेखेका कुरा यस्तै छः “परमेश्वरले तिनीहरूलाई हठी बनाउनुभयो। तिनीहरूले ख्रीष्टको बारेमा भएको सत्यता बुझ्नुपर्छ तर तिनीहरूले सक्दैनन्। जब परमेश्वर बोल्नुहुँदा, तिनीहरूले उहँका आज्ञा पालन गर्नुपर्छ तर तिनीहरूले गर्दैनन्। आजको दिनसम्म पनि यस्तै भएको छ।” BSB BSB: as it is written: “God gave them a spirit of stupor, eyes that could not see, and ears that could not hear, to this very day.”
9 UDB यहूदीहरूले मलाई दाऊद राजाले भनेको कुरा याद गराउँछन्, जतिबेला आफ्ना शत्रुहरूका चेतनालाई सुस्त बनाउन तिनले परमेश्वरलाई बिन्ति गरे, “तिनीहरूलाई जाल वा पासोमा पर्ने जनावरहरूजस्तै मूर्ख बनाउनुहोस्! आफ्ना भोजहरूमा भएजस्तै सुरक्षित महसुस तिनीहरू गरून् तर तिनै भोजहरू तपाईंले तिनीहरूलाई पक्रने समय बनोस्, र तिनीहरूले पाप गर्नेछन्, जसको परिणाम तपाईंले तिनीहरूलाई नाश गर्नुहुनेछ। BSB BSB: And David says: “May their table become a snare and a trap, a stumbling block and a retribution to them.
10 UDB तिनीहरूलाई खतरा हुँदा तिनीहरूले त्यो देख्न नसकून्। तिनीहरूका समस्याहरूका कारणले तपाईंले तिनीहरूलाई सधैं कष्ट दिनुहोस्।” BSB BSB: May their eyes be darkened so they cannot see, and their backs be bent forever.”
11 UDB मैले सोध्नुपर्छ भने, “यहूदीहरूले ख्रीष्टमा विश्वास नगरेर पाप गरे भने, त्यसको अर्थ के तिनीहरू सधैंँ परमेश्वरबाट अलग हुनेछन् र?” म जवाफ दिन्छु, “अहँ, तिनीहरूले निश्चय पनि स्थायी रूपमा आफैंलाई परमेश्वरबाट अलग पारेका छैनन्! बरु, यहूदीहरूले पाप गरको कारणले परमेश्वरले गैरयहूदीहरूलाई आशिष् दिनुभएको देखेर तिनीहरू डाही बनून् भन्ने उदेश्यले उहाँले गैरयहूदीहरूलाई बचाउँदै हुनुहुन्छ, जसले गर्दा तिनीहरूले आफूलाई बचाउन ख्रीष्टमा पुकारा गर्नेछन्।” BSB BSB: I ask then, did they stumble so as to fall beyond recovery? Certainly not! However, because of their trespass, salvation has come to the Gentiles to make Israel jealous.
12 UDB जब यहूदीहरूले ख्रीष्टलाई इन्कार गरे परिणाम यो भयो कि परमेश्वरले संसारका मानिसहरूलाई विश्वास गर्ने अवसर दिनु भएर तिनीहरूलाई प्रशस्त किसिमले आशिष् दिनुभयो। र जब यहूदीहरू आत्मिक रूपमा असफल भए त्यसको परिणाम यो भयो कि परमेश्वरले गैरयहूदीहरूलाई प्रशस्त किसिमले आशिष् दिनुभयो। त्यो कुरा सत्य भएको हुनाले, परमेश्वरले चुन्नुभएका यहूदीहरूको सम्पूर्ण संख्याले ख्रीष्टमा विश्वास गर्दा कति राम्रो हुनेछ! BSB BSB: But if their trespass means riches for the world, and their failure means riches for the Gentiles, how much greater riches will their fullness bring!
