1 UDB परमेश्वरले तिनीहरूलाई जति गर्ने अनुमति दिनुहुन्छ भनी अरू विश्वासीहरूले विचार गर्छन् त्योभन्दा धेरै कुराहरू गर्ने अनुमति उहाँले हामीलाई दिनुहुन्छ भनी सुनिश्चित हुने हामी विश्वासीहरूले– तिनीहरूसँगै धैर्य गर्नुपर्छ र हामीलाई असुविधामा पार्ने अनुमति तिनीहरूलाई दिनुपर्छ। हामीले आफ्नै खुशी खोज्नुभन्दा यसो गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। BSB BSB: We who are strong ought to bear with the shortcomings of the weak and not to please ourselves.
2 UDB हामी प्रत्येकले त्यस्ता कुराहरू गर्नुपर्छ जसले हाम्रा विश्वासी मित्रहरूलाई खुशी पार्छ, तिनीहरूलाई मद्धत हुनेछ, र तिनीहरूलाई ख्रीष्टमा विश्वास गर्न उत्साह हुनेछ। BSB BSB: Each of us should please his neighbor for his good, to build him up.
3 UDB ख्रीष्टले हामीलाई उदाहरण दिनुभएको कारणले विश्वसी बन्धुहरूलाई हामीले खुशी पार्नुपर्छ। उहाँले आफैंँलाई खुशी पार्ने कुराहरू गर्नुभएन। त्यस विपरित, अरूहरूले उहाँको अपमान गर्दा पनि उहाँले परमेश्वरलाई खुशी पार्ने काम गर्नुभयो। धर्मशास्त्रले त्यही भन्छ: “मानिसहरूले तपाईंको अपमान गर्दा, तिनीहरूले मलाई नै अपमान गरेको जस्तो थियो।” BSB BSB: For even Christ did not please Himself, but as it is written: “The insults of those who insult You have fallen on Me.”
4 UDB यो कुरा याद गर कि धर्मशास्त्रमा लेखिएका सबै कुराहरू हामीलाई शिक्षा दिनलाई हो जसले गर्दा हामी कठिनाइमा धैर्य गर्न सकौं। यसरी परमेश्वरले प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले हाम्रा निम्ति गर्नुहुनेछ भनेर आशा गर्न धर्मशास्त्रले हामीलाई उत्साह दिनेछ। BSB BSB: For everything that was written in the past was written for our instruction, so that through endurance and the encouragement of the Scriptures, we might have hope.
5 UDB परमेश्वरले तिमीहरूलाई धैर्य र उत्साह दिनुहुन्छ भनी म प्रार्थना गर्छु, जसले गर्दा ख्रीष्ट येशूले गर्नुभए जस्तै गरी तिमीहरू सबै एक आपसमा मिलापमा बस्न सक। BSB BSB: Now may the God who gives endurance and encouragement grant you harmony with one another in Christ Jesus,
6 UDB तिमीहरूले यसो गर्छौ भने, तिमीहरू सबैले एकसाथ मिलेर हाम्रो प्रभु येशू ख्रीष्टको पिता परमेश्वरको प्रशंसा गरिरहेका हुनेछौ। BSB BSB: so that with one mind and one voice you may glorify the God and Father of our Lord Jesus Christ.
7 UDB यसैले म रोममा भएका सबै विश्वासीहरू, तिमीहरूलाई भन्छु, एक अर्कालाई ग्रहण गर। तिमीहरूले यसो गर्छौ भने, तिमीहरूले ख्रीष्टले जस्तै व्यवहार गरेको देखेर मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन्। एक अर्कलाई ग्रहण गर जसरी ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो! BSB BSB: Accept one another, then, just as Christ accepted you, in order to bring glory to God.
