1 UDB अर्को विश्राम-दिनमा येशू फेरि एउटा सभाघरमा जानुभयो। त्यहाँ एकजना मानिस थिए जसको हात सुकेको थियो। BSB BSB: Once again Jesus entered the synagogue, and a man with a withered hand was there.
2 UDB कतै येशूले विश्राम-दिनमा त्यस मानिसलाई निको पार्नुहुन्छ कि भनी हेर्नलाई फरिसी सम्प्रदायका केही मानिसहरूले उहाँलाई ध्यानपूर्वक आँखा लागाउँदै थिए। तिनीहरूले उहाँलाई केही गलत काम गरेको दोष लगाउने उपाय खोज्दै थिए। BSB BSB: In order to accuse Jesus, they were watching to see if He would heal on the Sabbath.
3 UDB येशूले त्यस हात सुकेको मानिसलाई भन्नुभयो, “यहाँ हरेकको सामु खडा हौ!” यसैले त्यो मानिस खडा भयो। BSB BSB: Then Jesus said to the man with the withered hand, “Stand up among us.”
4 UDB तब येशूले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरले मोशालाई दिनुभएका व्यवस्थाले मानिसहरूलाई विश्राम-दिनमा असल वा खराब के गर्ने अनुमति दिन्छ? विश्राम-दिनमा एकजना व्यक्तिको जीवन बचाउनलाई व्यवस्थाले हामीलाई अनुमति दिन्छ वा एकजना व्यक्तिको मद्दत गर्न इन्कार गर्न र त्यसलाई मर्न दिन हामीलाई अनुमति दिन्छ?” तर तिनीहरूले जवाफ दिएनन्। BSB BSB: And He asked them, “Which is lawful on the Sabbath: to do good or to do evil, to save life or to destroy it?” But they were silent.
5 UDB उहाँले तिनीहरूलाई क्रोधित भएर हेर्नुभयो। तिनीहरू कठोर भएकोमा र त्यस मानिसलाई मद्दत गर्न इच्छा नगरेकोमा उहाँ निराश हुनुभयो। यसैले उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” जब त्यस मानिसले आफ्नो सुकेको हात तन्कायो, त्यो फेरि निको भयो। BSB BSB: Jesus looked around at them with anger and sorrow at their hardness of heart. Then He said to the man, “Stretch out your hand.” So he stretched it out, and it was restored.
6 UDB तब फरिसीहरूले सभाघर छाडे। गालील जिल्लामा शासन गर्ने हेरोद एन्तिपासका समर्थक यहूदीहरूलाई तिनीहरूले तुरुन्तै भेटे। येशूलाई कसरी मार्ने भनी तिनीहरूले एकसाथ बसेर योजना बनाए। BSB BSB: At this, the Pharisees went out and began plotting with the Herodians how they might kill Jesus.
7 UDB येशू र उहाँका चेलाहरू त्यो सहर छोड्नुभयो र गालील समुद्रको किनार हुँदै अघि बड्नुभयो। मानिसको एउटा ठूलो भीिड उहाँको पछि लाग्यो। उहाँलाई पछि लागेका मानिसहरू गालील र यहूदियाबाट, BSB BSB: So Jesus withdrew with His disciples to the sea, accompanied by a large crowd from Galilee, Judea,
8 UDB यरूशलेमबाट, यहूदिया जिल्लाको नगरहरूबाट, इदुमिआ जिल्लाबाट, यर्दन नदीको पुर्वपट्टिका क्षेत्रबाट, र टायर तथा सिदोन सहरहरूका क्षेत्रबाट आएका थिए। उहाँले गर्दै रहनुभएका कामहरूका बारेमा सुनेका हुनाले नै तिनीहरू सबै उहाँकहाँ आए। BSB BSB: Jerusalem, Idumea, the region beyond the Jordan, and the vicinity of Tyre and Sidon. The large crowd came to Him when they heard what great things He was doing.
9 UDB उहाँले धेरै मानिसहरूलाई निको पार्नुभएको कारणले, विभिन्न किसिमका बिरामी भएका अरू धेरै मानिसहरू उहाँलाई छुनको लागि ठेल्दै अघि बढे। BSB BSB: Jesus asked His disciples to have a boat ready for Him so that the crowd would not crush Him.
