Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.41.6
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Matt
Matthew
21
NPIULB
BSB
A
a
Matthew 21
21
Matthew
Jerusalem: conflict and teaching
Nepali Bible
Jesus
, person
Jerusalem
, place
John
, person
David
, person
Galilee
, place
Nazareth
, place
Olives Mount
, place
Bethany
, place
1 more
Nepali Bible
Berean Standard Bible
1
NPIULB
जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,
BSB
BSB:
As they approached Jerusalem and came to Bethphage on the Mount of Olives, Jesus sent out two disciples,
2
NPIULB
र यसो भन्नुभयो, “तिमीहरू सामुन्नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।
BSB
BSB:
saying to them,
“Go into the village ahead of you, and at once you will find a donkey tied there, with her colt beside her. Untie them and bring them to Me.
3
NPIULB
यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”
BSB
BSB:
If anyone questions you, tell him that the Lord needs them, and he will send them right away.”
4
NPIULB
अगमवक्ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्नुभयो,
BSB
BSB:
This took place to fulfill what was spoken through the prophet:
5
NPIULB
“‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’”
BSB
BSB:
“Say to the Daughter of Zion, ‘See, your King comes to you, gentle and riding on a donkey, on a colt, the foal of a donkey.’”
6
NPIULB
तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे ।
BSB
BSB:
So the disciples went and did as Jesus had directed them.
7
NPIULB
तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्नुभयो ।
BSB
BSB:
They brought the donkey and the colt and laid their cloaks on them, and Jesus sat on them.
8
NPIULB
भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।
BSB
BSB:
A massive crowd spread their cloaks on the road, while others cut branches from the trees and spread them on the road.
9
NPIULB
येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्च्याए, “दाऊदका पुत्रलाई होसन्ना ! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ ! उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना !”
BSB
BSB:
The crowds that went ahead of Him and those that followed were shouting: “Hosanna to the Son of David!” “Blessed is He who comes in the name of the Lord!” “Hosanna in the highest!”
10
NPIULB
जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन् ?”
BSB
BSB:
When Jesus had entered Jerusalem, the whole city was stirred and asked, “Who is this?”
11
NPIULB
भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्ता ।”
BSB
BSB:
The crowds replied, “This is Jesus, the prophet from Nazareth in Galilee.”
12
NPIULB
त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका आसनहरू पल्टाइदिनुभयो ।
BSB
BSB:
Then Jesus entered the temple courts and drove out all who were buying and selling there. He overturned the tables of the money changers and the seats of those selling doves.
13
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्डा बनाउँछौ ।”
BSB
BSB:
And He declared to them,
“It is written: ‘My house will be called a house of prayer.’ But you are making it ‘a den of robbers.’”
14
NPIULB
तब दृष्टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
BSB
BSB:
The blind and the lame came to Him at the temple, and He healed them.
15
NPIULB
तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्ना” भनेर चिच्च्याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।
BSB
BSB:
But the chief priests and scribes were indignant when they saw the wonders He performed and the children shouting in the temple courts, “Hosanna to the Son of David!”
16
NPIULB
तिनीहरूले उहाँलाई भने, “के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्न सक्छौ ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो ! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’ ?”
BSB
BSB:
“Do You hear what these children are saying?” they asked.
“Yes,”
Jesus answered.
“Have you never read: ‘From the mouths of children and infants You have ordained praise’?”
17
NPIULB
त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीँ बिताउनुभयो ।
BSB
BSB:
Then He left them and went out of the city to Bethany, where He spent the night.
18
NPIULB
बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो ।
BSB
BSB:
In the morning, as Jesus was returning to the city, He was hungry.
19
NPIULB
उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो ।
BSB
BSB:
Seeing a fig tree by the road, He went up to it but found nothing on it except leaves.
“May you never bear fruit again!”
He said. And immediately the tree withered.
20
NPIULB
जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो ?”
BSB
BSB:
When the disciples saw this, they marveled and asked, “How did the fig tree wither so quickly?”
21
NPIULB
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ ।
BSB
BSB:
“Truly I tell you,”
Jesus replied,
“if you have faith and do not doubt, not only will you do what was done to the fig tree, but even if you say to this mountain, ‘Be lifted up and thrown into the sea,’ it will happen.
22
NPIULB
तिमीहरूले विश्वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।”
BSB
BSB:
If you believe, you will receive whatever you ask for in prayer.”
23
NPIULB
जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ ? र तिमीलाई यो अधिकार कसले दियो ?”
BSB
BSB:
When Jesus returned to the temple courts and began to teach, the chief priests and elders of the people came up to Him. “By what authority are You doing these things?” they asked. “And who gave You this authority?”
