1 UDB मेरा भाइहरू र बहिनीहरू, कुनै पनि कुराभन्दा महान् एक जना हाम्रा प्रभु येशू ख्रीष्टलाई तिमीहरूले विश्वास गरेको हुनाले कोही मानिसलाई अरूलाई भन्दा बढ्ता आदर गर्ने विचार नगर। BSB BSB: My brothers, as you hold out your faith in our glorious Lord Jesus Christ, do not show favoritism.
2 UDB उदाहरणको लागि, एक जना व्यक्ति जसले सुनका औठीहरू र राम्रा लुगाहरू लगाएर तिमीहरूका भेलामा प्रवेश गर्छ। एक जना गरीब व्यक्ति जसले झुत्राो लुगाहरू लगाएर आउँछ। BSB BSB: Suppose a man comes into your meeting wearing a gold ring and fine clothes, and a poor man in shabby clothes also comes in.
3 UDB र राम्रा लुगा लगाएर आउनेलाई तिमीहरूले विशेष ध्यान दिएर भन्छौ, “कृपया यहाँ राम्रो आसनमा बस्नुहोस्!” र त्यो गरीबलाई तिमीहरू भन्छौ, “तँ त्यहाँ खडा हो वा भुईंमा बस!”। BSB BSB: If you lavish attention on the man in fine clothes and say, “Here is a seat of honor,” but say to the poor man, “You must stand” or “Sit at my feet,”
4 UDB तब तिमीहरूले एक अर्कामा गलत कारणहरूले न्याय गरेका हुन्छौ। BSB BSB: have you not discriminated among yourselves and become judges with evil thoughts?
5 UDB मेरा भाइहरू र बहिनीहरू जसलाई म प्रेम गर्छु, मेरा कुरा सुन। कुनै मूल्य नभएका गरीब मानिसहरूलाई परमेश्वरमा धेरै विश्वास गर्नलाई उहाँले रोज्नुभएको छ। यसैले उहाँले हरेक ठाउँका हरेक व्यक्तिमा राज्य गर्नुहुँदा उहाँले तिनीहरूलाई महान् कुराहरू दिनुहुनेछ। उहाँलाई प्रेम गर्ने हरेक व्यक्तिलाई उहाँले यही प्रतिज्ञा दिनुभएको छ। BSB BSB: Listen, my beloved brothers: Has not God chosen the poor of this world to be rich in faith and to inherit the kingdom He promised those who love Him?
6 UDB तर तिमीहरू गरीब मानिसहरूलाई अनादर गर्छौ। यस विषयमा विचार गर! तिमीहरूलाई दु:ख दिनेहरू धनी मानिसहरू नै हुन्, गरीब मानिसहरू होइनन्! तिमीहरूलाई दोष लगाउन अदालतमा न्यायाधीशहरूका सामु जबरजस्ती लानेहरू धनीहरू नै हुन्! BSB BSB: But you have dishonored the poor. Is it not the rich who oppress you and drag you into court?
7 UDB र प्रभु येशू ख्रीष्टको विरुद्धमा दुष्ट कुरा बोल्ने तिनीहरू नै हुन् जो प्रशंसाको योग्य हुनुहुन्छ जसमा तिमीहरूको जीवन छ! BSB BSB: Are they not the ones who blaspheme the noble name by which you have been called?
8 UDB तिमीहरूलाई धर्मशास्त्रमा लेखिएका राजकीय व्यवस्थाको अनुसरण गर्छौ भने, तिमीहरूले आज्ञा देख्नेछौ, “आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर।”। तिमीहरूले अरूलाई प्रेम गर्छौ भने, तिमीहरूले जे ठिक छ त्यही गर्दैछौ। BSB BSB: If you really fulfill the royal law stated in Scripture, “Love your neighbor as yourself,” you are doing well.