8 UDB ख्रीष्टले हामी यहूदीहरूलाई परमेश्वरको बारेमा सत्यता जान्नलाई मद्धत गर्नुभयो भन्ने कुरा म तिमीहरूलाई याद गराउन चाहान्छु। अर्थात्, परमेश्वरले गर्छु भनी हाम्रा पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञाका हरेक कुरालाई पूरा गर्न उहाँ आउनुभयो। BSB BSB: For I tell you that Christ has become a servant of the circumcised on behalf of God’s truth, to confirm the promises made to the patriarchs,
9 UDB तर गैरयहूदीहरूलाई मद्धत गर्नलाई पनि उहाँ आउनुभयो, जसले गर्दा परमेश्वरको कृपाको निम्ति तिनीहरूले उहाँको प्रशंसा गर्छन्। परमेश्वरको कृपाले गर्दा दऊदले परमेश्वरलाई भनेको कुरा धर्मशास्त्रमा लेखिएको छः “यसैले गैरयहूदीहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु। म गाउनेछु र तपाईंको प्रशंसा गर्नेछु।” BSB BSB: so that the Gentiles may glorify God for His mercy. As it is written: “Therefore I will praise You among the Gentiles; I will sing hymns to Your name.”
10 UDB मोशाले पनि लेखे, “हामी परमेश्वरका मानिसहरूसँगै तिमी गैरयहूदीहरू पनि आनन्दित होओ।” BSB BSB: Again, it says: “Rejoice, O Gentiles, with His people.”
11 UDB र दाऊदले धर्मशास्त्रमा लेखे, “तिमीहरू सबै गैरयहूदीहरूले परमेश्वरको प्रशंसा गर। हरेक व्यक्तिले उहाँको प्रशंसा गरोस्।” BSB BSB: And again: “Praise the Lord, all you Gentiles, and extol Him, all you peoples.”
12 UDB र यशैयाले धर्मशास्त्रमा लेखे, “दाऊद राजाको एकजना सन्तान आउनुहुनेछ, जसले गैरयहूदीहरूमा राज्य गर्नुहुनेछ। तिनीहरूले उहाँको प्रतिज्ञा पूरा गर्न दृढ भएर आशा गर्नेछन्।” BSB BSB: And once more, Isaiah says: “The Root of Jesse will appear, One who will arise to rule over the Gentiles; in Him the Gentiles will put their hope.”
13 UDB परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यो पूरा गर्नलाई उहाँले तिमीहरूलाई दृढ भएर आशा गरिरहने बनाउनुभएको होस् भनी म प्रार्थना गर्छु। जसै तिमीहरूले उहाँमा विश्वास गर्छौ, उहाँले तिमीहरूलाई पूर्ण रूपले आनन्दित र शान्तिपूर्ण बनाउनुहुनेछ भनी म प्रार्थना गर्छु। परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नलाई पवित्र आत्माले तिमीहरूलाई बढी भन्दा बढी दृढ भएर आशा गर्ने बनाउनुहुनेछ। BSB BSB: Now may the God of hope fill you with all joy and peace as you believe in Him, so that you may overflow with hope by the power of the Holy Spirit.
14 UDB मेरा विश्वासी बन्धुहरू, तिमीहरू आफूले अरूहरूप्रति पूर्ण रूपमा असल किसिमले व्यवहार गरेका छौ भन्ने कुरामा म आफू पनि पूर्ण रूपमा निश्चित छु। तिमीहरूले त्यसो गरेका छौ किनभने तिमीहरूले जान भनी परमेश्वरले इच्छा गर्नुभएका सबै कुरा तिमीहरूले पूर्ण रूपमा जानेका छौ र किनभने तिमीहरूले एक अर्कालाई सिकाउन सक्छौ। BSB BSB: I myself am convinced, my brothers, that you yourselves are full of goodness, brimming with knowledge, and able to instruct one another.
15 UDB तापनि, तिमीहरूलाई केही कुराहरूका बारेमा याद गराउनको निम्ति मैले यो पत्रमा ती बारेमा तिमीहरूलाई खुल्ला रूपमा लेखेको छु। मैले यो लेखेको छु किनभने परमेश्वरले मलाई प्रेरित बनाउनुभएको छ, यद्यपि म त्यसको लायक थिइन। BSB BSB: However, I have written you a bold reminder on some points, because of the grace God has given me
16 UDB मैले गैरयहूदीहरूका माझमा येशू ख्रीष्टका काम गर्नुपर्छ भन्ने हेतुले उहाँले यसो गर्नुभयो। ख्रीष्टमा विश्वास गर्ने गैरयहूदीलाई परमेश्वरले ग्रहण गर्न सक्नुभएको होस् भन्ने उदेश्यले मैले उहाँको सुसमाचार घोषणा गर्दा उहाँले मलाई एकजना पुजारीको जस्तो काम गर्नलाई नियुक्त गर्नुभयो। पवित्र आत्माले परमेश्वरकै निम्ति पूर्ण रूपमा अलग पार्नुभएको एउटा भेटी जस्तै तिनीहरू हुनेछन्। BSB BSB: to be a minister of Christ Jesus to the Gentiles in the priestly service of the gospel of God, so that the Gentiles might become an offering acceptable to God, sanctified by the Holy Spirit.
