2 UDB उसले आफ्नो जमिन बेचेर प्राप्त गरेको रुपियाँ पैसाको केही हिस्सा आफैसँग राखे र उसले त्यसो गरेको कुरा उसको श्रीमतीलाई थाहा थियो। तब उसले बाँकी पैसा ल्याए र प्रेरितहरूलाई दिए। BSB BSB: With his wife’s full knowledge, he kept back some of the proceeds for himself, but brought a portion and laid it at the apostles’ feet.
4 UDB जमिन बिक्री गर्नअघि तिमी नै यसको साँचा मालिक थियौ। र त्यो जमिन बेचे पछि पनि रुपियाँ तिम्रो नै थियो। तब तिमीले किन यस्तो दुष्ट काम गर्ने बारे विचार गर्यो? तिमीले हामीलाई मात्र छल गर्ने कोसिस गरिरहेका थिएनौ तिमीले परमेश्वरलाई नै छल्ने कोशिष गर्यो, होइन र?” BSB BSB: Did it not belong to you before it was sold? And after it was sold, was it not at your disposal? How could you conceive such a deed in your heart? You have not lied to men, but to God!”
5 UDB जब हननियाले यी वचनहरू सुने, तिनी तुरुन्तै भुइमा लडेर मरे। र हननियाको मृत्यु बारे सुन्नेहरू सबै भयभीत भए। BSB BSB: On hearing these words, Ananias fell down and died. And great fear came over all who heard what had happened.
6 UDB केही जवान मानिसहरू आए र उनको शरीरलाई कपडामा बेह्रे र बोकेर बाहिर लगे र त्यसलाई गाडे। BSB BSB: Then the young men stepped forward, wrapped up his body, and carried him out and buried him.
7 UDB झण्डै तिन घण्टापछि तिनकी श्रीमती भित्र आइन् तर के भएको थियो भन्ने तिनलाई थाहा थिएन। BSB BSB: About three hours later his wife also came in, unaware of what had happened.
8 UDB तब पत्रुसले तिनलाई हननियाले ल्याएको रकम तिनलाई देखाए र सोधे, “मलाई भन कि के तिमीहरू दुई जनाले जमिन बेचेर पाएको रकमको परिमाण यति हो त?” तिनले भनिन्, “हो, हामीले पाएको यति नै हो।” BSB BSB: “Tell me,” said Peter, “is this the price you and your husband got for the land?” “Yes,” she answered, “that is the price.”
9 UDB त्यसैले पत्रुसले तिनलाई भने, “तिमीहरू दुवैले डरलाग्दो कार्य गर्यो। तिमीहरू दुवै जनाले प्रभुको आत्मालाई छल्न प्रयास गर्न सहमत भयौ। सुन! के तिमीले तिम्रो पतिलाई गाड्ने मानिसहरू हिँडेको आवाज सुन्छ्यौ? तिनीहरू बाहिर ढोकामै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर लैजाने छन्।” BSB BSB: “How could you agree to test the Spirit of the Lord?” Peter replied. “Look, the feet of the men who buried your husband are at the door, and they will carry you out also.”
10 UDB तुरुन्तै सफीरा ढलिन् र पत्रुसको खुट्टामा नै मरिन्। तब जवान मानिसहरू भित्र आए। तिनीहरूले तिनी पनि मरिसकेको देखे तिनीहरूले तिनको शरीरलाई बोकेर बाहिर ल्याए र तिनको पतिको नजिकै गाडे। BSB BSB: At that instant she fell down at his feet and died. Then the young men came in and, finding her dead, carried her out and buried her beside her husband.
12 UDB परमेश्वरले प्रेरितहरूलाई धेरै अचम्मको आश्चर्यकर्महरू गर्ने तुल्याउनु भयो, यसले उनीहरूले मानिसहरूको बिचमा प्रचार गरिरहेका कुराहरूको सत्यतालाई देखाउथ्यो। सबै विश्वासीहरू सोलोमनको दलान भन्ने मन्दिरको प्राङगणमा निरन्तर भेला हुन्थे। BSB BSB: The apostles performed many signs and wonders among the people, and with one accord the believers gathered together in Solomon’s Colonnade.
13 UDB येशूलाई विश्वास नगर्ने अरू मानिसहरू यी विश्वासीहरूसँग हुन डराउँथे। तर पनि, ती मानिसहरूले विश्वासीहरूलाई निरन्तर रूपमा उच्च आदर गर्थे। BSB BSB: Although the people regarded them highly, no one else dared to join them.
14 UDB धेरै पुरुष र स्त्रीहरूले प्रभु येशूमा विश्वास गर्न थाले अनि तिनीहरू विश्वासीहरूको समूहमा सामेल भए। BSB BSB: Yet more and more believers were brought to the Lord—large numbers of both men and women.
