1 UDB अपोल्लोस कोरिन्थमा हुँदा पावल फ्रिगिया र गलातिया छोडेर एसियामा गए र एफिससमा फर्किए। तिनले त्यहाँ आफूलाई विश्वासी भन्ने केही मानिसहरूलाई भेटाए। BSB BSB: While Apollos was at Corinth, Paul passed through the interior and came to Ephesus. There he found some disciples
2 UDB उनले तिनीहरूलाई सोधे, “तपाईंहरूले परमेश्वरको सन्देशलाई विश्वास गर्नुहुँदा पवित्र आत्मा पाउनुभयो?” तिनीहरूले जवाफ दिए, “छैन, हामीले पाएका छैनौँ। पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा हामीले सुनेका समेत छैनौँ।” BSB BSB: and asked them, “Did you receive the Holy Spirit when you became believers?” “No,” they answered, “we have not even heard that there is a Holy Spirit.”
3 UDB यसकारण पावलले तिनीहरूलाई सोधे, “आफ्नो बप्तिस्मा हुँदा तपाईंहरूले के बुझ्नुभयो त?” तिनीहरूले जवाफ दिए, “हामीले बप्तिस्मा दिने यूहन्नाले सिकाएका कुरा विश्वास गर्यौँ।” BSB BSB: “Into what, then, were you baptized?” Paul asked. “The baptism of John,” they replied.
4 UDB पावलले भने, “यूहन्नाले मानिसहरूलाई तिनीहरूको दुष्ट कार्यहरूबाट फर्कनलाई बप्तिस्मा दिन्थे र उनले मानिसहरूलाई यो पनि भनेका थिए कि तिनीहरूले उनीपछि आउनुहुनेलाई विश्वास गर्नुपर्छ, जो येशू नै हुनुहुन्थ्यो।” BSB BSB: Paul explained: “John’s baptism was a baptism of repentance. He told the people to believe in the One coming after him, that is, in Jesus.”
5 UDB यसकारण जब ती मानिसहरूले यो कुरा सुने, तब तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। BSB BSB: On hearing this, they were baptized into the name of the Lord Jesus.
6 UDB त्यसपछि पावलले उनीहरूको शिरमा हात राखे अनि पवित्र आत्मा तिनीहरू हरेकमाथि आउनु भयो। पवित्र आत्माले तिनीहरूले नजानेका भाषाहरू बोल्ने शक्ति दिनु भयो, र तिनीहरूले पवित्र आत्माले भन्नु भएका सन्देशहरू बोले। BSB BSB: And when Paul laid his hands on them, the Holy Spirit came upon them, and they spoke in tongues and prophesied.
7 UDB त्यहाँ प्रायः बाह्र जना जति मानिसहरू थिए, जसलाई पावलले बप्तिष्मा दिए र तिनीहरूले पवित्र आत्मा पाए। BSB BSB: There were about twelve men in all.
8 UDB त्यसपछि तीन महिनासम्म पावल एफिससमा यहूदीहरूको सभाघरमा गए र प्रत्येक विश्राम दिनमा साहससँग मानिसहरूलाई येशूको बारेमा र परमेश्वरले कसरी उहाँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भन्ने बारेमा सिकाए। BSB BSB: Then Paul went into the synagogue and spoke boldly there for three months, arguing persuasively about the kingdom of God.
9 UDB तर केही यहूदीहरूले उनको सन्देश विश्वास गरेनन् र उनको सन्देश सुन्न इन्कार गरे। तिनीहरूले पावलको शिक्षाको बारेमा धेरै खराब कुरा बोले। यसकारण पावलले त्यो ठाउँ छोडे र त्यहाँबाट विश्वासीहरूलाई लिएर टुरान्नसको सभाघरमा भेटघाट गर्न लागे। BSB BSB: But when some of them stubbornly refused to believe and publicly maligned the Way, Paul took his disciples and left the synagogue to conduct daily discussions in the lecture hall of Tyrannus.
