1 UDB पावल र सिलास डर्बी र लुस्त्रा सहरहरूमा गए अनि त्यहाँ भएका विश्वासीहरूसँग भेट गरे। लुस्त्रामा तिमोथी नाउँ गरेका एक जना विश्वासी बस्थे। उनकी आमा एक यहूदी विश्वासी थिइन्, तर उनका बाबु भने एक ग्रीक थिए। BSB BSB: Paul came to Derbe and then to Lystra, where he found a disciple named Timothy, the son of a believing Jewish woman and a Greek father.
2 UDB लुस्त्रा र आइकोनियमका विश्वासीहरूले तिमोथीका बारेमा असल कुरा भने। BSB BSB: The brothers in Lystra and Iconium spoke well of him.
3 UDB त्यसैले अन्य ठाउँहरूमा जाँदा पावलले उनलाई आफूसँगै लाने इच्छा गरे। त्यसैकारण पावलले तिमोथीको खतना गरे। तिमोथीका गैरयहूदी बाबुले उनको खतना गरेका थिएनन् भन्ने कुरा त्यहाँ बसोबास गर्ने यहूदीहरूलाई थाहा थियो, त्यसकारण तिनीहरूले उनलाई ग्रहण गरून् भनी पावलले त्यसो गर्नु पर्यो। BSB BSB: Paul wanted Timothy to accompany him, so he took him and circumcised him on account of the Jews in that area, for they all knew that his father was a Greek.
4 UDB यसकारण तिमोथी पावल र सिलाससँग गए र उनीहरूले अरू धेरै सहरहरूमा यात्रा गरे। प्रत्येक सहरमा तिनीहरूले विश्वासीहरूलाई यरूशलेममा प्रेरितहरू र धर्मगुरुहरूले निर्धारण गरेका नियमहरू बताइदिए। BSB BSB: As they went from town to town, they delivered the decisions handed down by the apostles and elders in Jerusalem for the people to obey.
5 UDB उनीहरूले ती सहरहरूका विश्वासीहरूलाई प्रभु येशूमा अझै बलियो गरी विश्वास गर्न सहायता गरे, अनि हरेक दिन धेरै मानिसहरू विश्वासी बने। BSB BSB: So the churches were strengthened in the faith and grew daily in numbers.
6 UDB पावल र उनका साथीहरूलाई एसियामा वचन प्रचार गर्नबाट पवित्र आत्माले रोक्नुभयो, यसकारण उनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए। BSB BSB: After the Holy Spirit had prevented them from speaking the word in the province of Asia, they traveled through the region of Phrygia and Galatia.
7 UDB उनीहरू माइसिया प्रान्तको सीमानामा पुगे, र उत्तरतर्फ बेथानिया प्रान्तमा जान चाहन्थे, तर फेरि येशूका आत्माले त्यहाँ जानबाट उनीहरूलाई रोक्नुभयो। BSB BSB: And when they came to the border of Mysia, they tried to enter Bithynia, but the Spirit of Jesus would not permit them.
8 UDB यसकारण उनीहरू माइसिया प्रान्तहुँदै समुद्र किनारामा अवस्थित सहर त्रोआसमा आइपुगे। BSB BSB: So they passed by Mysia and went down to Troas.
9 UDB त्यही रात परमेश्वरले पावललाई एउटा दर्शन दिनुभयो जसमा उनले माकेडोनियाको एउटा मानिसलाई देखे। त्यो मानिसले पावललाई यसो भन्दै बोलाइरहेको थियो, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्!” BSB BSB: During the night, Paul had a vision of a man of Macedonia standing and pleading with him, “Come over to Macedonia and help us.”
11 UDB हामी एउटा डुङ्गामा चढ्यौँ र त्रोआसबाट सामोथ्रेक गयौँ, र त्यसको भोलिपल्ट नियापोलिस सहरमा गयौँ। BSB BSB: We sailed from Troas straight to Samothrace, and the following day on to Neapolis.
12 UDB त्यसपछि हामी नियापोलिस छोडेर फिलिप्पी सहरमा गयौँ। यो माकेडोनियको एक अत्यन्त्यै महत्वपूर्ण सहर थियो, जहाँ धेरै जना रोमी नागरिकहरू बस्दथे। हामी धेरै दिनसम्म फिलिप्पीमा बस्यौँ। BSB BSB: From there we went to the Roman colony of Philippi, the leading city of that district of Macedonia. And we stayed there several days.
