1 UDB त्यसपछि येशूले आफ्ना बाह्रजना चेलाहरूलाई एकसाथ बोलाउनुभयो र सबै प्रकारका दुष्ट आत्माहरू धपाउनलाई र मानिसहरूका रोगहरू निको पार्नलाई अधिकार र शक्ति तिनीहरूलाई दिनुभयो। BSB BSB: Then Jesus called the Twelve together and gave them power and authority over all demons, and power to cure diseases.
2 UDB मानिसहरूलाई निको पार्न र परमेश्वरले कसरी आफैँलाई राजा रूपमा प्रकट गर्न गइरहनु भएको थियो भनी उनीहरूलाई सिकाउन उहाँले तिनीहरूलाई पठाउनुभयो। BSB BSB: And He sent them out to proclaim the kingdom of God and to heal the sick.
3 UDB तिनीहरू जानुअघि, उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका यात्राको लागि आफ्नो साथमा केही नलैजाऊ। लौरो वा झोला वा खाना वा रूपियाँ नलैजाओ। एकजोर जगेडा लुगा पनि नलैजाओ। BSB BSB: “Take nothing for the journey,” He told them, “no staff, no bag, no bread, no money, no second tunic.
4 UDB जुन घरमा तिमीहरू पस्छौ, त्यो इलाका छोडेर नजाउन्जेल त्यही घरमा बस। BSB BSB: Whatever house you enter, stay there until you leave that area.
5 UDB कुनै पनि नगरमा जाहाँ मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, त्याहाँ तिमीहरू बसिरहनु हुँदैन। जसै तिमीहरूले त्यो नगर छोड्छौ, आफ्नो खुट्टा हल्लाएर धुलो झार। तिमीहरूलाई तिरस्कार गरेको हुनाले तिनीहरूका विरूद्ध एउटा चेताउनीको रूपमा यसो गर।” BSB BSB: If anyone does not welcome you, shake the dust off your feet when you leave that town, as a testimony against them.”
6 UDB त्यसपछि येशूका चेलाहरू विदा भए र धेरै गाउँहरूको यात्रा गरे। जहाँ तिनीहरू गए, त्यहाँ तिनीहरूले मानिसहरूलाई परमेश्वरको शुभ समाचार बताए र बिरामी मानिसहरूलाई निको पारे। BSB BSB: So they set out and went from village to village, preaching the gospel and healing people everywhere.
7 UDB गालील जिल्लाको शासक हेरोदले त्याहाँ भइरहेको हरेक कुराहरूको बारेमा सुने। तिनी अन्योलमा परे, किनभने केही मानिसहरू यसो भन्दैथिए कि बप्तिस्मा दिने यूहन्ना फेरी जीवित भई उठेका थिए। BSB BSB: When Herod the tetrarch heard about all that was happening, he was perplexed. For some were saying that John had risen from the dead,
8 UDB अरू मानिसहरू भन्दैथिए कि एलिया अगमवक्ता फेरी देखा परेका थिए र अझ अरूहरू यसो भन्दैथिए कि धेरै अघिका अगमवक्ताहरूमध्ये एकजना जीवित भई उठेका थिए। BSB BSB: others that Elijah had appeared, and still others that a prophet of old had arisen.
9 UDB तर हेरोदले भने, “यूहन्ना त हुनै सक्दैन, किनभने मैले उसको शिर कटाउन लगाए। यो मानिस को हो जसको बारेमा म यी कुराहरू सुन्दैछु?” र तिनले येशूलाई हेर्ने एउटा उपाय खोजिरहे। BSB BSB: “I beheaded John,” Herod said, “but who is this man I hear such things about?” And he kept trying to see Jesus.
10 UDB जब प्रेरितहरू आफ्नो यात्राबाट फर्के तब तिनीहरूले गरेका हरेक कुराहरू तिनीहरूले येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई उहाँसँगै बेथसेदाको नगरमा सुटुक्क लिएर जानुभयो। BSB BSB: Then the apostles returned and reported to Jesus all that they had done. Taking them away privately, He withdrew to a town called Bethsaida.