13 UDB अब यसपछि म गैरयहूदीहरूलाई केही भन्दैछु। म तिमीहरू जस्तै गैरयहूदीहरूको लागि प्रेरित हुँ, र परमेश्वरले मलाई गर्न नियुक्त गर्नुभएको यो कामलाई म उच्च कदर गर्छु। BSB BSB: I am speaking to you Gentiles. Inasmuch as I am the apostle to the Gentiles, I magnify my ministry
14 UDB तर मेरो परिश्रमद्वारा मेरा यहूदी बन्धुहरू डाही हुनेछन् भनेर पनि म आशा गर्छु, परिणाम स्वरूप तिनीहरूमध्ये कसैले विश्वास गर्नेछन् र उद्धार पाउनेछन्। BSB BSB: in the hope that I may provoke my own people to jealousy and save some of them.
15 UDB मेरा यहूदी बन्धुहरूमध्ये धेरैलाई परमेश्वरले इन्कार गर्नुभएको छ किनभने तिनीहरूले विश्वास गर्न इन्कार गरे, परिणाम यो भयो कि उहाँले आफू र संसारका अरू मानिसहरूका बीचमा मिलाप गर्नुभयो। धेरैजसो यहूदीहरूले ख्रीष्टलाई इन्कार गरेपछि यो कुरा भयो भने, तिनीहरूलाई उहाँमा विश्वास गरेपछि हुने उत्कृष्ट कुराहरूका बारेमा विचार गर। यो त तिनीहरू मृत्युबाट जीवित भइ उठेका जस्तै हुनेछ! BSB BSB: For if their rejection is the reconciliation of the world, what will their acceptance be but life from the dead?
16 UDB पिठोको डल्लाको पहिलो भागबाट मानिसहरूले रोटी बनाएर परमेश्वरलाई चढाएका छन् भने, त्यो पिठो पूरै परमेश्वरको भएजस्तै, यहूदीहरू परमेश्वरका हुनेछन् किनभने तिनीहरूका पूर्खाहरू परमेश्वरका थिए। र जसरी रुखका जराहरू परमेश्वरका हुन् भने, त्यसका हाँगाहरू पनि परमेश्वरकै हुन्छन्, त्यसरी नै हाम्रा महान यहूदी पुर्खाहरूका जो परमेश्वरका थिए, तिनीहरूका सन्तानहरू पनि एकदिन परमेश्वरका हुनेछन्। BSB BSB: If the first part of the dough is holy, so is the whole batch; if the root is holy, so are the branches.
17 UDB मानिसहरूले एउटा रूखको सुकेका हाँगाहरू भाँचेजस्तै परमेश्वरले यहूदीहरूमध्ये धेरैजनालाई इन्कार गर्नुभएको छ। र जङ्गली जैतुनको एउटा हाँगालाई खेति गरिएको जैतुनको हाँगा काटको ठाँउमा कसैले कलमी बाँधेजस्तै परमेश्वरले ग्रहण गर्नुभएका गैरयहूदीहरूमध्ये तिमीहरू प्रत्येक नै तेस्तै हौ। जसरी रोपिएको जैतुनको रूखको जराबाट आउने रसबाट हाँगाहरूलाई फाइदा हुन्छ, त्यसरी नै हाम्रा प्रथम यहूदी पुर्खाहरूलाई परमेश्वरले दिनुभएको आशिष्बाट उहाँले तिमीहरूलाई फाइदा पुर्याउनुभएको छ। BSB BSB: Now if some branches have been broken off, and you, a wild olive shoot, have been grafted in among the others to share in the nourishment of the olive root,
18 UDB यहूदीहरू कसैले रूखबाट भाँचेका हाँगाहरू जस्तै भए तापनि, तिमी गैरयहूदीहरूले परमेश्वरले तिरस्कार गर्नुभएका तिनीहरूलाई तुच्छ ठान्नु हुँदैन! परमेश्वरले तिमीहरूलाई कसरी बचाउनु भएको छ भन्ने कुरामा तिमीहरू शेखी गर्ने इच्छा गर्छौ भने, यो कुरा याद गरः हाँगाहरूले जरालाई खुवाउँदैनन्। बरु, जराले हाँगाहरूलाई खुवाउँछन्। त्यसरी नै, यहूदीहरूबाट तिमीहरूले जे प्राप्त गरेका छौ त्यो कारणले परमेश्वरले तिमीहरूलाई मद्धत गर्नुभएको छ! यहूदीहरूलाई मद्धत हुने कुनै कुरा पनि तिमीहरूले तिनीहरूलाई दिएका छैनौ। BSB BSB: do not boast over those branches. If you do, remember this: You do not support the root, but the root supports you.