10 UDB त्यहाँ दुई वर्षसम्म पावलले मानिसहरूलाई सिकाए। यसरी एसिया वारिपरी बसोवास गर्ने धेरै जसो यहूदी र गैरयहूदीहरूलाई उनले प्रभु येशूको सन्देश सुनाए। BSB BSB: This continued for two years, so that everyone who lived in the province of Asia, Jews and Greeks alike, heard the word of the Lord.
11 UDB परमेश्वरले पावललाई आश्चर्यकर्महरू गर्ने शक्ति पनि दिनुभयो। BSB BSB: God did extraordinary miracles through the hands of Paul,
12 UDB पावलकहाँ आउन नसक्ने बिरामीहरूलाई पनि पावलले छोएको रुमालले छुवाइदिँदा तिनीहरू निको हुन्थे र दुष्ट आत्माहरूले तिनीहरूलाई छोडेर जान्थे। BSB BSB: so that even handkerchiefs and aprons that had touched him were taken to the sick, and the diseases and evil spirits left them.
13 UDB त्यहाँ कोही यहूदीहरूले पनि मानिसहरूबाट निस्कने आदेश दिँदा दुष्ट आत्माहरू निस्केर जान्थे। तिनीहरूले दुष्ट आत्माहरूलाई भने, “म आज्ञा गर्छु पावलले प्रचार गरेको प्रभु येशूको शक्तिमा बाहिर निस्की आइज!” BSB BSB: Now there were some itinerant Jewish exorcists who tried to invoke the name of the Lord Jesus over those with evil spirits. They would say, “I command you by Jesus, whom Paul proclaims.”
14 UDB त्यहाँ यसो गर्ने सात जना मानिसहरू थिए। तिनीहरू स्केवा नाउँ गरेको एक जना यहूदी मानिसका छोराहरू थिए जसले आफैँलाई मुख्य पूजाहारी भन्दथ्यो। BSB BSB: Seven sons of Sceva, a Jewish chief priest, were doing this.
15 UDB तर एकदिन तिनीहरूले त्यसो गर्दा, दुष्ट आत्मा त्यो व्यक्तिबाट निस्केन। बरु दुष्ट आत्माले तिनीहरूलाई भन्यो, “म येशूलाई चिन्छु र म पावललाई पनि चिन्छु, तर मलाई केही गर्नको निम्ति तिमीहरूलाई कसैले पनि कुनै शक्ति दिएको छैन।” BSB BSB: But one day the evil spirit responded, “Jesus I know, and I know about Paul, but who are you?”
16 UDB यति भनिसकेपछि दुष्ट आत्माले भरिएको मानिस अचानक उफ्रेर स्केवाका छोराहरूलाई झम्ट्यो र तिनीहरू सबैलाई पछार्यो, र तिनीहरूका लुगाहरू च्याति दियो र तिनीहरूलाई चोटैचोट पार्यो अनि तिनिहरू डराएर त्यो घरबाट भागे। BSB BSB: Then the man with the evil spirit jumped on them and overpowered them all. The attack was so violent that they ran out of the house naked and wounded.
17 UDB एफिससमा बस्ने यहूदी र गैरयहूदीहरू दुवैले यस कुराको बारेमा सुने, र तिनीहरू डराए किनभने तिनीहरूले देखे कि त्यो दुष्ट आत्माले सताएको व्यक्ति धेरै बलियो थियो। यसकारण तिनीहरूले प्रभु येशूको नाउँलाई आदर गरे। BSB BSB: This became known to all the Jews and Greeks living in Ephesus, and fear came over all of them. So the name of the Lord Jesus was held in high honor.
19 UDB टुनामुना गर्ने केही मानिसहरूले आफ्ना टुनामुनाका पुस्तकहरू ल्याएर सबैले देख्ने ठाउँमा तिनलाई जलाए। ती पुस्तकहरूको मूल्य जोड्दा पचास हजार चाँदीका सिक्का जति पार्न आयो। BSB BSB: And a number of those who had practiced magic arts brought their books and burned them in front of everyone. When the value of the books was calculated, the total came to fifty thousand drachmas.
20 UDB यसरी धेरै मानिसहरूले प्रभु येशूको बारेमा सन्देश सुने र उहाँमा विश्वास गरे। BSB BSB: So the word of the Lord powerfully continued to spread and prevail.