11 UDB तर जब येशू काहाँ जानु भएको थियो भन्ने बारेमा भिडहरूले सुने, तिनीहरूले उहाँलाई त्यहाँ पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरले कसरी आफैँलाई राजाको रूपमा गर्दै हुनुहुन्थ्यो भनी तिनीहरूलाई भन्नुभयो र उहाँले तिनीहरूलाई निको पार्नुभयो जसलाई निको पारिनु आवश्यक थियो। BSB BSB: But the crowds found out and followed Him. He welcomed them and spoke to them about the kingdom of God, and He healed those who needed healing.
12 UDB त्यसबेला साझँ पर्न लाग्दैथियो, यसैले बाह्रजना चेलाहरू उहाँकहाँ आए र भने, “कृपया मानिसहरूको यो ठूलो भिडलाई पठउनुहोस् ता कि केही खाना पाउन र बस्ने ठाउँहरू भट्टाउनालाई तिनीहरू वरिपरिको गाउँहरू र गोठहरूमा जान सकून् र किनकि हामी यहाँ यो एकान्त ठाउँमा छौँ।” BSB BSB: As the day neared its end, the Twelve came to Jesus and said, “Dismiss the crowd so they can go to the surrounding villages and countryside for lodging and provisions. For we are in a desolate place here.”
13 UDB तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले तिनीहरूलाई खानलाई केही कुरा दिनैपर्छ।” तिनीहरूले जवाफ दिए, “हामीसँग पाँचवटा सा-साना रोटीहरू र दुईवटा सा-साना माछाहरू मात्र छन्। यी सबै मानिसहरूका लागि पुग्ने खाना किन्न जान पनि हामी सक्दैनौँ।” BSB BSB: But Jesus told them, “You give them something to eat.” “We have only five loaves of bread and two fish,” they answered, “unless we go and buy food for all these people.”
14 UDB तिनीहरूले यसो भने किनकि त्यहाँ करीब पाँच हजार मानिसहरू थिए। त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “मानिसहरूलाई हरेक समूहमा करिब पचास जना गरेर बस्न भन।” BSB BSB: (There were about five thousand men.) He told His disciples, “Have them sit down in groups of about fifty each.”
15 UDB यसैले चेलाहरूले त्यसै गरे र सबै मानिसहरू बसे। BSB BSB: They did so, and everyone was seated.
16 UDB त्यसपछि उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो। उहाँले स्वर्गतिर माथि हेर्नुभयो र त्यसका लागि परमेश्वरको प्रशंसा गर्नुभयो। त्यसपछि उहाँले ती टुक्राहरू पार्नुभयो र ती मानिसहरू निम्ति बाँड्नलाई ती चेलाहरूलाई दिनुभयो। BSB BSB: Taking the five loaves and the two fish and looking up to heaven, Jesus spoke a blessing and broke them. Then He gave them to the disciples to set before the people.
17 UDB तिनीहरू सबैले खाए र हरेकसँग खानलाई यथेष्ट थियो। त्यसपछि चेलाहरूले खानाका बाँकी रहेका टुक्राहरू बटुले जसले बाह्र डालाहरू भरिए। BSB BSB: They all ate and were satisfied, and the disciples picked up twelve basketfuls of broken pieces that were left over.
18 UDB एकदिन जब येशू गुप्तमा प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँका चेलाहरू उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सोध्नुभयो, “भिडहरूले म को हुँ भन्छन्?” BSB BSB: One day as Jesus was praying in private and the disciples were with Him, He questioned them: “Who do the crowds say I am?”
19 UDB तिनीहरूले जवाफ दिए, “कोही मानिसहरूले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हो भन्छन् तर अरुहरूले तपाईंलाई एलिया अगमवक्ता हो भन्छन् र अझै अरूहरूले तपाईंलाई धेरै अघिका अगमवक्ताहरूमध्ये एकजना फेरी जीवित भई उठेको हो भन्छन्।” BSB BSB: They replied, “Some say John the Baptist; others say Elijah; and still others, that a prophet of old has arisen.”
20 UDB उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ नि? म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जो परमेश्वरबाट आउनुभएको छ।” BSB BSB: “But what about you?” Jesus asked. “Who do you say I am?” Peter answered, “The Christ of God.”
21 UDB त्यसपछि येशूले यो कुरा अझैसम्म पनि कसैलाई नभन्न तिनीहरूलाई कडारूपले चेताउनी दिनुभयो। BSB BSB: Jesus strictly warned them not to tell this to anyone.