24
NPIULB
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्ने कुरा म तिमीहरूलाई बताउनेछु ।
BSB
BSB:
“I will also ask you one question,”
Jesus replied,
“and if you answer Me, I will tell you by what authority I am doing these things.
25
NPIULB
यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो ? स्वर्गबाट हो या मानिसहरूबाट ?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्वास गरेनौ ?’ भनेर भन्नेछन् ।
BSB
BSB:
What was the source of John’s baptism? Was it from heaven or from men?”
They deliberated among themselves and said, “If we say, ‘From heaven,’ He will ask, ‘Why then did you not believe him?’
26
NPIULB
तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्नालाई एक अगमवक्ताको रूपमा हेर्दथे ।”
BSB
BSB:
But if we say, ‘From men,’ we are afraid of the people, for they all regard John as a prophet.”
27
NPIULB
तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।
BSB
BSB:
So they answered, “We do not know.” And Jesus replied,
“Neither will I tell you by what authority I am doing these things.
28
NPIULB
तर तिमीहरू के विचार गर्दछौ ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’
BSB
BSB:
But what do you think? There was a man who had two sons. He went to the first one and said, ‘Son, go and work today in the vineyard.’
29
NPIULB
त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्ल्यो र गयो ।
BSB
BSB:
‘I will not,’ he replied. But later he changed his mind and went.
30
NPIULB
र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन ।
BSB
BSB:
Then the man went to the second son and told him the same thing. ‘I will, sir,’ he said. But he did not go.
31
NPIULB
यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्यो ?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछन् ।
BSB
BSB:
Which of the two did the will of his father?”
“The first,” they answered. Jesus said to them,
“Truly I tell you, the tax collectors and prostitutes are entering the kingdom of God before you.
32
NPIULB
किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्वास गर्नलाई पछि तिमीहरूले पश्चात्ताप पनि गरेनौ ।
BSB
BSB:
For John came to you in the way of righteousness, and you did not believe him, but the tax collectors and prostitutes did. And even after you saw this, you did not repent and believe him.
33
NPIULB
अर्को दृष्टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्का दिए । त्यसपछि उनी अर्कै देशमा गए ।
BSB
BSB:
Listen to another parable: There was a landowner who planted a vineyard. He put a wall around it, dug a winepress in it, and built a tower. Then he rented it out to some tenants and went away on a journey.
34
NPIULB
जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।
BSB
BSB:
When the harvest time drew near, he sent his servants to the tenants to collect his share of the fruit.
35
NPIULB
तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए ।
BSB
BSB:
But the tenants seized his servants. They beat one, killed another, and stoned a third.
36
NPIULB
फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे ।
BSB
BSB:
Again, he sent other servants, more than the first group. But the tenants did the same to them.
37
NPIULB
त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’
BSB
BSB:
Finally, he sent his son to them. ‘They will respect my son,’ he said.
38
NPIULB
तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’
BSB
BSB:
But when the tenants saw the son, they said to one another, ‘This is the heir. Come, let us kill him and take his inheritance.’
39
NPIULB
यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।
BSB
BSB:
So they seized him and threw him out of the vineyard and killed him.
40
NPIULB
जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान् ?”
BSB
BSB:
Therefore, when the owner of the vineyard returns, what will he do to those tenants?”
41
NPIULB
तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।”
BSB
BSB:
“He will bring those wretches to a wretched end,” they replied, “and will rent out the vineyard to other tenants who will give him his share of the fruit at harvest time.”
42
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ ? ’
BSB
BSB:
Jesus said to them,
“Have you never read in the Scriptures: ‘The stone the builders rejected has become the cornerstone. This is from the Lord, and it is marvelous in our eyes’?
43
NPIULB
यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ ।
BSB
BSB:
Therefore I tell you that the kingdom of God will be taken away from you and given to a people who will produce its fruit.
44
NPIULB
जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।”
BSB
BSB:
He who falls on this stone will be broken to pieces, but he on whom it falls will be crushed.”
45
NPIULB
जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँका दृष्टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्ने तिनीहरूले बुझे ।
BSB
BSB:
When the chief priests and Pharisees heard His parables, they knew that Jesus was speaking about them.
46
NPIULB
तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्ता मान्ने हुनाले तिनीहरू भिडसँग डराए ।
BSB
BSB:
Although they wanted to arrest Him, they were afraid of the crowds, because the people regarded Him as a prophet.
Chapter complete
You’ve read Matthew 21
Chapter 21 of 28 in Matthew
Up next
Matthew 22
Read Matthew 22
Listen
Back to Matthew 20
Go deeper
Commentary
What the commentators say on Matthew 21
A question this chapter raises
Why did Jesus curse a fig tree?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Matthew 20
Matthew 21
Matthew 22