1 UDB उहाँले आफ्ना चेलाहरूलाई यसो पनि भन्नुभयो, “ध्यानपूर्वक सुन! तिमीहरू जो यहाँ भएकाहरूमध्ये कसैले परमेश्वरले आफैलाई राजाको रूपमा प्रकट गर्नुहुने महान शक्तिलाई देख्नेछौ। तिमीहरूको मृत्यु हुनुभन्दा पहिले नै उहाँले यो गर्नुभएको तिमीहरूले देख्नेछौ!” BSB BSB: Then Jesus said to them, “Truly I tell you, there are some standing here who will not taste death before they see the kingdom of God arrive with power.”
2 UDB छदिनपछि येशूले पत्रुस, याकूब र याकूबका भाइ यूहन्नालाई साथमा लिनुभयो र तिनीहरूलाई एउटा अग्लो डाँडामा लानुभयो। जब माथि डाँडामा उहाँहरू मात्रै हुनुहुन्थ्यो, उहाँ तिनीहरूकहाँ पूर्णरूपमा भिन्दै देखा पर्नुभयो। BSB BSB: After six days Jesus took with Him Peter, James, and John, and led them up a high mountain by themselves. There He was transfigured before them.
3 UDB उहाँका वस्त्रहरू अत्यन्त चहकिला भए। तिनीहरूलाई पृथ्वीमा कसैले धोएर बनाउन सक्नेभन्दा धेरै सेता थिए। BSB BSB: His clothes became radiantly white, brighter than any launderer on earth could bleach them.
4 UDB धेरै अघि जीवन बिताएका दुइजना अगमवक्ता, मोशा र एलिया, तिनीहरूकहाँ देखा परे। तब ती दुईजना येशूसँग कुरा गर्न थाले। BSB BSB: And Elijah and Moses appeared before them, talking with Jesus.
5 UDB केही समयपछि, पत्रुसले भने, “गुरूज्यू, यहाँ बस्नु राम्रो कुरा हो! यसैले हामीलाई तीन ओटा बास्थान बनाउन दिनुहोस्। एउटा तपाईंको लागि हुनेछ, एउटा मोशाको लागि हुनेछ, र एउटा एलियाको लागि हुनेछ!” BSB BSB: Peter said to Jesus, “Rabbi, it is good for us to be here. Let us put up three shelters—one for You, one for Moses, and one for Elijah.”
6 UDB तिनले यसो भने किनभने तिनले केही कुरा भन्न चाहन्थे, तर के भन्ने भनी थाहा भएन। तिनी र अरू दुईि चेलाहरू अतिनै डराएका थिए। BSB BSB: For they were all so terrified that Peter did not know what else to say.
7 UDB तब चम्किलो बादल देखा पर्यो र त्यसले उहाँहरूलाई ढाक्यो। परमेश्वर त्यस बादलबाट बोल्नुभयो, “यिनी मेरा पुत्र हुन्। जसलाई म प्रेम गर्छु। त्यसकारण, उनको कुरा सुन!” BSB BSB: Then a cloud appeared and enveloped them, and a voice came from the cloud: “This is My beloved Son. Listen to Him!”
8 UDB जब तीनजना चेलाहरूले विरपरि हेरे, अचानक त्यहाँ तिनीहरूले आफ्नो साथमा येशूलाई मात्र देखे, र त्यहाँ फेरि अरू कोही थिएन। BSB BSB: Suddenly, when they looked around, they saw no one with them except Jesus.
9 UDB जब उहाँहरू डाँडाबाट तल ओर्लैंदै हुनुहुनुथ्यो, उहाँलाई यतिबेला भएको घटनाका बारेमा तिनीहरूले अझै अरू कसैललाई भन्नुहुँदैन भनी येशूले तिनीहरूलाई भन्नुभयो। उहाँले भन्नुभयो, “म, मानिसको पुत्रको मृत्यु भएर, म फेरि जीवित भएपछि ती कुरा भन्न सक्छौ।” BSB BSB: As they were coming down the mountain, Jesus admonished them not to tell anyone what they had seen until the Son of Man had risen from the dead.