17 UDB यसको अर्थ यो हुन्छ, येशू ख्रीष्टसँगको मेरो सम्बन्धको कारणले, परमेश्वरको निम्ति मेरा कामको बारेमा म खुशी छु। BSB BSB: Therefore I exult in Christ Jesus in my service to God.
18 UDB ख्रीष्टले मद्वारा पूरा गर्नुभएको कामको बारेमा मात्र म साहससँग बोल्छु जसले गर्दा गैरयहूदीहरूले ख्रीष्टको शन्देसमा ध्यान दिन सकून्। वचनहरू र कामहरूका कारणले यी उपलवधीहरू भए, BSB BSB: I will not presume to speak of anything except what Christ has accomplished through me in leading the Gentiles to obedience by word and deed,
19 UDB चिन्हहरू र अरू कुराहरू देखेर मानिसहरू विश्वस्त भए। परमेश्वरको आत्माको शक्तिले मैले ती कुराहरू गरेको छु। यसरी यरूशलेमबाट इल्लुरिकन प्रदेशसम्म नै मैले यात्रा गरेको छु र ती ठाउँहरूमा ख्रीष्टको शन्देस घोषणा गर्ने मेरो कामलाई मैले पूरा गरेको छु। BSB BSB: by the power of signs and wonders, and by the power of the Spirit of God. So from Jerusalem all the way around to Illyricum, I have fully proclaimed the gospel of Christ.
20 UDB मैले सन्देशको घोषणा गर्दा, म सधैं यसलाई मानिसहरूले ख्रीष्टको बारेमा नसुनेका ठाउँहरूमा घोषणा गर्न उत्सुकतासाथ कोसिस गरिरहेको हुन्छु। अरू कसैले पहिलेदेखि नै सुरु गरेका कामलाई निन्तरता दिने कुरामात्र मबाट नहोस् भन्ने हेतुले म त्यसो गर्छु। अरू कसैले बसालेको जगमा घर बनाउने मानिसजस्तै हुने इच्छा म गर्दिन। BSB BSB: In this way I have aspired to preach the gospel where Christ was not known, so that I would not be building on someone else’s foundation.
21 UDB त्यसको विपरीत, म गैरयहूदीहरूलाई सिकाउँछु, जसले गर्दा जे हुन्छ त्यो कुरा लेखिएको जस्तै होस्: “मानिसहरू जसले ख्रीष्टको बारेको समाचार कदापि सुनेका छैनन्, तिनीहरूले उहाँलाई देख्नेछन्। तिनीहरू जसले उहाँको बारेमा कदापी सुनेका छैनन्, उहाँको बारेमा बुझ्नेछन्।” BSB BSB: Rather, as it is written: “Those who were not told about Him will see, and those who have not heard will understand.”
22 UDB ख्रीष्टको बारेको सन्देश नसुनेका ठाउँहरूमा उहाँको बारेमा प्रचार गर्ने प्रयास मैले गरेको कारणले गर्दा, म तिमीहरूलाई भेट्न आउनबाट धेरैपल्ट रोकिएको छु। BSB BSB: That is why I have often been hindered from coming to you.
23 UDB तर अब यी क्षेत्रहरूमा त्यति धेरै ठाउँहरू बाँकी छैनन् जहाँ मानिसहरूले ख्रीष्टको बारेमा सुनेका छैनन्। त्यसका अतिरिक्त, धेरै वर्षदेखि मैले तिमीहरूलाई भेट्ने इच्छा गरेको छु। BSB BSB: But now that there are no further opportunities for me in these regions, and since I have longed for many years to visit you,
24 UDB यसैले म स्पेनमा जाने आशा गर्छु र तिमीहरूले मेरो यात्रामा मलाई मद्धत गर्नेछौ भनी म आशा गर्छु। र तिमीहरूसँग आन्दित हुनलाई म आफ्नो यात्रामा केही समय रोकिने इच्छा गर्छु। BSB BSB: I hope to see you on my way to Spain. And after I have enjoyed your company for a while, you can equip me for my journey.
