1 UDB म पावलले यो पत्र लेख्दैछु। सिलास र तिमोथी मसँगै छन्। तिमीहरू, थेसलोनिकी शहरमा भएका विश्वासीहरूको समूहलाई हामी यो पत्र पठाउँदैछौंँ, जसको परमेश्वर पिता तथा प्रभु येशू ख्रीष्टसँग मिलाप भएका छ। परमेश्वरको दया र उहाँको शान्ति तिमीहरूसँग रहोस्। BSB BSB: Paul, Silvanus, and Timothy, To the church of the Thessalonians in God the Father and the Lord Jesus Christ: Grace and peace to you.
2 UDB हामीले प्रार्थना गर्दा जब हामी तिमीहरूलाई याद गर्छौं, तब तिमीहरू सबैका निम्ति हामी सधैं परमेश्वरलाई धन्यवाद दिन्छौं। BSB BSB: We always thank God for all of you, remembering you in our prayers
3 UDB तिमीहरूले परमेश्वर हाम्रा पिताको निम्ति काम गर्छौ भन्ने कुरालाई हामी निरन्तर याद गर्छौं, किनभने तिमीहरूले उहाँमा विश्वास गर्छौ र तिमीहरूले मानिसहरूलाई प्रेम गर्ने कारणले तिमीहरूले तिनीहरूलाई उत्सुकतासाथ मद्धत गर्छौ। भविष्यमा हुन आउने कुराका बारेमा तिमीहरूमा पक्का विश्वास छ किनभने तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टलाई चिन्छौ। BSB BSB: and continually recalling before our God and Father your work of faith, your labor of love, and your enduring hope in our Lord Jesus Christ.
4 UDB मेरा विश्वासी बन्धुहरू जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, उहाँका मानिसहरू हुनलाई उहाँले तिमीहरूलाई चुन्नुभयो भनी हामीले जानेको कारणले हामी उहाँलाई धन्यवाद दिन्छौं। BSB BSB: Brothers who are beloved by God, we know that He has chosen you,
5 UDB उहाँले तिमीहरूलाई चुन्नुभयो भनी हामी जान्दछौं किनभने जब हामीले तिमीहरूलाई सुसमाचार प्रचार गर्यौं तब त्यो शब्दहरूभन्दा धेरै बढी थियो। पवित्र आत्माले तिमीहरूका माझमा शक्तिशाली किसिमले काम गर्नुभयो, र हामीले तिमीहरूलाई प्रचार गरेको सन्देश सत्य थियो भनी उहाँले हामीलाई पक्का किसिमले विश्वस्त पार्नुभयो। त्यसरी नै, हामीले तिमीहरूलाई मद्धत गर्न सकौंँ भनेर हामी तिमीहरूसँग हुँदा, हामीले कसरी बोल्यौंँ र हामी आफैंले कसरी व्यवहार गर्यौं भन्ने कुरा तिमीहरूलाई थाहा छ। BSB BSB: because our gospel came to you not only in word, but also in power, in the Holy Spirit, and with great conviction—just as you know we lived among you for your sake.
6 UDB हामीले जीवन बिताएझैं तिमीहरूले जीवन बिताउँदैछौ र हाम्रो उदाहरण पछ्याउँदैछौ भनी अहिले हामीले सुनेका छौं। तर अझ महत्वपूर्ण कुरा जसरी हाम्रो प्रभुले जीवन बिताउनुभयो त्यसरी नै तिमीहरूले पनि जीवन बिताउँदैछौ। तिमीहरूले धेरै किसिमका जाँचहरू र कठिनाइहरूद्वारा भएर जानुपरे तापनि तिमीहरूले परमेश्वरको प्रेमको सन्देशलाई बडो आनन्दसाथ ग्रहण गर्यौ जुन पवित्र आत्माबाट मात्र आउँछ। BSB BSB: And you became imitators of us and of the Lord when you welcomed the message with the joy of the Holy Spirit, in spite of your great suffering.
7 UDB माकेडोनिया र अखैया प्रान्तहरूमा भएका सबै विश्वासीहरूले परमेश्वरमा कसरी विश्वास गर्नुपर्छ भनी तिनीहरूले सिक्दैछन् जसरी तिमीहरूले सिकेका छौ र जसरी तिमीहरूले उहाँमा विश्वास गर्दैछौ। BSB BSB: As a result, you have become an example to all the believers in Macedonia and Achaia.
8 UDB तिमीहरूले प्रभु येशूको सन्देश प्रचार गरेको अरू मानिसहरूले सुनेका छन्। त्यसपछि तिनीहरूले पनि माकेडोनिया र अखैयाका मानिसहरूलाई सुसमाचार प्रचार गरे। त्यतिमात्र होइन, तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ भनी धेरै टाढा भएका मानिसहरूले पनि सुनेका छन्। त्यसैले, परमेश्वरले तिमीहरूको जीवनमा के गर्नुभएको छ भनेर हामीले मानिसहरूलाई भनिरहनु आवश्यक छैन। BSB BSB: For not only did the message of the Lord ring out from you to Macedonia and Achaia, but your faith in God has gone out to every place, so that we have no need to say anything more.
9 UDB हामी तिमीहरूकहाँ आउँदा तिमीहरूले हामीलाई कति न्यानो किसिमले स्वागत गर्यौ भन्ने कुरा तिमीहरूबाट धेरै टाढा बस्ने मानिसहरूले अरूलाई भन्दैछन्। तिमीहरूले झूटा देवताहरूको आराधना गर्न छाड्यौ र अहिले तिमीहरूले त्यस्तो परमेश्वरको आराधना र सेवा गर्छौ। उहाँमात्र जीवित परमेश्वर हुनुहुन्छ र उहाँ नै वास्तविक र एकमात्र परमेश्वर हुनुहुन्छ। BSB BSB: For they themselves report what kind of welcome you gave us, and how you turned to God from idols to serve the living and true God
10 UDB उहाँका पुत्रको स्वर्गबाट पृथ्वीमा फर्केर आउने कुराको तिमीहरूले उत्कट आशा गरेर पर्खंदैछौ भन्ने कुरा पनि तिनीहरूले हामीलाई भन्छन्। उहाँको मृत्यु भएपछि परमेश्वरले उहाँलाई फेरि जीवित पार्नुभयो भन्ने कुरामा तिमीहरू दृढतासाथ विश्वास गर्छौ। परमेश्वरले सारा संसारमा भएका सबै मानिसहरूलाई दण्द दिनुहुँदा हामी येशूमा विश्वास गर्नेहरू सबैलाई उहाँले बचाउनुहुनेछ भन्ने कुरामा पनि तिमीहरू विश्वास गर्छौ। BSB BSB: and to await His Son from heaven, whom He raised from the dead—Jesus our deliverer from the coming wrath.
Select verses for actions: Enter goes to them and Escape comes back.