1 UDB त्यसपछि प्रभु येशूले अरू सत्तरीजना मानिसहरूलाई प्रचार गर्न जानलाई नियक्त गर्नुभयो। उहाँले जाने इच्छा गर्नु भएको हरेक नगर र गाउँमा उहाँको अघि-अघि जानलाई उहाँले तिनीहरूलाई दुई-दुईजना गरी पठाउन तयार गर्नुभयो। BSB BSB: After this, the Lord appointed seventy-two others and sent them two by two ahead of Him to every town and place He was about to visit.
2 UDB उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल निश्चय नै प्रशस्त छ, तर कामदारहरू थोरै छन्। त्यसैले फसलका प्रभुसँग प्रार्थना गर र उहाँको फसल कटेर जम्मा गर्नलाई धेरै कामदारहरू पठाउन उहाँसँग विन्ती गर।” BSB BSB: And He told them, “The harvest is plentiful, but the workers are few. Ask the Lord of the harvest, therefore, to send out workers into His harvest.
3 UDB अब जाओ तर याद गर कि मेरो सन्देश भन्न म तिमीहरूलाई ती मानिसहरूकाहाँ पठाउँदैछु जो तिमीहरूबाट टाढा हुन खोज्नेछन्। तिमीहरू ब्वाँसोहरूको माझमा भेडाका पाठाहरू जस्तै हुनेछौ। BSB BSB: Go! I am sending you out like lambs among wolves.
4 UDB आफ्नो साथमा रूपिया कत्ति पनि नलैजाऊ। यात्राले बोक्ने झोला नलैजाऊ। जगेडा जुत्ताहरू नलैजाऊ। बाटोमा भेटिने मानिसहरूलाई अभिवादन गर्नलाई खडा नहोऊ। BSB BSB: Carry no purse or bag or sandals. Do not greet anyone along the road.
5 UDB जब तिमीहरू एउटा घरभित्र पस्छौ, पहिले ती मानिसहरूलाई भन्नु, ‘यस घरभित्र हुनुहुने तपाईंहरूलाई परमेश्वरले शान्ति दिनुभएको होस्!’ BSB BSB: Whatever house you enter, begin by saying, ‘Peace to this house.’
7 UDB तिमीहरूले त्यो गाउँ छोडेर नगएसम्म त्यही एउटा घरमा बस। एउटा घरबाट अर्को घरमा वरिपरि नसर। तिनीहरूले तिमीहरूलाई जे उपलव्ध गराउँछन् त्यही खाने र पिउने गर, किनभने एउटा कामदारले आफ्नो कामको उचित ज्याला पाउनुपर्छ। BSB BSB: Stay at the same house, eating and drinking whatever you are offered. For the worker is worthy of his wages. Do not move around from house to house.
8 UDB जब तिमीहरू एउटा नगरमा पस्छौ र त्यहाँका मानिसहरूले तिमीहरूलाई स्वागत गर्छन्, तिनीहरूले तिमीहरू लागि जे खानेकुरा उपलव्ध गराउँछन् त्यही खाऊ। BSB BSB: If you enter a town and they welcome you, eat whatever is set before you.
9 UDB त्यहाँ भएका बिमारी मानिसहरूलाई निको पार। तिनीहरूलाई भन, ‘परमेश्वरले चाँडै नै राजाको रूपमा सबै ठाउँमा राज्य गर्नुहुनेछ।’ BSB BSB: Heal the sick who are there and tell them, ‘The kingdom of God is near you.’
10 UDB तर यदि तिमीहरू पसेको नगरका मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन् भने, त्यसको मुख्य सडकमा जाऊ र भन, BSB BSB: But if you enter a town and they do not welcome you, go into the streets and declare,
11 UDB ‘जसै हामीले तिमीहरूका नगर छोड्दैछौं, तिमीहरूका विरूद्धमा एउटा चेतावनीको स्वरूपमा हाम्रा खुट्टाहरूमा टाँसीएको धुलोहरू पनि हामी पुछ्नेछौं। तथापी यो कुरा निश्चत जान; परमेश्वरले राजाको रूपमा चाँडै नै सबै थोकहरूमाथि राज्य गर्नुहुनेछ।’ BSB BSB: ‘Even the dust of your town that clings to our feet, we wipe off as a testimony against you. Yet be sure of this: The kingdom of God is near.’
