Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.42.6
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Mark
Mark
12
NPIULB
BSB
A
a
Mark 12
12
Mark
Jerusalem
Nepali Bible
Jesus
, person
David
, person
Caesar
, person
Israel
, person
Moses
, person
Abraham
, person
Isaac
, person
Nepali Bible
Berean Standard Bible
1
NPIULB
त्यसपछि येशूले तिनीहरूलाई दृष्टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे ।
BSB
BSB:
Then Jesus began to speak to them in parables:
“A man planted a vineyard. He put a wall around it, dug a wine vat, and built a watchtower. Then he rented it out to some tenants and went away on a journey.
2
NPIULB
ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।
BSB
BSB:
At harvest time, he sent a servant to the tenants to collect his share of the fruit of the vineyard.
3
NPIULB
तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।
BSB
BSB:
But they seized the servant, beat him, and sent him away empty-handed.
4
NPIULB
फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्याए र लज्जास्पद रूपमा व्यवहार गरे ।
BSB
BSB:
Then he sent them another servant, and they struck him over the head and treated him shamefully.
5
NPIULB
अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।
BSB
BSB:
He sent still another, and this one they killed. He sent many others; some they beat and others they killed.
6
NPIULB
उनीसँग पठाउन अझै पनि एक जना व्यक्ति अर्थात् प्यारो छोरा थिए । उनले तिनीहरूकहाँ पठाउन त्यो नै अन्तिम व्यक्ति थियो । उनले भने, “तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।”
BSB
BSB:
Finally, having one beloved son, he sent him to them. ‘They will respect my son,’ he said.
7
NPIULB
तर मोहीहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौँ र सम्पत्ति हाम्रो हुनेछ ।”
BSB
BSB:
But the tenants said to one another, ‘This is the heir. Come, let us kill him, and the inheritance will be ours.’
8
NPIULB
तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।
BSB
BSB:
So they seized the son, killed him, and threw him out of the vineyard.
9
NPIULB
यसकारण, दाखबारीको मालिकले के गर्नेछ ? उनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् ।
BSB
BSB:
What then will the owner of the vineyard do? He will come and kill those tenants and give the vineyard to others.
10
NPIULB
के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’
BSB
BSB:
Have you never read this Scripture: ‘The stone the builders rejected has become the cornerstone.
11
NPIULB
त्यो परमप्रभुबाट थियो र यो हाम्रो दृष्टिमा आश्चर्यजनक छ ।”
BSB
BSB:
This is from the Lord, and it is marvelous in our eyes’?”
12
NPIULB
तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।
BSB
BSB:
At this, the leaders sought to arrest Jesus, for they knew that He had spoken this parable against them. But fearing the crowd, they left Him and went away.
13
NPIULB
अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए ।
BSB
BSB:
Later, they sent some of the Pharisees and Herodians to catch Jesus in His words.
14
NPIULB
तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्न । तपाईंले साँच्चै परमेश्वरको मार्ग सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन ? हामी कर तिरौँ कि नतिरौँ ?”
BSB
BSB:
“Teacher,” they said, “we know that You are honest and seek favor from no one. Indeed, You are impartial and teach the way of God in accordance with the truth. Is it lawful to pay taxes to Caesar or not? Should we pay them or not?”
15
NPIULB
तर येशूले तिनीहरूको कपटलाई जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ ? मलाई एउटा सिक्का ल्याओ ताकि मैले हेर्न सकौँ ।”
BSB
BSB:
But Jesus saw through their hypocrisy and said,
“Why are you testing Me? Bring Me a denarius to inspect.”
16
NPIULB
तिनीहरूले एउटा सिक्का येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्नुभयो, “यो कसको स्वरूप र छाप हो ?” तिनीहरूले भने, “कैसरको हो ।”
BSB
BSB:
So they brought it, and He asked them,
“Whose image is this? And whose inscription?”
“Caesar’s,” they answered.
17
NPIULB
येशूले भन्नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्वरका चिजहरू परमेश्वरलाई नै ।” तिनीहरू चकित भए ।
BSB
BSB:
Then Jesus told them,
“Give to Caesar what is Caesar’s, and to God what is God’s.”
And they marveled at Him.
18
NPIULB
त्यसपछि पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,
BSB
BSB:
Then the Sadducees, who say there is no resurrection, came to Jesus and questioned Him:
19
NPIULB
“गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्नो दाजुकी पत्नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्चा जन्माउनुपर्छ ।’
BSB
BSB:
“Teacher, Moses wrote for us that if a man’s brother dies and leaves a wife but no children, the man is to marry his brother’s widow and raise up offspring for him.
20
NPIULB
त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्नी ल्याए र बच्चा नभई मरे ।
BSB
BSB:
Now there were seven brothers. The first one married and died, leaving no children.
21
NPIULB
दोस्रोले दाजुकी पत्नी लगे र कुनै बालबच्चा नभई तिनी मरे । अनि तेस्रोलाई पनि त्यस्तै भयो ।
BSB
BSB:
Then the second one married the widow, but he also died and left no children. And the third did likewise.
22
NPIULB
अनि सातै जना कुनैको पनि बालबच्चा भएन । अन्तमा ती स्त्री पनि मरिन् ।
BSB
BSB:
In this way, none of the seven left any children. And last of all, the woman died.
