1 UDB तर तीतस, तिमीले मानिसहरूलाई परमेश्वरको बारेमा भएको सत्यतामा विश्वास गर्न सहायता गर्ने थोकहरू सिकाउनुपर्छ। BSB BSB: But as for you, speak the things that are consistent with sound doctrine.
2 UDB वृद्ध पुरुषहरूले हर समय आफूलाई वशमा राख्नुपर्छ। उनीहरू अरू मानिसहरूले आदर गर्ने प्रकारले जिउनुपर्छ, र उनीहरू बुद्धिमानीपूर्वक बोल्नुपर्छ। उनीहरूले परमेश्वरको बारेमा भएको सत्य कुराहरूमा पनि विश्वास गर्नुपर्छ; अरूहरूलाई साँचो रूपमा प्रेम गर्नुपर्छ, र यी कुराहरू गरिरहनुपर्छ। BSB BSB: Older men are to be temperate, dignified, self-controlled, and sound in faith, love, and perseverance.
3 UDB वृद्धा स्त्रीहरू पनि पुरुषहरूझैँ जिउनुपर्छ, ताकि उनीहरूले परमेश्वरलाई धेरै आदर गर्छन् भन्ने सबैले जानून्। उनीहरूले अरू मानिसका विषयमा खराब कुरा गर्नुहुँदैन, र उनीहरूले धेरै दाखमद्य पिउनुहुँदैन। तर उनीहरूले जे असल छ, त्यही अरूहरूलाई सिकाउनुपर्छ। BSB BSB: Older women, likewise, are to be reverent in their behavior, not slanderers or addicted to much wine, but teachers of good.
4 UDB यसरी, तिनीहरूले जवान स्त्रीहरूलाई बुद्धिमानीपूर्वक विचार गर्न र तिनीहरूका आ-आफ्ना पतिहरू र छोरा-छोरीहरूलाई प्रेम गर्न सिकाउनुपर्छ। BSB BSB: In this way they can train the young women to love their husbands and children,
5 UDB वृद्धा स्त्रीहरूले जवान स्त्रीहरूलाई असल विचारहरू राख्न, कुनै पनि पुरुषप्रति खराब प्रकारले व्यवहार नगर्न, घरमा राम्रो काम गर्न, र आफ्ना पतिहरूले अह्राएका काम गर्न सिकाउनुपर्छ। उनीहरूले यी सबै थोक गर्नुपर्छ, ताकि कसैले परमेश्वरको वचनको उपहास नगरोस्। BSB BSB: to be self-controlled, pure, managers of their households, kind, and submissive to their own husbands, so that the word of God will not be discredited.
6 UDB जवान मानिसहरूको सम्बन्धमा, उनीहरूलाई पनि सिकाऊ। आफूलाई वशमा राख भन। BSB BSB: In the same way, urge the younger men to be self-controlled.
7 UDB मेरा छोरा तीतस, तिमीले असल कामहरू कसरी गर्ने भनी अरू मानिसहरूलाई सदैव देखाऊ। तिमीले सिकाउने कुरामा विश्वासीहरूलाई सत्य के हो देखाऊ, र तिमी आफ्नो कामप्रति कति गम्भीर छौ भनी तिनीहरूलाई देखाऊ। BSB BSB: In everything, show yourself to be an example by doing good works. In your teaching show integrity, dignity,
8 UDB कसैले पनि आलोचना गर्न नसक्ने गरी मानिसहरूलाई सिकाऊ, ताकि कसैले तिमीलाई रोक्न चाहन्छ भने हामीहरूमध्ये कसैको बारेमा भन्नलाई कुनै खराब कुरा नभएकाले अरू मानिसले तिनीहरूलाई शर्ममा पार्नेछन्। BSB BSB: and wholesome speech that is above reproach, so that anyone who opposes us will be ashamed, having nothing bad to say about us.
9 UDB हाम्रा भाइहरू र तिनीहरूका परिवारहरू जो दास हुन्ः तिनीहरू सदैव आफ्ना मालिकहरूको अधीनमा रहनुपर्छ। सम्भव भएसम्म, तिनीहरू हरप्रकारले तिनीहरूका मालिकहरूलाई प्रसन्न पार्ने गरी जिउनुपर्छ, र तिनीहरूले उनीहरूसँग वादविवाद गर्नुहुँदैन। BSB BSB: Slaves are to submit to their own masters in everything, to be well-pleasing, not argumentative,
10 UDB तिनीहरूले आफ्ना मालिकहरूको सानो कुरो पनि चोरी गर्नुहुँदैन; बरु, उनीहरूप्रति विश्वासयोग्य हुनुपर्छ, र हर प्रकारले हामीलाई उद्धार गर्नुहुने परमेश्वरबारे हामीले सिकाएका कुराहरूको बारेमा मानिसहरूलाई प्रशंसा गर्नेतर्फ डोर्याउने गरी तिनीहरूले सबै थोक गर्नुपर्छ। BSB BSB: not stealing from them, but showing all good faith, so that in every respect they will adorn the teaching about God our Savior.
12 UDB परमेश्वरबाट आउने यस उद्धार दिने अनुग्रहले हामी सन्तानहरू भएझैँ गरी यस संसारमा पाइने आकाङ्क्षाहरूलाई इन्कार गर्न तालिम दिन्छ। यसले हामीलाई कुनै थोकबारे ठिक प्रकारले विचार गर्न, अरू मानिसहरूप्रति इमान्दार, सत्यवादी र निष्पक्ष हुन, अनि हामी यस संसारमा जिउँदा हाम्रा सोचाइ र काममा सदैव परमेश्वरलाई राख्न सहायता गर्छ। BSB BSB: It instructs us to renounce ungodliness and worldly passions, and to live sensible, upright, and godly lives in the present age,
13 UDB त्यसै गरी, परमेश्वरले भविष्यमा निश्चय नै गर्नुहुने कुराहरू पर्खन हामीलाई सिकाउनुहुन्छ, जुन त्यस्तो कुरा हो जसले हामीलाई धेरै खुसी तुल्याउँछः त्यो हो, येशू मसीह हाम्रा उद्धारकर्ता, र शक्तिशाली परमेश्वर महान् वैभवमा हामीकहाँ फेरि आउनुहुनेछ। BSB BSB: as we await the blessed hope and glorious appearance of our great God and Savior Jesus Christ.
14 UDB हामीलाई उहाँको मन परेको सम्पत्ति अर्थात् उहाँले शुद्ध पार्नुभएको बहुमूल्य मानिस अर्थात् जे असल छ त्यही गर्न महान् आनन्द ठान्ने मानिस बनाउन हामीलाई हाम्रो उद्दण्ड स्वभावबाट छुटकारा दिन भुक्तानिको रूपमा उहाँले आफैँलाई मर्न दिनुभयो। BSB BSB: He gave Himself for us to redeem us from all lawlessness and to purify for Himself a people for His own possession, zealous for good deeds.
15 UDB तीतस, यी कुराहरूका बारेमा बताऊ। जसरी तिम्रा कुरा सुन्नेहरूलाई मैले बताएको छु, त्यसरी नै जिउनलाई आग्रह गर। आवश्यक पर्दा हाम्रा दाजुभाइहरू र दिदी-बहिनीहरूलाई सच्याउन आज्ञाको तिम्रो पूर्ण अधिकार प्रयोग गर। तिमीले भनेको कुरा कसैले अवहेलना नगरोस्। BSB BSB: Speak these things as you encourage and rebuke with all authority. Let no one despise you.
Select verses for actions: Enter goes to them and Escape comes back.