12 UDB म तिमीहरूलाई भन्दछु, परमेश्वरले अन्तिम दिनमा सबै थोकहरूको न्याय गर्नुहुँदा, धेरै अघि सदोम सहरमा बसोबास गर्ने दुष्ट मानिसहरूलाई दिइएको भन्दा पनि अझ धेरै कठोर दण्ड त्यस नगरका मानिसहरूलाई दिइनेछ! BSB BSB: I tell you, it will be more bearable on that day for Sodom than for that town.
13 UDB खोराजीन र बेथसेदा सहरहरूमा बसोबास गर्ने मानिसहरू, तिमीहरूलाई कति डरलाग्दो हुनेछ, किनभने तिमीहरूले पश्चताप गर्न इन्कार गर्यौ। यदि मैले तिमीहरूका लागि गरेका आश्चर्य कामहरू टायर र सिदोनका प्राचीन सहरहरूमा गरेका भए, त्यहाँ बसोबास गरेका दुष्ट मानिसहरूले जमिनमा बसेर, बिझाउने लुगा लगाएर र आफ्नो शिरहरूमा खरानीहरू हालेर धेरै अघि नै आफ्ना पापहरूका निम्ति तिनीहरू दुखी भएको देखाउने थिए। BSB BSB: Woe to you, Chorazin! Woe to you, Bethsaida! For if the miracles that were performed in you had been performed in Tyre and Sidon, they would have repented long ago, sitting in sackcloth and ashes.
14 UDB त्यसैले अन्तिम दिनमा परमेश्वरले सबैको न्याय गर्नुहुँदा, उहाँले तिमीहरूलाई टायर र सिदोनमा बसोबास गरेका मानिसहरूलाई भन्दा बढी कठोर दण्ड तिमीहरूलाई दिनुहुनेछ, किनभने मैले गरेका आश्चर्य कामहरू तिमिहरूले देख्यौ तापनि तिमीहरूले पश्चताप गरेनौ र मलाई विश्वास गरेनौ! BSB BSB: But it will be more bearable for Tyre and Sidon at the judgment than for you.
15 UDB कफर्नहुमको नगरमा बसोबास गर्ने मानिसहरूलाई पनि मैले केही कुरा भन्नुछ। के तिमीहरू स्वर्गमा सम्मानित हुनेछौ भनी बिचार गर्दछौ? त्यसको साटोमा तिमीहरू मृतहरूको ठाउँमा तल खसालिनेछौ!” BSB BSB: And you, Capernaum, will you be lifted up to heaven? No, you will be brought down to Hades!
16 UDB येशूले चेलाहरूलाई पनि भन्नुभयो, “जसले तिमीहरूको सन्देश सुन्छ, त्यसले मलाई नै सुन्दैछ र जसले तिमीहरूको सन्देश इन्कार गर्छ, त्यसले मलाई नै इन्कार गर्दैछ। र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुने परमेश्वरलाई नै इन्कार गर्दैछ।” BSB BSB: Whoever listens to you listens to Me; whoever rejects you rejects Me; and whoever rejects Me rejects the One who sent Me.”
17 UDB येशूले नियुक्त गर्नुभएका सत्तरीजना मानिसहरू गए र उहाँले तिनीहरूलाई भन्नुभएजस्तै गरे। जब तिनीहरू फर्के, तिनीहरू धेरै आनन्दित थिए। तिनीहरूले भने, “प्रभु, जब हामीले तपाईंको अधिकारद्वारा दुष्ट आत्माहरूलाई मानिसहरूबाट निस्कने आज्ञा दियौँ, तब तिनीहरूले पनि हाम्रा आज्ञा माने!” BSB BSB: The seventy-two returned with joy and said, “Lord, even the demons submit to us in Your name.”
