1 UDB येशूले त्यसो भनेको एक हप्तापछि, उहाँले पत्रुस, याकूब र यकूुबका भाइ यूहन्नालाई लिनुभयो, र तिनीहरूलाई एउटा अग्लो पहाडमाथि लानुभयो जहाँ तिनीहरू अरू मानिसहरूबाट टाढा थिए। BSB BSB: After six days Jesus took with Him Peter, James, and John the brother of James, and led them up a high mountain by themselves.
2 UDB उहाँहरू त्यहाँ हुँदा, यी तीन चेलाहरूले येशूको स्वरूप परिवर्तन भएको देखे। उहाँको अनुहार सूर्यजस्तै चम्कियो, र उहाँको वस्त्र चम्कियो र त्यो ज्योतिजस्तै चहकिलो भयो। BSB BSB: There He was transfigured before them. His face shone like the sun, and His clothes became as white as the light.
4 UDB पत्रुसले तिनीहरूलाई देखे र येशूलाई भने, “प्रभु! हामी यहाँ रहनु अति नै राम्रो हुन्छ! मैले गरौं भनी तपाईं इच्छा गर्नुहुन्छ भने, एउटा तपाईंको लागि, एउटा मोशाको लागि र एउटा एलियाको लागि, तीनवटा पालहरू म खडा गर्ने छु।” BSB BSB: Peter said to Jesus, “Lord, it is good for us to be here. If You wish, I will put up three shelters—one for You, one for Moses, and one for Elijah.”
5 UDB पत्रुसले बोल्दै गर्दा एउटा चम्किलो बादल तिनीहरूमाथि आयो। बादलको भित्रबाट परमेश्वरले येशूको बारेमा बोल्नुभएको तिनीहरूले सुने। उहाँले तिनीहरूलाई भन्नुभयो, “यिनी मेरा पुत्र हुन। यिनलाई म प्रेम गर्छु। यिनले मलाई प्रसन्न बनाउँछन्। यसैले तिमीहरूले यिनका कुरा सुनैपर्छ!” BSB BSB: While Peter was still speaking, a bright cloud enveloped them, and a voice from the cloud said, “This is My beloved Son, in whom I am well pleased. Listen to Him!”
6 UDB जब परमेश्वरले बोल्नुभएको तीनजना चेलाहरू सुने, तिनीहरू अत्यन्त डराए। परिणामस्वरूप, तिनीहरू जमीिनमा घोप्टो परे। BSB BSB: When the disciples heard this, they fell facedown in terror.
7 UDB तर येशू तिनीहरूकहाँ जानुभयो र तिनीहरूलाई छुनुभयो र भन्नुभयो, “खडा होओ! अब अरू नडराओ!” BSB BSB: Then Jesus came over and touched them. “Get up,” He said. “Do not be afraid.”
8 UDB र जब तिनीहरूले माथितिर हेरे, तिनीहरूले येशूलाई मात्र देखे जो अझै त्यहाँ हुनुहुन्थ्यो। BSB BSB: And when they looked up, they saw no one except Jesus.
10 UDB ती तीनजना चेलाहरूले येशूलाई सोधे, “तपाईंले भन्नुभएको कुरा सत्य हो भने, ख्रीष्ट आउनुअघि एलियालाई पृथ्वीमा फेरि आउनु आवश्यक छ भनि यहूदी व्यवस्था सिकाउने मानिसहरूले किन भन्छन्?” BSB BSB: The disciples asked Him, “Why then do the scribes say that Elijah must come first?”
11 UDB येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “ख्रीष्टको आगमनको लागि धेरै मानिसहरूलाई तयार पार्न एलिया आउने छन् भनी परमेश्वरले प्रतिज्ञा गर्नुभको कुरा यो साँचो हो।” BSB BSB: Jesus replied, “Elijah does indeed come, and he will restore all things.