10 UDB यसैले तिनीहरूले यसको बारेमा लामो समयसम्म अरू कसैलाई भनेनन्। तर उहाँले मृत्युबाट फेरि जीवित हुन्छु भन्नुभएको कुराको अर्थको बारेमा तिनीहरूले आपसमा छलफल गरे। BSB BSB: So they kept this matter to themselves, discussing what it meant to rise from the dead.
11 UDB तिनीहरूले येशूलाई सोधे, “हाम्रो व्यवस्था सिकाउने मानिसहरूले पृथ्वीमा ख्रीष्ट आउनुभन्दा पहिले पृथ्वीमा एलिया आउनुपर्छ भनेर किन सिकाउँछन्?” BSB BSB: And they asked Jesus, “Why do the scribes say that Elijah must come first?”
12 UDB येशूले जवाफ दिनुभयो, “यो साँचो हो कि हरेक कुरालाई व्यवस्थित बनाउनलाई परमेश्वरले एलियालाई पहिले नै पठाउँने प्रतिज्ञा गर्नुभयो। BSB BSB: He replied, “Elijah does indeed come first, and he restores all things. Why then is it written that the Son of Man must suffer many things and be rejected?
13 UDB तर एलिया आइसकेका छन्, र धेरै अघिका अगमवक्ताहरूले भनेझैं, हाम्रा अगुवाहरूले आफूलाई जस्तो मन लाग्यो त्यस्तै गरी उनीसँग धेरै खराब व्यवहार गरे। तर, म, मानिसको पुत्रको बारेमा धर्मशास्त्रमा धरै कुरा लेखिएका छन्। धर्मशास्त्रले भन्छ कि मैले धेरै दुःख सहनुपर्नेछ र मानिसहरूले मलाई इन्कार गर्नेछन्।” BSB BSB: But I tell you that Elijah has indeed come, and they have done to him whatever they wished, just as it is written about him.”
14 UDB त्यसपछि येशू र ती तीनजना चेलाहरू अरू चेलाहरू भएको ठाउँमा पग्नुभयो। अरू चेलाहरूको वरिपरि एउटा ठूलो भिड जम्मा भएको र यहूदी व्यवस्था सिकाउने केही मानिसहरूले तिनीहरूसँग वादविवाद गर्दै रहेको उहाँहरूले देख्नुभयो। BSB BSB: When they returned to the other disciples, they saw a large crowd around them, and scribes arguing with them.
15 UDB उहाँ आउनुभएको देखेर भिड अचम्ममा पर्यो। यसैले तिनीहरू उहाँ हुनभएतिर दौडिए र उहाँलाई अभिवादन गरे। BSB BSB: As soon as all the people saw Jesus, they were filled with awe and ran to greet Him.
16 UDB उहाँले सोध्नुभयो, “तिमीहरू के कुराको बारेमा वादविवाद गर्दैछौ?” BSB BSB: “What are you disputing with them?” He asked.
18 UDB जब त्यस दुष्ट आत्माले उसलाई अधीन गर्न सुरु गर्छ, त्यसले उसलाई भुईंमा पछार्छ। उसले मुखमा फिंज काड्छ र आफ्ना दाँत किट्छ र उसको शरीर कडा हुन्छ। त्यो दुष्ट आत्मालाई निकाल्न मैले तपाईंका चेलाहरूलाई बिन्ति गरें तर तिनीहरूले त्यसो गर्न सकेनन्।” BSB BSB: Whenever it seizes him, it throws him to the ground. He foams at the mouth, gnashes his teeth, and becomes rigid. I asked Your disciples to drive it out, but they were unable.”
19 UDB येशूले ती मानिसहरूलाई यसो भनेर जवाफ दिनुभयो, “तिमीहरू विश्वास नभएका मानिसहरू! तिमीहरू मेरो धैर्यको परीक्षा लिन्छौ! त्यो केटोलाई मकहाँ ल्याओ!” BSB BSB: “O unbelieving generation!” Jesus replied. “How long must I remain with you? How long must I put up with you? Bring the boy to Me.”
20 UDB यसैले तिनीहरूले त्यो केटालाई येशूकहाँ ल्याए। त्यो दुष्ट आत्माले येशूलाई देख्ने बित्तिकै, त्यसले केटोलाई जोडले हल्लायो र त्यो केटो भुईंमा लड्यो। उसले लडिबडि गर्यो र मुखमा फिंज काड्यो। BSB BSB: So they brought him, and seeing Jesus, the spirit immediately threw the boy into a convulsion. He fell to the ground and rolled around, foaming at the mouth.
