1 UDB मैले जसरी काम गर्छु त्यो आलोचना गर्ने मानिसहरूलाई म यसरी जवाफ दिन्छुः म एक प्रेरित हुँ। मैले हाम्रा प्रभु येशूलाई देखेको छु। म स्वतन्त्र छु। मैले गरेको कामको परिणाम तिमीहरू नै हौ– तिमीहरू मेरा कामका प्रमाण हौ। BSB BSB: Am I not free? Am I not an apostle? Have I not seen Jesus our Lord? Are you yourselves not my workmanship in the Lord?
2 UDB म साँचो प्रेरित हुँ भन्ने कुरामा कोही अरूहरूले विचार गर्दैनन् भने पनि, म तिमीहरूको निम्ति भने साँचो प्रेरित हुँ। प्रभुको मोहरको अनुमोदनद्वारा म एक साँचो प्रेरित हुँ भन्ने कुराको प्रमाण तिमीहरू नै हौ। BSB BSB: Even if I am not an apostle to others, surely I am to you. For you are the seal of my apostleship in the Lord.
3 UDB तिमी विश्वासीहरूले मेरो सेवा वापत मलाई दिने पैसालाई प्रयोग नगरेको कारणले जसले मलाई साँचो प्रेरित होइन भन्छन्, तिनीहरूलाई म यसरी जवाफ दिन्छु। BSB BSB: This is my defense to those who scrutinize me:
4 UDB निश्चय नै हामीलाई त्यस्तो पैसामा जीउने अधिकार छ। BSB BSB: Have we no right to food and to drink?
6 UDB बारनाबास र मैले मात्रै आफ्नो खाँचोको निम्ति काम गर्नुपर्छ भनी कसैले पनि नियम बनाएन। BSB BSB: Or are Barnabas and I the only apostles who must work for a living?
7 UDB पल्टनको कुनै पनि सिपाहीले आफ्नै खर्चले सेवा गर्दैन। अंगुर खान वा दाखमद्य पिउन नपाए कसैले पनि दाखबारी लगाउँदैन। जनावरहरूबाट प्राप्त हुने दुध पिउन नपाए कोही पनि बथानको गोठालो हुँदैन। BSB BSB: Who serves as a soldier at his own expense? Who plants a vineyard and does not eat of its fruit? Who tends a flock and does not drink of its milk?
8 UDB यो त सबैलाई थाहा हुने कुरा हो। तर व्यवस्थाले पनि यही भन्छ। BSB BSB: Do I say this from a human perspective? Doesn’t the Law say the same thing?
9 UDB मोशाको व्यवस्थाले भन्छ, “दाँइ गर्ने गोरुको मुखमा मोहोला नलगाउनु।” यो व्यवस्थामा अरू विशेष केही कुरा हुन्छ जसको बारेमा परमेश्वरले विचार गर्नुहुन्छ। BSB BSB: For it is written in the Law of Moses: “Do not muzzle an ox while it is treading out the grain.” Is it about oxen that God is concerned?
10 UDB यो व्यवस्था हाम्रो बारेमा हो। मोशाले यसो भन्दैछन् कि कुनै पनि काम गर्नेले त्यस कामको फलबाट फाइदा लिनुपर्छ, जसरी दाइँ गर्ने गोरुले आफूले टेकेको पराल खाइ रहेको हुन्छ। BSB BSB: Isn’t He actually speaking on our behalf? Indeed, this was written for us, because when the plowman plows and the thresher threshes, they should also expect to share in the harvest.
11 UDB हामीले सुसमाचारको बीउ तिमीहरूमा रोपेका छौं भने, आफ्नो मद्दतको निम्ति हामीले तिमीहरूबाट पैसा लिनु अतिसार गर्नु हुन्छ र? BSB BSB: If we have sown spiritual seed among you, is it too much for us to reap a material harvest from you?
12 UDB अरूहरूले यस्तो किसिमका मद्दत तिमीहरूबाट प्राप्त गर्छन्, र हामीले निश्चित रूपमा प्रमाणित गरेका छौ कि तिनीहरूभन्दा बढी हामी त्यसको हकदार छौं। यद्यपि, हामी त्यो कुराका हकदार भए तापनि हामीले तिमीहरूबाट कुनै कुरा पनि ग्रहण गरेका छैनौं। बरु, हामी सबै किसिमका कष्टहरू सहन्छौं जसले गर्दा मानिसहरूलाई ख्रीष्टको सुसमाचारमा विश्वास गर्न धेरै कठिन बनाउँदैनौं। BSB BSB: If others have this right to your support, shouldn’t we have it all the more? But we did not exercise this right. Instead, we put up with anything rather than hinder the gospel of Christ.
