1 UDB मैले जे लेखेको छु त्यसको जवाफमा कसैले भन्न सक्छ कि परमेश्वरले हामीप्रति दयालु भएर व्यवहार गर्नुभएको हुनाले उहाँको दया अझै धेरै होस् भन्ने उदेश्यले सायद हामीले निरन्तर पाप गर्नुपर्छ। BSB BSB: What then shall we say? Shall we continue in sin so that grace may increase?
2 UDB होइन, अवश्य होइन! हामी मृत्यु भएका मानिसहरू जस्तै हौं,ँ जसले फरि कुनै खराब कुरा गर्न सक्दैन। यसैले हामीले निरन्तर पाप गर्नुहुँदैन। BSB BSB: Certainly not! How can we who died to sin live in it any longer?
3 UDB जतिबेला हामीले ख्रीष्ट येशूसँग एक हुनलाई बप्तिष्मा लियौं, परमेश्वरले हामीलाई ख्रीष्टसँगै उहाँको क्रुसमा मरिरहेको रूपमा हेर्नुभयो। के तिमीहरू यो कुरा थाहा छैन? BSB BSB: Or aren’t you aware that all of us who were baptized into Christ Jesus were baptized into His death?
4 UDB यसैले, जतिबेला हामीले बप्तिष्मा लियौं, परमेश्वरले हामीलाई ख्रीष्टसँगै उहाँको चिहानमा भएको पनि देख्नुभयो। परमेश्वर पिताले आफ्नो शक्ति प्रयोग गरेर ख्रीष्टलाई मृत्युबाट जीवित बनाउनुभयो। त्यसरी नै, उहाँले नयाँ किसिमले जीवन जिउनलाई हामीलाई सम्भव तुल्याउनुभयो। BSB BSB: We were therefore buried with Him through baptism into death, in order that, just as Christ was raised from the dead through the glory of the Father, we too may walk in newness of life.
5 UDB परमेश्वरले हामीलाई ख्रीष्टको मृत्युमा उहाँसँगै सहभागी हुँदै गरेको देख्नुहुने कारणले, उहाँले हामीलाई पनि उहाँसँगै मृत्युबाट जीवित बनाउनु हुनेछ। BSB BSB: For if we have been united with Him like this in His death, we will certainly also be united with Him in His resurrection.
6 UDB हाम्रो पापपूर्ण स्वभावलाई खत्तम गर्नलाई परमेश्वरले हामीलाई ख्रीष्टसँगै क्रुसमा मृत्यु भएका पापीहरूको रूपमा हेर्नुहुन्छ। परिणामस्वरूप अब हामीले पाप गरिरहनु पर्दैन। BSB BSB: We know that our old self was crucified with Him so that the body of sin might be rendered powerless, that we should no longer be slaves to sin.
7 UDB किनकि जसको मृत्यु भइसकेको छ उसले फेरि पाप गर्नु पर्दैन। BSB BSB: For anyone who has died has been freed from sin.
8 UDB परमेश्वरले हामीलाई ख्रीष्टको मृत्यु हुँदा उहाँसँगै मृत्यु भएको देख्नुहुने कारणले गर्दा हामी पनि उहाँसँगै जीवित हुनेछौं भनी हामी विश्वास गर्छौं। BSB BSB: Now if we died with Christ, we believe that we will also live with Him.
9 UDB हामी जान्दछौं कि ख्रीष्टको मृत्यु भएपछि परमेश्वरले उहाँलाई फेरि जीवित बनाउनु भएको कारणले, ख्रीष्ट फेरि कहिल्यै मर्नु हुनेछैन। कुनै कुराले पनि उहाँलाई फेरि कदापी मर्न सक्ने बनाउनेछैन। BSB BSB: For we know that since Christ was raised from the dead, He cannot die again; death no longer has dominion over Him.
10 UDB उहाँ मर्नुहुँदा, उहाँ हाम्रो पापपूर्ण संसारबाट स्वतन्त्र भएर बन्नुभयो र उहाँ फेरि कदापि मर्नुहुने छैन। तर उहाँ फेरि जीवित हुनुभएको कारणले, उहाँ ीपरमेश्वरको सेवा गर्नलाई जिउनुहुन्छ। BSB BSB: The death He died, He died to sin once for all; but the life He lives, He lives to God.