19 UDB तिमीहरू मलाई यसो भन्न सक्छौ, “मानिसहरूले एउटा रूखको खराब हाँगाहरूलाई भाँच्ने र तिनीहरूलाई फाल्ने काम गरेजस्तै परमेश्वरले यहूदीहरूलाई तिरस्कार गर्नुभएको छ, र उहाँले हामी गैरयहूदीहरूलाई स्वीकार गर्नुभएको होस् भन्ने उदेश्यले उहाँले यो काम गर्नुभएको छ, जसरी जङ्गली जैतुनको रूखको हाँगालाई एउटा असल रूखको हाँगामा मानिसहरूले कलमी बाँध्छन्।” BSB BSB: You will say then, “Branches were broken off so that I could be grafted in.”
20 UDB यो कुरा सत्य हो भनी म जवाफ दिन्छु। तापनि यहूदीहरूले ख्रीष्टलाई विश्वास नगरेको कारणले परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो। तिमीहरूकाो बारेमा, तिमीहरूले ख्रीष्टमा विश्वास गरेको कारणले मात्र तिमीहरू बलियोसँग खडा छौ! यसैले अहंकारी नहोओ, तर बरु, भय मान! BSB BSB: That is correct: They were broken off because of unbelief, but you stand by faith. Do not be arrogant, but be afraid.
21 UDB एउटा रूखको जरैदेखि पलाएका प्राकृतिक हाँगाहरू जस्तै ती यहूदीहरू अविश्वासी हुँदा त परमेश्वरले बाँकी राख्नुभएन भने, यो जान कि, तिमीहरूले विश्वास गर्दैनौ भने, तिमीहरूलाई पनि उहाँले बाँकी रख्नुहुने छैन! BSB BSB: For if God did not spare the natural branches, He will certainly not spare you either.
22 UDB तब ध्यान देऊ, परमेश्वरले दयालु व्यवहार गर्नु हुन्छ, तर उहाँले कठोर व्यवहार पनि गर्नुहुन्छ। ख्रीष्टमा विश्वास गर्न इन्कार गर्ने यहूदीहरूप्रति उहाँले कठोर व्यवहार गर्नुभएको छ। तिमीहरूप्रति परमेश्वरले दयालु व्यवहार गर्नु भएको छ, तर तिमीहरूले ख्रीष्टमा निरन्तर विश्वास गरेनौ भने, उहाँले कठोर व्यवहार गर्नुहुनेछ। BSB BSB: Take notice, therefore, of the kindness and severity of God: severity to those who fell, but kindness to you, if you continue in His kindness. Otherwise you also will be cut off.
23 UDB र यहूदीहरूले ख्रीष्टमा विश्वास गर्छन् भने, परमेश्वरले तिनीहरूलाई फेरि पनि रूखमा फर्काउनुहुनेछ, किनभने परमेश्वरले त्यसो गर्न सक्नुहुन्छ। BSB BSB: And if they do not persist in unbelief, they will be grafted in, for God is able to graft them in again.
24 UDB परमेश्वरले यहूदीहरूलाई आशिष् दिनुभएको तरिकाबाट पहिले परमेश्वरबाट अलग भएका तिमी गैरयहूदीहरूलाई फाइदा भएको छ। यो एउटा जङ्गली जैतुनको रूख- कसैले खेति नगरी आफैं उम्रेर बढेको एउटा रूखबाट कसैले काटेर फालेका हाँगाहरू लिनु र त्यस विपरित, मानिसहरूले प्रायः गरेझैं, तिनीहरूलाई खेति गरेको एउटा जैतुनको रूखमा कलमी बाँध्नु जस्तै हो। यसैले परमेश्वरले यहूदीहरूलाई अझ बढी तयारीसाथ फिर्ता लिनुहुनेछ, किनभने तिनीहरू पहिले उहाँकै थिए! त्यो कसैले काटेर फालेका जैतुनको मौलिक रूखका हाँगाहरूलाई, तिनीहरूका मौलिक रूखमा कलमी बाँध्नुजस्तै हो। BSB BSB: For if you were cut from a wild olive tree, and contrary to nature were grafted into one that is cultivated, how much more readily will these, the natural branches, be grafted into their own olive tree!