22 UDB त्यसपछि उहाँले भन्नुभयो, “म, मानिसको पुत्रले, धेरै कुराहरूको दु:ख भोग्नैपर्छ: म धर्म गुरुहरू, मुख्य पूजाहारीहरू, र यहूदी व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनेछु र त्यसपछि म मारिनेछु। त्यसपछिको तेस्रो दिनमा म फेरि जीवित हुनेछु।” BSB BSB: “The Son of Man must suffer many things,” He said. “He must be rejected by the elders, chief priests, and scribes, and He must be killed and on the third day be raised to life.”
23 UDB त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैले मेरो चेलाको रूपमा मेरो पछि लाग्न चाहन्छौ भने, तिमीलाई जे इच्छा लाग्छ त्यो मात्र तिमीले गर्नुहुँदैन। बरू, तिमीले आफ्नो जीवन नै दिनुपरे तापनि, हरेक दिन तिमीले दुख भोग्न तयार हुनैपर्छ। BSB BSB: Then Jesus said to all of them, “If anyone wants to come after Me, he must deny himself and take up his cross daily and follow Me.
24 UDB तिमीहरूले त्यसो गर्नैपर्छ, किनकि जसले आफ्नो निम्ति आफ्नै जीवनहरू बचाउन खोज्छन् अनन्तसम्मलाई ती गुमाउनेछन्, तर जसले मेरो चेलाहरू भएको कारणले आफ्ना जीवनहरू दिन्छन् भने अनन्तसम्मलाई ती जीवनहरू बचाइनेछन्। BSB BSB: For whoever wants to save his life will lose it, but whoever loses his life for My sake will save it.
25 UDB यदि तिमीले संसारमा भएका सबै थोकहरू प्राप्त गर्यौ तर त्यसपछि तिमीले आफ्नै जीवन गुमायौ, वा दिनुपर्यो भने त्यसले तिमीलाई कसरी फाइदा हुन्छ र? BSB BSB: What does it profit a man to gain the whole world, yet lose or forfeit his very self?
26 UDB मेरो शन्देसलाई तिरस्कार गर्ने र मेरो र तिनीहरू मेरा हुन् भन्न इन्कार गर्ने मानिसलाई, म, मानिसको पुत्रले पनि जब आफ्नो महिमामा र पिताको महिमामा र पवित्र स्वर्गदूतहरूको महिमामा म आउनेछु तब तिनीहरू मेरा हुन् भन्न इन्कार गर्नेछु। BSB BSB: If anyone is ashamed of Me and My words, the Son of Man will be ashamed of him when He comes in His glory and in the glory of the Father and of the holy angels.
27 UDB तर म तिमीहरूलाई भन्दछु, “तिमीहरू यहाँ अहिले खडा भएकाहरूमध्ये कोही परमेश्वरले आफैँलाई राजा रूपमा प्रकट नगर्नुभएसम्म मर्नेछैनौ!” BSB BSB: But I tell you truly, some who are standing here will not taste death before they see the kingdom of God.”
28 UDB येशूले यी वचनहरू बोल्नुभएको करिब आठ दिनपछि उहाँले पत्रुस, यूहन्ना र याकूबलाई आफूसँग लिनुभयो र प्रार्थना गर्नलाई डाँडामाथि जानुभयो। BSB BSB: About eight days after Jesus had said these things, He took with Him Peter, John, and James, and went up on a mountain to pray.
29 UDB जसै उहाँ प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहारको स्वरूप अत्यन्तै फरक भयो र उहाँको लुगा अत्यन्तै चहकिलो भयो र बिजुली झैँ चम्क्यो। BSB BSB: And as He was praying, the appearance of His face changed, and His clothes became radiantly white.
30 UDB अचानक धेरै पहिलेका दुईजना अगमवक्ताहरू येशूसँग कुरा गरिरहेका देखा परे; तिनीहरू मोशा र एलिया थिए। BSB BSB: Suddenly two men, Moses and Elijah, began talking with Jesus.