11 UDB यसरी नै, तिमीहरूले पनि आफुलाई परमेश्वरले तिमीलाई हेर्नुभए जस्तै गरी हेर्नुपर्छः तिमीहरू अब फेरि पाप गर्न नसक्ने मृत मानिसहरू हौ। तर तिमीहरू जीवित मानिसहरू पनि हौ, परमेश्वरको सेवा गर्न र ख्रीष्ट येशूसँग एक हुन तिमीहरू जीवित पारिएका छौ। BSB BSB: So you too must count yourselves dead to sin, but alive to God in Christ Jesus.
12 UDB यसैले जब तिमीहरूलाई पाप गर्ने इच्छा हुन्छ, तिमीहरूलाई जे इच्छा लाग्छ त्यो गर्न आफैंलाई अनुमति नदेओ। यो याद गर कि तिमीहरूका शरीर एक दिन मर्नेछ। BSB BSB: Therefore do not let sin reign in your mortal body so that you obey its desires.
13 UDB कुनै पनि दुष्ट कुरा गर्नलाई तिमीहरूका शरीरका कुनै पनि अंगलाई प्रयोग नगर। यसको सट्टामा, तिमीहरू मृत्युमा भएका मानिसहरूबाट अहिले जीवित भएका मानिसहरूको रूपमा आफैंलाई ँपरमेश्वर अर्पण गर। आफ्नो शरीरका हरेक अंगलाई परमेश्वरको निम्ति प्रयोग गर। धार्मिक कुराहरू गर्न तिमीलाई प्रयोग गर्न उहाँलाई अनुमति देओ। BSB BSB: Do not present the parts of your body to sin as instruments of wickedness, but present yourselves to God as those who have been brought from death to life; and present the parts of your body to Him as instruments of righteousness.
14 UDB तिमीहरूलाई पाप गर्ने इच्छा हुँदा, त्यो नगर! परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थाले तिमीहरुलाई पाप गरिरहनबाट रोक्न सकेन। तर अहिले परमेश्वरले तिमीहरूलाई अधीन गर्नुहुन्छ र दयालु भएर पाप नगर्न तिमीहरूलाई मद्धत गर्नुहुन्छ। BSB BSB: For sin shall not be your master, because you are not under law, but under grace.
15 UDB परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थाले हामीहरूलाई पाप गर्नबाट रोक्न नसकेको र परमेश्वरले अहिले हामीहरूलाई जसरी पनि दयालु भएर व्यवहार गरिरनुभएको कारणले, परमेश्वरले हामीहरूलाई निरन्तर पाप गर्न दिनुहुन्छ भन्ने विचार यसबाट हामीमा हुन सक्छ। यो पूर्णरूपमा गलत विचार हो! BSB BSB: What then? Shall we sin because we are not under law, but under grace? Certainly not!
16 UDB तिमीहरू कसैको आज्ञाकारी हुन अर्पित हुन्छौ भने, तिमीहरू उसका दासहरू बन्छौ। तिमीहरूलाई पाप गर्ने इच्छा हुँदा, तिमीहरू आज्ञाकारी हुन्छौ भने, तिमीहरू पापका दासहरू हुन्छौ र परिणामस्वरूप मृत्युमा पुग्छौ। तर तिमीहरू परमेश्वरका आज्ञाकारी हुन्छौ भने, तिमीहरू उहाँका दासहरू बन्छौ र परिणामस्वरूप, तिमीहरूले गर भनी परमेश्वरले इच्छा गर्नुभएका ठिक कुराहरू गर्नेछौ। BSB BSB: Do you not know that when you offer yourselves as obedient slaves, you are slaves to the one you obey, whether you are slaves to sin leading to death, or to obedience leading to righteousness?
17 UDB बितेको समयमा तिमीहरूले जसरी इच्छा गर्यौ त्यसरी तिमीहरूले पाप गर्यौ-- तिमीहरू पापकाो दासहरू थियौ। त्यसपछि ख्रीष्टले तिमीहरूलाई दिनुभएको शिक्षा इमान्दारीपूर्वक पालन गर्न तिमीहरूले सुरु गर्यौ। त्यसको निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। BSB BSB: But thanks be to God that, though you once were slaves to sin, you wholeheartedly obeyed the form of teaching to which you were committed.