13 UDB मन्दिरमा परमेश्वरलाई बलिदान चढाउनलाई मद्दत गर्नेहरूले तिनीहरूका आफ्ना खाँचो पूरा गर्नलाई ती भेटीहरूबाट केही हिस्सा पाउँथे भनी निश्चित रूपमा तिमीहरू जान्दछौ। परमेश्वरमा चढाइएकाो खानेकुराबाट तिनीहरूले केही कुरा प्राप्त गर्थे। BSB BSB: Do you not know that those who work in the temple eat of its food, and those who serve at the altar partake of its offerings?
14 UDB यसरी नै, प्रभुले आज्ञा दिनुभएको छ कि जसले सुसमाचारको घोषणा गर्छन् तिनीहरूले आफ्नो जीवन धान्न पुग्ने ज्याला सुसमाचारबाटै प्राप्त गर्नुपर्छ। परमेश्वरलाई जे दिइन्छ त्यसको हिस्सा तिनीहरूले आफ्ना खाँचोहरू पूरा गर्न प्राप्त गर्छन्। BSB BSB: In the same way, the Lord has prescribed that those who preach the gospel should receive their living from the gospel.
15 UDB तर यी कुराहरूमध्ये केही पनि मैले आफ्नो निम्ति मागेको छैन। र त्यही कारणले मैले अहिले यो पत्र लेखिरहको पनि होइन। म गर्व गर्छु कि तिमीहरूबाट म यी कुराहरू कदापि माग्ने छैन, र तिमीहरूले मलाई ज्याला दिनु परेको भए मैले गर्व गर्न बन्द गर्ने थिएँ, यसैले तिमीहरूबाट मैले ज्याला लन पर्नुभन्दा त बरु म मर्न तयार छु। BSB BSB: But I have not used any of these rights. And I am not writing this to suggest that something be done for me. Indeed, I would rather die than let anyone nullify my boast.
16 UDB मैले सुसामाचार घोषणा गर्छु भने, म त्यस्तो कुनै काम गरिरहेको छैन जसका लागि म गर्व गर्न सक्छु। सुसामाचार प्रचार गर्न म बाद्दे हुन्छु। परमेश्वरले मलाई गर्नलाई बोलावट दिनुभएको काम मैले गर्न सकिन भने, म धेरै आँसु झारेर शोकित हुनेछु। BSB BSB: Yet when I preach the gospel, I have no reason to boast, because I am obligated to preach. Woe to me if I do not preach the gospel!
17 UDB मैले इच्छा गरेर म सुसमाचार प्रचार गर्छु भने, मलाई ठुलो इनाम छ। तर कसैले मलाई प्रचार गर्न जबरजस्ति गरेको कारणले मैले प्रचार गरें भने पनि मैले अझै प्रचार गर्नुपर्छ किनभने परमेश्वरले उहाँको निम्ति यो काम गर्न ममा भरोसा गर्नुभयो। BSB BSB: If my preaching is voluntary, I have a reward. But if it is not voluntary, I am still entrusted with a responsibility.
18 UDB यसैले परमेश्वरले मलाई दिनुहुने त्यो इनाम के हो? यो त्यो कुरा हो कि जब म सुसमाचार प्रचार गर्छु, कसैसँग त्यसको निम्ति ज्याला नलिएर नै म त्यो दिन्छु। बरु, म त्यो सित्तैंमा दिन्छु जसले गर्दा प्रभुले मलाई लिनलाई अनुमति दिनुहुने ज्याला पनि नलिएर म यो काम गर्न सकूँ। BSB BSB: What then is my reward? That in preaching the gospel I may offer it free of charge, and so not use up my rights in preaching it.
19 UDB म कुनै व्यक्तिको पनि ऋणी छैन तर म हरेक व्यक्तिको सेवक हुँ जसले गर्दा मैले धेरैभन्दा धेरै मानिसहरूलाई ख्रीष्टमा विश्वास राख्न मनाउन सकूँ। BSB BSB: Though I am free of obligation to anyone, I make myself a slave to everyone, to win as many as possible.
20 UDB यहूदी मानिसहरूसँग काम गर्दा, म एक जना यहूदी जस्तै हुन्छु जसले गर्दा मैले तिनीहरूलाई ख्रीष्टमा जित्न सकूँ। व्यवस्थाको अधीनमा रहनेहरूले पनि मैले जस्तै ख्रीष्टमा विश्वास गर्न सकून् भन्ने उद्देश्यले व्यवस्थाको अधीनमा जिउनेहरूका निम्ति, तिनीहरू जसरी जिउँछन् म त्यसरी नै जिउँछु। व्यवस्थाले आवश्यक ठहराएअनुसार मैले आफ्नो जीवन नबिताए तापनि म तिनीहरूले जस्तै गरी जीवन बिताएँ। BSB BSB: To the Jews I became like a Jew, to win the Jews. To those under the law I became like one under the law (though I myself am not under the law), to win those under the law.
