2 UDB त्यहाँ एक जना जन्मै देखिको हिँड्न नसक्ने मानिस थियो। ऊ मन्दिर क्षेत्रको प्रवेशद्वारमा अवस्थित सुन्दर नामक ढोकामा बसिरहेको थियो। मानिसहरूले हरेक दिन उसलाई बोकेर ल्याउँथे, ताकि उसले मन्दिरको प्राङ्गणमा प्रवेश गर्ने मानिसहरूबाट केही पैसा मागेर पाओस्। BSB BSB: And a man who was lame from birth was being carried to the temple gate called Beautiful, where he was put every day to beg from those entering the temple courts.
3 UDB पत्रुस र यूहन्ना मन्दिरको प्राङ्गणमा प्रवेश गर्न लागेका थिए। उसले तिनीहरूले केही पैसा दिऊन् भनी माग्न सुरु गर्यो। BSB BSB: When he saw Peter and John about to enter, he asked them for money.
4 UDB पत्रुस र यूहन्नाले उसलाई सिधा हेरे र पत्रुसले उसलाई भने, “हामीतिर हेर।” BSB BSB: Peter looked directly at him, as did John. “Look at us!” said Peter.
5 UDB त्यसैले, उसले तिनीहरूबाट केही पैसा पाउने आश गर्दै तिनीहरूतिर हेर्यो। BSB BSB: So the man gave them his attention, expecting to receive something from them.
6 UDB तब पत्रुसले त्यसलाई भने, “मसित पैसा छैन, तर मैले जे गर्नसक्छु, त्यो तिम्रो निम्ति गर्नेछु। नासरतका येशू ख्रीष्टको नाममा तिमी निको होऊ। उठ र हिँड।" BSB BSB: But Peter said, “Silver or gold I do not have, but what I have I give you: In the name of Jesus Christ of Nazareth, get up and walk!”
7 UDB तब पत्रुसले त्यस मानिसको दाहिने हात समातेर उसलाई उठ्न सहायता गरे। त्यति नै बेला त्यो मानिसको खुट्टा र गोलीगाँठो बलियो भयो। BSB BSB: Taking him by the right hand, Peter helped him up, and at once the man’s feet and ankles were made strong.
8 UDB ऊ उफ्र्यो र हिँड्न थाल्यो। अनि ऊ मन्दिर क्षेत्रमा पत्रुस र यूहन्नासित हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै प्रवेश गर्यो। BSB BSB: He sprang to his feet and began to walk. Then he went with them into the temple courts, walking and leaping and praising God.
9 UDB उसले हिँड्दै र परमेश्वरको प्रशंसा गरिरहेको मन्दिरका सबै मानिसहरूले देखे। BSB BSB: When all the people saw him walking and praising God,
10 UDB तिनीहरूले त्यो मानिस मन्दिरको प्राङ्गणको प्रवेशद्वारमा अवस्थित सुन्दर नामक ढोकामा पैसा मागेर बस्ने मानिस हो भनेर चिनिहाले। त्यसैले, उसलाई जे भएको थियो, त्यसमा सबै मानिसहरू साह्रै छक्क परे। BSB BSB: they recognized him as the man who used to sit begging at the Beautiful Gate of the temple, and they were filled with wonder and amazement at what had happened to him.
11 UDB त्यो मानिसलाई पत्रुस र यूहन्नासँगै देख्दा, तिनीहरू यति आश्चर्यचकित भए कि के सोच्ने भनी तिनीहरूलाई थाहै भएन। त्यसैले, ती मानिसहरू सोलोमनको दलान भनिने मन्दिरको प्राङ्गणतिर दौडे जहाँ तिनीहरू थिए। BSB BSB: While the man clung to Peter and John, all the people were astonished and ran to them in the walkway called Solomon’s Colonnade.
12 UDB जब पत्रुसले मानिसहरूलाई देखे तिनले उनीहरूलाई भने, “सङ्गी इस्राएलीहरू हो, यो मानिसलाई जे भयो त्यसमा तपाईंहरू चकित हुनुपर्दैन। यो मानिसलाई हिँड्ने बनाउन सक्ने शक्ति हामी आफैँसँग भएको जस्तो गरेर किन तपाईंहरूले हामीलाई हेर्नुहुन्छ? BSB BSB: And when Peter saw this, he addressed the people: “Men of Israel, why are you surprised by this? Why do you stare at us as if by our own power or godliness we had made this man walk?
13 UDB त्यसैले, यथार्थमा के भइरहेको छ सो म तपाईंहरूलाई बताउनेछु। अब्राहाम, इसहाक र याकूबलगायतका हाम्रा पूर्खाहरूले परमेश्वरको आराधना गरे। अहिले परमेश्वरले येशूलाई उच्च आदर गर्नुभएको छ। तपाईंहरूका अगुवाहरूले येशूलाई शासक पिलातसकहाँ ल्याए, ताकि उनका सिपाहीहरूले उहाँलाई मृत्युदण्ड दिऊन्। पिलातसले येशूलाई छोड्नुपर्छ भनी निर्णय गरेपछि येशूलाई पिलातसको सामुन्ने इन्कार गर्ने तपाईंहरू नै हुनुहुन्थ्यो। BSB BSB: The God of Abraham, Isaac, and Jacob, the God of our fathers, has glorified His servant Jesus. You handed Him over and rejected Him before Pilate, even though he had decided to release Him.