21 UDB एफिससमा पावलले आफ्नो काम पूरा गरेपछि आत्माले उनलाई यरूशलेममा जान अगुवाइ गर्नुभयो। तर उनले पहिले म्याकेडोनिया र अखैया क्षेत्रमा विश्वासीहरूलाई भेट्न जाने योजना बनाए। पावलले भने, “म यरूशलेम गएपछि रोममा पनि जानेछु।” BSB BSB: After these things had happened, Paul resolved in the Spirit to go to Jerusalem, passing through Macedonia and Achaia. “After I have been there,” he said, “I must see Rome as well.”
22 UDB आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई पावलले म्याकेडोनिया पठाए। तर पावल चाहिँ एसियाको एफिसस सहरमा नै बसे। BSB BSB: He sent two of his helpers, Timothy and Erastus, to Macedonia, while he stayed for a time in the province of Asia.
23 UDB येशू र उहाँबारेको शिक्षाको कारणले गर्दा चाँडै एफिससका मानिसहरूमा ठुलो समस्या फैलियो। BSB BSB: About that time there arose a great disturbance about the Way.
25 UDB डेमेत्रियसले सबै कारिगरहरूलाई बोलाएर भने, “तिमीहरूलाई थाहा छ हाम्रो कामले धेरै पैसा कमाइरहेका छौँ। BSB BSB: Demetrius assembled the craftsmen, along with the workmen in related trades. “Men,” he said, “you know that this business is our source of prosperity.
26 UDB एफिससमा बस्ने धेरै मानिसहरूलाई हामीले बनाएको मूर्ति नकिन्ने शिक्षा दिने त्यो पावलका बारेमा तिमीहरूलाई थाहा छ। अब अरू सहरहरू र हाम्रो क्षेत्रबाट हामीले बनाएको मूर्ति कसैले किन्दैनन्। पावलले मानिसहरूलाई हामीले पूजा गर्ने देवताहरू ईश्वर होइनन्, तिनीहरूलाई नपुज्नू भन्दै सिकाउँदै छ। BSB BSB: And you can see and hear that not only in Ephesus, but in nearly the whole province of Asia, this Paul has persuaded a great number of people to turn away. He says that man-made gods are no gods at all.
27 UDB यदि मानिसहरूले त्यसको कुरा सुने भनेता हाम्रो व्यापार बन्द हुन्छ। अनि मानिसहरू डायनाको मन्दिरमा पूजा गर्न आउने छैनन्। मानिसहरूले डायनालाई महान् भन्ने छैनन्। तापनि एसियाका सबै क्षेत्र र सारा संसारले तिनको पूजा गर्छ!” BSB BSB: There is danger not only that our business will fall into disrepute, but also that the temple of the great goddess Artemis will be discredited and her majesty deposed—she who is worshiped by all the province of Asia and the whole world.”
28 UDB डेमेत्रियसको भनाइ सुनेपछि सबै मानिसहरू पावलको विरुद्धमा धेरै क्रोधित भए। अनि तिनीहरूले ठूलो स्वरले “एफिससकी डायना देवी महान् छिन्!” भन्दै चिच्याए। BSB BSB: When the men heard this, they were enraged and began shouting, “Great is Artemis of the Ephesians!”
30 UDB पावल त्यहाँ गएर मानिसहरूसँग कुरा गर्न चाहन्थे, तर अरू विश्वासीहरूले तिनलाई त्यहाँ जान दिएनन्। BSB BSB: Paul wanted to go before the assembly, but the disciples would not allow him.
31 UDB त्यस सहरका कति अधिकारीहरू जो पावलका मित्रहरू थिए, उनीहरूले यस घटनाको बारेमा सुने। तिनीहरूले पावललाई त्यहाँ नजानू भनेर कसैलाई खबर पठाए। BSB BSB: Even some of Paul’s friends who were officials of the province of Asia sent word to him, begging him not to venture into the theatre.
32 UDB रङ्गशालामा भएका मानिसहरू चिच्याइ रहे। एकअर्काको नारा भिन्नाभिन्नै थियो। तर कतिलाई चाहिँ तिनीहरू किन त्यहाँ भेला भएका थिए भन्ने कुरा नै थाहा थिएन। BSB BSB: Meanwhile the assembly was in turmoil. Some were shouting one thing and some another, and most of them did not even know why they were there.
