1 UDB ठीक त्यसै समयमा चेलाहरूले येशूकहाँ आए र उहाँलाई सोधे, “परमेश्वरले स्वर्गबाट तपाईंलाई राजा बनाउनुहुँदा, हामीहरूमध्ये को सबभन्दा बढी प्रतिष्ठित हुने छौं?” BSB BSB: At that time the disciples came to Jesus and asked, “Who then is the greatest in the kingdom of heaven?”
2 UDB येशूले एउटा बालकलाई बोलाउनुभयो र उसलाई तिनीहरू माझमा राख्नुभयो। BSB BSB: Jesus invited a little child to stand among them.
3 UDB उहाँ भन्नुभयो, “म तिमीहरूलाई सत्य भन्छुः तिमीहरू बदलिएनौ र साना बालबालिकाझैं विनम्र भएनौ भने, निश्चिय नै तिमीहरू स्वर्गको परमेश्वरको राज्यमा आउने छैनौ। BSB BSB: “Truly I tell you,” He said, “unless you change and become like little children, you will never enter the kingdom of heaven.
4 UDB यस बालकलेझैं विनम्र हुने मानिसहरू नै स्वर्गबाट परमेश्वरले राज्य गर्नुहुँदा सबभन्दा बढी प्रतिष्ठित मानिसहरू हुने छन्। BSB BSB: Therefore, whoever humbles himself like this little child is the greatest in the kingdom of heaven.
5 UDB अनि, जब मानिसहरूले मलाई प्रेम गरेको कारणले तिनीहरूले यस्तो एउटा बालकलाई स्वगत गर्छन्, तिनीहरूले मलाई नै स्वागत गर्दै छन् भनी परमेश्वर ठान्नुहुन्छ।” BSB BSB: And whoever welcomes a little child like this in My name welcomes Me.
6 UDB “एकजना व्यक्तिले मलाई विश्वास गर्ने कसैलाई पापमा पार्छ भने, मानिसहरूले यो सानो बालकझैं प्रतिष्ठारहित भनी सोचेको व्यक्ति भए तापनि, परमेश्वरले निश्चय नै त्यस व्यक्तिलाई दण्ड दिनुहुने छ। कसैले त्यस व्यक्तिको घाँटीमा गह्रौ ढुङ्गा बाँधेर समुद्रको गहिरो भागमा फालेको भन्दा पनि नराम्रो दण्ड परमेश्वरले उसलाई दिनुहुने छ! BSB BSB: But if anyone causes one of these little ones who believe in Me to stumble, it would be better for him to have a large millstone hung around his neck and to be drowned in the depths of the sea.
7 UDB अरूहरूलाई पाप गर्न लगाउने मानिसहरूलाई कति डरलाग्दो हुने छ। पाप गर्ने परीक्षाहरू सधैं आइरहन्छन्, तर अर्को व्यक्तिलाई पाप गर्न लगाउने कुनै पनि व्यक्तिलाई कति डरलाग्दो हुने छ। BSB BSB: Woe to the world for the causes of sin. These stumbling blocks must come, but woe to the man through whom they come!
8 UDB यसैले तिमीहरूका हातहरू वा खुट्टाहरूमध्ये एउटालाई पाप गर्न प्रयोग गर्ने इच्छा हुन्छ भने, त्यो हात वा खुट्टालाई प्रयोग गर्न छोड! तिमीहरूले त्यसलाई काटेर फालेपछि पाप गर्ने छैनौ भने काटेर फाल! मानौं, तिमीहरूसँग दुवै हातहरू र दुवै खुट्टाहरू भएको र तिमीहरूका पापको कारणले परमेश्वरले तिमीहरूलाई नरकको अनन्त आगोमा फालेकोभन्दा तिमीहरूसँग एउटा हात वा एउटा खुट्टा मात्र भएको र परमेश्वरसँग सदासर्वदा बास गरेको कति धेरै असल हो। BSB BSB: If your hand or your foot causes you to sin, cut it off and throw it away. It is better for you to enter life crippled or lame than to have two hands and two feet and be thrown into the eternal fire.
9 UDB हो र तिमीले देखेको कुराले तिमीलाई पाप गर्ने इच्छा हुन्छ भने, ती कुराहरू हेर्न छोड! पाप गर्न छोड्नलाई तिमीहरूले आफ्ना आँखाहरूमध्ये एउटालाई निकाल्नु र त्यसलाई फाल्नुपर्छ भने निकालेर फाल। मानौं, तिमीहरूसँग दुवै आँखाहरू भएको र परमेश्वरले तिमीहरूलाई नरकको अनन्त आगोमा फालेकोभन्दा तिमीहरूसँग एउटा आँखा मात्र भएको र परमेश्वरसँग सदासर्वदा बास गरेको कति धेरै असल हो।” BSB BSB: And if your eye causes you to sin, gouge it out and throw it away. It is better for you to enter life with one eye than to have two eyes and be thrown into the fire of hell.