15 UDB परिणाम स्वरूप, मानिसहरूले बिरामी भएकाहरूलाई गल्ली गल्लीमा ल्याएर तिनीहरूलाई खाटहरू र ओछ्यानहरूमा राखे ताकि पत्रुस आउँदा तिनको छायाँ कम्तीमा तिनीहरूमध्ये केहीमाथि परोस् र तिनीहरू निको होऊन्। BSB BSB: As a result, people brought the sick into the streets and laid them on cots and mats, so that at least Peter’s shadow might fall on some of them as he passed by.
16 UDB यरुशलेम नजिकका सहरहरूबाट पनि ठुलो मानिसहरूको ठुलो भिड प्रेरितहरूकहाँ आउँदै थिए। तिनीहरूले धेरै बिरामीहरू र दुष्ट आत्माले सताएका मानिसहरूलाई ल्याउदै थिए र तिनीहरू सबैलाई परमेश्वरले निको पार्नु भयो। BSB BSB: Crowds also gathered from the towns around Jerusalem, bringing the sick and those tormented by unclean spirits, and all of them were healed.
17 UDB तब प्रधान पूजाहारी र तिनीसित हुनेहरू (तिनीहरू सबै सदुकी पन्थका थिए) ले प्रेरितहरूप्रति धेरै डाह गरे। BSB BSB: Then the high priest and all his associates, who belonged to the party of the Sadducees, were filled with jealousy. They went out
18 UDB यसकारण, तिनीहरूले प्रेरितहरूलाई गिरफ्तार गरेर सार्वजनिक झ्यालखानामा हाल्न मन्दिरका रक्षकहरूलाई आज्ञा गरे। BSB BSB: and arrested the apostles and put them in the public jail.
19 UDB तर रातको समयमा परमेश्वरबाट आएका स्वर्गदूतले झ्यालखानाका ढोकाहरू खोले र प्रेरितहरूलाई बाहिर ल्याए। त्यसपछि स्वर्गदूतले प्रेरितहरूलाई भने, BSB BSB: But during the night an angel of the Lord opened the doors of the jail and brought them out, saying,
20 UDB “मन्दिरको प्राङगणमा जाऊ, त्यहाँ खडा होऊ, र यो अनन्त जीवनको सन्देश सबै मानिसहरूलाई बताऊ।” BSB BSB: “Go, stand in the temple courts and tell the people the full message of this new life.”
21 UDB यो सुनेपछि प्रेरितहरू बिहान हुनलाग्दा मन्दिरको प्राङ्गणमा प्रवेश गरे र फेरि तिनीहरूले मानिसहरूलाई येशूको बारेमा सिकाउन थाले। त्यति वेला, प्रधान पूजाहारी र तिनीसँग हुनेहरूले अरु यहूदी परिषद्का सदस्यहरूलाई बोलाए। तिनीहरू सबै इस्राएलका अगुवाहरू थिए। तिनीहरू भेला भएपछि तिनीहरूले प्रेरितहरूलाई भित्र ल्याउन रक्षकहरूलाई झ्यालखानामा पठाए। BSB BSB: At daybreak the apostles entered the temple courts as they had been told and began to teach the people. When the high priest and his associates arrived, they convened the Sanhedrin—the full assembly of the elders of Israel—and sent to the jail for the apostles.
22 UDB तर जब ती रक्षकहरू झ्यालखानामा आइपुगे झ्यालखानामा प्रेरितहरू थिएनन् भन्ने तिनीहरूले पत्ता लगाए। यसकारण, तिनीहरू परिषदमा फर्के र खबर गरे, BSB BSB: But on arriving at the jail, the officers did not find them there. So they returned with the report:
23 UDB “हामीले झ्यालखानाका ढोकाहरू सुरक्षितसँग ताल्चाहरू लगाई राखेको भेट्टायौँ र सुरक्षाकर्मीहरू ढोकाहरूमा नै खडा थिए। तर जब हामीले ढोकाहरू खोल्यौँ र ती मानिसहरूलाई लिन भित्र गयौँ झ्यालखाना भित्र तिनीहरू कही पनि थिएनन्।” BSB BSB: “We found the jail securely locked, with the guards posted at the doors; but when we opened them, we found no one inside.”
24 UDB जब मन्दिरको रक्षकको कप्तान र मुख्य पुजाहारीले यो कुरा सुने तिनीहरू बडो अन्योलमा परे, र यी सबै घटनाहरूले कता लाने होलान् भनी तिनीहरू छक्क परे। BSB BSB: When the captain of the temple guard and the chief priests heard this account, they were perplexed as to what was happening.