13 UDB विश्राम दिनमा हामी सहरको मूल ढोकाबाट बाहिर निस्केर समुद्र किनारतिर गयौँ। यहूदी मानिसहरू प्रार्थना गर्न त्यहाँ भेला हुने गर्छन् भनी कसैले भनेको हामीले सुनेका थियौँ। त्यहाँ पुग्दा प्रार्थना गर्न त्यहाँ भेला भएका केही स्त्रीहरूलाई हामीले देख्यौँ, यसैले हामी बस्यौँ र उनीहरूलाई येशूको बारेमा बताउन सुरु गर्यौँ। BSB BSB: On the Sabbath we went outside the city gate along the river, where it was customary to find a place of prayer. After sitting down, we spoke to the women who had gathered there.
14 UDB पावलको कुरा सुन्ने स्त्रीहरूमध्ये लिडिया नाउँ गरेकी एउटी स्त्री पनि थिइन्। तिनी थिआटिरा सहरकी थिइन्, तिनले वैजनी वस्त्रको व्यापार गर्थिन्, र परमेश्वरको आराधना गर्थिन्। परमप्रभु परमेश्वरले तिनले पावलले प्रचार गरेको सन्देश सुन्न तिनको हृदय तयार पारिदिनुभयो र तिनले विश्वास गरिन्। BSB BSB: Among those listening was a woman named Lydia, a dealer in purple cloth from the city of Thyatira, who was a worshiper of God. The Lord opened her heart to respond to Paul’s message.
15 UDB पावल र सिलासले लिडिया र तिनका घरका सबैलाई बप्तिस्मा दिएपछि तिनले उनीहरूलाई भनिन्, “म प्रभुप्रति विश्वसनीय रहेकी छु भन्ने तपाईंहरूले विश्वास गर्नुहुन्छ भने, मेरो घरमा आउनुहोस् र बस्नुहोस्।” तिनले त्यसो भनेपछि हामी तिनको घरमा बस्यौँ। BSB BSB: And when she and her household had been baptized, she urged us, “If you consider me a believer in the Lord, come and stay at my house.” And she persuaded us.
16 UDB अर्को दिन, मानिसहरू प्रार्थना गर्न भेला भएका ठाउँमा जाँदैगर्दा, हामीले एउटी कमारी केटीलाई भेट्यौँ। एउटा दुष्ट आत्माले मानिसहरूको भविष्य बताउन त्यसलाई शक्ति दिएको थियो। उनीहरूको भविष्य बताएबापत मानिसहरूले त्यसका मालिकहरूलाई रूपैयाँपैसा दिन्थे। BSB BSB: One day as we were going to the place of prayer, we were met by a slave girl with a spirit of divination, who earned a large income for her masters by fortune-telling.
17 UDB त्यो केटी यसो भन्दै पावल र हाम्रोपछि लागि, “यी मानिसहरूले सबै ईश्वरहरूभन्दा महान् परमेश्वरको सेवा गर्छन्! तपाईंहरूलाई परमेश्वरले कसरी बचाउन सक्नुहुन्छ भनी यिनीहरूले तपाईंहरूलाई भन्दैछन्।” BSB BSB: This girl followed Paul and the rest of us, shouting, “These men are servants of the Most High God, who are proclaiming to you the way of salvation!”
18 UDB धेरै दिनसम्म त्यसले त्यसै गरिरही। अन्त्यमा, पावललाई रिस उठ्यो, यसैकारण त्यो केटीतर्फ फर्केर उनले त्यसमा वास गर्ने दुष्ट आत्मालाई यसो भनेः “येशू ख्रीष्टको नाउँमा, यो केटीबाट बाहिर आइज!” अनि तुरुन्तै त्यो दुष्ट आत्मा त्यसलाई छोडेर गयो। BSB BSB: She continued this for many days. Eventually Paul grew so aggravated that he turned and said to the spirit, “In the name of Jesus Christ I command you to come out of her!” And the spirit left her at that very moment.
19 UDB त्यसपछि त्यसले भविष्य बताएर तिनीहरूका लागि पैसा कमाउन सक्दिन भन्ने कुरा बुझेपछि त्यसका मालिकहरू रिसाए। तिनीहरूले पावल र सिलासलाई समातेर सहरका शासकहरू भएका ठाउँमा सार्वजनिक चोकमा लगे। BSB BSB: When the girl’s owners saw that their hope of making money was gone, they seized Paul and Silas and dragged them before the authorities in the marketplace.