18 UDB उहाँले जवफ दिनुभयो, "तिमीहरूले त्यसो गर्दै थियौ, तब मैले शैतानहरूलाई बिजुली चम्केझैँ अचानक र चाँडै आकाशबाट खसेको देखेँ! BSB BSB: So He told them, “I saw Satan fall like lightning from heaven.
19 UDB सुन! मैले तिमीहरूलाई दुष्ट आत्माहरूमाथि आक्रमण गर्ने अधिकार दिएको छु। तिनीहरूले तिमीहरूलाई हानी पुर्याउने छैनन्। मैले तिमीहरूलाई हाम्रो शत्रू शैतानभन्दा शक्तिशाली हुने अधिकार दिएको छु। कुनै पनि कुराले तिमीहरूलाई हानी गर्नेछैन। BSB BSB: Behold, I have given you authority to tread on snakes and scorpions, and over all the power of the enemy. Nothing will harm you.
20 UDB तर जसै दुष्ट आत्माले तिमीहरूको आज्ञा पालन गर्दा तिमीहरू आनन्दित हुन्छौ, तिमीहरूका नामहरू स्वर्गमा लेखिएका छन् भनेर तिमीहरू अझ धेरै आनन्दित हुनुपर्छ।” BSB BSB: Nevertheless, do not rejoice that the spirits submit to you, but rejoice that your names are written in heaven.”
21 UDB त्यसैबेला येशू पवित्र आत्माको ठूलो आनन्दले भरिनुभयो। उहाँले भन्नुभयो, “पिता, तपाईं स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरूका प्रभु हुनुहुन्छ। तिनीहरूले राम्रो शिक्षा पाएका कारणले केही मानिसहरू आफैँलाई बुद्धीमान हौं भनी विचार गर्छन्। तर म तपाईंको प्रशंसा गर्छु कि तपाईंले यी कुराहरू जान्नबाट तिनीहरूलाई रोक्नुभएको छ। त्यसको सट्टा साना बालकहरूले झैँ तपाईंको सत्यता ग्रहण गर्न तयार मानिसहरूलाई तपाईंले ती प्रकट गरिदिनुभएको छ। हो, पिता, तपाईंले त्यो गर्नुभएको छ किनभने तपाईंलाई त्यसै गर्न मन लाग्यो।” BSB BSB: At that time Jesus rejoiced in the Holy Spirit and declared, “I praise You, Father, Lord of heaven and earth, because You have hidden these things from the wise and learned, and revealed them to little children. Yes, Father, for this was well-pleasing in Your sight.
22 UDB येशूले चेलाहरूलाई पनि भन्नुभयो, “परमेश्वर मेरा पिताले सबै थोकहरू मलाई दिनुभएको छ। मेरा पिताले मात्रै, म, उहाँको पुत्रलाई वास्तविक रूपमा चिन्नुहुन्छ। अझै म, उहाँको पुत्रले मात्र पिता को हुनुहुन्छ भनी वास्तविक रूपमा चिन्छु-- यसको अर्थ, म र उहाँलाई प्रकट गर्न मैले चुनेका मानिसहरूले मात्र उहाँलाई वास्तविक रूपमा चिन्छन्।” BSB BSB: All things have been entrusted to Me by My Father. No one knows who the Son is except the Father, and no one knows who the Father is except the Son and those to whom the Son chooses to reveal Him.”
23 UDB त्यसपछि जब येशू आफ्ना चेलाहरूसँग मात्र हुनुहुन्थ्यो, उहाँ तिनीहरूतिर फर्कनुभयो र भन्नुभयो, “मैले गरेको कामहरू तिमीहरूलाई हेर्न दिनुभएर परमेश्वरले तिमीहरूलाई एउटा ठूलो उपहार दिनुभएको छ! BSB BSB: Then Jesus turned to the disciples and said privately, “Blessed are the eyes that see what you see.
