1 UDB त्यसपछि, एथेन्स सहर छोडेर पावल कोरिन्थ सहरमा गए। BSB BSB: After this, Paul left Athens and went to Corinth.
2 UDB त्यहाँ उनले अकिला नाउँ गरेका एक यहूदीलाई भेट्टाए, जो पोन्टस इलाकाबाट आएका थिए। अकिला र उनकी पत्नी प्रिस्किला केही समय अगाडि इटालिको रोम सहरबाट त्यहाँ आएका थिए। रोमी कैसर क्लाउडियसले सबै यहूदीहरूलाई रोम छोडेर जानको निम्ति कडा आज्ञा दिएको कारणले गर्दा तिनीहरूले रोम छोडेका थिए। BSB BSB: There he found a Jew named Aquila, a native of Pontus, who had recently come from Italy with his wife Priscilla because Claudius had ordered all the Jews to leave Rome. Paul went to visit them,
3 UDB अकिला र प्रिस्किलाले पैसा कमाउनका निम्ति पालहरू बनाउने काम गर्दथे। पावलले पनि पालहरू बनाउँथे यसकारण, उनी पनि तिनीहरूसँगै बसे र तिनीहरू सँगसँगै काम गरे। BSB BSB: and he stayed and worked with them because they were tentmakers by trade, just as he was.
4 UDB हरेक विश्राम दिनमा, पावल यहूदीहरूको सभाघरमा जान्थे र त्यहाँ यहूदी र गैरयहूदी दुवैका बिचमा उनले येशूको बारेमा तिनीहरूलाई सिकाउँथे। BSB BSB: Every Sabbath he reasoned in the synagogue, trying to persuade Jews and Greeks alike.
5 UDB तब सिलास र तिमोथी म्याकेडोनियाको इलाकाबाट आए। तिनीहरू त्यहाँ आएपछि पावलले पाल बनाउने काम गरेनन्। उनले आफ्नो सम्पूर्ण समय यहूदीहरूलाई येशूको बारेमा बताउनमा प्रयोग गरे। येशू नै ख्रीष्ट हुनुहुन्छ भनी उनले तिनीहरूलाई बताए। BSB BSB: And when Silas and Timothy came down from Macedonia, Paul devoted himself fully to the word, testifying to the Jews that Jesus is the Christ.
6 UDB तर पावलको विरुद्धमा ती यहूदीहरूले खराब कुराहरू भन्न थाले। त्यसैले उनले आफ्नो कपडामा लागेको धुलोलाई टकटक्याएर परमेश्वर तिनीहरूसँग खुसी हुनुहुन्न भन्ने कुरा देखाइदिए। उनले तिनीहरूलाई भने, “यदि परमेश्वरले तपाईंहरूलाई दण्ड दिनुहुन्छ भने, त्यो तपाईंहरूकै कारणले गर्दा हो, मेरो कारणले गर्दा होइन! अबदेखि म ती मानिसहरूसँग बोल्नेछु जो यहूदी होइनन्।” BSB BSB: But when they opposed and insulted him, he shook out his garments and told them, “Your blood be on your own heads! I am innocent of it. From now on I will go to the Gentiles.”
7 UDB त्यसकारण पावलले यहूदीहरूको सभाघर छोडे र नजिकैको घरमा गए र प्रचार गरे। तीतस युस्तस त्यो घरका मालिक थिए जो एक गैरयहूदी मानिस थिए, जसले परमेश्वरको आराधना गर्दथे। BSB BSB: So Paul left the synagogue and went next door to the house of Titus Justus, a worshiper of God.
8 UDB अनि, यहूदीहरूको सभाघरका शासक जसको नाउँ क्रिस्पस थियो, उनी र उनका सम्पूर्ण परिवारले प्रभु येशूमा विश्वास गरे। पावलको कुरा सुन्ने कोरिन्थमा भएका धेरैजसो मानिसहरूले पनि येशूमा विश्वास गरे र बप्तिस्मा लिए। BSB BSB: Crispus, the synagogue leader, and his whole household believed in the Lord. And many of the Corinthians who heard the message believed and were baptized.