31 UDB तिनीहरू महिमामा ढाकिएका देखापरे, र येशूसँग उहाँको विदाइको बारेमा कुरा गरे जुन चाँडैनै यरूशलेममा पूरा हुनेछ। BSB BSB: They appeared in glory and spoke about His departure, which He was about to accomplish at Jerusalem.
32 UDB उहाँसँग भएका पत्रुस र अरू चेलाहरूलाई एकदमै निन्द्रा लागिरहेको थियो। जब तिनीहरू ब्युँझे, तिनीहरूले येशूको महिमा देखे; येशूसँग खडा भएका दुईजना मानिसहरूलाई पनि तिनीहरूले देखे। BSB BSB: Meanwhile Peter and his companions were overcome by sleep, but when they awoke, they saw Jesus’ glory and the two men standing with Him.
33 UDB जसै मोशा र एलियाले येशूलाई छोडेर जान लागे, पत्रुसले उहाँलाई भने, “गुरुज्यु, हाम्रो लागि यहाँ हुनु असल छ! हामीले तीनवटा पालहरू बनाउनुपर्छ, एउटा तपाईंको लागि, एउटा मोशाको लागि र एउटा एलियाको लागि!” तर तिनले जे भनिरहेको थिए, त्यो कुराको महसूस तिनले गरेकै थिएनन्। BSB BSB: As Moses and Elijah were leaving, Peter said to Jesus, “Master, it is good for us to be here. Let us put up three shelters—one for You, one for Moses, and one for Elijah.” (He did not know what he was saying.)
34 UDB जसै तिनले यी शब्दहरु बोल्दैथिए, एउटा बादल बन्यो र तिनीहरूलाई ढाक्यो। जसै तिनीहरूलाई बादलले ढाक्यो, चेलाहरू डराए। BSB BSB: While Peter was speaking, a cloud appeared and enveloped them, and they were afraid as they entered the cloud.
35 UDB बादलबाट परमेश्वरको आवाज तिनीहरूसँग यसो भन्दै बोल्नुभयो, “यिनी मेरा छोरा हुन्, जसलाई मैले छानेको छु; यिनका कुरा सुन!” BSB BSB: And a voice came from the cloud, saying, “This is My Son, whom I have chosen. Listen to Him!”
36 UDB जब आवाज बोलेर सकियो, तीनजना चेलाहरूले त्यहाँ येशूलाई मात्र देखे। तिनीहरू चुपचाप बसे र तिनीहरूले जे देखेका थिए त्यो तिनीहरूले लामो समयसम्म कसैलाई पनि भनेनन्। BSB BSB: After the voice had spoken, only Jesus was present with them. The disciples kept this to themselves, and in those days they did not tell anyone what they had seen.
37 UDB अर्कोदिन जब उहाँहरू पहाडबाट तल आउनुभएको भयो र मानिसहरूको ठूलो भिडले येशूलाई भेट्यो। BSB BSB: The next day, when they came down from the mountain, Jesus was met by a large crowd.
38 UDB अचानक भिडबाट एकजना मानिसले करायो, “गुरुज्यु, म तपाईंलाई विन्ती गर्छु, मेरो छोरोलाई मद्दत गर्न कही गर्नुहोस्! त्यो मेरो एउटा मात्र छोरो हो। BSB BSB: Suddenly a man in the crowd cried out, “Teacher, I beg You to look at my son, for he is my only child.
39 UDB दुष्ट आत्माले उसलाई अचानक कव्जा गर्छ र उसलाई चिच्याउने बनाउँछ। त्यसले उसलाई थरथर काम्ने बनाउँछ र उसको मुखबाट फींज निस्किन्छ। त्यसले मेरो बालकलाई विरलै मात्र छोड्छ र त्यसले छोड्दा उसलाई गम्भीर रूपले घाइते बनाउँछ। BSB BSB: A spirit keeps seizing him, and he screams abruptly. It throws him into convulsions so that he foams at the mouth. It keeps mauling him and rarely departs from him.
40 UDB दुष्ट आत्मालाई त्यसबाट निकाल्ने आज्ञा गर्न मैले तपाईंका चेलाहरूसँग विन्ती गरें तर तिनीहरूले त्यसो गर्न सकेनन्।” BSB BSB: I begged Your disciples to drive it out, but they were unable.”