20 UDB सहरका शासकहरूकहाँ उनीहरूलाई लगेर त्यो केटीका मालिकहरूले भने, “यी मानिसहरू यहूदीहरू हुन् र यिनीहरूले हाम्रो सहरका मानिसहरूलाई धेरै बाधा दिइरहेका छन्। BSB BSB: They brought them to the magistrates and said, “These men are Jews and are throwing our city into turmoil
21 UDB हामी रोमीहरूले पालन गर्न नहुने नियमहरू हामीले पालन गर्नु पर्छ भनी यिनीहरूले सिकाइरहेका छन्!” BSB BSB: by promoting customs that are unlawful for us Romans to adopt or practice.”
22 UDB भिडमा भएका धेरै जनाले पावल र सिलासलाई दोष लगाउनेहरूको पक्ष लिए, र तिनीहरूले उनीहरूलाई पिट्न लागे। त्यसपछि रोमी शासकहरूले सिपाहीहरूलाई पावल र सिलासका लुगा खोल्ने र उनीहरूलाई लहुराले पिट्ने आदेश दिए। BSB BSB: The crowd joined in the attack against Paul and Silas, and the magistrates ordered that they be stripped and beaten with rods.
23 UDB यसकारण सिपाहीहरूले पावल र सिलासलाई लहुराले नराम्रोसँग पिटे। त्यसपछि तिनीहरूले उनीहरूलाई झ्यालखानामा हाले र उनीहरू त्यहाँबाट निस्कन नसकून् भनी झ्यालखानाका हाकिमलाई भने। BSB BSB: And after striking them with many blows, they threw them into prison and ordered the jailer to guard them securely.
24 UDB ती हाकिमहरूले त्यसो भनेको कारण झ्यालखानाका हाकिमले पावल र सिलासलाई झ्यालखानाको सबैभन्दा भित्री कोठामा राखे। त्यहाँ तिनले उनीहरूलाई भुइँमा बस्न र खुट्टा पसार्न लगाए। त्यसपछि तिनले उनीहरूका गोलीगाँठालाई काठका दुईवटा ठुला टुक्राभित्र हाले, जसले गर्दा पावल र सिलासले आफ्ना खुट्टाहरू चलाउन सकेनन्। BSB BSB: On receiving this order, he placed them in the inner cell and fastened their feet in the stocks.
25 UDB मध्य राततिर, पावल र सिलास प्रार्थना गर्दै र भजन गाउँदै परमेश्वरको प्रशंसा गरिरहेका थिए। अरू कैदीहरूले यो सबै सुनिरहेका थिए। BSB BSB: About midnight Paul and Silas were praying and singing hymns to God, and the other prisoners were listening to them.
26 UDB अचानक एउटा ठूलो भूकम्प गयो र त्यो झ्यालखाना हल्लाइदियो। त्यो भूकम्पले झ्यालखानाका सबै ढोकाहरू खोलिदियो अनि सबै कैदीहरूका साङ्लाहरू खोलिए। BSB BSB: Suddenly a strong earthquake shook the foundations of the prison. At once all the doors flew open and everyone’s chains came loose.
27 UDB झ्यालखानाका हाकिम व्युँझिए र भूकम्पले झ्यालखानाका सबै ढोकाहरू उघारिदिएको देखे। तिनले सबै कैदीहरू झ्यालखानाबाट भागिसकेहोलान् भन्ने सोचे, यसकारण उनले आफैँलाई मार्न आफ्नो तरवार झिके, किनभने कैदीहरू भागे भने सहरका शासकहरूले आफूलाई मार्नेछन् भन्ने कुरा तिनलाई थाहा थियो। BSB BSB: When the jailer woke up and saw the prison doors open, he drew his sword and was about to kill himself, presuming that the prisoners had escaped.
28 UDB पावलले तिनलाई देखे र कराएर भने, “आफैँलाई नमार्नुहोस्! हामी सबै कैदीहरू यहीँ छौँ!” BSB BSB: But Paul called out in a loud voice, “Do not harm yourself! We are all here!”
29 UDB झ्यालखानाका ती हाकिमले कसैलाई बत्ती ल्याउन भने ताकि अझै पनि झ्यालखानामा को रहेछन् भन्ने कुरा तिनले देख्न सकून्। डरले काम्दै तिनी पावल र सिलासका सामु घोप्टो परे। BSB BSB: Calling for lights, the jailer rushed in and fell trembling before Paul and Silas.
30 UDB त्यसपछि तिनले पावल र सिलासलाई झ्यालखानाबाट बाहिर ल्याए र सोधे, “हजूर, उद्धार पाउन मैले के गर्नुपर्छ?” BSB BSB: Then he brought them out and asked, “Sirs, what must I do to be saved?”