9 UDB एक रात पावलले दर्शन देखे जसमा प्रभु येशूले उनलाई भन्नुभयो, “तिम्रो विरोध गर्ने मानिसहरूसँग नडराऊ, तर मेरो बारेमा बोली नै रहनू। BSB BSB: One night the Lord spoke to Paul in a vision: “Do not be afraid; keep on speaking; do not be silent.
10 UDB किनभने म तिमीलाई सहायता गर्नेछु र यहाँ तिमीलाई कसैले पनि हानि गर्ने छैन। मेरो बारेमा तिनीहरूलाई बताउँदै जाऊ, किनभने यस सहरमा मेरा धेरै मानिसहरू छन्।” BSB BSB: For I am with you and no one will lay a hand on you, because I have many people in this city.”
11 UDB त्यसैले येशूको बारेमा परमेश्वरबाटको सन्देश सिकाउनका लागि पावल कोरिन्थमा डेढ वर्ष जति बसे। BSB BSB: So Paul stayed for a year and a half, teaching the word of God among the Corinthians.
13 UDB “यस मानिसले हामी यहूदीहरूको व्यवस्थाको विरुद्धमा परमेश्वरको आराधना गर्न मानिसहरूलाई सिकाउँछ।” BSB BSB: “This man is persuading the people to worship God in ways contrary to the law,” they said.
14 UDB पावलले बोल्नै लाग्दा, गलियोनले यहूदीहरूलाई यसो भने, “यदि यस मानिसले हाम्रो कानुनलाई भङ्ग गरेको थियो भने तिमी यहूदीहरूले मलाई भन्न खोजेका कुराहरूमा मैले ध्यान दिनु पर्छ। BSB BSB: But just as Paul was about to speak, Gallio told the Jews, “If this matter involved a wrongdoing or vicious crime, O Jews, it would be reasonable for me to hear your complaint.
15 UDB तर तिमीहरू आफ्नै व्यवस्थाका शब्द र नाउँहरूका बारेमा बताइरहेका छौ, यसकारण तिमीहरू आफैँले उसँग यस विषयमा कुरा गर। यी कुराहरूमा म इन्साफ गर्दिनँ!” BSB BSB: But since it is a dispute about words and names and your own law, settle it yourselves. I refuse to be a judge of such things.”
16 UDB गलियोनले त्यति भनिसकेपछि, तिनले यहूदी अगुवाहरूलाई महासभाबाट बाहिर लानको निम्ति केही सिपाहीहरूलाई आदेश दिए। BSB BSB: And he drove them away from the judgment seat.
17 UDB त्यसपछि सोस्थेनेस नाउँ गरेका यहूदीहरूका अगुवालाई मानिसहरूले समाते र तिनीहरूले त्यहीँ शासकको न्यायआसनको अगाडि तिनलाई पिटे। तर गलियोनले यस बारेमा केही पनि गरेनन्। BSB BSB: At this, the crowd seized Sosthenes the synagogue leader and beat him in front of the judgment seat. But none of this was of concern to Gallio.
18 UDB पावल कोरिन्थमा विश्वासीहरूसँग धेरै दिनसम्म बसे। त्यसपछि उनी प्रिस्किला र अकिलासँगै समुद्री जहाजमा चढी सिरियाको इलाकातिर लागे। आफूले गरेको भाकलअनुसार उनले क्रिंकिया भन्ने ठाउँमा आफ्नो कपाल खौरे। BSB BSB: Paul remained in Corinth for quite some time before saying goodbye to the brothers. He had his head shaved in Cenchrea to keep a vow he had made, and then he sailed for Syria, accompanied by Priscilla and Aquila.
19 UDB तिनीहरू एफिसस सहरमा आइपुगेपछि अकिला र प्रिस्किला त्यहीँ बसे। पावल यहूदीहरूको सभाघरमा पसे र यहूदीहरूलाई येशूको बारेमा बताए। BSB BSB: When they reached Ephesus, Paul left Priscilla and Aquila. He himself went into the synagogue there and reasoned with the Jews.
20 UDB तिनीहरूले उनलाई अझै केही समयसम्म त्यहीँ बस्नलाई अनुरोध गरे, तर उनले इन्कार गरे। BSB BSB: When they asked him to stay for a while longer, he declined.
