1 UDB म याकूबले परमेश्वरको सेवा गर्छु र म प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग बन्धनमा छु। ख्रीष्टमा विश्वास गर्ने तथा संसारभरि छरिएका बाह्रै यहूदी कुलहरूलाई म यो पत्र लेख्दैछु। तिमीहरू सबैलाई मेरो अभिवादन छ। BSB BSB: James, a servant of God and of the Lord Jesus Christ, To the twelve tribes of the Dispersion: Greetings.
2 UDB मेरा विश्वासी बन्धहरू, तिमीहरूले विभिन्न किसिमका कठनाइहरूको अनुभव गर्नुपर्दा त्यसलाई ठूलो रूपमा आनन्द गर्नुपर्ने केही कुरा जस्तो सम्झ। BSB BSB: Consider it pure joy, my brothers, when you encounter trials of many kinds,
3 UDB कठिनाइहरूमा तिमीहरूले परमेश्वरमा विश्वास गर्दा ती कुराले तिमीहरूलाई झन् बढी कठिनाइहरू सहन सहायता गर्छ भन्ने कुरा बुझ। BSB BSB: because you know that the testing of your faith develops perseverance.
4 UDB कठिनाइहरूलाई ती कुराको अन्तसम्म नै सहनशील होओ जसको कारणले हरेक किसमले तिमीहरूले ख्रीष्टको अनुसरण गर्न सक्छौ। तब तिमीहरू असल गर्न असमर्थ हुनेछैनौ। BSB BSB: Allow perseverance to finish its work, so that you may be mature and complete, not lacking anything.
6 UDB तर तिमीहरूले परमेश्वरसँग विन्ति गर्दा, तिमीहरूले जवाफ पाउन उहाँमा विश्वास गर। उहाँले जवाफ दिनुहुन्छ र सधैं तिमीहरूलाई मदत गर्नुहुन्छ भन्ने कुरामा शंका नगर, किनभने परमेश्वरलाई निरन्तर शंका गर्ने मानिसहरूले उहाँको अनुसरण गर्न सक्दैनन्, जस्तो हावाले समुद्रको छाल अघिपछि हुन्छ र यसरी निरन्तर एउटै दिशामा अघि बढ्न सक्दैन। BSB BSB: But he must ask in faith, without doubting, because he who doubts is like a wave of the sea, blown and tossed by the wind.
7 UDB वास्तवमा शंका गर्ने मानिसहरूले प्रभु परमेश्वरबाट मागेको कुनै पनि कुरा उहाँले गर्नुहुनेछ भनेर विचार गर्नुहुँदैन। BSB BSB: That man should not expect to receive anything from the Lord.
8 UDB किनकि तिनीहरू त्यस्ता मानिसहरू हुन् जसले येशूको अनुसरण गर्नेछन् कि छैनन् भनी निर्णय गर्न सक्दैनन्। यी मानिसहरूले जे आफूले गर्ने कुरा भन्छन् त्यो तिनीहरूले गर्दैनन्। BSB BSB: He is a double-minded man, unstable in all his ways.
9 UDB गरीब विश्वासीहरू खुशी हुनुपर्छ किनभने परमेश्वरले तिनीहरूको आदर गर्नुभएको छ। BSB BSB: The brother in humble circumstances should exult in his high position.
10 UDB र धनी विश्वासीहरू परमेश्वरले तिनीहरूलाई विनम्र बनाउनुभएकोमा खुशी हुनुपर्छ, जसले तिनीहरूलाई येशू ख्रीष्टमा विश्वास गर्न मदत पुग्छ, किनभने तिनीहरू र तिनीहरूका धनसम्पति बितेर जानेछन्, जसरी जंगली फूलहरू ओइलाएर जानेछन्। BSB BSB: But the one who is rich should exult in his low position, because he will pass away like a flower of the field.
11 UDB घाम उदाएपछि टन्टलापुर गर्मीले बिरूवाहरू सुकाइदिन्छन् र फुलहरू झारिछन् र सुन्दरताहरू रहने छैनन्। सुकेर जाने फूलझैं, धनी मानिसहरू धन कमाउँदै गर्दा मर्नेछन्। BSB BSB: For the sun rises with scorching heat and withers the plant; its flower falls and its beauty is lost. So too, the rich man will fade away in the midst of his pursuits.