22 UDB त्यो दुष्ट आत्माले त्यति मात्र गर्दैन, तर त्यसले उसलाई मार्नको लागि धेरैजसो आगोमा र पानीमा फाल्छ। तपाईंले सक्नुहुन्छ भने, हामीमाथि दया गर्नुहोस् र हामीलाई मद्धत गर्नुहोस्!” BSB BSB: “It often throws him into the fire or into the water, trying to kill him. But if You can do anything, have compassion on us and help us.”
23 UDB येशूले उसलाई भन्नुभयो, “म अवश्य सक्छु! परमेश्वरमाथि विश्वास गर्ने मानिसहरूका लागि उहाँले कुनै पनि कुरा गर्न सक्नुहुन्छ!” BSB BSB: “If You can?” echoed Jesus. “All things are possible to him who believes!”
25 UDB भिडको संख्या बढ्दै गएको येशूले देख्नुभयो। उहाँले त्यो दुष्टआत्मालाई हकार्नुभयो: “तँ दुष्ट आत्मा, तँ जसले यो बालकलाई बहिरो र बोल्न नसक्ने बनाउँदैछस््! त्यसबाट निस्केर जान र फेरि कहिल्यै त्यसभित्र नपस्न म तलाई आज्ञा गर्छु!” BSB BSB: When Jesus saw that a crowd had come running, He rebuked the unclean spirit. “You deaf and mute spirit,” He said, “I command you to come out and never enter him again.”
26 UDB त्यो दुष्ट आत्मा चिच्यायो र त्यो केटोलाई डरलाग्दो किसिमले हल्लायो; तब त्यसले केटोलाई छोड्यो। त्यो केटोले हलचल गरेन। ऊ एउटा मुर्दाजस्तो देखियो। यसैले त्यहाँ भएका धेरैजसो मानिसहरूले भने, “ऊ मरेको छ!” BSB BSB: After shrieking and convulsing him violently, the spirit came out. The boy became like a corpse, so that many said, “He is dead.”
27 UDB तापनि, येशूले आफ्नो हातले उसलाई समात्नुभयो र उसलाई उठ्न मद्धत गर्नुभयो। तब त्यो केटो उभियो। BSB BSB: But Jesus took him by the hand and helped him to his feet, and he stood up.
28 UDB पछि, एउटा घरमा येशू र उहाँका चेलाहरू मात्र हुनुभएको समयमा, तिनीहरूले उहाँलाई सोधे, “हामीले किन त्यो दुष्ट आत्मालाई बाहिर निकाल्न सकेनौं?” BSB BSB: After Jesus had gone into the house, His disciples asked Him privately, “Why couldn’t we drive it out?”
29 UDB उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो किसिमको दुष्ट आत्मालाई तिमीहरूले प्रार्थनाद्वारा मात्र बाहिर निकाल्न सक्छौ। त्यहाँ अरू कुनै उपाय छैन।” BSB BSB: Jesus answered, “This kind cannot come out, except by prayer.”
30 UDB येशू र उहाँका चेलाहरूले त्यो क्षेत्रलाई छोड्नुभएपछि, उहाँहरूले गालीलको यात्रा गर्नुभयो। आफू जहाँ हुनुहुथ्यो, त्यसको बारेमा कसैले पनि थाहा नपाओस् भन्ने येशूको इच्छा थियो। BSB BSB: Going on from there, they passed through Galilee. But Jesus did not want anyone to know,
31 UDB आफ्ना चेलाहरूलाई शिक्षा दिनलाई उहाँले समय निकाल्न चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्दै हुनुहुन्थ्यो, “कुनै दिन मेरा शत्रुहरूले म, मानिसको पुत्रलाई गिरफ्तार गर्नेछन्, र मलाई अरू मानिसहरूका हातमा सुम्पिदिनेछन्। ती मानिसहरूले मलाई मार्नेछन्। तर मेरो मृत्युपछि, तेस्रो दिनमा म फेरि जीवित हुनेछु!” BSB BSB: because He was teaching His disciples. He told them, “The Son of Man will be delivered into the hands of men. They will kill Him, and after three days He will rise.”