41 UDB जवाफमा येशूले भन्नुभयो, “मानिसहरूको यस पुस्ताले विश्वास गर्दैन र त्यसरी नै तिम्रो विचार भ्रष्ट छ! तिमीले विश्वास गर्नुअघि कति लामो समयसम्म म तिमीहरूसँग रहुँ?” तब उहाँले केटोको बुबालाई भन्नुभयो, “तिम्रो छोरोलाई यहाँ मकहाँ ल्याऊ।” BSB BSB: “O unbelieving and perverse generation!” Jesus replied. “How long must I remain with you and put up with you? Bring your son here.”
42 UDB जसै तिनीहरूले त्यो केटोलाई उहाँकहाँ ल्याउँदै थिए, त्यो दुष्ट आत्माले त्यो केटोलाई भुईँमा पछार्यो र त्यसलाई धेरै कमायो। तर येशूले त्यस दुष्ट आत्मालाई हकार्नुभयो र केटोलाई निको पार्नुभयो। त्यसपछि उसलाई आफ्नो बुबाको जिम्मा लगाउनुभयो। BSB BSB: Even while the boy was approaching, the demon slammed him to the ground in a convulsion. But Jesus rebuked the unclean spirit, healed the boy, and gave him back to his father.
43 UDB त्यसपछि परमेश्वरको महान शक्ति देखेर त्यहाँ भएका सबै मानिसहरू अचम्ममा परे। येशूले गरिरहनु भएका सबै आश्चर्यकर्महरूमा तिनीहरू छक्क परिरहँदा उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, BSB BSB: And they were all astonished at the greatness of God. While everyone was marveling at all that Jesus was doing, He said to His disciples,
44 UDB “म तिमीलाई के भन्दैछु त्यसलाई ध्यानपूर्वक सुनः म, मानिसको पुत्रलाई, चाँडै नै मेरा शत्रुहरूका हातमा सुम्पिदिइनेछ।” BSB BSB: “Let these words sink into your ears: The Son of Man is about to be delivered into the hands of men.”
45 UDB तर उहाँले त्यसो भनेर के भन्न खोज्नुभएको हो भनी चेलाहरूले बुझ्न सकेनन्। परमेश्वरले तिनीहरूलाई त्यो कुरा बुझ्न रोक्नुभयो, यसैले तिनीहरूले अझ पनि के भन्न खोज्नुभएको बुझ्न सकेनन्, र उहाँले के भन्न खोज्नुभएको हो भनी उहाँलाई सोध्न तिनीहरू डराए। BSB BSB: But they did not understand this statement. It was veiled from them so that they could not comprehend it, and they were afraid to ask Him about it.
46 UDB केही समयपछि, तिनीहरूमध्ये को सबभन्दा ठूलो हुनेछ भन्नेबारे चेलाहरू आफ्नो माझमा विवाद गर्नलागे। BSB BSB: Then an argument started among the disciples as to which of them would be the greatest.
47 UDB तर तिनीहरूले के बिचार गर्दैथिए भनी येशूलाई थाहा थियो, त्यसैले उहाँले एउटा सानो बालकलाई आफ्नो छेउमा ल्याएर खडा गर्नुभयो। BSB BSB: But Jesus, knowing the thoughts of their hearts, had a little child stand beside Him.
48 UDB उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले यस्तै सानो बालकलाई मेरो कारणले स्वागत गर्छ भने, त्यो मलाई स्वागत गरेजस्तै हो। र यदि कसैले मलाई स्वागत गर्छ भने, त्यो मलाई पठाउनु हुने परमेश्वरलाई स्वागत गरेजस्तै हो। याद गर कि तिमीहरूका माझमा भएकाहरूमध्ये जो सबभन्दा थोरै महत्वको छ त्यसलाई नै परमेश्वरले सबभन्दा धरै महत्वको ठान्नुहुन्छ।” BSB BSB: And He said to them, “Whoever welcomes this little child in My name welcomes Me, and whoever welcomes Me welcomes the One who sent Me. For whoever is the least among all of you, he is the greatest.”
