2 UDB र येशूको बारेमा हामी निरन्तर विचार गरौं र उहाँमा नै हाम्रा सारा ध्यान लगाऔं। हामीलाई डोर्याउनुहुने उहाँ नै हुनुहुन्छ र उहाँले नै हाम्रो विश्वासलाई पूर्ण गर्नुहुन्छ। हाम्रा निम्ति क्रूसमा भयानक कष्ट भोग्नुहुने उहाँ नै हुनुहुन्छ र उहाँलाई शर्ममा पार्ने कोसिस गर्ने मानिसहरूलाई उहाँले कुनै ध्यान दिनुभएन। पछिबाट परमेश्वरले उहाँलाई कति धेरै आनन्दित तुल्याउनुहुनेछ भनी उहाँलाई थाहा भएको हुनाले उहाँले त्यसो गर्नुभयो। उहाँ अहिले स्वर्गमा परमेश्वरले राज्य गर्नुहुने सिहांसनको छेउमा सर्वोच्च आदरको स्थानमा विराजमान् हुनुहुन्छ BSB BSB: Let us fix our eyes on Jesus, the author and perfecter of our faith, who for the joy set before Him endured the cross, scorning its shame, and sat down at the right hand of the throne of God.
3 UDB पापी मानिसहरूले येशूको विरुद्धमा घृणपूर्वक व्यवहार गर्दा उहाँले धैर्यपूर्वक सहनुभयो। येशूको उदाहरणले आफ्नाो हृदयहरू तथा मनहरूलाई बलियो पार जसले गर्दा तिमीहरूले परमेश्वरमा विश्वास गर्न छोड्ने वा निरूसाहित हुने छैनौ। BSB BSB: Consider Him who endured such hostility from sinners, so that you will not grow weary and lose heart.
4 UDB पाप गर्न परिक्षित भएर तिमीहरूले संघर्ष गर्नुपरेको भए तापनि, खराबको विरोध गर्नुपरेको कारणले तिमीहरूले अझै पनि, येशूले झैं, रगत बगाउनु र मृत्यु भोग्नु परेको छैन। BSB BSB: In your struggle against sin, you have not yet resisted to the point of shedding your blood.
5 UDB सोलोमनले आफ्नो छोरालाई भनेका यी उपदेशहरू नबिर्स, जसद्वारा परमेश्वरले आफ्नो छोराछोरीका रूपमा तिमीहरूलाई उत्साह दिनहुन्छ: “मेरा छोरो, परमप्रभुले तँलाई अनुशासित बनाउनुहुँदा ध्यान दे, र परमप्रभुले तँलाई दण्ड दिनुहुँदा निरूत्साहित नहो। BSB BSB: And you have forgotten the exhortation that addresses you as sons: “My son, do not take lightly the discipline of the Lord, and do not lose heart when He rebukes you.
6 UDB किनभने हरेक व्यक्ति जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ उसलाई उहाँले अनुशासित पनि गर्नुहुन्छ, र उहाँले आफ्नो भनी बोलाउनुहुने हरेक व्यक्तिलाई उहाँले गम्भीर भएर रूपले सुधार्नुहुन्छ। BSB BSB: For the Lord disciplines the one He loves, and He chastises every son He receives.”
7 UDB तिमीहरूलाई कठिन कुराहरू सहन लगाउनुभएर परमेश्वरले तिमीहरूलाई अनुशासित गर्न सक्नुहुन्छ। परमेश्वरले तिमीहरूलाई अनुशासित गर्नुहुँदा, एक जना बाबुले आफ्ना छोराछोरीलाई व्यवहार गरेझैं, उहाँले तिमीहरूलाई व्यवहार गर्नुहुन्छ। BSB BSB: Endure suffering as discipline; God is treating you as sons. For what son is not disciplined by his father?
