1 UDB मेरो विश्वासी बन्धुहरू, अब म केही अरू विषयहरूका बारेमा लेख्न चाहन्छु। म तिमीहरूलाई आग्रह गर्छु—र जब म तिमीहरूलाई आग्रह गर्छु, यो प्रभु येशू आफैंले तिमीहरूलाई आग्रह गर्नुभए जस्तै हो—आफ्नो जीवनमा परमेश्वरलाई खुशी पार्ने किसिमले व्यवहार गर। BSB BSB: Finally, brothers, we ask and encourage you in the Lord Jesus to live in a way that is pleasing to God, just as you have received from us. This is how you already live, so you should do so all the more.
2 UDB प्रभु येशूले हामीलाई जे भन्न सिकाउनुभयो त्यो कारणले हामीले तिमीहरूलाई त्यसो गर्न सिकायौं। तिमीहरूले आफ्नो जीवनमा त्यस्तै व्यवहार गर्दैछौ भनी हामी जान्दछौं, तर तिमीहरूले झन् बढी त्यसो गर भनी हामी ज्यादै आग्रह गर्छौं। BSB BSB: For you know the instructions we gave you by the authority of the Lord Jesus.
3 UDB तिमीहरू पूर्ण रूपले परमेश्वरका हौ भनी देखिने किसिमले जीवन बिताएर तिमीहरूले पाप नगर भन्ने उहाँको इच्छा छ। तिमीहरूले कुनै पनि किसिमको यौनसम्बन्धी अनैतिक कामहरू गर्नबाट अलग बस भन्ने उहाँको इच्छा छ। BSB BSB: For it is God’s will that you should be holy: You must abstain from sexual immorality;
4 UDB त्यसको अर्थ, तिमीहरूको आफ्नो पत्नीको आदर हुने र तिनको विरूद्ध पाप नगर्ने किसिमले कसरी जीवन बिताउने भनी तिमीहरूमध्ये प्रत्येकले जान भन्ने उहाँले इच्छा गर्नुहुन्छ। BSB BSB: each of you must know how to control his own body in holiness and honor,
5 UDB आफ्ना कामवासनाका इच्छाहरूलाई सन्तुष्ट पार्नलाई तिमीहरूले तिनलाई प्रयोग गर्नुहुँदैन (जसतो गैरयहूदीहरूले गर्छन् किनभने तिनीहरूले परमेश्वरलाई चिन्दैनन्)। BSB BSB: not in lustful passion like the Gentiles who do not know God;
6 UDB तिमीहरूमध्ये कसैले पनि आफ्ना विश्वासी बन्धुहरूका विरूद्धमा पाप नगर र त्यस्ता किसिमका कुराहरू गरेर तिनीबाट फाइदा लिने काम नगर भन्ने उदेश्यले तिमीहरूमध्ये प्रत्येकले आफ्ना यौनका इच्छाहरूमा नियन्त्रण राख भन्ने परमेश्वरको इच्छा छ। यौनसम्बन्धी अनैतिक कामहरू गर्ने सबै मानिसहरूलाई प्रभु येशूले दण्ड दिनुहुनेछ भनेर हामीले तिमीहरूलाई पहिल्यै नै जोडदार चेताउनी दिएको कुरालाई याद गर। BSB BSB: and no one should ever violate or exploit his brother in this regard, because the Lord will avenge all such acts, as we have already told you and solemnly warned you.
7 UDB परमेश्वरले हामी विश्वासीहरूलाई चुन्नुहुँदा, हामीहरू यौनसम्बन्धी अनैतिक किसिमले व्यवहार गर्ने मानिसहरू भएको उहाँले इच्छा गर्नुभएन। त्यसको विपरीत, हामीहरू पाप नगर्ने मानिसहरू भएको उहाँले इच्छा गर्नुहुन्छ। BSB BSB: For God has not called us to impurity, but to holiness.
8 UDB यसैले म तिमीहरूलाई चेताउनी दिन्छु कि यो मेरो शिक्षालाई बेवास्ता गर्नेहरूले म एक जना मानिसलाई मात्र बेवास्ता गरिरहेका हुँदैनन्। त्यसको विपरित, तिनीहरूले परमेश्वरको बेवास्ता गर्दैछन् किनभने परमेश्वरले नै यो आज्ञा दिनुभयो। यो याद गर कि परमेश्वरले आफ्नो आत्मा तिमीहरू, पाप नगर्नेहरूकहाँ बास गर्न पठाउनुभयो। BSB BSB: Anyone, then, who rejects this command does not reject man but God, the very One who gives you His Holy Spirit.