49 UDB यूहन्नाले येशूलाई जवाफ दिए, “गुरुज्यु, हामीले एकजना मानिसलाई देख्यौं जसले मानिसहरूबाट दुष्ट आत्माहरू निकाल्नलाई तपाईंको नाउँलाई प्रयोग गर्दैथियो। त्यसैले हामीले त्यसलाई त्यसो गर्न रोक्न भन्यौ, किनकि त्यसले हाम्रो समूहको सदस्य भएर तपाईंलाई पछ्याउँदैन।” BSB BSB: “Master,” said John, “we saw someone driving out demons in Your name, and we tried to stop him, because he does not accompany us.”
50 UDB तर येशूले भनुभयो, “त्यसलाई त्यसो गर्नदेखि नरोक! यदि कसैले तिमीहरूलाई हानि पुग्ने केही काम गरिरहेको छैन भने त्यसले जे गर्दैछ त्यसले तिमीहरूलाई मद्दत हुन्छ!” BSB BSB: “Do not stop him,” Jesus replied, “for whoever is not against you is for you.”
52 UDB उहाँले केही सन्देश दिनेहरूलाई आफ्नो अघि जानलाई पठाउनुभयो, र उहाँलाई त्यहाँ जानलाई तयारी गर्नलाई तिनीहरू समरिया ईलाकाको एउटा गाउँमा पसे। BSB BSB: He sent messengers on ahead, who went into a village of the Samaritans to make arrangements for Him.
53 UDB तर सामरीहरूले येशूलाई तिनीहरूको गाउँमा आउन दिएनन् किनकि उहाँ यरूशलेमतिर जाने आफ्नो यात्रामा हुनुहुन्थ्यो। BSB BSB: But the people there refused to welcome Him, because He was heading for Jerusalem.
55 UDB तर येशू तिनीहरूतिर फर्कनुभयो र तिनीहरूलाई कडारूपले भन्नुभयो, त्यसो भन्नु तिनीहरूको गल्ती थियो। BSB BSB: But Jesus turned and rebuked them.
56 UDB त्यसले उहाँहरू अर्कै गाउँमा जानुभयो। BSB BSB: And He and His disciples went on to another village.
57 UDB जसै येशू र चेलाहरू बाटोमा सँगै हिंड्दैथिए कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंसँगै जानेछु।” BSB BSB: As they were walking along the road, someone said to Jesus, “I will follow You wherever You go.”
58 UDB येशूले जवाफ दिनुभयो, “स्यालहरू बस्नलाई जमीनमा प्वालहरू छन्, र चराहरूका गुँडहरू छन्, तर म, मानिसको पुत्रको त सुत्ने एउटा घर पनि छैन!” BSB BSB: Jesus replied, “Foxes have dens and birds of the air have nests, but the Son of Man has no place to lay His head.”
59 UDB येशूले अर्को एउटा व्यक्तिलाई भन्नुभयो, “मेरो पछि लाग!” तर त्यस व्यक्तिले भन्यो, “प्रभु, पहिले मलाई घर जान र मेरो बुबाको मृत्युपछि उहाँ दफन गर्न दिनुहोस्।” BSB BSB: Then He said to another man, “Follow Me.” The man replied, “Lord, first let me go and bury my father.”
60 UDB तर येशूले त्यसलाई भन्नुभयो, “मृतकहरूले नै तिनीहरूका आफ्ना मृतकलाई दफन गरून्; तर तिमी जाऊ र परमेश्वरले चाँडै नै आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भनी सबैतिरका मानिसहरूलाई भन।” BSB BSB: But Jesus told him, “Let the dead bury their own dead. You, however, go and proclaim the kingdom of God.”
61 UDB अरू कसैले भने, “प्रभु, म तपाईंसँग आउनेछु र तपाईंको चेला हुनेछु तर पहिले मलाई घर जान र मेरा मानिसहरूबाट विदा माग्न दिनुहोस्।” BSB BSB: Still another said, “I will follow You, Lord; but first let me bid farewell to my family.”
62 UDB येशूले त्यसलाई भन्नुभयो, “कसैले आफ्नो खेत जोत्न शुरू गर्छ र आफ्नो पछिल्तिर हेर्छ भने, परमेश्वरले राजाको रूपमा सबै थोकहरूमाथि शसन गर्नुहुँदा, त्यसले उहाँको सेवा गर्न सक्दैन।” BSB BSB: Then Jesus declared, “No one who puts his hand to the plow and then looks back is fit for the kingdom of God.”