10 UDB “यी बालबलिकामध्ये एउटालाई पनि हेलाको दृष्टिले नहेर्न पक्का होओ। म तिमीहरूलाई साँच्चै भन्छु कि तिमीहरूले बालबलिकालाई दुर्व्यवहार गर्यौ भने तिनीहरूको रक्षा गर्ने स्वर्गदूतहरू सधैं मेरो पिताकहाँ जान्छन् र उहाँलाई खबर गर्छन्। BSB BSB: See that you do not look down on any of these little ones. For I tell you that their angels in heaven always see the face of My Father in heaven.
11 UDB प्राचीन सर्वोत्कृष्ट पाण्डुलिपिमा पद ११ मेटिएको छ। किनकि मानिसको पुत्र हराएकोलाई बचाउन आयो। BSB BSB: Not in the BSB
12 UDB यस्तो परिस्थितिमा तिमीहरूले गर्नेछौ भनी तिमीहरू विचार गर्छौ? तिमीहरूसँग एक सयवटा भेडाहरू थिए र तीमध्ये एउटा हरायो भने, तिमीहरूले निश्चय नै डाँडातिर भएका उन्नानसय वटालाई छोड्छौ र जान्छौ र त्यो हराएको एउटालाई खोज्छौ, खोज्दैनौ र? BSB BSB: What do you think? If a man has a hundred sheep and one of them goes astray, will he not leave the ninety-nine on the hills and go out to search for the one that is lost?
13 UDB तिमीहरूले त्यसलाई भेट्टायौ भने, म पक्का भन्छु कि तिमीहरू धेरै आनन्दित हुन्छौ। उनान्सय वटा भेडाहरू नहराएकोमा तिमीहरूका खुशी हुन्छौ, तर तिमीहरूले हराएको भेडा भेट्टाएकोमा तिमीहरू अझै धेरै आनन्दित हुनेछौ। BSB BSB: And if he finds it, truly I tell you, he rejoices more over that one sheep than over the ninety-nine that did not go astray.
14 UDB जसरी गोठालोले आफ्नो एउटा भेडा पनि नहराओस् भन्ने इच्छा गर्छ, त्यसरी नै, स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले यी बालकहरूमध्ये एउटा पनि नरक नजाओस् भन्ने इच्छा गर्नुहुन्छ।” BSB BSB: In the same way, your Father in heaven is not willing that any of these little ones should perish.
15 UDB “एकजना विश्वासी भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, ऊ एक्लै हुँदा तिमी उसकहाँ जाऊ, र तिम्रो विरुद्धमा पाप गरेकोले उसलाई हप्काऊ। त्यो व्यक्तिले तिम्रो कुरा सुन्छ र तिम्रो विरुद्धमा पाप गरेकोमा दुःखी हुन्छ भने, तिमी र ऊ फेरि एकपल्ट असल दाजुभाइ हुनेछौ। BSB BSB: If your brother sins against you, go and confront him privately. If he listens to you, you have won your brother over.
16 UDB यद्यपि त्यो व्यक्तिले तिम्रो कुरा सुन्दैन भने, जाऊ र एक वा दुई अरू विश्वासीहरू भेट्टाऊ। तिनीहरूलाई तिमीसँग लैजाऊ, जस्तो व्यवस्थाले भन्छ, “हरेक दोष प्रमाणित गर्न दुई वा तीन जना गवाहीहरू हुनुपर्छ।” BSB BSB: But if he will not listen, take one or two others along, so that ‘every matter may be established by the testimony of two or three witnesses.’
17 UDB तिम्रो विरुद्ध पाप गर्नेले तिनीहरूलाई पनि सुन्दैन भने, सम्पूर्ण सभालाई त्यो कुरा भन ता कि तिनीहरूले उसलाई सच्याउन सक्छन्। र त्यो व्यक्तिले सभाको कुरा पनि सुन्दैन भने, जसरी तिमीहरूले अन्याजातिहरू र कर उठाउँनेहरूलाई आशाहीन पापीहरू ठानेर गर्छौ, त्यसरी नै उसलाई तिमीहरूका माझबाट बहिस्कार गर। BSB BSB: If he refuses to listen to them, tell it to the church. And if he refuses to listen even to the church, regard him as you would a pagan or a tax collector.
18 UDB यो कुरा मनमा राखः तिमीहरूको सभाको एकजना सदस्यलाई दण्ड दिने वा नदिने बारेमा पृथ्वीमा तिमीहरूले जे निर्णय गर्छौ, स्वर्गमा हुनुहुने परमेश्वरद्वारा पनि त्यो निर्णय भएको हुन्छ। BSB BSB: Truly I tell you, whatever you bind on earth will be bound in heaven, and whatever you loose on earth will be loosed in heaven.