12 UDB कठोर परीक्षाहरू सहनेहरूलाई परमेश्वरले आदर गर्नुहुन्छ, किनभने परमेश्वरले तिनीहरूलाई अनन्त जीवनको इनाम दिनुहुनेछ, जसरी उहाँलाई प्रेम गर्नेहरू सबैलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको छ। BSB BSB: Blessed is the man who perseveres under trial, because when he has stood the test, he will receive the crown of life that God has promised to those who love Him.
14 UDB तर हरेक व्यक्तिले खराब गर्ने इच्छा गर्छ र यसैले तिनीहरू त्यो गर्छन्, यसरी तिनीहरू पासोमा पर्दैछन्। BSB BSB: But each one is tempted when by his own evil desires he is lured away and enticed.
15 UDB त्यसपछि, तिनीहरूका दुष्ट विचारहरूले तिनीहरूलाई पाप गर्न लगाउँछ र यो पापले तिनीहरूलाई विनाश नपारेसम्म तिनीहरूको दिमागलाई कब्जा गर्छ। त्यसपछि, खराब इच्छाहरू एकसाथ हुँदा, पापले जन्म लिन्छ, जसको अर्थ व्यक्तिले पाप गर्छ र येशूले मात्र क्षमा गर्न सक्नुहुन्छ। र जब पापले अन्तिम परिणाम उत्पन्न गर्छ, तब मृत्यु आउँछ, दुवै शारीरको र आत्मको मृत्यु हुन्छ, जसको अर्थ पापीचाहिं सदासर्वदाको लागि परमेश्वरबाट अलग भएको हुन्छ। यो अन्तिम मृत्युबाट येशूले मात्र हामीलाई बचाउन सक्नुहुन्छ। BSB BSB: Then after desire has conceived, it gives birth to sin; and sin, when it is full-grown, gives birth to death.
16 UDB मेरो विश्वासी बन्धुहरू जसलाई म प्रेम गर्छु, आफैलाई धोखा दिन छोड। BSB BSB: Do not be deceived, my beloved brothers.
17 UDB साँच्चै असल तथा सिद्ध वरदान परमेश्वर पिताबाट आउँछ जो स्वर्गमा हुनुहुन्छ। उहाँ नै सत्य परमेश्वर हुनुहुन्छ जसले हामीलाई ज्योति दिनुहुन्छ। सृष्टी गरिएको कुराहरू परिवर्तन भएझैं, छाँयाहरू देखापर्ने र हराउने गरेझैं, परमेश्वर परिवर्तन हुनुहुन्न। परमेश्वर कदापि परिवर्तन हुनुहुन्न र उहाँ सधैं असल हुनुहुन्छ! BSB BSB: Every good and perfect gift is from above, coming down from the Father of the heavenly lights, with whom there is no change or shifting shadow.
18 UDB जब हामीले परमेश्वरको साँचो सन्देशमा विश्वास गर्यौं, तब उहाँले हामीलाई आत्मिक जीवन दिनभयो। यसैले येशूका विश्वासीहरू नै आत्मिक जीवन पाउने प्रथम मानिसहरू भएका छन्, जुन येशूले मात्र दिन सक्नुहुन्छ। BSB BSB: He chose to give us birth through the word of truth, that we would be a kind of firstfruits of His creation.
19 UDB मेरा विश्वासी बन्धुहरू जसलाई म प्रेम गर्छु, तिमीहरूमध्ये हरेक व्यक्तिले परमेश्वरको सत्य सन्देशमा ध्यान दिनुपर्छ भन्ने कुरा तिमीहरूलाई थाहा छ। तिमीहरू आफ्ना विचारहरू तिमीहरूले चाँडै बोल्नुहुँदैन, नत चाँडै रिसाउनुहुन्छ, BSB BSB: My beloved brothers, understand this: Everyone should be quick to listen, slow to speak, and slow to anger,
20 UDB किनकि जब हामी रसाउँछौं, तब परमेश्वरले हामीबाट इच्छा गर्नुहुने धार्मिक कुराहरू गर्न हामी सक्दैनौंँ। BSB BSB: for man’s anger does not bring about the righteousness that God desires.
