2 UDB उहाँले कुनै कुरा सृष्टि गर्न सुरु गर्नुभन्दाअघि उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो। BSB BSB: He was with God in the beginning.
4 UDB सबै जीवन वचनमा नै छ, यसैले उहाँले हरेक कुरा र हरेक व्यक्तिलाई जीवन दिन सक्नुभयो। वचन परमेश्वरको ज्योति थियो जो हरेक व्यक्ति, हरेक ठाउँमा चम्कियो। BSB BSB: In Him was life, and that life was the light of men.
5 UDB यो ज्योति अँध्यारोमा चम्कियो, र अँध्यारोले यसलाई निभाउन कोसिस गर्यो तर त्यसले सकेन। BSB BSB: The Light shines in the darkness, and the darkness has not overcome it.
7 UDB तिनी ज्योतिको बारेमा मानिसहरूलाई साक्षी दिनलाई आए। तिनले भनेको कुरा सत्य थियो, र तिनले त्यो सन्देश घोषणा गरे ता कि हरेक व्यक्तिले विश्वास गर्न सकून्। BSB BSB: He came as a witness to testify about the Light, so that through him everyone might believe.
8 UDB यूहन्ना आफैँ ज्योति थिएनन्, तर तिनी ज्योतिको बारेमा मानिसहरूलाई भन्न आए। BSB BSB: He himself was not the Light, but he came to testify about the Light.
9 UDB यो सत्य ज्योति थियो जो हरेक व्यक्तिमा चम्किन्छ, र त्यो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो। BSB BSB: The true Light, who gives light to everyone, was coming into the world.
10 UDB वचन संसारमा हुनुहुन्थ्यो, र यद्यपि, संसार उहाँले नै बनाउनुभएको थियो, उहाँ को हुनुहुन्थ्यो भनी यसका मानिसहरूमध्ये कुनैले पनि चिनेन। BSB BSB: He was in the world, and though the world was made through Him, the world did not recognize Him.
11 UDB यद्यपि, उहाँको आफ्नै संसारमा, र उहाँका आफ्नै मानिस, यहूदीहरूकहाँ उहाँ आउनुभयो, तिनीहरूले उहाँलाई तिरस्कार गरे। BSB BSB: He came to His own, and His own did not receive Him.
12 UDB तर सबैजना जसले उहाँलाई आफ्नो जीवनमा ग्रहण गरे र उहाँमा विश्वास गरे, तिनीहरूलाई उहाँले परमेश्वरका छोराछोरी हुने अधिकार दिनुभयो। BSB BSB: But to all who did receive Him, to those who believed in His name, He gave the right to become children of God—
13 UDB यी छोराछोरी परमेश्वरबाट जन्मिएका हुन्। यिनीहरू मानव जन्मको सामान्य प्रक्रियाद्वारा जन्मिएका थिएनन्, न मानवको इच्छा वा रोजाइले, न पिता बन्नलाई पतिको इच्छाको कराणले नै। BSB BSB: children born not of blood, nor of the desire or will of man, but born of God.
15 UDB एकदिन बप्तिस्मा दिने यूहन्नाले वचनको बारेमा मानिसहरूलाई भन्दैथिए, र येशू तिनीकहाँ आउनुभयो। यूुहन्नाले आफ्नो वरिपरीको भिडलाई कराएर भने, “मैले तिमीहरूलाई भनें, कोही एकजना म पछि आउनुहुन्छ, कोही एकजना जो मभन्दा अत्यन्त धेरै प्रतिष्ठित हुनुहुन्छ। उहाँ मभन्दा धेरै अघि, म जन्मनुभन्दा अनन्त युगहरू पहिले देखि नै अस्तित्वमा हुनुहुन्थ्यो। यही मानिस यहाँ हुनुहुन्छ! मैले भन्दै आएको मानिस उहाँ नै हुनुहुन्छ!” BSB BSB: John testified concerning Him. He cried out, saying, “This is He of whom I said, ‘He who comes after me has surpassed me because He was before me.’”
16 UDB उहाँले जे गर्नुभएको छ त्यसबाट हामी सबैलाई धेरै फाइदा भएको छ। पटक पटक उहाँले हामीप्रति दयालु भएर व्यवहार गर्नुभएको छ। BSB BSB: From His fullness we have all received grace upon grace.
17 UDB मोशाले परमेश्वरकोा व्यवस्थाहरू यहूदी मानिसहरूलाई घोषणा गरे। येशू ख्रीष्ट हामीप्रति हामीले पाउनयोग्य भन्दा अति धेरै दयालु हुनुभयो र उहाँले हामीलाई परमेश्वरको बारेमा सत्य कुराहरू सिकाउनुभयो। BSB BSB: For the law was given through Moses; grace and truth came through Jesus Christ.
