1 UDB मेरो विश्वासी बन्धुहरू, परमेश्वरले धेरै किसिमले तिमीहरूप्रति कृपाल भएर व्यवहार गर्नुभएको कारणले, म तिमीहरू सबैलाई अनुरोध गर्छु कि तिमीहरूले आफैंलाई जिउँदो बलिदन जस्तै प्रस्तुत गर, यस्तो बलिदान जो तिमीहरूले परमेश्वरलाई मात्र दिन्छौ र त्यसले उहाँलाई प्रसन्न तुल्याउँछ। उहाँको आराधना गर्ने उचित तरिका त्यही हो। BSB BSB: Therefore I urge you, brothers, on account of God’s mercy, to offer your bodies as living sacrifices, holy and pleasing to God, which is your spiritual service of worship.
2 UDB तिमीहरूले गर्ने व्यवहारमा अविश्वासीहरूले तिमीहरूलाई मार्गदर्शन नगरून्। बरु, तिमीहरूले जे गर भन्ने उहाँको इच्छा छ त्यो तिमीहरूले थाहा पाउनलाई आफ्नो विचार गर्ने तरिका परमेश्वरलाई बदल्न देओ र त्यसलाई नयाँ बनाओ, यसरी उहाँलाई प्रसन्न तल्याउने तरिकाले कसरी काम गर्ने भनी तिमीहरूले जान्न सक्छौ, जसरी उहाँ आफैंले काम गर्नुहुन्छ। BSB BSB: Do not be conformed to this world, but be transformed by the renewing of your mind. Then you will be able to test and approve what is the good, pleasing, and perfect will of God.
3 UDB म योग्य नभए पनि परमेश्वरले दयालु भएर मलाई आफ्नो प्रेरित नियुक्त गर्नुभएको कारणले, म तिमीहरू हरेलाई यो भन्छुः तिमीहरू साँच्चै जस्तो छौ त्योभन्दा बढी तिमीहरू असल छौ भनी विचार नगर। बरु, परमेश्वरले तिमीहरूलाई जसरी उहाँमा विश्वास गर्ने अनुमति दिनुभएको छ त्यसरी नै आफ्नो बारेमा सचेत भएर विचार गर। BSB BSB: For by the grace given me I say to every one of you: Do not think of yourself more highly than you ought, but think of yourself with sober judgment, according to the measure of faith God has given you.
4 UDB एकजना व्यक्तिको शरीर एउटै हुने भए पनि, त्यसका अंगहरू धेरै हुन्छन्। त्यस शरीरको निम्ति अंगहरूमध्ये सबैको आवश्यक हुन्छन् तर तिनीहरू सबैले उस्तै किसिमले काम गर्दैनन्। BSB BSB: Just as each of us has one body with many members, and not all members have the same function,
5 UDB त्यसरी नै, हामीहरू पनि, हामीहरू धेरै भए तापनि, एउटै समूहमा एकतामा छौं किनभने हामीहरू ख्रीष्टसँग मिलापमा छौं, र हामीहरू एक अर्काका हौं। यसैले आफूलाई अरूहरूभन्दा धेरै महत्त्वपूर्ण भएको जस्तो व्यवहार कसैले पनि गर्नुहुँदैन! BSB BSB: so in Christ we who are many are one body, and each member belongs to one another.
6 UDB बरु, परमेश्वरले हामीलाई एक अर्काबाट फरक बनाउनु भएको कारणले, हामीहरूमध्ये प्रत्येकले भिन्न कुराहरू गर्न सक्ने हुनाले हामीले त्यो उत्सुकतासाथ र आनन्दित भएर गर्नुपर्दछ! हामीहरूमध्ये जसलाई परमेश्वरले अरूहरूका निम्ति सन्देश दिनुभएको छ, हामीहरूमा भएको परमेश्वरप्रतिको विश्वाससित मेल खाने किसिमले बोल्नुपर्दछ। BSB BSB: We have different gifts according to the grace given us. If one’s gift is prophecy, let him use it in proportion to his faith;
7 UDB अरूहरूको सेवा गर्नलाई परमेश्वरले सक्षम तुल्याउनु भएकाहरूले त्यही गर्नुपर्छ। परमेश्वरको सत्य सिकाउनलाई उहाँले सक्षम बनाउनु भएकाहरुलेो त्यही गर्नुपर्छ। BSB BSB: if it is serving, let him serve; if it is teaching, let him teach;
8 UDB अरूहरूलाई उत्साह दिनलाई परमेश्वरले सक्षम तुल्याउनु भएकाहरूले त्यो सारा हृदयले गर्नुपर्छ। अरूहरूलाई चीजबीजहरू दिनलाई परमेश्वरले सक्षम तुल्याउनु भएकाहरूले, बाँकी नराखी त्यसो गर्नुपर्छ। अरूहरूको व्यवस्थापन गर्नलाई परमेश्वरले सक्षम तुल्याउनु भएकाहरूले, त्यही गर्नुपर्छ र त्यो होशियारीसाथ गर्नुपर्छ। दीनदुःखीको मद्धत गर्नलाई परमेश्वरले सक्षम तुल्याउनु भएकाहरूले, त्यो खुशीसाथ गर्नुपर्छ। BSB BSB: if it is encouraging, let him encourage; if it is giving, let him give generously; if it is leading, let him lead with diligence; if it is showing mercy, let him do it cheerfully.