8 UDB यसैले जसरी परमेश्वरले आफ्ना सबै सन्तानलाई अनुशासित तुल्याउनुहुन्छ त्यसरी उहाँले तिमीहरूलाई अनुशासित तुल्याउनुभएको अनुभव तिमीहरूले गरेका छैनौ भने, तिमीहरू परमेश्वरका सच्चा सन्तान होइनौ। तिमीहरू सच्चाउनलाई पिता नभएका अवैध सन्तानजस्तै हौ। BSB BSB: If you do not experience discipline like everyone else, then you are illegitimate children and not true sons.
9 UDB साथसाथै, हाम्रा शरीरिक बुबाहरूले हामी सा-साना हुँदा हामीलाई अनुशासित तुल्याउनुभयो, र त्यसो गरेकोमा हामीले उहाँहरूको आदर गर्यौं। यसैले परमेश्वर हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गर्नुहुँदा हामीले अझ बढी तयार भएर ग्रहण गर्नुपर्छ, जसको कारणले हामी अन्नत रूपमा जिवित रहन सक्नेछौं! BSB BSB: Furthermore, we have all had earthly fathers who disciplined us, and we respected them. Should we not much more submit to the Father of our spirits and live?
10 UDB हाम्रा शरीरिक बुबाहरूले उहाँहरूलाई उचित लागेअनुरूप हामीलाई छोटो समयको लागि अनुशासित तुल्याउनुभयो, तर परमेश्वरको पवित्र स्वभावमा हामी सहभागी हुनसकौं भनेर उहाँले हामीलाई सधैं अनुशासित तुल्याउनुहुन्छ। BSB BSB: Our fathers disciplined us for a short time as they thought best, but God disciplines us for our good, so that we may share in His holiness.
11 UDB परमेश्वरले हामीलाई अनुशासित गर्नुहुने समयमा, त्यहाँ केही त्यस्तो कुरा हुँदैन जसमा हामी रमाउने सक्छौं। बरु, त्यसले पीडा दिन्छ। तर पछि यसबाट सिक्नेहरूले धर्मी जीवन बिताउन सक्छन्, जसले हामीमा शान्ति उत्पन्न गराउँछ। BSB BSB: No discipline seems enjoyable at the time, but painful. Later on, however, it yields a harvest of righteousness and peace to those who have been trained by it.
12 UDB यसैले तिमीहरूले आत्मिक रूपमा थकित किसिमले व्यवहार गर्नुभन्दा बरु, आफूलाई नवीकरण गर्ने परमेश्वरको अनुशासनमा भरोसा राख। BSB BSB: Therefore strengthen your limp hands and weak knees.
13 UDB ख्रीष्टको अनुसरण गर्दै सिधा अगाडि जाओ जसको कारणले ख्रीष्टको विश्वासमा कमजोर विश्वासीहरूले तिमीहरूबाट बल प्राप्त गर्नेछन् र लङ्गडो हुनेछैनन्। बरु, घायल तथा अनुपयोगी हात-खुट्टा फेरि निको भएजस्तै तिनीहरू आत्मिक रूपले पुनःर्स्थापित हुनेछन्। BSB BSB: Make straight paths for your feet, so that the lame may not be disabled, but rather healed.
14 UDB सबै मानिसहरूसँग शान्तिपूर्वक बस्ने कोसिस गर। पवित्र हुनलाई सक्दो प्रयास गर, किनभने आफू पवित्रत छैन भने कसैले पनि परमेश्वरलाई देख्नेछैन। BSB BSB: Pursue peace with everyone, as well as holiness, without which no one will see the Lord.
15 UDB होसियार होओ, तिमीहरूमध्ये कसैले पनि परमेश्वरमा विश्वास गर्न नछोडोस् जसले हामी अयोग्य हुँदा पनि हाम्रा निम्ति कृपाका कुराहरू गर्नुभएको छ। सावधान होओ, जसको कारणले तिमीहरूमध्ये कसैले पनि अरूप्रति दुष्ट व्यवहार गर्नेछैनौ, किनभने एउटा ठुलो रूखमा एउटा जरा निस्केझैं त्यो बढेर धेरै विश्वासीहरूलाई पापमा डोर्याउँछ। BSB BSB: See to it that no one falls short of the grace of God, and that no root of bitterness springs up to cause trouble and defile many.