9 UDB तर तिमीहरूले केही मानिसलाई अरूलाई भन्दा बढ्ता आदर गर्छौ भने, तिमीहरूले खराब गर्दैछौ। र परमेश्वरले हामीलाई जे गर्ने आज्ञा दिनुभयो त्यो तिमीहरूले पालन नगर्ने हुनाले, उहाँले तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, किनभने तिमीहरू उहाँका व्यवस्थामा अनाज्ञाकारी हुन्छौ। BSB BSB: But if you show favoritism, you sin and are convicted by the law as transgressors.
10 UDB तिनीहरूले परमेश्वरका सबै व्यवस्था पालन गरेर उहाँको एउटा मात्रै व्यवस्थामा अनाज्ञाकारी हुन्छन् भने पनि, परमेश्वरले उहाँका सबै व्यवस्थामा अनाज्ञाकारी भएको व्यक्तिजस्तै दोषी विचार गर्नुहुन्छ। BSB BSB: Whoever keeps the whole law but stumbles at just one point is guilty of breaking all of it.
11 UDB उदाहरणको लागि, परमेश्वरले भन्नुभयो, “व्यभिचार नगर” तर उहाँले नै यसो पनि भन्नुभयो, “कुनै व्यक्तिको हत्या नगर।” यसैले तिमीहरू व्यभिचार गर्दैनौ तर तिमीहरूले कुनै व्यक्तिको हत्या गर्छौ भने, तिमीहरू एक जना व्यक्ति बनेका हुन्छौ जो परमेश्वरको व्यवस्थामा अनाज्ञाकारी हुन्छ। BSB BSB: For He who said, “Do not commit adultery,” also said, “Do not murder.” If you do not commit adultery, but do commit murder, you have become a lawbreaker.
12 UDB अरूप्रति सधैं त्यस्ता मानिसहरूले झैं बोल र व्यवहार गर जसको इन्साफ परमेश्वरले हाम्रा पापहरूका निम्ति दण्ड पाउनबाट हामीलाई स्वतन्त्र गराउने व्यवस्था प्रयोग गर्दै गर्नुहुनेछ। BSB BSB: Speak and act as those who are going to be judged by the law that gives freedom.
13 UDB किनभने परमेश्वरले हाम्रो इन्साफ गर्नुहुँदा, अरूप्रति कृपालु भएर व्यवहार नगर्नेहरूप्रति उहाँले पनि कृपालु भएर व्यवहार गर्नुहुनेछैन। तर हामीहरू अरूप्रति कृपालु भयौं भने, तब परमेश्वरले हाम्रो इन्साफ गर्नुहुँदा हामी डराउनैछैनौं। BSB BSB: For judgment without mercy will be shown to anyone who has not been merciful. Mercy triumphs over judgment.
15 UDB उदाहरणको लागि, एक जना भाइ वा बहिनीलाई प्रत्येक दिनको लागि लुगाहरू वा भोजनको निरन्तर अभाव भइरहेको छ। BSB BSB: Suppose a brother or sister is without clothes and daily food.
16 UDB र तिमीहरूमध्ये एक जनाले तिनीहरूलाई भन्छौ, “चिन्ता नगर, जाऊ, न्यानो बस, र आफूलाई आवश्यक भोजन खोज!” तर तिनीहरूका शरीरलाई चाहिने कुराहरू तिमीहरूले तिनीहरूलाई दिंदैनौ भने, तब त्यसले तिनीहरूलाई कुनै सहायता हुनेछैन! BSB BSB: If one of you tells him, “Go in peace; stay warm and well fed,” but does not provide for his physical needs, what good is that?
17 UDB यसरी नै अरूलाई सहायता पुर्याउनलाई तिमीहरू असल कामहरू गर्दैनौ भने, तिमीहरूले ख्रीष्टमा विश्वास गर्छौं भन्नु मरेको व्यक्तिजस्तै काम नलाग्ने हुन्छ! तिमीहरूले साँचो रूपमा ख्रीष्टलाई विश्वास गर्दैनौ। BSB BSB: So too, faith by itself, if it does not result in action, is dead.