9 UDB जसरी तिमीहरूले मानिसलाई प्रेम गर्नुपर्छ, तिनीहरूलाई इमान्दारीसाथ प्रेम गर! जे खराब छ त्यसलाई घृणा गर! परमेश्वरले जे कुरालाई असल ठान्नुहुन्छ त्यो उत्सुक भएर निरन्तर गर! BSB BSB: Love must be sincere. Detest what is evil; cling to what is good.
10 UDB एउटै परिवारका सदस्यहरूले गरेझैं एक अर्कालाई प्रेम गर, र एक अर्कालाई सम्मान गर्ने सम्बन्धमा त्यसो गर्न तिमीहरू पहिला हुनुपर्छ! BSB BSB: Be devoted to one another in brotherly love. Outdo yourselves in honoring one another.
11 UDB अल्छि नहोओ। बरु, परमेश्वरको सेवा गर्न उत्सुक होओ! तिमीहरूले प्रभुको सेवा गर्दा, जोशिलो होओ! BSB BSB: Do not let your zeal subside; keep your spiritual fervor, serving the Lord.
12 UDB परमेश्वरले तिमीहरूका निम्ति जे गर्नुहुनेछ त्यसलाई तिमीहरूले दृढतासाथ प्रतिक्षा गर्दै गरेको कारणले आनन्दित होओ! तिमीहरूले कष्ट भोग्दा, धैर्यवान होओ! प्रार्थना गर्दै रहो र कदापि नछोड! BSB BSB: Be joyful in hope, patient in affliction, persistent in prayer.
13 UDB परमेश्वरका मानिसहरूमध्ये कसैलाई केही कुराको खाँचो हुन्छ भने, तिमीहरूसँग जे छ त्यो तिनीहरूसँग बाँड! अरूहरूको सत्कार गर्न सृजनात्क होओ! BSB BSB: Share with the saints who are in need. Practice hospitality.
15 UDB तिनीहरू आनन्दित छन् भने, तिमीहरू तिनीहरूसँग आनन्दित हुनुपर्छ! तिनीहरू उदास छन् भने, तिमीहरू तिनीहरूसँग उदास हुनुपर्छ! BSB BSB: Rejoice with those who rejoice; weep with those who weep.
16 UDB तिमीहरूले आफ्नो निम्ति जे इच्छा गर्छौ, अरूहरूका निम्ति त्यही इच्छा गर। तिमीहरूले जसरी विचार गर्छौ त्यसमा अहंकारी नहोओ। बरु, प्रतिष्ठ नभएका जास्ता मानिसहरूका मित्रहरू बन। आफैंलाई बुद्धिमान छु भनी विचार नगर। BSB BSB: Live in harmony with one another. Do not be proud, but associate with the lowly. Do not be conceited.
18 UDB जबसम्म सम्भवसम्म, परिस्थितिलाई तिमीहरूले नियन्त्रणमा राख्न सक्नेसम्म अरू मानिसहरूसँग शान्तिपूर्वक बस। BSB BSB: If it is possible on your part, live at peace with everyone.
20 UDB तिमीहरूलाई खराब गर्नेहरूलाई खराब गर्नुको साटोमा, धर्मशास्त्रले सिकाए जस्तो गरः “तिमीहरूका शत्रुहरू भोकाएका छन् भने, तिनीहरूलाई खाना देओ! तिनीहरू तिर्खाएका छन् भने, तिनीहरूलाई पिउनलाई केही कुरा देओ। यसो गरेर, तिनीहरूलाई तिमीहरूले लाजले भुतुक्कै पार्नेछौ र सायद तिनीहरूले तिमीहरूप्रतिको आफ्नो मनको विचार बदल्नेछन्।” BSB BSB: On the contrary, “If your enemy is hungry, feed him; if he is thirsty, give him a drink. For in so doing, you will heap burning coals on his head.”
21 UDB अरूहरूले तिमीहरूप्रति गरेका खराब कामहरूले तिमीहरूलाई जित्न नदेओ। बरु, तिनीहरूले तिमीहरूलाई गरेको भन्दा तिनीहरूका निम्ति अझै असल गर! BSB BSB: Do not be overcome by evil, but overcome evil with good.
Select verses for actions: Enter goes to them and Escape comes back.