10 UDB तिनीहरूले उहाँलाई छोए मात्र भने पनि त्यसले तिनीहरूलाई निको पार्नेछ भन्ने विश्वास तिनीहरूमा भयो। उहाँलाई छुन भीड अघि बढ्दा तिनीहरूले उहाँलाई नथिचोस् भन्ने हेतुले उहाँको लागि चेलाहरूले एउटा सानो डुंगा तयार गर्नुपर्छ भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो। BSB BSB: For He had healed so many that all who had diseases were pressing forward to touch Him.
11 UDB दुष्ट आत्माहरूले येशूलाई देखेपछि, तिनीहरूले अधीन गरिराखेका मानिसहरूलाई तिनीहरूले उहाँको अघि घोप्टो पर्ने र यसो भन्ने बनाउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” BSB BSB: And when the unclean spirits saw Him, they fell down before Him and cried out, “You are the Son of God!”
12 UDB तर येशूले उहाँ आफू को हुनुहुन्छ भनी कसैलाई नभन्न दुष्ट आत्माहरूलाई कडा आज्ञा दिनुभयो। BSB BSB: But He warned them sternly not to make Him known.
13 UDB येशू पहाडमा माथि जानुभयो। उहाँ जानुहुँदा, उहाँसँगै लाने इच्छा गर्नुभएकाहरूलाई उहाँले बोलाउनुभयो र तिनीहरू उहाँसँगै गए। BSB BSB: Then Jesus went up on the mountain and called for those He wanted, and they came to Him.
14 UDB उहाँले बाह्रजना मनिसहरूलाई आफूसँग रहनलाई र तिनीहरूलाई उहाँको प्रचार गर्न पठाउनलाई नियुक्त गर्नुभयो। उहाँले तिनीहरूलाई प्रेरितहरू भन्नुभयो। BSB BSB: He appointed twelve of them, whom He designated as apostles, to accompany Him, to be sent out to preach,
15 UDB तिनीहरूले दुष्ट आत्माहरू मानिसहरूबाट जबरजस्त बाहिर निकाल्न सकून् भन्ने हेतुले उहाँले तिनीहरूलाई शक्ति पनि दिनुभयो। BSB BSB: and to have authority to drive out demons.
16 UDB उहाँले नियुक्त गर्नुभएका बाह्रजना मानिसहरू यिनै हुन्: सिमोन (येशूले तिनलाई नयाँ नाम पत्रुस दिनुभयो)। BSB BSB: These are the twelve He appointed: Simon (whom He named Peter),
18 UDB र अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा र अल्फयासका छोरा याकूबलाई उहाँले नियुक्त गर्नुभयो; र थेदियस, सिमोन कनानी, BSB BSB: Andrew, Philip, Bartholomew, Matthew, Thomas, James son of Alphaeus, Thaddaeus, Simon the Zealot,
19 UDB र यहूदा इस्करियोत (जसले पछि उहाँलाई धोखा दियो) लाई उहाँले नियुक्त गर्नुभयो। BSB BSB: and Judas Iscariot, who betrayed Jesus.
20 UDB येशू र उहाँका चेलाहरू एउटा घरमा जानुभयो। उहाँ बस्दै गर्नुभएको ठाउँमा फेरि एउटा भीड जम्मा भयो। उहाँको उहाँको वरिपरी धेरै मानिसको भिड भयो। उहाँ र उहाँका चेलाहरूले खाने समय पनि पाएनन्। BSB BSB: Then Jesus went home, and once again a crowd gathered, so that He and His disciples could not even eat.
21 UDB जब उहाँका आफन्तहरूले यो कुरा सुने, आफूसँगै घरमा ल्याउनलाई तिनीहरू उहाँलाई लिन लिन गए, किनभने केही मानिसहरूले उहाँको मन खराब बिग्रिएको छ भन्दै थिए। BSB BSB: When His family heard about this, they went out to take custody of Him, saying, “He is out of His mind.”
23 UDB यसैले येशूले ती मानिसहरूलाई आफुकहाँ बोलाउनुभयो। येशूले तिनीहरूसित दृष्टान्तहरूमा बोल्नुभयो र भन्नुभयो, “कसरी शैतानले शैतान निकाल्छ? BSB BSB: So Jesus called them together and began to speak to them in parables: “How can Satan drive out Satan?
