Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.41.7
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Matt
Matthew
22
NPIULB
BSB
A
a
Matthew 22
22
Matthew
Jerusalem: conflict and teaching
Nepali Bible
Jesus
, person
David
, person
Caesar
, person
Jacob
, person
Moses
, person
Abraham
, person
Isaac
, person
Nepali Bible
Berean Standard Bible
1
NPIULB
तिनीहरूसँग यसो भन्दै येशू दृष्टान्तमा बोल्नुभयो,
BSB
BSB:
Once again, Jesus spoke to them in parables:
2
NPIULB
“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।
BSB
BSB:
“The kingdom of heaven is like a king who prepared a wedding banquet for his son.
3
NPIULB
उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।
BSB
BSB:
He sent his servants to call those he had invited to the banquet, but they refused to come.
4
NPIULB
फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’
BSB
BSB:
Again, he sent other servants and said, ‘Tell those who have been invited that I have prepared my dinner. My oxen and fattened cattle have been killed, and everything is ready. Come to the wedding banquet.’
5
NPIULB
तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।
BSB
BSB:
But they paid no attention and went away, one to his field, another to his business.
6
NPIULB
अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।
BSB
BSB:
The rest seized his servants, mistreated them, and killed them.
7
NPIULB
तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।
BSB
BSB:
The king was enraged, and he sent his troops to destroy those murderers and burn their city.
8
NPIULB
त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।
BSB
BSB:
Then he said to his servants, ‘The wedding banquet is ready, but those I invited were not worthy.
9
NPIULB
त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’
BSB
BSB:
Go therefore to the crossroads and invite to the banquet as many as you can find.’
10
NPIULB
ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।
BSB
BSB:
So the servants went out into the streets and gathered everyone they could find, both evil and good, and the wedding hall was filled with guests.
11
NPIULB
तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।
BSB
BSB:
But when the king came in to see the guests, he spotted a man who was not dressed in wedding clothes.
12
NPIULB
राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ ?’ अनि त्यस व्यक्तिले केही बोल्न सकेन ।
BSB
BSB:
‘Friend,’ he asked, ‘how did you get in here without wedding clothes?’ But the man was speechless.
13
NPIULB
त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
BSB
BSB:
Then the king told the servants, ‘Tie him hand and foot, and throw him into the outer darkness, where there will be weeping and gnashing of teeth.’
14
NPIULB
किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”
BSB
BSB:
For many are called, but few are chosen.”
15
NPIULB
त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए ।
BSB
BSB:
Then the Pharisees went out and conspired to trap Jesus in His words.
16
NPIULB
त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्न ।
BSB
BSB:
They sent their disciples to Him along with the Herodians. “Teacher,” they said, “we know that You are honest and that You teach the way of God in accordance with the truth. You seek favor from no one, because You pay no attention to external appearance.
17
NPIULB
त्यसैले, हामीलाई भन्नुहोस्, कि तपाईं के भन्नुहुन्छ ? कैसरलाई कर तिर्नु उचित हो कि होइन ?”
BSB
BSB:
So tell us what You think: Is it lawful to pay taxes to Caesar or not?”
18
NPIULB
तर येशूले तिनीहरूको दुष्टता थाहा पाउनुभयो, र भन्नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ ?
BSB
BSB:
But Jesus knew their evil intent and said,
“You hypocrites, why are you testing Me?
19
NPIULB
कर तिर्ने सिक्का मलाई देखाओ ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए ।
BSB
BSB:
Show Me the coin used for the tax.”
And they brought Him a denarius.
20
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “यी कसका नाम र छाप हुन् ?”
BSB
BSB:
“Whose image is this,”
He asked,
“and whose inscription?”
21
NPIULB
तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ ।”
BSB
BSB:
“Caesar’s,” they answered. So Jesus told them,
“Give to Caesar what is Caesar’s, and to God what is God’s.”
22
NPIULB
जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।
BSB
BSB:
And when they heard this, they were amazed. So they left Him and went away.
23
NPIULB
त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,
BSB
BSB:
That same day the Sadducees, who say there is no resurrection, came to Jesus and questioned Him.