14 UDB येशू इस्राएलका परमेश्वरको आफ्नै मसीह र धर्मी जन हुनुहुन्थ्यो, तापनि उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई स्वतन्त्र गरिदिने माग गर्नुभयो। BSB BSB: You rejected the Holy and Righteous One and asked that a murderer be released to you.
15 UDB मानिसहरूलाई अनन्त जीवन दिनुहुने येशूलाई तपाईंहरूले मार्नुभयो भनी परमेश्वर ठान्नुहुन्छ। तर परमेश्वरले उहाँलाई फेरि जीवित पार्नुभयो। उहाँ जीवित हुनुभएपछि हामीले येशूलाई धेरै पटक देख्यौँ। BSB BSB: You killed the Author of life, but God raised Him from the dead, and we are witnesses of this fact.
16 UDB हामीले येशूमा भरोसा गर्ने हुनाले र यस मानिसले पनि येशूमा भरोसा गर्ने हुनाले उसलाई फेरि बलियो बनाइएको छ, र ऊ तपाईंहरू सबैको सामु हिँड्न सक्षम भएको छ।” BSB BSB: By faith in the name of Jesus, this man whom you see and know has been made strong. It is Jesus’ name and the faith that comes through Him that has given him this complete healing in your presence.
17 UDB “मेरा देशवासी मित्रहरू, म जान्दछु, कि तपाईंहरू र तपाईंहरूका अगुवाहरूले येशूलाई मार्नुभयो, किनभने तपाईंहरूले उहाँ मसीह हुनुहुन्छ भनेर थाहा पाउनुभएन। BSB BSB: And now, brothers, I know that you acted in ignorance, as did your leaders.
18 UDB तथापि, मानिसहरूले येशूलाई मार्नेथिए भनी परमेश्वरले लामो समयअगि नै बताउनुभएको थियो। मानिसहरूले मसीहलाई के गर्नेथिए भनी परमेश्वरले सबै अगमवक्ताहरूलाई लेख्न लगाउनुभयो। परमेश्वरले पठाउनुहुने मसीहले कष्ट भोग्नुपर्ने थियो र मर्नु पर्नेथियो भनी तिनीहरूले लेखे। BSB BSB: But in this way God has fulfilled what He foretold through all the prophets, saying that His Christ would suffer.
19 UDB त्यसैले, तपाईंहरूको पापमय जीवनबाट फर्कनुहोस्, अनि उहाँले तपाईंहरूका पापहरूलाई पूर्ण रूपले क्षमा गरिदिनुभएको होस् र उहाँले तपाईंहरूलाई बलियो पार्नुभएको होस्, र परमेश्वरलाई मनपर्ने काम गर्न तपाईंहरूलाई सहायता गर्नुभएको होस् भनी बिन्ती गर्नुहोस्। BSB BSB: Repent, then, and turn back, so that your sins may be wiped away,
20 UDB यदि तपाईंहररूले यसो गर्नुभयो भने परमप्रभु परमेश्वरले तपाईंहरूलाई सहायता गरिरहनुभएको छ भनी तपाईंहरूले त्यस बेला थाहा पाउनुहुनेछ, र कुनै दिन फेरि उहाँले मसीहलाई पृथ्वीमा पठाउनुहुनेछ जसलाई उहाँले तपाईंहरूको निम्ति दिनुभएको छ। BSB BSB: that times of refreshing may come from the presence of the Lord, and that He may send Jesus, the Christ, who has been appointed for you.
23 UDB ती अगमवक्ताले भनेका नसुन्नेहरू र तिनको आज्ञा पालन नगर्नेहरू परमेश्वरका जनहरू हुनेछैनन् र परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ।” BSB BSB: Everyone who does not listen to Him will be completely cut off from among his people.’
24 UDB पत्रुसले जारी राखे, “सबै अगमवक्ताहरूले यी दिनहरूमा के हुनेथिए भन्ने विषयमा बताएका छन्। तिनीहरूमा शमूएल र तिनीपछिका अगमवक्ताहरू पर्दछन् जसले यी घटनाहरू घट्नअगि नै तिनको विषयमा बताए। BSB BSB: Indeed, all the prophets from Samuel on, as many as have spoken, have proclaimed these days.
25 UDB जब परमेश्वरले हाम्रा पूर्खाहरूलाई आशिष् दिन दृढतासाथ प्रतिज्ञा गर्नुभयो उहाँले तपाईंहरूलाई पनि निश्चय नै आशिष् दिने प्रतिज्ञा गर्नुभयो। उहाँले अब्राहामलाई मसीहको बारेमा भन्नुभयो, “तिमीहरूका सन्तानहरूले गरेका कामहरूको परिणाम स्वरूप म पृथ्वीका सबै प्राणीहरूलाई आशिष् दिनेछु।” BSB BSB: And you are sons of the prophets and of the covenant God made with your fathers when He said to Abraham, ‘Through your offspring all the families of the earth will be blessed.’
26 UDB पत्रुसले यसरी टुङ्ग्याए, “यसकारण परमेश्वरले येशूलाई मसीहको रूपमा उहाँको सेवा गर्नलाई पृथ्वीमा पठाउनुभयो। तिमीहरूले दुष्ट काम गर्नलाई रोक भन्ने हेतुले, उहाँले पहिले इस्राएलीहरूलाई आशिष् दिनका लागि येशूलाई तिमीहरूकहाँ पठाउनुभयो। BSB BSB: When God raised up His Servant, He sent Him first to you to bless you by turning each of you from your wicked ways.”
Select verses for actions: Enter goes to them and Escape comes back.