9 UDB म तिमीहरूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु कि तिमीहरूले आफ्ना विश्वासी बन्धुहरूलाई प्रेम गर्नुपर्छ। कुनै व्यक्तिले यसको बारेमा तिमीहरू कसैलाई साँच्चै लेख्नुपर्ने आवश्यक्ता छैन किनभने एक अर्कालाई कसरी प्रेम गर्ने भनेर परमेश्वरले अघिदेखि नै तिमीहरूलाई सिकाउनुभएको छ, BSB BSB: Now about brotherly love, you do not need anyone to write to you, because you yourselves have been taught by God to love one another.
10 UDB र किनभने तिमीहरूले अघिदेखि देखि नै माकेडोनिया प्रान्तमा भएका अरू ठाउँहरूमा बसोबास गर्ने आफ्ना विश्वासी बन्धुहरूलाई प्रेम देखाउँदैछौ। तापनि, मेरो विश्वासी बन्धुहरू, एक अर्कालाई बढीभन्दा बढी प्रेम गर्न हामी तिमीहरूलाई आग्रह गर्छौं। BSB BSB: And you are indeed showing this love to all the brothers throughout Macedonia. But we urge you, brothers, to excel more and more
11 UDB तिमीहरूका आफ्ना कामहरू गर्ने कोसिस गर्नलाई र अरूका कामहरूमा हस्तक्षेप नगर्नलाई पनि हामी तिमीहरूलाई आग्रह गर्छौं। तिमीहरूलाई जिउनको निम्ति आवश्यक पर्ने कुरा आर्जन गर्नलाई तिमीहरूका आफ्नै पेशाहरूमा काम गर्नलाई पनि हामी तिमीहरूलाई आग्रह गर्छौं। याद गर कि त्यसरी जीवन बिताउनलाई हामीले तिमीहरूलाई यसअघि नै सिकायौं। BSB BSB: and to aspire to live quietly, to attend to your own matters, and to work with your own hands, as we instructed you.
12 UDB तिमीहरूले यी कुराहरू गर्यौ भने, तिमीहरूले सभ्य किसिमले व्यवहार गरेका छौ भनी अविश्वासीहरूले स्वीकार गर्नेछन् र तिमीहरूलाई आवश्यक पर्ने कुराको आपूर्ती गर्न तिमीहरूले अरूमा भरोसा गर्नुपर्नेछैन। BSB BSB: Then you will behave properly toward outsiders, without being dependent on anyone.
14 UDB हामी विश्वासहरू जान्दछौं कि येशू मर्नुभयो र उहाँ फेरि जिउनलाई जीवित हुनुभयो। यसैले हामीलाई राम्ररी थाहा छ कि, येशूसँग मिलापमा भएकाहरूलाई परमेश्वरले फेरि जीवित पार्नुहुनेछ र उहाँले तिनीहरूलाई येशूको आगमनमा उहाँसँगै ल्याउनुहुनेछ। BSB BSB: For since we believe that Jesus died and rose again, we also believe that God will bring with Jesus those who have fallen asleep in Him.
15 UDB तिमीहरूलाई अहिले मैले जे भन्दैछु त्यो प्रभु येशूले मलाई प्रकट गर्नुभएको कारणले मैले लेख्दैछु। जब प्रभु येशू फेरि आउनुहुन्छ, तब ती यसअघि नै मरेकाहरूभन्दा पहिला हामी अझै जीवित रहेका विश्वासीहरूले नै येशूलाई भेट्नेछौं भनी तिमीहरूमध्ये कसैले विचार गरेको हुनसक्छ। त्यो कुरा निश्चय पनि सत्य होइन। BSB BSB: By the word of the Lord, we declare to you that we who are alive and remain until the coming of the Lord will by no means precede those who have fallen asleep.
17 UDB त्यसपछि, यस पृथ्वीमा त्यसबेलासम्म जीवित रहेका विश्वासीहरू हामी सबैलाई परमेश्वरले बादलमा माथि लानुहुनेछ। हामीहरू र मृत्यु भइसकेका अरू विश्वासीहरू सबैले एकसाथ प्रभु येशूलाई आकाशमा भेट्न सकौं भन्ने हेतुले उहाँले हामीलाई लानुहुनेछ। त्यसको परिणामस्वरूप, हामी सबै जना सदासर्वदा निम्ति उहाँसँगै हुनेछौं। BSB BSB: After that, we who are alive and remain will be caught up together with them in the clouds to meet the Lord in the air. And so we will always be with the Lord.
18 UDB यो सबै कुरा सत्य भएको कारणले, यो शिक्षा सिकाएर एक-अर्कालाई उत्साह देओ। BSB BSB: Therefore encourage one another with these words.
Select verses for actions: Enter goes to them and Escape comes back.