21 UDB जब म मोशाको व्यवस्थाभन्दा अलग रूपमा जीवन बिताउने गैरयहूदीहरूसँग हुन्छु, तब म तिनीहरू जस्तै बन्छु (यद्यपि म आफैंँ परमेश्वरको व्यवस्थाभन्दा बाहिर छैन र म ख्रीष्टको व्यवस्थाप्रति आज्ञाकारी छु) जसले गर्दा ती व्यवस्थाभन्दा बाहिर जीवन बिताउनेहरूलाई ख्रीष्टमा विश्वास गर्न म तिनीहरूलाई मनाउन सकूँ। BSB BSB: To those without the law I became like one without the law (though I am not outside the law of God but am under the law of Christ), to win those without the law.
22 UDB नियमहरू र व्यवस्थामा कमजोरहरूका निम्ति तिनीहरूले जीवन बिताए जस्तै गरी मैले पनि जीवन बिताएँ, यसरी मैले तिनीहरूलाई ख्रीष्टमा विश्वास गर्न मनाउन सकें। मैले नियमहरूकाो अधीनमा र धेरै किसिमका जीवनशैली भएकासँग र सबै किसिमका मानिसहरूसँग जीवन बिताएको छु जसले गर्दा परमेश्वरले जसरी काम गर्ने इच्छा गर्नु भए तापनि तिनीहरूमध्ये कसैलाई परमेश्वरले उद्धार गर्नुहुनेछ। BSB BSB: To the weak I became weak, to win the weak. I have become all things to all people so that by all possible means I might save some.
23 UDB म यो सबै कुरा यसैले गर्छु कि मैले ख्रीष्टको सुसमाचार प्रचार गर्न सकूँ जसले गर्दा सुसमाचारले हामीमा ल्याउने असल कुराहरूलाई मैले पनि अनुभव गर्नेछु। BSB BSB: I do all this for the sake of the gospel, so that I may share in its blessings.
24 UDB तिमीहरूलाई थाहा छ, जब मानिसहरूले एउटा दौडमा भाग लिन्छन्, तब तिनीहरू सबै जना दौडन्छन् तर तिनीहरूमध्ये एक जनाले मात्र पुरस्कार पाउँछ। त्यसैले तिमीहरू पनि पुरस्कार पाउनलाई दौडनुपर्छ। BSB BSB: Do you not know that in a race all the runners run, but only one receives the prize? Run in such a way as to take the prize.
25 UDB हरेक खेलाडी आफूलाई कसरी तालिम दिनुपर्छ भन्ने कुरामा होसियार हुन्छ। तिनीहरू यसैले दौडन्छन् कि तिनीहरूमध्ये एक जनाले विजयको मुकुट पाउनेछ जुन तिनीहरूका शिरहरूमा लगाइन्छ। तर त्यो जैतुनका पातहरूले बनेका हुन्छन्, र चाँडै नाश हुन्छ र ओइलािएर जान्छ। तर हामीहरू यसैले दौडन्छौं कि हामीले एउटा मुकुट पाउन सकौं जुन सधैंँभरि रहिरहने छ। BSB BSB: Everyone who competes in the games trains with strict discipline. They do it for a crown that is perishable, but we do it for a crown that is imperishable.
26 UDB त्यसकारण, मैले गर्ने हरेक कुरामा, म कुनै उद्देश्यको लागि गर्छु। एक जना प्रतिद्वन्द्वी नभएको मुक्केाबाजीले हावामा मुक्का हाने झैं म आफ्नो प्रयासलाई खेर फाल्दिन वा आफैंलाई थकित तुल्याउँदिन। BSB BSB: Therefore I do not run aimlessly; I do not fight like I am beating the air.
27 UDB म आफ्नो शरीरलाई अनुशासनमा राख्छु र यसलाई मेरा आज्ञाहरू मान्ने बनाउँछु। उहाँले मलाई जे गर्ने आज्ञा दिनुभयो त्यो मैले पूरा गर्न नसकेको कारणले मैले अरूलाई सुसमाचार प्रचार गर्ने र त्यसपछि आफ्नो इनामचाहिं गुमाउने इच्छा गर्दिन। BSB BSB: No, I discipline my body and make it my slave, so that after I have preached to others, I myself will not be disqualified.
Select verses for actions: Enter goes to them and Escape comes back.