19 UDB यूहन्नाले आफ्नो गवाहीको रूपमा यसो भने: यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई पठाए; तिनीहरू यूहन्नालाई सोध्न आए, “तिमी को हौ?” BSB BSB: And this was John’s testimony when the Jews of Jerusalem sent priests and Levites to ask him, “Who are you?”
20 UDB यसैले यूहन्नाले तिनीहरूलाई साक्षी दिए र भने्, “म ख्रीष्ट होइन!” BSB BSB: He did not refuse to confess, but openly declared, “I am not the Christ.”
22 UDB यसैले तिनीहरूले तिनलाई फेरि एकपल्ट सोधे, “त्यसोभए तिमी को हौ भनी दाबी गर्छौ? हामीलाई भन ता कि हामी फर्केर जान र हामीलाई पठाउनेहरूलाई विवरण दिन सकौँ। तिमी आफ्नै बारेमा के भन्छौ?” BSB BSB: So they said to him, “Who are you? We need an answer for those who sent us. What do you say about yourself?”
23 UDB तिनले जवाफ दिए जस्तो यशैया अगमवक्ताले लेखेका थिए, “म उजाड-स्थानमा कराउने एउटा व्यक्ति हुँ, ‘परमप्रभुलाई हामीकहाँ आउनलाई बाटो असल बनाओ।’” BSB BSB: John replied in the words of Isaiah the prophet: “I am a voice of one calling in the wilderness, ‘Make straight the way for the Lord.’”
24 UDB यी मानिसहरूमध्ये कोही फरिसीहरूबाट यूहन्नाकहाँ आए। BSB BSB: Then the Pharisees who had been sent
25 UDB तिनीहरूले तिनलाई सोधे, “तिमी ख्रीष्ट होइनौ न एलिया न अगमवक्ता हौ भनी तिमी भन्छौ भने, तब तिमी किन बप्तिस्मा दिंदैछौ?” BSB BSB: asked him, “Why then do you baptize, if you are not the Christ, nor Elijah, nor the Prophet?”
26 UDB यूहन्नाले जवाफ दिए, “म मानिसहरूलाई पानीले बप्तिस्मा दिँदैछु, तर त्यहाँ तिमीहरू माझमा अहिले कोही एकजना खडा हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौ। BSB BSB: “I baptize with water,” John replied, “but among you stands One you do not know.
27 UDB उहाँ मेरो पछि आउनुहुन्छ, तर उहाँका जुत्ताहरू फुकाउनलाई पनि म लायकको छैन।” BSB BSB: He is the One who comes after me, the straps of whose sandals I am not worthy to untie.”
28 UDB यी कुराहरू यर्दन नदीको पूर्वपट्टि बेथानिया गाउँमा भए। यूहन्नाले त्यसै ठाउँमा बप्तिस्मा दिँदैथिए। BSB BSB: All this happened at Bethany beyond the Jordan, where John was baptizing.
29 UDB भोलिपल्ट यूहन्नाले येशूलाई आफूतिर आउँदै गर्नुभएको देखे। तिनले मानिसहरूलाई भने, “हेर! परमेश्वरको थुमा, जसले आफ्नो जीवनलाई संसारका पापहरू हटाउनलाई बलिको रूपमा दिनुहुने छ। BSB BSB: The next day John saw Jesus coming toward him and said, “Look, the Lamb of God, who takes away the sin of the world!
30 UDB उहाँ नै हुनुहुन्छ जसको बारेमा मैले भनें, “कोही एकजना म पछि आउनुहुने छ, जो मभन्दा धेरै प्रतिष्ठित हुनुहुन्छ, किनभने उहाँ मभन्दा धेरैअघि, म जन्मनुभन्दा अनन्त युगहरू पहिलेदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो।” BSB BSB: This is He of whom I said, ‘A man who comes after me has surpassed me because He was before me.’
31 UDB मैले सुरूमा उहाँलाई चिनिन, तर अब उहाँ को हुनुहुन्छ भनी म उहाँलाई चिन्छु। मेरो काम चाहीँ आउनुपर्ने र जसले पश्चाताप गरे र आफ्ना पापहरूबाट फर्के तिनीहरूलाई पानीले बप्तिस्मा दिनुपर्ने थियो। म चाहान्छु कि इस्राएलका मानिसहरूले उहाँ को हुनुहुन्छ भनी चिनून्।” BSB BSB: I myself did not know Him, but the reason I came baptizing with water was that He might be revealed to Israel.”