32 UDB उहाँले तिनीहरूलाई के भन्दै हुनुहुन्थ्यो भनी तिनीहरूले बुझ्न सकेनन्, र उहाँले के भन्न खोज्नुभएको हो भनी उहाँलाई सोध्न तिनीहरू डराए। BSB BSB: But they did not understand this statement, and they were afraid to ask Him about it.
33 UDB तब येशू र उहाँका चेलाहरू कफर्नुहुममा फर्किनुभयो। जब उहाँहरू घरमा हुनुहुन्थ्यो, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “हामी बाटोमा यात्रा गर्दै आउँदा तिमीहरू के कुराको बारेमा बात गर्दै थियौ?” BSB BSB: Then they came to Capernaum. While Jesus was in the house, He asked them, “What were you discussing on the way?”
34 UDB तर तिनीहरूले जवाफ दिएनन्। तिनीहरूमध्ये कोचाहिं सबभन्दा महत्वपूर्ण थियो भनी तिनीहरू एक आपसमा विवाद गर्दै थिए। BSB BSB: But they were silent, for on the way they had been arguing about which of them was the greatest.
35 UDB उहाँ भुईंमा बस्नुभयो, बाह्रैजना चेलाहरूलाई आफ्नो नजिक आउन बोलाउनुभयो र त्यसपछि तिनीहरूलाई भन्नुभयो, “कसैले परमेश्वरले उसलाई सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ठान्नुभएको होस् भन्ने इच्छा गर्छ भने, उसले आफैंलाई सबभन्दा कम महत्त्वपूर्ण व्यक्ति ठान्नुपर्छ, र अन्य हरेकको सेवा गर्नुपर्छ।” BSB BSB: Sitting down, Jesus called the Twelve and said, “If anyone wants to be first, he must be the last of all and the servant of all.”
36 UDB तब उहाँले एउटा बालकलाई लिनुभयो र उसलाई तिनीहरूका माझमा राख्नुभयो। उहाँले त्यस बालकलाई आफ्नो पाखुरामा लिनुभयो, त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, BSB BSB: Then He had a little child stand among them. Taking the child in His arms, He said to them,
37 UDB “मानिसहरूले मलाई प्रेम गरेको कारणले तिनीहरूले यस्तो बालकलाई ग्रहण गर्छन् भने, तिनीहरूले मलाई नै ग्रहण गर्दैछन् भनी परमेश्वरले विचार गर्नुहुन्छ। यो पनि साँचो हो कि तिनीहरूले मलाई पठाउनुहुने परमेश्वरलाई पनि ग्रहण गरिरहेका हुन्छन्।” BSB BSB: “Whoever welcomes one of these little children in My name welcomes Me, and whoever welcomes Me welcomes not only Me, but the One who sent Me.”
38 UDB यूहन्नाले येशूलाई भने, “गुरूज्यू, कसैले मानिसहरूबाट दुष्ट आत्माहरू निकाल्दै गरेको हामीले देख्यौं। उसले तपाईंबाट अधिकार पाएको थियो भनी दाबी गर्यो। यसैले हामी उसलाई त्यसो गर्न रोक्न भन्यौं किनभने ऊ चेलाहरूमध्येको व्यक्ति थिएन। BSB BSB: John said to Him, “Teacher, we saw someone else driving out demons in Your name, and we tried to stop him, because he does not accompany us.”
39 UDB येशूले भन्नुभयो, “उसलाई त्यसो गर्न रोक्न नभन। मेरो अधिकारमा ठूला काम गर्ने बित्तिकै मेरो बारेमा कसैले पनि खराब कुरा बोल्नेछैन। BSB BSB: “Do not stop him,” Jesus replied. “For no one who performs a miracle in My name can turn around and speak evil of Me.
40 UDB हाम्रो विरोध नगर्ने मानिसहरूले हाम्रै लक्ष्यहरू प्राप्त गर्ने कोसिस गर्दैछन्। BSB BSB: For whoever is not against us is for us.
41 UDB तिमीहरूले म, ख्रीष्टको पछि लागेको करणले मानिसहरूले सामान्य कसिमले तिमीहरूलाई पिउन दिने एक कचौरा पानी भए तापनि, तिमीहरूलाई कुनै किसिमले मद्धत गर्नेहरूलाई परमेश्वरले अवश्य पनि इनाम दिनुहुनेछ!” BSB BSB: Indeed, if anyone gives you even a cup of water because you bear the name of Christ, truly I tell you, he will never lose his reward.