23
NPIULB
पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्नी हुनेछिन् ? किनभने ती सातै दाजुभाइले तिनलाई पत्नीको रूपमा लिए ।
BSB
BSB:
In the resurrection, then, whose wife will she be? For all seven were married to her.”
24
NPIULB
येशूले भन्नुभयो, “तिमीहरूले न त धर्मशास्त्र न परमेश्वरको शक्तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र ?
BSB
BSB:
Jesus said to them,
“Aren’t you mistaken, because you do not know the Scriptures or the power of God?
25
NPIULB
किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन् ।
BSB
BSB:
When the dead rise, they will neither marry nor be given in marriage. Instead, they will be like the angels in heaven.
26
NPIULB
तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्वर उनीसँग कसरी बोल्नुभयो र, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ’ भन्नुभयो भन्ने पढेका छैनौ ?”
BSB
BSB:
But concerning the dead rising, have you not read about the burning bush in the Book of Moses, how God told him, ‘I am the God of Abraham, the God of Isaac, and the God of Jacob’?
27
NPIULB
उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ । तिमीहरू गलत छौ ।”
BSB
BSB:
He is not the God of the dead, but of the living. You are badly mistaken!”
28
NPIULB
शास्त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने । येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो ?”
BSB
BSB:
Now one of the scribes had come up and heard their debate. Noticing how well Jesus had answered them, he asked Him, “Which commandment is the most important of all?”
29
NPIULB
येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एक मात्र हुनुहुन्छ ।
BSB
BSB:
Jesus replied,
“This is the most important: ‘Hear, O Israel, the Lord our God, the Lord is One.
30
NPIULB
तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्तिले प्रेम गर्नुपर्दछ ।’
BSB
BSB:
Love the Lord your God with all your heart and with all your soul and with all your mind and with all your strength.’
31
NPIULB
दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।”
BSB
BSB:
The second is this: ‘Love your neighbor as yourself.’ No other commandment is greater than these.”
32
NPIULB
शास्त्रीले भने, “हे असल गुरुज्यू ! परमेश्वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्नुभएको छ ।
BSB
BSB:
“Right, Teacher,” the scribe replied. “You have stated correctly that God is One and there is no other but Him,
33
NPIULB
उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।”
BSB
BSB:
and to love Him with all your heart and with all your understanding and with all your strength, and to love your neighbor as yourself. This is more important than all burnt offerings and sacrifices.”
34
NPIULB
जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्न गर्ने आँट गरेन ।
BSB
BSB:
When Jesus saw that the man had answered wisely, He said,
“You are not far from the kingdom of God.”
And no one dared to question Him any further.
35
NPIULB
येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्नुभयो, “शास्त्रीहरूले ख्रीष्टलाई कसरी दाऊदका पुत्र भन्छन् ?
BSB
BSB:
While Jesus was teaching in the temple courts, He asked,
“How can the scribes say that the Christ is the Son of David?
36
NPIULB
दाऊद आफैँले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’
BSB
BSB:
Speaking by the Holy Spirit, David himself declared: ‘The Lord said to my Lord, “Sit at My right hand until I put Your enemies under Your feet.”’
37
NPIULB
दाऊद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन् भने मसीह कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” ठुलो भिडले उहाँको कुरा खुसीसाथ सुन्यो ।
BSB
BSB:
David himself calls Him ‘Lord.’ So how can He be David’s son?”
And the large crowd listened to Him with delight.
38
NPIULB
येशूले उहाँको शिक्षामा भन्नुभयो, “शास्त्रीहरूदेखि होसियार बस, जसले लामो वस्त्र लगाएर हिँड्न र बजारमा अभिवादन गरेको,
BSB
BSB:
In His teaching Jesus also said,
“Watch out for the scribes. They like to walk around in long robes, to receive greetings in the marketplaces,
39
NPIULB
अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् ।
BSB
BSB:
and to have the chief seats in the synagogues and the places of honor at banquets.
40
NPIULB
तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।”
BSB
BSB:
They defraud widows of their houses, and for a show make lengthy prayers. These men will receive greater condemnation.”
41
NPIULB
त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।
BSB
BSB:
As Jesus was sitting opposite the treasury, He watched the crowd putting money into it. And many rich people put in large amounts.
42
NPIULB
त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्का हालिन् ।
BSB
BSB:
Then one poor widow came and put in two small copper coins, which amounted to a small fraction of a denarius.
43
NPIULB
उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।
BSB
BSB:
Jesus called His disciples to Him and said,
“Truly I tell you, this poor widow has put more than all the others into the treasury.
44
NPIULB
किनभने सबैले आ-आफ्ना प्रशस्तताबाट दिए । तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन् ।”
BSB
BSB:
For they all contributed out of their surplus, but she out of her poverty has put in all she had to live on.”
Chapter complete
You’ve read Mark 12
Chapter 12 of 16 in Mark
Up next
Mark 13
Read Mark 13
Listen
Back to Mark 11
Go deeper
Commentary
What the commentators say on Mark 12
A question this chapter raises
Doesn’t “the LORD is one” rule out the Trinity?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Mark 11
Mark 12
Mark 13