32 UDB तिनले जे देखे त्यो हामीलाई भन्नुपर्ने यूहन्नाको काम थियो। तिनले यसरी बोले: “परमेश्वरको आत्मा एउटा ढुकुरकोरूपमा स्वर्गबाट तल आउँदै गर्नुहुँदा मैले उहाँलाई देखेँ। आत्मा तल आउनुभयो र येशूमा बास गर्नुभयो। BSB BSB: Then John testified, “I saw the Spirit descending from heaven like a dove and resting on Him.
33 UDB सुरूमा म आफैँले पनि उहाँलाई चिनिन, तर परमेश्वरले मलाई मानिसहरूलाई पानीले बप्तिस्मा दिन पठाउनुभयो, मानिसहरू जसले भने तिनीहरू आफ्ना पापपूर्ण मार्गहरूबाट फर्कन चाहन्थे। परमेश्वरले मलाई भन्नुभयो, ‘जुन मानिसमा मेरो आत्मा तल आउँदै र बस्दै गर्नुभएको देख्नेछौ, उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरू सबैलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुने छ।’ BSB BSB: I myself did not know Him, but the One who sent me to baptize with water told me, ‘The man on whom you see the Spirit descend and rest is He who will baptize with the Holy Spirit.’
34 UDB मैले देखेको छु र म तिमीहरूलाई गवाही दिँन्छु कि उहाँ नै परमेश्वरको पुत्र हुनुहुन्छ।” BSB BSB: I have seen and testified that this is the Son of God.”
35 UDB बप्तिस्मा दिने यूहन्ना अर्कोदिन आफ्ना चेलाहरूमध्ये दुईजनासँग फेरि त्यसै ठाउँमा थिए। BSB BSB: The next day John was there again with two of his disciples.
36 UDB जब तिनले येशू जाँदै गर्नुभएको देखे, तिनले भने्, “हेर! परमेश्वरको थुमा, मानिस जसलाई आफ्नो जीवन दिनलाई परमेश्वरले नियुक्त गर्नुभयो, जस्तो इस्राएलका मानिसहरूद्वारा आफ्ना पापहरूको मूल्य तिर्नलाई एउटा थुमा मारिन्थ्यो!” BSB BSB: When he saw Jesus walking by, he said, “Look, the Lamb of God!”
37 UDB यूहन्नाका दुईजना चेलाहरूले यूहन्नाको कुरा सुनेपछि, तिनीहरूले यूहन्नालाई छाडे र उहाँको पछि लागे। BSB BSB: And when the two disciples heard him say this, they followed Jesus.
38 UDB येशू पछडि फर्कनुभयो र तिनीहरूलाई आफ्नो पछि आउँदैगरेको देख्नुभयो र उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के खोज्दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्बी (जसको अर्थ ‘शिक्षक‘), तपाईं कहाँ बस्दै हुनुहुन्छ हामीलाई भन्नुहोस्।” BSB BSB: Jesus turned and saw them following. “What do you want?” He asked. They said to Him, “Rabbi” (which means Teacher), “where are You staying?”
39 UDB उहाँले जवाफ दिनुभयो, “मसँग आओ, र तिमीहरूले देख्नेछौ!” यसैले तिनीहरू आए र येशू काहाँ बस्दै हुनुहुन्थ्यो हेरे। त्यो दिन तिनीहरू उहाँसँग बसे, किनभने ढिलो हुँदैथियो। (दिउँसो करिब ४ बजेको थियो)। BSB BSB: “Come and see,” He replied. So they went and saw where He was staying, and spent that day with Him. It was about the tenth hour.
40 UDB येशूको पछि लाग्ने दुईजना चेलाहरूमध्ये एउटाको नाम अन्द्रियास थियो; तिनी सिमोन पत्रुसकाो भाइ थिए। BSB BSB: Andrew, Simon Peter’s brother, was one of the two who heard John’s testimony and followed Jesus.
41 UDB अन्द्रियास पहिले उसको दाजु सिमोनलाई खोज्न गए। जब तिनी उनीकहाँ आए, तिनले भने, “हामीले मसीिहलाई भट्टाएका छौं (जसको अर्थ ‘ख्रीष्ट’)!” BSB BSB: He first found his brother Simon and told him, “We have found the Messiah” (which is translated as Christ).