25 UDB तर म यतिबेला तिमीहरूकहाँ आउन सक्दिन, किनभने म यरूशलेममा भएका परमेश्वरका मानिसहरूका निम्ति पैसा लिएर जानै लागेको छु। BSB BSB: Now, however, I am on my way to Jerusalem to serve the saints there.
26 UDB यरूशलेममा भएका विश्वासीहरूलाई, परमेश्वरका आफ्ना मानिसहरू जो गरीब छन्, माकेडोनिया र अखैया प्रान्तहरूमा भएका विश्वासीहरूले मद्धत गर्नलाई पैसा दिने गर्ने निर्णय गरे। BSB BSB: For Macedonia and Achaia were pleased to make a contribution for the poor among the saints in Jerusalem.
27 UDB यो काम गर्न तिनीहरू आफैंले निर्णय गरे, तर यरूशलेममा भएका परमेश्वरका मानिसहरूप्रति तिनीहरू साँच्चै केही कुराको ऋणी छन्। गैरयहूदीहरू विश्वासीहरूले आत्मिक रूपमा यहूदी विश्वासीहरूबाट अशिषित भए किनभने उनीहरूले ख्रीष्टको बारेको सन्देश तिनीहरूबाट नै सुने, यसैले यरूशलेममा भएका यहूदी विश्वासीहरूलाई भौतिक कुराहरू दिएर गैरयहूदीहरूले पनि मद्धत गर्नुपर्छ। BSB BSB: They were pleased to do it, and indeed they owe it to them. For if the Gentiles have shared in their spiritual blessings, they are obligated to minister to them with material blessings.
28 UDB माकेडोनिया र अखैयामा भएका विश्वासीहरूले पठाएका यो सबै पैसा दिने काम मैले गरिसकेपछि, म यरूशलेमबाट विदा हुनेछु र म स्पेन जाने मेरो बाटोको यात्रामा हुँदा, रोममा भएका तिमीहरूलाई भेट्नेछु। BSB BSB: So after I have completed this service and have safely delivered this bounty to them, I will set off to Spain by way of you.
29 UDB र म जान्दछु कि जब म तिमीहरूलाई भेट्नेछु, ख्रीष्टले हामीलाई प्रशस्त गरेर आशिष् दिनुहुनेछ। BSB BSB: I know that when I come to you, I will come in the fullness of the blessing of Christ.
30 UDB किनभने हामी हाम्रा प्रभु येशू ख्रीष्टका हौं र परमेश्वरका आत्माले एक अर्कालाई प्रेम गर्न हामीलाई प्रेरणा दिनुहुने कारणले, म तिमीहरू सबैलाई निवेदन गर्छु कि मेरो निम्ति परमेश्वरमा उत्सुकतासाथ प्रार्थना गरेर तिमीहरूले मलाई मद्धत गर। BSB BSB: Now I urge you, brothers, by our Lord Jesus Christ and by the love of the Spirit, to join me in my struggle by praying to God for me.
31 UDB म यहूदियामा हुँदा परमेश्वरले मलाई अविश्वासी यहूदीहरूबाट सुरक्षा गर्नुभएको होस् भनी प्रार्थना गर। र यरूशलेममा भएका विश्वासीहरूका निति मैले लिएर जाँदै गरेको पैसा तिनीहरूले स्वीकार गर्न खुशी होउन् भनी प्रार्थना गर। BSB BSB: Pray that I may be delivered from the unbelievers in Judea, and that my service in Jerusalem may be acceptable to the saints there,
32 UDB म तिमीहरूकहाँ आउनलाई परमेश्वर खुशी हुनुभएको होस् र म तिमीहरूका माझमा केही समयका लागि विश्राम गर्न– र तिमीहरू मसँग विश्राम गर्न सक भन्ने हेतुले यी कुराहरूको निति प्रार्थना गर। BSB BSB: so that by God’s will I may come to you with joy and together with you be refreshed.
33 UDB म प्रार्थना गर्दछु कि परमेश्वर जसले हामीलाई शान्ति दिनुहुन्छ, तिमीहरू सबैसँग हुनुभएको होस् र तिमीहरूलाई मद्धत गर्नुभएको होस्। यस्तै होस्! BSB BSB: The God of peace be with all of you. Amen.
Select verses for actions: Enter goes to them and Escape comes back.