18 UDB यसैले अब तिमीहरूले फेरि पाप गर्नुपर्दैन। पाप अब फेरि तिमीहरूको मालिक होइन। त्यसको सट्टामा, तिमीहरू परमेश्वरका दासहरू हौ जो धर्मी हुनुहुन्छ। BSB BSB: You have been set free from sin and have become slaves to righteousness.
19 UDB साधारण मानिसहरूले बुझ्न सक्ने किसिमले म तिमीहरूलाई लेख्दैछु। बितेको समयमा तिमीहरू आफ्ना अभिलाषाहरूका दासहरू थियौ, यसैले तिमीहरूले सबै किसिमका अशुद्ध र खराब कुराहरू गर्यौ। तर अब परमेश्वरले गर्नुहुनेझैं ठिक किसिमले काम गर जसले गर्दा उहाँले तिमीहरूलाई आफ्ना मानिसहरूका रूपमा आफ्नो निम्ति अलग गर्नुहुनेछ। BSB BSB: I am speaking in human terms because of the weakness of your flesh. Just as you used to offer the parts of your body in slavery to impurity and to escalating wickedness, so now offer them in slavery to righteousness leading to holiness.
20 UDB यो सत्य हो कि बितेको समयमा, तिमीहरूले परमेश्वरको शक्ति र धर्मिकता बाट स्वतन्त्र भएका मानिसहरूझैंँ व्यवहार गर्यौ (किनभने आफ्नो खराब मनहरूले जे तिमीहरूलाई गर्न भन्यो, त्यही तिमीहरूले गर्यौ।) तिमीहरूले ठिक कुराहरू गर्नु परेको थएन। BSB BSB: For when you were slaves to sin, you were free of obligation to righteousness.
21 UDB तर तिमीहरू पापका दास जस्तै भए तापनि, परमेश्वरले तिमीहरूलाई पापबाट स्वतन्त्र पार्नुभएको छ र तिमीहरूलाई आफ्नो दास बनाउनुभएको छ। परिणामस्वरूप तिमीहरू पवित्र पारिंदैछौ, र त्यसको परिणाम तिमीहरू सदासर्वदा उहाँसँगै जिउनेछौ। BSB BSB: What fruit did you reap at that time from the things of which you are now ashamed? The outcome of those things is death.
22 UDB तर अब तिमीहरूले फेरि पाप गर्नुपर्दैन। तिमीहरू फेरि त्यस्ता दासहरू होइनौ। त्यसको सट्टामा, तिमीहरू परमेश्वरका दासहरू भएका छौ। त्यसको सट्टामा, उहाँले तिमीलाई आफ्नै मानिसहरूका रूपमा अलग पार्नुभएको छ र उहाँले तिमीलाई सदासर्वदा आफैंसँग जिउने अनुमति दिनुहुनेछ। BSB BSB: But now that you have been set free from sin and have become slaves to God, the fruit you reap leads to holiness, and the outcome is eternal life.
23 UDB आफ्ना खराब मनहरूले जे गर्न भन्छ त्यो गर्नेहरूले पनि ज्याला पाउँछन्, तर त्यो ज्याला मृत्यु हो। तिनीहरू सदासर्वदा परमेश्वरबाट अलग हुनेछन्। तर परमेश्वरको सम्बन्धमा, उहाँले आफ्ना दासहरूलाई त्यस्तो ज्याला दिनुहुन्न। त्यसको सट्टामा, उहाँले हामीहरूलाई सितैंमा वरदान दिनुहुन्छः उहाँले हामीहरूलाई ख्रीष्ट येशू हाम्रा प्रभुसँग मिलापमा रहेर सदासर्वदा उहाँसँगै जिउने अनुमति दिनुहुन्छ। BSB BSB: For the wages of sin is death, but the gift of God is eternal life in Christ Jesus our Lord.
Select verses for actions: Enter goes to them and Escape comes back.