16 UDB कसैलाई पनि अनैतिक हुन वा एसावले झैं परमेश्वरमा अनाज्ञाकरी हुन नदेओ। एकपल्टको खानेकुरासँग उसले आफ्नो जेठो छोरो भएर जन्मेको अधिकारलाई नै साट्यो। BSB BSB: See to it that no one is sexually immoral, or is godless like Esau, who for a single meal sold his birthright.
17 UDB एसावले पछिबाट आफ्नो जन्मको अधिकारहरू तथा उसका पिता इसहाकले उसलाई दिने आशिष् फिर्ता खोज्यो। तर एसावको आग्रह इसहाकले अस्वीकार गरे। यसैले एसावले आफ्नो जन्मको अधिकारहरू तथा आशिष् पाउन आँशुका साथ मागे तपनि कुनै उपायले फिर्ता पाएन। BSB BSB: For you know that afterward, when he wanted to inherit the blessing, he was rejected. He could find no ground for repentance, though he sought the blessing with tears.
18 UDB परमेश्वरमा आउँदा, इस्राएली मानिसहरूले सिनै पर्वतमा अनुभव गरेका कुराहरू जस्तो तिमीहरूले अनुभव गरेका छैनौ। तिनीहरू एउटा पर्वतको नजिक आए जसलाई नछुन परमेश्वरले तिनीहरूलाई आज्ञा दिनुभयो किनभने उहाँ आफैं त्यो पर्वतमा ओर्ली आउनुभएको थियो। त्यहाँ प्रज्वलित आगो र प्रचण्ड आँधिको साथमा कालो र अन्धकारको नजिक तिनीहरू गए। BSB BSB: For you have not come to a mountain that can be touched and that is burning with fire; to darkness, gloom, and storm;
19 UDB तिनीहरूले तुरहीको ठुलो आवाज सुने र परमेश्वरले वचन बोल्नुभएको तिनीहरूले सुने। यो यति शक्तिशाली थियो कि फेरि यसरी तिनीहरूसँग बात नगर्न तिनीहरूले उहाँसँग विन्ती गरे। BSB BSB: to a trumpet blast or to a voice that made its hearers beg that no further word be spoken.
20 UDB किनभने परमेश्वरले तिनीहरूलाई आज्ञा गर्नुभएको थियो, “एक जना व्यक्ति वा एउटा पशुले यो पर्वत छुन्छ भने पनि त्यसलाई तिमीहरूले मार्नुेपर्छ।” मानिसहरू अत्यन्तै भयभित भए। BSB BSB: For they could not bear what was commanded: “If even an animal touches the mountain, it must be stoned.”
21 UDB साँच्चै नै, पर्वतमा जे भएको थियो त्यो देखेर मोशा अत्यन्तै भयभित भए र तिनले भने, “म थरथर काप्दैछु किनभने मलाई डर लागेको छ!” BSB BSB: The sight was so terrifying that even Moses said, “I am trembling with fear.”