24 UDB यदि एउटै देशका मानिसहरू एक आपसमा लडाईं गर्छन् भने, तिनीहरूको देशको एकता अन्त्य हुनेछ। BSB BSB: If a kingdom is divided against itself, it cannot stand.
25 UDB र एउटै घरमा बस्ने मानिसहरू एक आपसमा लडाईं गर्छन् भने, तिनीहरू निश्चय पनि एक परिवार रहने छैनन्। BSB BSB: If a house is divided against itself, it cannot stand.
26 UDB त्यसैगरी, शैतान र त्यसका दुष्ट आत्माहरू एक आपसमा लडाईं गरे भने, बलियो हुनको सट्टामा, ऊ कमजोर हुन्छ। BSB BSB: And if Satan is divided and rises against himself, he cannot stand; his end has come.
27 UDB कसैले पनि शक्तिशाली मानिसको घरमा गएर उसलाई नबाँधिकन उसका धन-सम्पत्ति लान सक्दैन। त्यपछि मात्र त्यो मानिसको घरमा भएका चीजबीजहरू उसले चोर्न सक्नेछ।” BSB BSB: Indeed, no one can enter a strong man’s house to steal his possessions unless he first ties up the strong man. Then he can plunder his house.
28 UDB येशूले यसो पनि भन्नुभयो, “यो कुरा ध्यानपूर्वक सुन! मानिसहरूले विभिन्न किसिमले पाप गर्न सक्छन् र तिनिहरूले परमेश्वरको बारेमा दुष्ट कुरा बोल्न सक्छन्। परमेश्वरले तिनीहरूलाई अझै पनि क्षमा दिनु सक्नुहुन्छ, BSB BSB: Truly I tell you, the sons of men will be forgiven all sins and blasphemies, as many as they utter.
29 UDB तर, कसैले पवित्र आत्माको विरूद्धमा दुष्ट शब्दहरू बोल्छ भने, परमेश्वरले तिनीहरूलाई कदापि क्षमा दिनुहुनेछैन। त्यो व्यक्ति अनन्तसम्म पापको दोषी हुनेछ।” BSB BSB: But whoever blasphemes against the Holy Spirit will never be forgiven; he is guilty of eternal sin.”
30 UDB तिनीहरूले यसो भन्दै गरेका कारणले येशूले तिनीहरूलाई यो कुरा भन्नुभयो, “त्यसलाई दुष्ट आत्माले अधीन गरेको छ!” BSB BSB: Jesus made this statement because they were saying, “He has an unclean spirit.”
31 UDB येशूको आत्मा र भाइहरू आइपुगे। तिनीहरू बाहिर खडा भएकै बेलामा, उहाँलाई बाहिर बोलाउन तिनीहरूले कसैलाई भित्र पठाए। BSB BSB: Then Jesus’ mother and brothers came and stood outside. They sent someone in to summon Him,
32 UDB येशूको वरिपरि एउटा भिड बस्दै थियो। तिनीहरूमध्ये एकजनाले उहाँलाई भन्यो, “तपाईंका आमा र भाइहरू बाहिर छन्। तिनीहरूले तपाईंलाई भेट्न चाहान्छन्।” BSB BSB: and a crowd was sitting around Him. “Look,” He was told, “Your mother and brothers are outside, asking for You.”
33 UDB येशूले तिनीहरूलाई सोध्नुभयो, “मेरो आमा को हो? मेरा भाइहरू को हुन्?” BSB BSB: But Jesus replied, “Who are My mother and My brothers?”
34 UDB उहाँसँगै वरिपरि बस्नेहरूलाई हेर्नुभएपछि र उहाँले भन्नुभयो, “यता हेर! तिमीहरू मेरा आमा र भाइहरू हौ।” BSB BSB: Looking at those seated in a circle around Him, He said, “Here are My mother and My brothers!
35 UDB परमेश्वरको इच्छा पूरा गर्नेहरू नै मेरो भाइ, मेरो बहिनी वा मेरो आमा हुन्!” BSB BSB: For whoever does the will of God is My brother and sister and mother.”