21 UDB यसैले सबै किसिमका खराब कुराहरू गर्न छोड र परमेश्वरले तिमीहरूका अन्तस्करणहरूमा रोप्नुभएको सन्देशलाई नम्रतासाथ स्वीकार गर, किनभने तिमीहरूले उहाँको सन्देशलाई स्वीकार गर्यौ भने, उहाँले तिमीलाई बचाउन सक्नुहुन्छ। BSB BSB: Therefore, get rid of all moral filth and every expression of evil, and humbly accept the word planted in you, which can save your souls.
22 UDB परमेश्वरको शन्देसमा भएका आज्ञाहरू पालन गर। त्यसलाई सुन्ने मात्र नगर किनभने मानिसहरू जसले वचन सुन्छन् मात्र र त्यसलाई पालन गर्दैनन् भने, परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ भनी गलत किसिमको विचार तिनीहरूमा हुन्छन्। BSB BSB: Be doers of the word, and not hearers only. Otherwise, you are deceiving yourselves.
23 UDB कोही मानिसहरू परमेश्वरको शन्देस सुन्छन् तर त्यसले जे भन्छ त्यो गर्दैनन्। तिनीहरू त्यस्तो मानिस जस्तो हो जसले आफ्नो अनुहार ऐनामा हेर्छ। BSB BSB: For anyone who hears the word but does not carry it out is like a man who looks at his face in a mirror,
24 UDB उसले आफूलाई हेरे तापनि, ऊ ऐनाबाट टाढा जान्छ र ऊ कस्तो देखिन्छ भन्ने कुरा तुरुन्तै बिर्सन्छ। BSB BSB: and after observing himself goes away and immediately forgets what he looks like.
25 UDB तर अरू मानिसहरूले परमेश्वरको शन्देसलाई नजिकबाट हेर्छन्, जुन सिद्ध छ, जसले स्वइच्छाले परमेश्वरको इच्छा पूरा गर्न मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। र तिनीहरूले परमेश्वरको शन्देसलाई निरन्तर जाँच गर्छन् र त्यसलाई सुन्ने र त्यसपछि बिर्सीहाल्ने मात्र गर्दैनन्, तर परमेश्वरले तिनीहरूलाई जे गर्न भन्नुहुन्छ त्यो गर्छन् भने, तिनीहरूले जे गर्छन् त्यो कारणले परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुनेछ। BSB BSB: But the one who looks intently into the perfect law of freedom, and continues to do so—not being a forgetful hearer, but an effective doer—he will be blessed in what he does.
26 UDB कोही मानिसहरूले ठिक किसिमले परमेश्वरको आराधना गर्छन् भन्ने तिनीहरूको विचार हुन्छ तर तिनीहरूका बोली-वचन स्वभावैले खराब हुन्छन्। मानिसहरूले ठिक किसिमले परमेश्वरको आराधना गर्छन् भनेर तिनीहरूले विचार गर्ने कुरा नै गलत छ। साँचो कुरा यो हो कि तिनीहरूले व्यर्थमा परमेश्वरको आराधना गर्छन्। BSB BSB: If anyone considers himself religious and yet does not bridle his tongue, he deceives his heart and his religion is worthless.
27 UDB परमेश्वरले हामीलाई गर्न भन्नुभएका कुराहरूमध्ये एउटाचाहिं अनाथहरू र विधवाहरूको हेरविचार गर्नु हो जसले कठिनाइहरूका सामना गर्छन्। त्यसो गर्नेहरूले र परमेश्वरको आज्ञा पालन नमान्नेहरूले जस्तो अनैतिक किसिमले विचार वा काम नगर्नेहरूले साँचो रूपमा परमेश्वरको आराधना गर्छन्, जो हाम्राो पिता हुनुहुन्छ, अनि परमेश्वरले तिनीहरूलाई ग्रहण गर्नुहुन्छ। BSB BSB: Pure and undefiled religion before our God and Father is this: to care for orphans and widows in their distress, and to keep oneself from being polluted by the world.
Select verses for actions: Enter goes to them and Escape comes back.