42 UDB येशूले यसो पनि भन्नुभयो, “तर यो सानो बालक जस्तै सामाजिक रूपमा त्यति महत्त्व नभएको व्यक्ति नै भए तापनि, मलाई विश्वास गर्ने कसैलाई तिमीले पाप गर्न लगाउँछौ भने, परमेश्वरले तिमीलाई डरलाग्दो किसिमले दण्ड दिनुहुनेछ। मलाई विश्वास गर्ने व्यक्तिलाई पाप गर्न लगाएको कारणले परमेश्वरले तिमीलाई दण्ड दिनुभन्दा त कसैले तिम्रो घाँटीमा गह्रौं ढुंगा बाँध्छ र तिमीलाई समुद्रमा फाल्छ भने त्यो असल हुन्छ। BSB BSB: But if anyone causes one of these little ones who believe in Me to stumble, it would be better for him to have a large millstone hung around his neck and to be thrown into the sea.
44 UDB जहाँ किराहरूले तिनीहरूलाई खान कहिल्यै छोड्ने छैनन्, र तिनीहरूलाई जलाउने आगो कहिल्यै निभ्ने छैन। (पुराना आधिकारिक पाण्डुलिपिमा पदहरू ४४ देखि ४६ सम्मका वाक्यहरू मेटिएकोले भेटिएन।) BSB BSB: Not in the BSB
45 UDB आफ्ना खुट्टाहरूमध्ये एउटालाई पाप गर्न लगाउने इच्छा भयो भने, त्यो प्रयोग नगर! पाप गर्नबाट बच्नलाई तिमीले आफ्नो खुट्टा काट्नु र फाल्नु पर्छ भने पनि, त्यसै गर! तिमी पृथ्वीमा हुँदा आफ्ना खुट्टाहरूमध्ये एउटा नहोस् तापनि, तिमीले अनन्त जीवन पाउनुचाहिं असल हुन्छ। तर तिमीले पाप गर्नु र परिणामस्वरूप परमेश्वरले तिम्रो सम्पूर्ण शरिर नै नरकमा फाल्नु असल हुँदैन। BSB BSB: If your foot causes you to sin, cut it off. It is better for you to enter life lame than to have two feet and be thrown into hell.
46 UDB पुरानो आधिकारिक पाण्डुलिपिमा पद ४६ भेटिएन। BSB BSB: Not in the BSB
47 UDB तिमीले देखेको कारणले तिमीलाई पाप गर्ने परीक्षा आउँछ भने, ती कुराहरू हेर्न छोड! पाप गर्नबाट बच्नलाई तिमीले आफ्ना आँखालाई निकाल्नु र त्यसलाई फाल्नु परे तापनि, त्यसै गर! तिम्रा दुई आँखा भएर पनि परमेश्वरले तिमीलाई नरकमा फाल्नुभन्दा एउटा मात्र आँखा हुनु र परमेश्वरले तिम्रो जीवनमा राज्य गर्न खुशी हुनु असल कुरा हो। BSB BSB: And if your eye causes you to sin, pluck it out. It is better for you to enter the kingdom of God with one eye than to have two eyes and be thrown into hell,
48 UDB त्य ठाउँमा किराहरूले सदासर्वदा मानिसलाई खाइरहन्छन् र जलाउने आगो कहिल्यै निभ्दैन।” BSB BSB: where ‘their worm never dies, and the fire is never quenched.’
49 UDB “मानिसहरूले आफ्नो भोजनमा नुन हालेझैं, परमेश्वरले हरेकमा आगो हाल्नुहुनेछ। BSB BSB: For everyone will be salted with fire.
50 UDB नुन भोजनमा राख्न उपयोगी हुन्छ, तर त्यो स्वादविनाको भयो भने, त्यसलाई तिमीले फेरि नुनिलो बनाउन सक्दैनौँ। हामी खानालाई स्वादिलो बनाउने नुनजस्तै हुनुपर्छ। र एक अर्कामा शान्तिमा बस्नुपर्छ।” BSB BSB: Salt is good, but if the salt loses its saltiness, with what will you season it? Have salt among yourselves, and be at peace with one another.”