31 UDB उनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्वास गर्नुहोस्, अनि तपाईं र तपाईंका परिवारको उद्धार हुनेछ।” BSB BSB: They replied, “Believe in the Lord Jesus and you will be saved, you and your household.”
32 UDB त्यसपछि पावल र सिलासले तिनलाई र तिनको परिवारका सबैलाई प्रभु येशूका बारेमा बताए। BSB BSB: Then Paul and Silas spoke the word of the Lord to him and to everyone in his house.
33 UDB तब ती झ्यालखानाका हाकिमले त्यही समय मध्य रातमा उनीहरूका घाउहरू धोइदिए। अनि पावल र सिलासले तिनी र तिनका परिवारका सबैलाई बप्तिस्मा दिए। BSB BSB: At that hour of the night, the jailer took them and washed their wounds. And without delay, he and all his household were baptized.
34 UDB तब तिनले पावल र सिलासलाई आफ्नो घरभित्र लगे र उनीहरूलाई भोजन दिए। परमेश्वरमा विश्वास गरेको कारण तिनी र तिनका परिवारमा सबै जना धेरै खुसी भए। BSB BSB: Then he brought them into his home and set a meal before them. So he and all his household rejoiced that they had come to believe in God.
35 UDB भोलि पल्ट बिहान, सहरका शासकहरूले केही सिपाहीहरूलाई झ्यालखानामा गएर त्यहाँका हाकिमलाई यसो भन्ने आदेश दिए, “ती दुई जना कैदीहरूलाई जान देऊ!” BSB BSB: When daylight came, the magistrates sent their officers with the order: “Release those men.”
36 UDB यो कुरा सुनेपछि झ्यालखानाका ती हाकिमले पावलकहाँ गएर भने, “सहरका शासकहरूले तपाईंहरूलाई जान दिनु भनी मलाई आदेश दिएका छन्। यसकारण अब तपाईंहरू झ्यालखाना छोडेर शान्तिसाथ जान सक्नुहुन्छ!” BSB BSB: The jailer informed Paul: “The magistrates have sent orders to release you. Now you may go on your way in peace.”
37 UDB तर पावलले तिनलाई भने, “सहरका शासकहरूले हामीलाई भिडको सामु पिट्न लगाए, अनि हामी रोमी नागरिकहरू भए तापनि हामीलाई झ्यालखानामा हाले। अब कसैलाई नबताई तिनीहरूले हामीलाई पठाउन चाहन्छन्! हामी त्यो कुरा स्वीकार गर्दैनौँ! सहरका शासकहरू आफैँ आउनु पर्छ र हामीलाई झ्यालखानाबाट निकाल्नु पर्छ।” BSB BSB: But Paul said to the officers, “They beat us publicly without a trial and threw us into prison, even though we are Roman citizens. And now do they want to send us away secretly? Absolutely not! Let them come themselves and escort us out!”
38 UDB यसकारण ती सिपाहीहरू फर्केर गए र सहरका शासकहरूलाई पावल र सिलासले भनेका कुरा सुनाइदिए। सहरका शासकहरूले पावल र सिलास रोमी नागरिक रहेछन् भन्ने कुरा सुनेपछि, तिनीहरू डराए किनकि तिनीहरूले गलत काम गरेका थिए। BSB BSB: So the officers relayed this message to the magistrates, who were alarmed to hear that Paul and Silas were Roman citizens.
39 UDB यसकारण सहरका शासकहरू पावल र सिलासकहाँ आए र तिनीहरूले उनीहरूलाई गरेका कुराका लागि उनीहरूसँग माफी मागे। सहरका शासकहरूले उनीहरूलाई झ्यालखानाबाट बाहिर निकाले र त्यो सहर छोडेर जान उनीहरूलाई अनुरोध गरे। BSB BSB: They came to appease them and led them out, requesting that they leave the city.
40 UDB झ्यालखाना छोडेपछि, पावल र सिलास लिडियाको घरमा गए। त्यहाँ उनीहरूले तिनी र अरू विश्वासीहरूसँग भेट गरे। उनीहरूले ती विश्वासीहरूलाई प्रभु येशूमाथिको विश्वासमा लागिरहन उत्साह दिए, र त्यसपछि ती दुई प्रेरितहरू फिलिप्पी सहर छोडेर गए। BSB BSB: After Paul and Silas came out of the prison, they went to Lydia’s house to see the brothers and encourage them. Then they left the city.
Select verses for actions: Enter goes to them and Escape comes back.