24
NPIULB
“गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्यो भने, उसको भाइले त्यसकी पत्नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।
BSB
BSB:
“Teacher,” they said, “Moses declared that if a man dies without having children, his brother is to marry the widow and raise up offspring for him.
25
NPIULB
तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्नी आफ्नो भाइलाई छोड्यो ।
BSB
BSB:
Now there were seven brothers among us. The first one married and died without having children. So he left his wife to his brother.
26
NPIULB
त्यसपछि दोस्रो भाइले त्यस्तै गर्यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो ।
BSB
BSB:
The same thing happened to the second and third brothers, down to the seventh.
27
NPIULB
तिनीहरू सबै मरेपछि त्यो स्त्री पनि मरी ।
BSB
BSB:
And last of all, the woman died.
28
NPIULB
अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्त्री कुन चाहिँको पत्नी हुन्छे ? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन् ।”
BSB
BSB:
In the resurrection, then, whose wife will she be of the seven? For all of them were married to her.”
29
NPIULB
तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्त्र वा परमेश्वरको शक्तिलाई जान्दैनौ ।
BSB
BSB:
Jesus answered,
“You are mistaken because you do not know the Scriptures or the power of God.
30
NPIULB
किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु, तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् ।
BSB
BSB:
In the resurrection, people will neither marry nor be given in marriage. Instead, they will be like the angels in heaven.
31
NPIULB
तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ,
BSB
BSB:
But concerning the resurrection of the dead, have you not read what God said to you:
32
NPIULB
‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ ?’ परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ ।”
BSB
BSB:
‘I am the God of Abraham, the God of Isaac, and the God of Jacob’? He is not the God of the dead, but of the living.”
33
NPIULB
जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्क परे ।
BSB
BSB:
When the crowds heard this, they were astonished at His teaching.
34
NPIULB
तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।
BSB
BSB:
And when the Pharisees heard that Jesus had silenced the Sadducees, they themselves gathered together.
35
NPIULB
तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्न सोधे,
BSB
BSB:
One of them, an expert in the law, tested Him with a question:
36
NPIULB
“गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिँ कुन हो ?”
BSB
BSB:
“Teacher, which commandment is the greatest in the Law?”
37
NPIULB
येशूले उनलाई भन्नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू ।
BSB
BSB:
Jesus declared,
“‘Love the Lord your God with all your heart and with all your soul and with all your mind.’
38
NPIULB
योचाहिँ पहिलो र महान् आज्ञा हो ।
BSB
BSB:
This is the first and greatest commandment.
39
NPIULB
अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू ।’
BSB
BSB:
And the second is like it: ‘Love your neighbor as yourself.’
40
NPIULB
सारा व्यवस्था र अगमवक्ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन् ।”
BSB
BSB:
All the Law and the Prophets hang on these two commandments.”
41
NPIULB
फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो ।
BSB
BSB:
While the Pharisees were assembled, Jesus questioned them:
42
NPIULB
उहाँले भन्नुभयो, “तिमीहरू ख्रीष्टको बारेमा के विचार गर्दछौ ? ख्रीष्ट कसका पुत्र हुन् ?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।”
BSB
BSB:
“What do you think about the Christ? Whose son is He?”
“David’s,” they answered.
43
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे,
BSB
BSB:
Jesus said to them,
“How then does David in the Spirit call Him ‘Lord’? For he says:
44
NPIULB
‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस ।’ ?”
BSB
BSB:
‘The Lord said to my Lord, “Sit at My right hand until I put Your enemies under Your feet.”’
45
NPIULB
यदि दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?”
BSB
BSB:
So if David calls Him ‘Lord,’ how can He be David’s son?”
46
NPIULB
तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने साहस गरेन ।
BSB
BSB:
No one was able to answer a word, and from that day on no one dared to question Him any further.
Chapter complete
You’ve read Matthew 22
Chapter 22 of 28 in Matthew
Up next
Matthew 23
Read Matthew 23
Listen
Back to Matthew 21
Go deeper
Commentary
What the commentators say on Matthew 22
A question this chapter raises
What about our ancestors, and honouring them, in African tradition?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Matthew 21
Matthew 22
Matthew 23