22 UDB बरु, तिमीहरू “नयाँ यरूशलेम” मा, परमेश्वरको उपस्थितिमा आएको छौ जो साँच्चै स्वर्गमा वास गर्नुहुन्छ। यो तिमीहरूका पुर्खाहरू इस्राएलमा, सिनै पर्वतमा परमेश्वरको आराधना गर्न आएझैं हो, जसमाथि पृथ्वीको यरूशलेम बनाइएको थियो। तिमीहरू यस्तो ठाउँमा आएका छौ जहाँ अनगिन्ती स्वर्गदूतहरू एकसाथ भेला भएर रमाइरहेका छन्। BSB BSB: Instead, you have come to Mount Zion, to the city of the living God, the heavenly Jerusalem. You have come to myriads of angels
23 UDB तिमीहरू सबै विश्वासीहरूका सभामा सहभागी भएका छौ, जससँग पहिले जन्मेका छोराहरूझैं अवसरहरू छन्, जसका नाउँहरू परमेश्वरले स्वर्गमा लेख्नुभएको छ। तिमीहरू यस्तोा परमेश्वरकहाँ आएका छौ, जसले हरेक व्यक्तिको इन्साफ गर्नुहुनेछ। आफ्नो मृत्यु हुनुअघि धार्मिक रूपमा जीवन बिताएका र परमेश्वरले यतिबेला स्वर्गमा सिद्ध बनाउनुभएक, परमेश्वरका मानिसहरूका आत्माहरू भएका ठाउँमा तिमीहरू आएका छौ। BSB BSB: in joyful assembly, to the congregation of the firstborn, enrolled in heaven. You have come to God the Judge of all, to the spirits of the righteous made perfect,
24 UDB तिमीहरू येशूकहाँ आएका छौ, जसले क्रूसको आफ्नो मृत्युको रगत बगाउनुभएर, हाम्रा र परमेश्वरका बीचमा एउटा नयाँ करार स्थापना गर्नुभयो। परमेश्वरले हामीलाई क्षमा गर्न येशूको रगतले सम्भव गरायो र हाम्रा निम्ति उहाँको रगत हाबिलको रगतभन्दा उत्तम छ। BSB BSB: to Jesus the mediator of a new covenant, and to the sprinkled blood that speaks a better word than the blood of Abel.
25 UDB तिमीहरूसँग बोल्दै गर्नुहुने परमेश्वरको आवाज सुन्न अस्वीकार नगर्नलाई सावधान होओ। मोशाले इस्राएलीहरूलाई यस पृथ्वीमा चेतावनी दिंदा पनि परमेश्वरको दण्डबाट तिनीहरू उम्कन सकेनन्। परमेश्वरले हामीलाई स्वर्गबाट चेतावनी दिनुहुँदा, उहाँले जे भन्नुहुन्छ त्यसलाई हामी अस्वीकार गर्छौ, हामी पनि निश्चय नै उहाँको दण्डबाट उम्कनछैनौ! BSB BSB: See to it that you do not refuse Him who speaks. For if the people did not escape when they refused Him who warned them on earth, how much less will we escape if we reject Him who warns us from heaven?
26 UDB उहाँले सिनै पर्वतमा बोल्नुहुँदा पृथ्वी नै हल्लियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ, “म पृथ्वीलाई एकपल्ट फेरि हल्लाउनेछु, र म स्वर्गहरू पनि हल्लाउनेछु।” BSB BSB: At that time His voice shook the earth, but now He has promised, “Once more I will shake not only the earth, but heaven as well.”
27 UDB पृथ्वीमा भएका परमेश्वरले हल्लाउनुहुने कुराहरू, उहाँले सृष्टि गर्नुभएका हरेक कुरालाई उहाँले हटाउनुहुनेछ भन्ने अर्थ “एकपल्ट फेरि” शब्दहरूबाट बुझिन्छ। स्वर्गमा भएका हल्लाउन नसकिने कुराहरू सदासर्वदा रहिरहोस् भन्ने हेतुले उहाँले यसो गर्नुहुनेछ। BSB BSB: The words “Once more” signify the removal of what can be shaken—that is, created things—so that the unshakable may remain.
28 UDB यसैले कुनै कुराले पनि हल्लाउन नसक्ने राज्यकाो सदस्यहरू हामी हुँदैछौं भनी जानेर हामी परमेश्वरलाई धन्यवाद चढाऔं। परमेश्वरको महान शक्ति र प्रेमको निम्ति उहाँलाई धेरै धन्यवाद तथा असीम भयसहित कृतज्ञ हुँदै हामी उहाँको आराधना गरौं। BSB BSB: Therefore, since we are receiving an unshakable kingdom, let us be filled with gratitude, and so worship God acceptably with reverence and awe.
29 UDB याद गर, हामीले आराधना गर्ने परमेश्वर हरेक अशुद्ध कुरा जलाउने आगो जस्तै हुनुहुन्छ। BSB BSB: “For our God is a consuming fire.”
Select verses for actions: Enter goes to them and Escape comes back.