25 UDB त्यसपछि कोही आयो र तिनीहरूलाई खवर गर्यो, “सुन्नुहोस! तपाईंहरूले झ्यालखानामा हाल्नु भएका मानिसहरू अहिले मन्दिरको प्राङ्गणमा खडा छन् र तिनीहरूले मानिसहरूलाई सिकाइरहेका छन्। BSB BSB: Then someone came in and announced, “Look, the men you put in jail are standing in the temple courts teaching the people!”
26 UDB तब मन्दिर रक्षकका कप्तान अधिकृतहरूसँग मन्दिरको प्राङ्गणमा गए र तिनीहरूले प्रेरितहरूलाई परिषद्को कोठामा फर्काएर ल्याए। तर तिनीहरूले उनीहरूलाई रुखो व्यवहार गरेनन् किनभने तिनीहरू मानिसहरूले ढुङ्गाले हानेर मार्लान् भनी डराएका थिए। BSB BSB: At that point, the captain went with the officers and brought the apostles—but not by force, for fear the people would stone them.
27 UDB कप्तान र अधिकृतहरूले प्रेरितहरूलाई परिषद कोठामा ल्याएपछि तिनीहरूले परिषदका सदस्यहरूको अघि उभिने आदेश दिए र प्रधान पूजाहारीले तिनीहरूलाई प्रश्नहरू सोधे। BSB BSB: They brought them in and made them stand before the Sanhedrin, where the high priest interrogated them.
28 UDB तिनले उनीहरूलाई भने, “हामीले तिमीहरूलाई ती मानिस येशूको नाममा मानिसहरूलाई नसिकाउनू भनेर आदेश दिएका थियौँ। तर तिमीहरूले हाम्रा आज्ञा पालन गरेनौ, र तिमीहरूले यरूशलेम भरी नै उहाँको बारेमा सिकाइसकेका छौ। यसको अतिरिक्त, तिमीहरूले त्यस मानिसको मृत्युको दोषी हामीहरू नै हौँ जस्तो देखाउने कोसिस गरिरहेका छौ।” BSB BSB: “We gave you strict orders not to teach in this name,” he said. “Yet you have filled Jerusalem with your teaching and are determined to make us responsible for this man’s blood.”
29 UDB तर पत्रुसले आफ्ना र अरू प्रेरितहरूको पक्षमा बोल्दै जवाफ दिए, “हामीले तपाईं मानिसहरूले गर्नलाई भनेको कुरा होइन, परमेश्वारले हामीलाई गर्नलाई आज्ञा गर्नुहुने कुराको पालना गर्नुपर्छ। BSB BSB: But Peter and the other apostles replied, “We must obey God rather than men.
30 UDB येशूलाई क्रूसमा काँटी ठोकेर मार्ने तपाईंहरू नै हुनुहुन्छ। तर परमेश्वर जसलाई हाम्रा पूर्खाहरूले आराधना गर्थे, उहाँले येशूलाई फेरि मृत्युबाट जीवित पार्नु भयो। BSB BSB: The God of our fathers raised up Jesus, whom you had killed by hanging Him on a tree.
31 UDB परमेश्वरले येशूलाई अरू कसैलाई भन्दा पनि धेरै आदर गर्नुभएको छ। उहाँले येशूलाई हाम्रा मुक्तिदाता र हामीमाथि शासन गर्ने बनाउनुभएको छ। उहाँले हामी इस्राएलीहरूलाई पाप गर्नबाट रिक लगाउनुभएको छ ताकि उहाँले हाम्रो पापहरूको निम्ति हामीलाई क्षमा गर्न सक्नु भएकोहोस्। BSB BSB: God exalted Him to His right hand as Prince and Savior, in order to grant repentance and forgiveness of sins to Israel.
32 UDB हामीले मानिसहरूलाई यी कुराहरू बताउछौँ जुन येशूको जीवनमा भएको थियो भनी जान्दछौँ। पवित्र आत्मा जसलाई परमेश्वरले उहाँका आज्ञा पालन गर्नेहरूकहाँ पठाउनु भएको छ, उहाँले पनि यो सत्य हो भनी पुष्टि गर्नुहुन्छ।” BSB BSB: We are witnesses of these things, and so is the Holy Spirit, whom God has given to those who obey Him.”
33 UDB जब परिषदका सदस्यहरूले यो कुरा सुने, तिनीहरू प्रेरितहरूसँग क्रोधित भए र तिनीहरूले उनीहरूलाई मार्न चाहे। BSB BSB: When the Council members heard this, they were enraged, and they resolved to put the apostles to death.