21 UDB तर उनले त्यो ठाउँ छोडेर जानै लाग्दा, उनले तिनीहरूलाई भने, “परमेश्वरले चाहनुभयो भने म तिमीहरूकहाँ फर्केर आउने छु।” यति भन्दै पानी जहाजमा चढी एफिससबाट यात्रा गरे। BSB BSB: But as he left, he said, “I will come back to you if God is willing.” And he set sail from Ephesus.
22 UDB कैसरिया सहरको नजिकै त्यो पानी जहाज आइपुगेपछि पावल त्यसबाट उत्रे। तब उनी माथि यरूशलेममा गई त्यहाँ भएका विश्वासीहरूलाई अभिवादन गरे। अनि तिनी सिरिया इलाकामा भएको एन्टिओखिया सहरमा गए। BSB BSB: When Paul had landed at Caesarea, he went up and greeted the church at Jerusalem. Then he went down to Antioch.
23 UDB त्यहाँ पावलले विश्वासीहरूसँग केही समय बिताए। त्यसपछि उनले एन्टिओखियालाई छोडेर गलातिया र फ्रिगिया इलाकाहरूमा भएका धेरै सहरहरूमा गए। त्यहाँ विश्वासीहरूलाई येशूको बारेमा परमेश्वरको सन्देशमाथि अझै धेरै विश्वास गर्नका लागि जोड दिए। BSB BSB: After Paul had spent some time in Antioch, he traveled from place to place throughout the region of Galatia and Phrygia, strengthening all the disciples.
24 UDB पावल गलातिया र फ्रिगिया भएर जाँदै गर्दा अपोल्लोस नाउँ गरेका एकजना यहूदी मानिस एफिससमा आए। उनी अलेक्जेन्ड्रिया सहरबाट आएका थिए र धर्मशास्त्रको बारेमा राम्रोसँग बोल्दथे। BSB BSB: Meanwhile a Jew named Apollos, a native of Alexandria, came to Ephesus. He was an eloquent man, well versed in the Scriptures.
25 UDB अरू विश्वासीहरूले अपोललोसलाई कसरी जिउनु पर्दछ भनी प्रभु येशूबाट सिकेका कुरा सिकाएका थिए, अनि उनले त्यही कुरा अरू मानिसहरूलाई सिकाउँथे। तथापि उनले येशूको बारेमा सबै कुरा भने सिकाइरहेका थिएनन्, किनभने उनलाई बप्तिस्मा दिने यूहन्नाको बप्तिस्माबाहेक अरू केही थाहा थिएन। BSB BSB: He had been instructed in the way of the Lord and was fervent in spirit. He spoke and taught accurately about Jesus, though he knew only the baptism of John.
27 UDB जब अपोल्लोसले अखैयाको इलाकामा जाने निर्णय गरे, तब एफिससमा भएका विश्वासीहरूले उनले गरेको निर्णय उनको निम्ति असल छ भनी बताए। त्यसकारण तिनीहरूले अखैयामा भएका विश्वासीहरूलाई एउटा पत्र लेख्दै अपोल्लोसलाई स्वागत गर्नू भनी बताए। उनी त्यहाँ गएपछि, येशूलाई विश्वास गर्नका लागि परमेश्वरले कृपापूर्वक सहायता गर्नुभएका जतिलाई उनले सहयोग गरे। BSB BSB: When Apollos resolved to cross over to Achaia, the brothers encouraged him and wrote to the disciples there to welcome him. On his arrival, he was a great help to those who by grace had believed.
28 UDB धेरै मानिसहरूले सुनिरहेको समयमा अपोल्लोसले यहूदी अगुवाहरूसँग बडो शक्तिशाली प्रकारले बोलिरहे। धर्मशास्त्र पढ्दै उनले तिनीहरूलाई येशू नै मसिह हुनुहुन्छ भन्ने कुराको प्रमाण दिए। BSB BSB: For he powerfully refuted the Jews in public debate, proving from the Scriptures that Jesus is the Christ.
Select verses for actions: Enter goes to them and Escape comes back.