1 UDB म पावलले यो पत्र लेख्दै छु। म परमेश्वरका एक दास र येशू ख्रीष्टका प्रेरित पावल हुँ। परमेश्वरका मानिसहरूलाई उहाँमा अझ भरोसा राख्न सहायता गर्न म काम गर्छु। परमेश्वरले हामी सबैलाई उहाँका मानिसहरू हुन चुन्नुभयो, र परमेश्वरलाई प्रसन्न तुल्याउने तरिकाले कसरी जिउने भनी उनीहरूलाई साँचो रूपमा जान्न सहायता गर्न म काम गर्छु। BSB BSB: Paul, a servant of God and an apostle of Jesus Christ for the faith of God’s elect and their knowledge of the truth that leads to godliness,
2 UDB यसरी उहाँका मानिसहरूले कसरी जिउने भनी सिक्न सक्छन्, किनभने परमेश्वरले तिनीहरूलाई सदासर्वदा जिउने तुल्याउनुहुनेछ भन्नेमा तिनीहरू निर्धक्क छन्। परमेश्वर झुट बोल्नुहुन्न। संसारको सुरुआत हुनअगि नै उहाँले हामीलाई सदासर्वदा जिउने तुल्याउन प्रतिज्ञा गर्नुभयो। BSB BSB: in the hope of eternal life, which God, who cannot lie, promised before time began.
3 UDB तब, उहाँले ठिक समयमा उहाँको वचन बुझ्नको लागि सबैलाई स्पष्ट पार्नुभयो, किनभने उहाँले यो सन्देश प्रचार गर्न मलाई सुम्पनुभयो। हामीलाई बचाउनुहुने परमेश्वरको आज्ञापालन गर्नका लागि म यसो गर्छु। BSB BSB: In His own time He has made His word evident in the proclamation entrusted to me by the command of God our Savior.
4 UDB तीतस, म तिमीलाई लेख्दै छु, किनभने हामी दुवैले येशू ख्रीष्टमा विश्वास गर्ने भएकाले तिमी मेरा निम्ति छोराजस्तै हौ। परमेश्वर पिता र हाम्रा मुक्तिदाता ख्रीष्ट येशू तिमीप्रति दयालु भइरहनुभएको होस् र तिमीलाई शान्ति दिनुभएको होस्। BSB BSB: To Titus, my true child in our common faith: Grace and peace from God the Father and Christ Jesus our Savior.
5 UDB मैले तिमीलाई क्रेट टापुमा यसैको निम्ति छोडेँ, कि तिमीले अपुरो रहेका काम पुरा गर र मैले भनेझैँ हरेक सहरका विश्वासीहरूका समूहमा एल्डरहरू नियुक्ति गर। BSB BSB: The reason I left you in Crete was that you would set in order what was unfinished and appoint elders in every town, as I directed you.
6 UDB हरेक एल्डर कसैले पनि निन्दा गर्न नसक्ने व्यक्ति हुनुपर्छ। उनका एउटी मात्र पत्नी हुनुपर्छ। उनका छोरा-छोरीहरू परमेश्वरमा भरोसा राख्ने हुनुपर्छ, र मनिसहरूले उनका छोरा-छोरीहरू दुष्ट वा अनाज्ञाकारी भएका ठान्नुहुँदैन। BSB BSB: An elder must be blameless, the husband of but one wife, having children who are believers and who are not open to accusation of indiscretion or insubordination.
7 UDB परमेश्वरका मानिसहरूको अगुवाइ गर्ने हरेक परमेश्वरको घर व्यवस्थान गर्नेजस्तो हो। त्यसकारण, यी व्यक्ति असल प्रतिष्ठा भएको हुनुपर्छ। उनी घमण्डी हुनुहुँदैन। उनी चाँडै रिसाउने र कुनै पनि कारणले रिसाइरहने हुनुहुँदैन। उनी पियक्कड हुनुहुँदैन, झगडा र वादविवाद गर्न रुचाउने हुनुहुँदैन र लोभी हुनुहुँदैन। BSB BSB: As God’s steward, an overseer must be above reproach—not self-willed, not quick-tempered, not given to drunkenness, not violent, not greedy for money.
8 UDB बरु, उनी परदेशीहरूलाई स्वागत गर्ने र असल कुराहरू प्रेम गर्ने हुनुपर्छ। उनी सदैव आफैँलाई नियन्त्रण गर्ने, इमानदार, सदैव सत्य बोल्ने, अरू मानिसहरूलाई उचित प्रकारले व्यवहार गर्ने हुनुपर्छ। उनले कुनै कुरा सोच्दा वा गर्दा सदैव परमेश्वरको बारेमा नै सोच्नुपर्छ, र उनी पाप गरिरहनबाट अलग रहनुपर्छ। BSB BSB: Instead, he must be hospitable, a lover of good, self-controlled, upright, holy, and disciplined.