42 UDB अन्द्रियासले सिमोनलाई येशूकहाँ लगे। येशूले पत्रुसलाई ध्यानले हेर्नुभयो, र भन्नुभयो, “तिमी सिमोन हौ। तिम्रो बुबाको नाम यूहन्ना हो। तिमीलाई केफास नाम दिइनेछ।” केफास चाहिँ आरमेइक नाम हो जसको अर्थ ‘ठोस चट्टान’ हुन्छ।” (ग्रिकमा पत्रुसको अर्थ यही हो।) BSB BSB: Andrew brought him to Jesus, who looked at him and said, “You are Simon son of John. You will be called Cephas” (which is translated as Peter).
43 UDB अर्कोदिन येशूले यर्दन नदीको उपत्यकालाई छोड्ने निर्णय गर्नुभयो। उहाँ गालील वरिपरिको क्षेत्रमा जानुभयो र फिलिप नाम गरेको मानिसलाई भेट्टाउनुभयो। येशूले तिनलाई भन्नुभयो, “मसँग आऊ।” BSB BSB: The next day Jesus decided to set out for Galilee. Finding Philip, He told him, “Follow Me.”
45 UDB अनि फिलिप आफ्नो मित्र नथानेललाई खोज्न गए। जब तिनी उनीकहाँ आए, तिनले भने, “हामीले एकजना भेट्टाएका छौँ जसको बारेमा मोशाले लेखे, ख्रीष्ट। अगमवक्ताहरूले उहाँ आउनुहुन्छ भनी अगमवाणी गरे। ख्रीष्ट येशू हुनुहुन्छ। उहाँ नासरतको नगरबाट हुनुहुन्छ। उहाँको बुबाको नाम योसेफ हो।” BSB BSB: Philip found Nathanael and told him, “We have found the One Moses wrote about in the Law, the One the prophets foretold—Jesus of Nazareth, the son of Joseph.”
46 UDB नाथानेलीले जवाफ दिए, “नासरतबाट? के नासरतबाट केही असल कुरा आउन सक्छ?” फिलिपले जवाफ दिए, “आऊ र तिमीले देख्ने छौ!” BSB BSB: “Can anything good come from Nazareth?” Nathanael asked. “Come and see,” said Philip.
47 UDB जब येशूले नाथानेललाईी आउँदै गरेको देख्नुभयो, उहाँले तिनको बारेमा यसो भन्नुभयो, “त्यहाँ हेर! त्यहाँ एकजना इमान्दार र असल इस्राएली छन्! तिनले कहिल्यै कसैलाई धोका दिँदैनन्!” BSB BSB: When Jesus saw Nathanael approaching, He said of him, “Here is a true Israelite, in whom there is no deceit.”
48 UDB नाथानेलीले उहाँलाई सोधे, “म कस्तो किसिमको मानिस हुँ भनी तपाईंलाई कसरी थाहा भयो? तपाईंले मलाई चिन्नुहुन्न।” येशूले जवाफ दिनुभयो, “फिलिपले तिमीलाई बोलाउनुअघि मैले तिमीलाई देखेँ, जब तिमी आफू अञ्जीरको रूखमुनि बस्दै थियौ।” BSB BSB: “How do You know me?” Nathanael asked. Jesus replied, “Before Philip called you, I saw you under the fig tree.”
49 UDB अनि नाथानेलीले घोषणा गरे, “गुरूज्यू, तपाईं परमेश्वरको पुत्र हुनुपर्छ! हामीले प्रतिक्षा गरिरहेको इस्राएलको राजा तपाईं नै हुनुहुन्छ!” BSB BSB: “Rabbi,” Nathanael answered, “You are the Son of God! You are the King of Israel!”
50 UDB येशूले तिनलाई जवाफ दिनुभयो, “के मैले तिमीलाई अन्जिरको रूखमुनि देखेँ भनी मैले तिमीलाई भनेको कारणले मात्र तिमी मलाई विश्वास गर्छौ? त्यो भन्दा धेरै ठूला कुराहरू गरेको तिमीले मलाई देख्ने छौ!” BSB BSB: Jesus said to him, “Do you believe just because I told you I saw you under the fig tree? You will see greater things than these.”
51 UDB त्यसपछि येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई सत्य भन्दै छु: तिम्रा पुर्खा याकूबले धेरै पहिला देखेको दर्शन जस्तै, कुनै दिन स्वर्ग खोलिएको तिमीले देख्ने छौ र परमेश्वरका स्वर्गदूतहरू म, मानिसको पुत्रमा माथि जाँदै र तल आउँदै गरेको तिमीले देख्ने छौ।” BSB BSB: Then He declared, “Truly, truly, I tell you, you will all see heaven open and the angels of God ascending and descending on the Son of Man.”