12 UDB तर यो कुरा ध्यान देओः एलिया पहिले नै आइसकेका छन् र हाम्रा अगुवाहरूले तिनलाई देखेका छन्, तर ख्रीष्टको अघि आउने व्यक्ति उनै हुन् भनी तिनीहरूले उनलाई चिनेनन्। बरु, तिनीहरूले आफूले इच्छा गरेकोजस्तै उनलाई खराब व्यवहार गरे। र तीनै शासकहरूले म स्वर्गबाट आएको व्यक्तिलाई पनि चाँडै नै त्यसैगरी व्यवहार गर्ने छन्। BSB BSB: But I tell you that Elijah has already come, and they did not recognize him, but have done to him whatever they wished. In the same way, the Son of Man will suffer at their hands.”
13 UDB तब उहाँले एलियाको बारेमा बोल्दै गर्दा, उहाँले बप्तिस्मा दिने यूहन्नको बारेमा भन्नुभएको हो भनी तीनजना चेलाहरूले बुझे। BSB BSB: Then the disciples understood that He was speaking to them about John the Baptist.
14 UDB जब येशू र तीनजना चेलाहरू अरू चेलाहरू र जम्मा भएको भीड कहाँ फर्के, तब एकजना मानिस येशूकहाँ आए र उहाँको सामु घुँडा टेके। BSB BSB: When they came to the crowd, a man came up to Jesus and knelt before Him.
15 UDB तनले उहाँलाई भने, “सर, मेरो छोरालाई कृपा गर्नुहोस् र उसलाई निको पार्नुहोस्! उसलाई छारे रोग लागेको छ र धेरै दुःख पाउँछ। यस रोगको कारणले ऊ धेरैपल्ट आगोमा र पानीमा लडेको छ।” BSB BSB: “Lord, have mercy on my son,” he said. “He has seizures and is suffering terribly. He often falls into the fire or into the water.
16 UDB तपाईंका चेलाहरूले उसलाई निको पारून् भन्ने उदेश्यले मैले उसलाई तिनीहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्। BSB BSB: I brought him to Your disciples, but they could not heal him.”
17 UDB येशूले जवाफ दिनुभयो, “तिमीहरू यस समयका मानिसहरूले परमेश्वरको शक्तिमा विश्वास गर्दै गर्दैनौ, तिमीहरू कति अलमलमा परेका छौ! मैले गरेका काम तिमीहरूले गर्न सक्ने हुनलाई कहिलेसम्म म तिमीहरूसित रहनुपर्छ? त्यस केटालाई यहाँ मकहाँ ल्याओ!” BSB BSB: “O unbelieving and perverse generation!” Jesus replied. “How long must I remain with you? How long must I put up with you? Bring the boy here to Me.”
18 UDB जब तिनीहरूले त्यस केटालाई येशूकहाँ ल्याए, छारे रोग गराउने त्यो दुष्ट आत्मालाई येशूले कडारूपमा हर्कानुभयो। परिणामस्वरूप, त्यस केटाबाट दुष्ट आत्मा बाहिर आयो, र त्यो समयदेखि त्यो केटो निको भयो। BSB BSB: Then Jesus rebuked the demon, and it came out of the boy, and he was healed from that moment.
19 UDB पछि, येशू एक्लै हुनुहुँदा चेलाहरूमध्ये कोही उहाँको नजीक आए र उहाँलाई सोधे, “हामीले किन त्यो दुष्ट आत्मालाई भगाउन सकेनौ?” BSB BSB: Afterward the disciples came to Jesus privately and asked, “Why couldn’t we drive it out?”
20 UDB उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “किनभने तिमीहरूले परमेश्वरको शक्तिमा त्यति धेरै विश्वास गरेनौ। BSB BSB: “Because you have so little faith,” He answered. “For truly I tell you, if you have faith the size of a mustard seed, you can say to this mountain, ‘Move from here to there,’ and it will move. Nothing will be impossible for you.”