33 UDB त्यहाँ अलेक्जेन्डर नाउँ भएका एकजना यहूदी थिए। केही यहूदीहरूले तिनलाई ठेलेर मानिसहरूको अगाडि उभ्याए ताकि तिनले मानिसहरूसँग बोल्न सकून्। अलेक्जेन्डरले आफ्ना हात उठाएर भिडलाई शान्त बनाउन खोजे। तिनले मानिसहरूलाई ती यहूदीहरूले समस्या सृजना गरेका होइनन् भन्ने कुरा बुझाउन चाहन्थे। BSB BSB: The Jews in the crowd pushed Alexander forward to explain himself, and he motioned for silence so he could make his defense to the people.
34 UDB तर धेरै गैरयहूदी मानिसहरूले अलेक्जेन्डर यहूदी हो र यहूदीहरूले डायना देवीको पूजा गर्दैनन् भन्ने थाहा पाएका थिए। यसकारण गैरयहूदीहरू दुई घण्टासम्म यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन्!” BSB BSB: But when they realized that he was a Jew, they all shouted in unison for about two hours: “Great is Artemis of the Ephesians!”
36 UDB सबैलाई यो कुरा थाहा छ, र कसैले पनि यो कुरा सत्य होइन भन्न सक्दैन। यसकारण तपाईंहरू शान्त हुनुहोस् र कुनै पनि मूर्ख काम नगर्नुहोस्। BSB BSB: Since these things are undeniable, you ought to be calm and not do anything rash.
37 UDB तपाईंहरूले यी दुई जना मानिसहरूलाई यहाँ ल्याउनु हुँदैन थियो, किनभने तिनीहरूले कुनै पनि दुष्ट्याइँ गरेका छैनन्। तिनीहरू हाम्रा मन्दिरभित्र गएर केही लगेका छैनन् र तिनीहरूले हाम्रा देवीको बारेमा कुनै खराब कुरा बोलेका छैनन्। BSB BSB: For you have brought these men here, though they have neither robbed our temple nor blasphemed our goddess.
38 UDB यसकारण यदि डेमेत्रियस र उनका साथीहरूले कसैलाई कुनै खराबीको दोष लगाउन चाहन्छन् भने उनीहरूले त्यो काम सही तरिकाले गर्नुपर्छ। यदि उनीहरूले चाहन्छन् भने उनीहरू अदालतमा जान सक्छन् र त्यहाँ सरकारद्वारा नियुक्त गरिएका न्यायाधीशहरू छन्। त्यहाँ तपाईंहरूले जोसुकैलाई पनि आरोप लगाउन सक्नुहुन्छ। BSB BSB: So if Demetrius and his fellow craftsmen have a complaint against anyone, the courts are open and proconsuls are available. Let them bring charges against one another there.
39 UDB तर यदि तपाईंहरू अरू कुनै कुराको बारेमा सोध्न चाहनुहुन्छ भने तपाईंहरूका शासकहरू भेला भएको बेला उनीहरूलाई यसको बारेमा विचार गर्न अनुरोध गर्न सक्नुहुन्छ। BSB BSB: But if you are seeking anything beyond this, it must be settled in a legal assembly.
40 UDB यो असल सभा भएन! यो समस्यालाई सही तरिकाले सँभाल्नुहोस् किनभने हामी सरकारको विरुद्धमा जान चाहन्नौँ। किन हल्ला खल्ला गरेको हो भनेर हाकिमहरूले सोधेमा म ठिक उत्तर दिन सक्दिनँ।” BSB BSB: For we are in jeopardy of being charged with rioting for today’s events, and we have no justification to account for this commotion.”
41 UDB सहरका शासकले भिडलाई त्यस्तो कुरा बताए। अनि तिनले सबैलाई आ-आफ्नो घर जानू भने र तिनीहरू आ-आफ्नो घर गए। BSB BSB: After he had said this, he dismissed the assembly.
Select verses for actions: Enter goes to them and Escape comes back.