24 UDB तिमीहरूले यो जान भन्ने म चाहन्छु कि धेरै अघि बाँचेका अगमवक्ताहरू र राजाहरूले पनि मैले गरेका कुराहरू जो तिमीहरूले देख्दैछौ ती देख्ने इच्छा गरेका थिए, तर तिनीहरूले देख्न सकेनन्, किनभने ती कुराहरू त्यो समयमा भएनन्। मैले भनेका कुराहरू जे तिमीहरूले सुनिरहेका छौ ती कुराहरू तिनीहरूले सुन्ने इच्छा गरेका थिए, तर मैले ती कुराहरू त्यसबेला प्रकट गरेको थिइन।” BSB BSB: For I tell you that many prophets and kings desired to see what you see but did not see it, and to hear what you hear but did not hear it.”
25 UDB एकदिन जसै येशूले मानिसहरूलाई शिक्षा दिदै हुनुहुन्थ्यो, यहूदी व्यवस्थाका कोही एकजना शिक्षक त्यहाँ थिए। उहाँलाई एउटा अप्ठेरो प्रश्न सोधेर तिनले येशूको जाँच गर्न चाहन्थे। त्यसैले तिनी खडा भए र सोधे, "गुरुज्यू, सदासर्वदा परमेश्वरसँग जीवन बिताउन मैले के गर्नुपर्छ?” BSB BSB: One day an expert in the law stood up to test Him. “Teacher,” he asked, “what must I do to inherit eternal life?”
26 UDB येशूले तिनलाई भन्नुभयो, “परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थामा तिनले के लेखेका छन् त्यो तिमीले पढेका छौ। व्यवस्थाले के भन्छ?” BSB BSB: “What is written in the Law?” Jesus replied. “How do you read it?”
27 UDB त्यो मानिसले जवाफ दियो, “परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा बलले र आफ्नो सारा समझले प्रेम गर। र तिमीहरूले आफूलाई जति प्रेम गर्छौ आफ्नो छिमेकीलाई पनि त्यति नै प्रेम गर।” BSB BSB: He answered, “‘Love the Lord your God with all your heart and with all your soul and with all your strength and with all your mind’ and ‘Love your neighbor as yourself.’”
28 UDB येशूले जवाफ दिनुभयो, “तिमीले सही उत्तर दिएका छौ। यदि तिमीले ती सबै गर्यौ भने तिमीले सदासर्वदा परमेश्वरसँग जीवन बितउनेछौ।” BSB BSB: “You have answered correctly,” Jesus said. “Do this and you will live.”
29 UDB तर ती मानिसले अरू मानिसहरूलाई आफूले गरेको व्यवहारलाई ठीक ठहराउने एउटा कारण पत्ता लगाउन चाहान्थे। त्यसैले तिनले येशूलाई सोधे, “मेरा छिमेकीहरू कुन मानिसहरू हुन् जसलाई मैले प्रेम गर्नुपर्छ?” BSB BSB: But wanting to justify himself, he asked Jesus, “And who is my neighbor?”
30 UDB येशूले जवाफ दिनुभयो, “एकदिन एकजना यहूदी येरिहोबाट यरूशलेतर्फ बाटोमा यात्रा गर्दैथिए। जसै तिनी यात्रा गर्दैथिए, केही डाँकुहरूले तिनलाई आक्रमण गरे। तिनका सबै लुगाहरू र तिनीसित भएका सबै थोकहरू तिनीहरूले लुटे र तिनी मरणासन्न हुनेगरी तिनीहरूले तिनलाई पिटे। त्यसपछि तिनीहरूले तिनलाई छाडे। BSB BSB: Jesus took up this question and said, “A man was going down from Jerusalem to Jericho when he fell into the hands of robbers. They stripped him, beat him, and went away, leaving him half dead.
31 UDB एकजना यहूदी पूजाहारी त्यहीँ बाटो भएर जाँदै थिए। जब तिनले ती मानिसलाई देखे, तिनलाई मद्धत गर्नुको साटो, तिनी बाटोको अर्को छेउबाट तर्केर गए। BSB BSB: Now by chance a priest was going down the same road, but when he saw him, he passed by on the other side.
32 UDB यसैगरी एकजना लेवी, जो परमेश्वरको मन्दिरमा काम गर्थे, त्यो ठाउँमा आए र ती मानिसलाई देखे। तर तिनी पनि बाटोको अर्को छेउबाट भएर गए। BSB BSB: So too, when a Levite came to that spot and saw him, he passed by on the other side.