9 UDB हामीले सिकाएका सत्य कुराहरू उनले सदैव विश्वास गर्नुपर्छ, र उनी त्यसैअनुसार जिउनुपर्छ। मानिसहरूलाई यसरी जिउन विश्वस्त पार्नको लागि पनि, र मानिसहरू यसरी जिउन चाहँदैनन् भने तिनीहरूलाई सच्याउन पनि उनले यसो गर्नुपर्छ। BSB BSB: He must hold firmly to the faithful word as it was taught, so that he can encourage others by sound teaching and refute those who contradict it.
10 UDB म तिमीलाई यी कुराहरू भन्छु, किनकि तिनीहरूलाई कसैले नियन्त्रण नगरोस् भन्ने चाहने धेरै मानिहरू, विशेष गरी ख्रीष्टका अनुयायी सबैले खतना गर्नुपर्छ भन्नेहरू छन्। तिनीहरूले भनेका कुराहरूको कुनै मूल्य छैन। तिनीहरूले मानिसहरूलाई मूर्ख तुल्याउँछन्, र उनीहरूलाई गलत थोकहरूमा विश्वास गर्न विश्वस्त पार्छन्। BSB BSB: For many are rebellious and full of empty talk and deception, especially those of the circumcision,
11 UDB तिमी र तिमीले नियुक्त गर्ने अगुवाहरूले ती मानिसहरूलाई यस्ता शिक्षा विश्वासीहरूलाई सिकाउन निषेध गर्नुपर्छ। तिनीहरूले जे गर्छन्, त्यो सिकाउन तिनीहरूसँग कुनै पनि अधिकार छैन। तिनीहरूले यी कुराहरू सिकाउँछन्, ताकि मानिसहरूले तिनीहरूलाई पैसा दिऊन्। यो एकदमै लज्जास्पद कुरो हो। तिनीहरूले सम्पूर्ण परिवारलाई नै गलत कुराहरूमा विश्वास गर्न लगाउँछन्। BSB BSB: who must be silenced. For the sake of dishonorable gain, they undermine entire households and teach things they should not.
13 UDB उनले भनेका कुरा सत्य हो। त्यसकारण, तिनीहरूलाई कडाइका साथ सच्याऊ, ताकि तिनीहरूले परमेश्वरको बारेमा ठिक कुरामा विश्वास गरून् र ठिकसँग सिकाऊन्। BSB BSB: This testimony is true. Therefore rebuke them sternly, so that they will be sound in the faith
14 UDB यी मानिसहरूले परमेश्वरबाट होइन मानिसहरूबाट आएका अर्थहीन यहूदी कथाहरू र आज्ञाहरूमा समय खेर फल्नुहुन्न। यी मानिसहरू सत्यताबाट तर्केर गएका छन्। BSB BSB: and will pay no attention to Jewish myths or to the commands of men who have rejected the truth.
15 UDB यदि कसैसँग पापमय विचारहरू वा इच्छाहरू छैनन् भने, उसले सबै थोकलाई असल थोकको रूपमा नै हेर्छ। तर कोही दुष्ट छ र ख्रीष्ट येशूमा विश्वास गर्दैन भने, सबै थोकले उसलाई अशुद्ध बनाउँछन्। यी मानिसहरू घिनलाग्दा तरिकाले सोच्छन् र यिनीहरूले दुष्ट तरिकाले काम गर्ने अठोट गर्छन्। BSB BSB: To the pure, all things are pure; but to the defiled and unbelieving, nothing is pure. Indeed, both their minds and their consciences are defiled.
16 UDB तिनीहरूले परमेश्वरलाई चिनेको दाबी गरे तापनि तिनीहरूले उहाँलाई चिनेका छैनन् भनी तिनीहरूले गरेका कुराहरूले देखाउँछन्। अरू मनिसहरूले तिनीहरूलाई घिनलाग्दा पाउँछन्। तिनीहरूले परमेश्वरको आज्ञा उल्लङ्घन गर्छन् र उहाँको निम्ति कुनै पनि असल काम गर्न सक्दैनन्। BSB BSB: They profess to know God, but by their actions they deny Him. They are detestable, disobedient, and unfit for any good deed.
Select verses for actions: Enter goes to them and Escape comes back.