18 UDB तर कोही व्यक्तिले मलाई भन्ला, “परमेश्वरमा विश्वास गरेको कारणले उहाँले केही मानिसहरूलाई मात्र बचाउनुहुन्छ, र अरूले मानिसहरूका निम्ति असल कामहरू गरेको कारणले उहाँले तिनीहरूलाई बचाउनुहुन्छ।” म त्य व्यक्तिलाई जवाफ दिन्छु, “मानिसहरूले अरूका निम्ति असल कामहरू गर्दैनन् भने, तिनीहरूले परमेश्वरमा साँच्चै विश्वास गर्छन् भनेर तिमीले मलाई प्रमाणित गर्न सक्दैनौ! तर अरूका निम्ति असल कामहरू गरेर म परमेश्वरमा साँच्चै विश्वास गर्छु भनेर म तिमीलाई प्रमाणित गर्नेछु! BSB BSB: But someone will say, “You have faith and I have deeds.” Show me your faith without deeds, and I will show you my faith by my deeds.
20 UDB साथै तिमी मुर्ख व्यक्ति, म तिमीलाई प्रमाण दिनेछु, जुन व्यक्तिले, “म परमेश्वरमा विश्वास गर्छु,” भन्छ, तर असल कामहरू गर्दैन भने, त्यो व्यक्तिले जे भन्छ त्यो कुराले उसलाई कुनै किसिमले सहायता गर्दैन। BSB BSB: O foolish man, do you want evidence that faith without deeds is worthless?
21 UDB हाम्रा पुर्खा अब्राहामलाई हामी सबै आदर गर्छौं। परमेश्वरले तिनलाई जे गर्न भन्नुभयो त्यो आज्ञा पालन गर्ने कोसिस तिनले गरे! तिनले आफ्नाो छोरा इसहाकलाई वेदीमा परमेश्वरलाई दिने कोसिस गरे। परमेश्वरको आज्ञा पालन गर्ने कोसिस गरेको निम्ति उहाँले अब्राहामलाई एक जना धार्मी व्यक्ति ठान्नुभयो। BSB BSB: Was not our father Abraham justified by what he did when he offered his son Isaac on the altar?
22 UDB यसरी, अब्राहामले परमेश्वरमा विश्वास गरे र उहाँका आज्ञा पालन गरे। तिनले परमेश्वरको आज्ञा पालन गरेर तिनले उहाँमा गरेको विश्वासलाई पूर्णता दिए। BSB BSB: You see that his faith was working with his actions, and his faith was perfected by what he did.
23 UDB र यसरी धर्मशास्त्रमा लेखिए जस्तो भयो, “अब्राहामले परमेश्वरमा साँचो किसिमले विश्वास गरेको कारणले, परमेश्वरले तिनलाई ठिक काम गर्ने कुनै व्यक्तिको रूपमा हेर्नुभयो।” परमेश्वरले अब्राहामको बारेमा यसो पनि भन्नुभयो, “यिनी मेराो मित्र हुन्।” BSB BSB: And the Scripture was fulfilled that says, “Abraham believed God, and it was credited to him as righteousness,” and he was called a friend of God.
25 UDB यसरी नै, राहाबले जे गरिन् त्यो कारणले परमेश्वरले तिनलाई असल ठान्नुभयो। राहाब वेश्या भएकी थिइन्, तर तिनले भूमीको जासूस गर्न आएका सन्देश वाहकहरूलाई वास्ता गरिन् र तिनीहरू आएकोभन्दा अर्कै बाटोबाट तिनीहरूलाई घर पठाएर तिनले तिनीहरूलाई उम्कन मदत पुर्याइन्। BSB BSB: In the same way, was not even Rahab the prostitute justified by her actions when she welcomed the spies and sent them off on another route?
26 UDB श्वास-प्रश्वास लिन छोडेको एक जना व्यक्ति मरेको हुने र उसको शरीर काम नलाग्ने हुने भए जस्तै, कोही व्यक्ति जसले परमेश्वरमा विश्वास गरेको छ भन्छ तर कुनै असल गर्दैन भने, परमेश्वरमा व्यर्थैमा विश्वास गर्छ। BSB BSB: As the body without the spirit is dead, so faith without deeds is dead.
Select verses for actions: Enter goes to them and Escape comes back.