21 UDB यस कुरालाई विचार गरः रायोका दानाहरू धेरै साना हुन्छन् तर तिनीहरू बड्छन् र ठूला बोटहरू हुन्छन्। त्यसरी नै, तिमीहरूले एकदम थोरै विश्वास गर्छौ भने पनि तिमीहरूले परमेश्वरलाई गर्नुहोस् भनी जे उहाँलाई बिन्ती गर्छौ, कुनै पनि कुरा तिमीहरू गर्न सक्ने छौ! तिमीहरूले यो पहाडलाई यसो भन्न सक्ने छौ, ‘यहाँबाट त्यहाँ सर!’ र त्यसलाई तिमीहरूले जहाँ जा भन्यौ त्यो त्यहाँ जान्छ।” BSB BSB: Not in the BSB
22 UDB चेलाहरू गालीलमा एकसाथ भेला भएको बेलामा, येशूले तिनीहरूलाई भन्नुभयो, “कसैले मलाई, मानिसको पुत्रलाई चाँडै नै अधिकारीहरूकहाँ सुम्पिदिने छ। BSB BSB: When they gathered together in Galilee, Jesus told them, “The Son of Man is about to be delivered into the hands of men.
23 UDB तिनीहरूले मलाई मार्ने छन्, तर मलाई मारिएको तेस्रो दिनमा, परमेश्वरले मलाई फेरि जीवित बनाउनु हुने छ।” जब चेलाहरूले त्यो सुने, तिनीहरू धेरै उदास भए। BSB BSB: They will kill Him, and on the third day He will be raised to life.” And the disciples were deeply grieved.
24 UDB जब येशू र चेलाहरू कफर्नहुम शहरमा आउनुभयो, मन्दिरमा करहरू उठाउने मानिसहरू पत्रुसको नजीक आए र तिनलाई भने, “तिम्रो गुरुले मन्दिरको कर तिर्छन्, तिर्दैनन् र?” BSB BSB: After they had arrived in Capernaum, the collectors of the two-drachma tax came to Peter and asked, “Does your Teacher pay the two drachmas?”
25 UDB तिनले उनीहरूलाई जवाफ दिए, “हो, उहाँले त्यो तिर्नुहुन्छ।” जब चेलाहरू येशूको घरमा गए, पत्रुस बोल्न शुरू गर्नु अघि, येशूले तिनलाई भन्नुभयो, “सिमोन, तिम्रो विचारमा शासकहरूले राजस्व वा करहरू कसबाट उठाउँछन्? तिनीहरूले आफ्नै देशका नागरिक वा आफूले जितेका देशका नागरिक कसबाट करहरू लिन्छन्?” BSB BSB: “Yes,” he answered. When Peter entered the house, Jesus preempted him. “What do you think, Simon?” He asked. “From whom do the kings of the earth collect customs and taxes: from their own sons, or from others?”
26 UDB पत्रुसले उहाँलाई जवाफ दिए, “अरू देशका नागरिकबाट लिन्छन्। तब येशूले तिनलाई भन्नुभयो, “यसैले तिनीहरूका आफ्नै देशका नागरिकले करहरू तर तिर्नु पर्दैन। BSB BSB: “From others,” Peter answered. “Then the sons are exempt,” Jesus said to him.
27 UDB तर जाऊ हाम्रो निम्ति कर तिर जसले गर्दा मन्दिरमा कर उठाउनेहरू हामीहरूसँग रिसाउने छैनन्। त्यो तिर्न पैसा प्राप्त गर्नको निम्ति, गालील समुद्रमा जाऊ, आफ्नो बल्छी हान, र तिमीले पक्रेको पहिलो माछो लेऊ। जब तिमीले त्यसको मुख खोल्छौ, तिमीले एउटा चाँदीको सिक्का भेट्टाउने छौ, जुन तिम्रो र मेरो कर तिर्नलाई पर्याप्त हुन्छ। त्यो सिक्का लेऊ र त्यो मन्दिरको कर उठाउनेहरूलाई देऊ।” BSB BSB: “But so that we may not offend them, go to the sea, cast a hook, and take the first fish you catch. When you open its mouth, you will find a four-drachma coin. Take it and give it to them for My tax and yours.”