26 UDB र त्यसपछि परमेश्वरले इस्राएलका सबैलाई बचाउनुहुनेछ। तब धर्मशास्त्रमा लेखिएका यी वचनहरू पूरा हुनेछन्ः “यहूदीहरूको माझमा हुनुभएको परमेश्वरबाट आफ्ना मानिसहरूलाई स्वतन्त्र गराउनुहुने एकजना आउनुहुनेछ। उहाँले इस्राएलका मानिसहरूकाो पापहरू क्षमा गर्नुहुनेछ।” BSB BSB: And so all Israel will be saved, as it is written: “The Deliverer will come from Zion; He will remove godlessness from Jacob.
27 UDB र जस्तो परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूसँग गर्ने करारद्वारा म तिनीहरूका पापहरू क्षमा गर्नेछु।” BSB BSB: And this is My covenant with them when I take away their sins.”
29 UDB उहाँले अझै पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ किनभने उहाँले तिनीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको कुराको बारेमा, र उहाँले जसरी तिनीहरूलाई आफ्नै मानिसहरू हुन बोलाउनु भएको छ त्यो कुराको बारेमा उहाँले आफ्नो मन कदापि फेर्नुहुन्न। BSB BSB: For God’s gifts and His call are irrevocable.
30 UDB तिमी गैरयहूदीहरूले एकपल्ट परमेश्वरका आज्ञा उल्लङ्घन गर्यौ तर उहाँले अहिले तिमीहरूप्रति दयालु व्यवहार गर्नुभएको छ किनभने यहूदीहरूले उहाँका अज्ञा उल्लङ्घन गरे। BSB BSB: Just as you who formerly disobeyed God have now received mercy through their disobedience,
31 UDB त्यसरी नै, अहिले तिनीहरूले परमेश्वरको अज्ञा उल्लङ्घन गरेका छन्। परिणाम यो हो कि जसरी उहाँले तिमीहरूप्रति दयालु व्यवहार गर्नुभयो, उहाँले तिनीहरूप्रति फेरिी दयालु व्यहार गर्नुहुनेछ। BSB BSB: so they too have now disobeyed, in order that they too may now receive mercy through the mercy shown to you.
32 UDB परमेश्वरले घोषणा गर्नुभएको छ र प्रमाणित गर्नुभएको छ कि सबै मानिसहरू, यहूदीहरू र गैरयहूदीहरू दुवैले उहाँका अज्ञा उल्लङ्घन गरेका छन्। उहाँले त्यो घोषणा गर्नुभएको छ किनभने उहाँले हामी सबैप्रति दयालु व्यवहार गर्ने इच्छा गर्नुहुन्छ। BSB BSB: For God has consigned everyone to disobedience so that He may have mercy on everyone.
34 UDB मलाई यस्तो लेखिएको धर्मशास्त्र याद आउँछ, “परमप्रभुले के विचार गर्नुहुन्छ सो कसैले कदापि जानेको छैन। उहाँलाई कसैले कदापि सल्लाह दिन सकेको छैन।” BSB BSB: “Who has known the mind of the Lord? Or who has been His counselor?”
35 UDB र, “कसैले पनि परमेश्वरलाई कुनै कुरा यसरी दिएको छैन जसले गर्दा परमेश्वरले उसलाई इनाम नै दिन पर्यो।” BSB BSB: “Who has first given to God, that God should repay him?”
36 UDB परमेश्वरले नै सबै कुराहरू सृष्टि गर्नुभयो। सबै कुराहरूलाई सम्हाल्ने पनि उहाँ नै हुनुहुन्छ। तिनीहरूले उहाँको प्रशंसा गर्न सकून् भनेर उहाँले तिनीहरूको सृष्टि गर्नुभयो। सबै मानिसहरूले सदासर्वदा उहाँको आदर गरून्! यो यस्तै होस्! BSB BSB: For from Him and through Him and to Him are all things. To Him be the glory forever! Amen.
Select verses for actions: Enter goes to them and Escape comes back.