34 UDB तर त्यहाँ गमलिएल नाम गरेका एक जना परिषदका सदस्य थिए। तिनी सदूकी समूहका एक सदस्य थिए। तिनले यहूदी व्यवस्थाहरू सिकाउँथे, र सबै यहूदी मानिसहरूले तिनलाई आदर गर्दथे। तिनी परिषदमा खडा भए र प्रेरितहरूलाई केही समयको लागि बाहिर लैजान रक्षकहरूलाई आदेश दिए। BSB BSB: But a Pharisee named Gamaliel, a teacher of the law who was honored by all the people, stood up in the Sanhedrin and ordered that the men be put outside for a short time.
35 UDB प्रेरितहरूलाई रक्षकहरूले बाहिर लगेपछि तिनले परिषद्का सदस्यहरूलाई भने, “इस्राएली मित्रहरू, तपाईंहरूले यी मानिसहरूलाई गर्न आँट्नुभएको कुरा बारे होसियारीपूर्वक सोच्नुपर्छ। BSB BSB: “Men of Israel,” he said, “consider carefully what you are about to do to these men.
36 UDB केही वर्ष अघि थूदास नाम गरेका मानिसले सरकारको विरुद्ध विद्रोह गरे। तिनले मानिसहरूलाई आफू महत्वपूर्ण मानिस हुँ भन्थे, र झण्डै चार सय मानिसहरू तिनको पछि लागे। तिनी मारिए र तिनको पछि लाग्ने सबै तितर-बितर भए। यसकारण, तिनीहरूले योजना बनाएको कुनै पनि कुरो तिनीहरूले गर्न पाएनन्। BSB BSB: Some time ago Theudas rose up, claiming to be somebody, and about four hundred men joined him. He was killed, all his followers were dispersed, and it all came to nothing.
38 UDB त्यसैले म तपाईंहरूलाई यसो भन्छुः यी मानिसहरूलाई हानि नगर्नुहोस्। तिनीहरूलाई छोडी दिनुहोस्। म यो भन्छु किनभने यदि भइरहेका कुराहरू मानिसहरूले योजना बनाएका कुरा मात्र रहेछन् भने तिनीहरूलाई कसैले रोक्नेछ र तिनीहरू असफल हुनेछन्। BSB BSB: So in the present case I advise you: Leave these men alone. Let them go! For if their purpose or endeavor is of human origin, it will fail.
39 UDB तर यदि परमेश्वरले नै यी कुराहरू गर्ने आज्ञा दिनुभएको हो भने तपाईंहरूले तिनीहरूलाई रोक्न सक्नुहुनेछैन किनभने तपाईंहरूले परमेश्वरको विरुद्धमा काम गरिरहनुभएको तपाईंहरूले नै पाउनुहुनेछ।” अरू परिषदका अन्य सदस्यहरूले गमलिएलका कुरा स्वीकार गरे। BSB BSB: But if it is from God, you will not be able to stop them. You may even find yourselves fighting against God.”
40 UDB तिनीहरूले मन्दिरका रक्षकहरूलाई प्रेरितहरूलाई ल्याएर पिट्न लगाए। यसकारण रक्षकहरूले परिषद कोठामा प्रेरितहरूलाई ल्याए र तिनीहरूलाई कुटे। परिषदका सदस्यहरूले तिनीहरूलाई येशूको बारेमा मानिसहरूलाई केही नभन्नू भन्ने आदेश दिए र तिनीहरूले प्रेरितहरूलाई छोडी दिए। BSB BSB: At this, they yielded to Gamaliel. They called the apostles in and had them flogged. Then they ordered them not to speak in the name of Jesus, and released them.
41 UDB त्यसैले प्रेरितहरू परिषदबाट बाहिर गए। तिनीहरू आनन्द मनाइरहेका थिए किनभने परमेश्वरले मानिसहरूलाई अपमान गर्न दिएर तिनीहरूलाई आदर गर्नुभएको हो भन्ने तिनीहरूले जाने किनभने तिनीहरूले येशूलाई पछ्याइरहेका थिए। BSB BSB: The apostles left the Sanhedrin, rejoicing that they had been counted worthy of suffering disgrace for the Name.
42 UDB त्यसपछि हरेक दिन प्रेरितहरू मन्दिरको क्षेत्र र विभिन्न मानिसहरूको घरहरूमा गए र तिनीहरूले लगातार रूपमा मानिसहरूलाई सिकाए र येशू नै ख्रीष्ट हुनुहुन्छ भनी बताए। BSB BSB: Every day, in the temple courts and from house to house, they did not stop teaching and proclaiming the good news that Jesus is the Christ.
Select verses for actions: Enter goes to them and Escape comes back.