33 UDB त्यसपछि सामरिया क्षेत्रको एकजना मानिस त्यहीँ बाटो भएर ती मानिस लडिराखेको ठाउँमा आए। जब तिनले ती मानिसलाई देखे र तब तिनले उनलाई दया गरे। BSB BSB: But a Samaritan on a journey came upon him, and when he saw him, he had compassion.
34 UDB तिनी उनको नजिक गए र घाउहरू निको पार्न मद्धत गर्नलाई त्यसमा केही जैतुनको तेल र अङ्गुर-मद्य लगाए। तिनले घाउहरूका वरिपरि कपडाका टुक्राहरू बाँधे। त्यसपछि तिनले ती मानिसलाई आफ्नै गधामा राखे र तिनलाई एउटा वासस्थानमा लगे र तिनको हेर-बिचार गरे। BSB BSB: He went to him and bandaged his wounds, pouring on oil and wine. Then he put him on his own animal, brought him to an inn, and took care of him.
35 UDB अर्को बिहान तिनले त्यस वासस्थानको मालिकलाई दुईवटा चाँदीका सिक्काहरू दिए र भने, ‘यी मानिसको हर-बिचार गर्नुहोला। यदि तिनको हेर-बिचार गर्दा तपाईंले यो रकम भन्दा बढी खर्च गर्नुभयो भने, म फर्केपछि तपाईंलाई तिर्नेछु।’” BSB BSB: The next day he took out two denarii and gave them to the innkeeper. ‘Take care of him,’ he said, ‘and on my return I will repay you for any additional expense.’
36 UDB त्यसपछि येशूले भन्नुभयो, “तीनजना मानिसहरूले डाँकुहरूले लुटेको ती मानिसलाई देखे। तीमध्ये कुन चाहिँले तिनी यस मानिसको सच्चा छिमेकी भएको कुरा दर्शाए?” BSB BSB: Which of these three do you think was a neighbor to the man who fell into the hands of robbers?”
37 UDB व्यवस्थाका शिक्षकले जवाफ दिए, “जसले तिनीप्रति कृपासाथ काम गरे।” येशूले तिनलाई भन्नुभयो, “हो, त्यसैले अब तिमी जाऊ र तिमीले जसलाई मद्दत गर्न सक्छौ ती सबैलाई त्यस्तै गर।” BSB BSB: “The one who showed him mercy,” replied the expert in the law. Then Jesus told him, “Go and do likewise.”
39 UDB तिनकी एकजना मरियम नाम गरेकी बहिनी येशूको पाउ नजिकै बस्दै थिइन्। उहाँले सिकाउनु भएको कुरा तिनले सुन्दै थिइन्। BSB BSB: She had a sister named Mary, who sat at the Lord’s feet listening to His message.
40 UDB तर मार्था भने खाना तयार गर्ने बारेमा धेरै चिन्तित थिइन्। तिनी येशूकहाँ गइन् र भनिन्, “प्रभु के तपाईंले ध्यान दिनुहुन्न कि मेरी बहिनीले सबै थोक मैले नै तयार गर्नलाई मलाई छाडिदिएकी छिन्? कृपया मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस्।” BSB BSB: But Martha was distracted by all the preparations to be made. She came to Jesus and said, “Lord, do You not care that my sister has left me to serve alone? Tell her to help me!”
41 UDB तर प्रभुले जवाफ दिनुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराहरूको चिन्ता गर्छयौ। BSB BSB: “Martha, Martha,” the Lord replied, “you are worried and upset about many things.
42 UDB तर साँच्चै आवश्यक कुरा चाहिँ मैले जे सिकाउँदैछु त्यो सुन्नु हो। मरियमले उत्तम कुरा रोजेकी छिन्। तिनले त्यसो गरेर पाईरहेको आशिष तिनीबाट खोसिने छैन।” BSB BSB: But only one thing is necessary. Mary has chosen the good portion, and it will not be taken away from her.”