19 UDB यो कुरा पनि ध्यान देओः यहाँ पृथ्वीमा बसोबास गर्ने तिमीहरूमध्ये कमासेकम दुईजना एकसाथ सहमत भएर तिमीहरूले जुनसुकै कुराको निम्ति पनि बिन्ति गर्छौ भने, तिमीहरूले मागेको कुरा स्वर्गमा हुनुहुने मेरा पिताले दिनुहुनेछ। BSB BSB: Again, I tell you truly that if two of you on the earth agree about anything you ask for, it will be done for you by My Father in heaven.
20 UDB यो सत्य हो, किनभने तिमीहरूले मलाई विश्वास गरेको कारणले जहाँ तिमीहरूमध्ये कमसेकम दुई वा तीनजना मेरो नाउँमा भेला हुन्छौ, म तिमीहरूसित हुन्छु।” BSB BSB: For where two or three gather together in My name, there am I with them.”
21 UDB यसपछि पत्रुस येशूकहाँ आए र उहाँलाई भने, “मेरा विरुद्धमा पाप गरिरहने विश्वासीलाई मैले कतिपल्ट क्षमा गर्नुपर्छ? उसलाई क्षमा गर्न मसँग उसले बिन्ती गरिरहन्छ भने, के मैले उसलाई सातपल्टसम्म पनि क्षमा गर्नुपर्छ?” BSB BSB: Then Peter came to Jesus and asked, “Lord, how many times shall I forgive my brother who sins against me? Up to seven times?”
22 UDB येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई भन्छु, तिमीले कसैलाई क्षमा गर्नुपर्ने संख्या सातपल्ट मात्र होइन, तर तिमीले उसलाई सत्तरी गुणा सात पल्ट क्षमा गर्नुपर्छ। BSB BSB: Jesus answered, “I tell you, not just seven times, but seventy-seven times!
23 UDB स्वर्गबाट परमेश्वरको राज्य एकजना राजा र तिनका अधिकारीहरू जस्तै हो। तिनका अधिकारीहरूले तिनलाई तिर्नुपर्ने ऋण तिनीहरूले तिरून् भन्ने तिनको इच्छा थियो। BSB BSB: Because of this, the kingdom of heaven is like a king who wanted to settle accounts with his servants.
24 UDB यसैले राजाकहाँ ती अधिकारीहरू तिनीसितको आफ्ना हिसाबहरू मिलाउन आए। राजाकहाँ ल्याइएका अधिकारीहरूमध्ये एकजनाले तिनलाई दशहजार सुनको सिक्का तिर्नुपर्ने थियो। BSB BSB: As he began the settlements, a debtor owing ten thousand talents was brought to him.
25 UDB तर राजालाई उसले तिर्नुपर्ने जति तिर्नलाई ऊसित येथेष्ट पैसा नभएको कारणले, ऊ, उसकी श्रीमती, छोराछोरी र उसका सबै धनदौलत अरू कसैलाई बेच्नु र राजाले उसलाई दिएको ऋण तिर्नु भनी राजाले हुकुम गरे। BSB BSB: Since the man was unable to pay, the master ordered that he be sold to pay his debt, along with his wife and children and everything he owned.
26 UDB त्यसपछि त्यो अधिकारीले त्यति ठूलो ऋण तिर्नलाई आफूसँग येथेष्ट पैसा छैन भनी जानेर राजाको अघि घुँडा टेक्यो र बिन्ती गर्यो, ‘मसँग धैर्य गर्नुहोस्, अन्तमा म तपाईंलाई सबै रकम तिर्नेछु।’ BSB BSB: Then the servant fell on his knees before him. ‘Have patience with me,’ he begged, ‘and I will pay back everything.’
27 UDB त्यो अदीकारीले त्यति ठूलो ऋण कहिल्यै तिर्न सक्ने छैन भन्ने जानेर राजा उसको निम्ति उनी दुःखी भए। यसैले तिनले उसको सबै ऋण माफ गरे र उसलाई छोडिदिए। BSB BSB: His master had compassion on him, forgave his debt, and released him.
28 UDB यसपछि त्यो अधिकारी राजाका अन्य अधिकारीहरूमध्ये एकजनाकहाँ गयो, जसले उसलाई एक वर्षको ज्यालाभन्दा अलि थोरै तिर्नु थियो। उसले त्यसको कठालो समात्यो र त्यसलाई झपार्न लाग्यो र त्यसलाई भन्यो, ‘तैँले मलाई तिर्नुपर्ने जेजेति छन् सबै तिर!’ BSB BSB: But when that servant went out, he found one of his fellow servants who owed him a hundred denarii. He grabbed him and began to choke him, saying, ‘Pay back what you owe me!’
29 UDB त्यो अधिकारीले उसको अघि घुँडा टेक्यो र यसो भन्दै बिन्ती गर्यो, ‘मसँग धैर्य गर्नुहोस्, अन्तमा म तपाईंलाई सबै रकम तिर्नेछु।’ BSB BSB: So his fellow servant fell down and begged him, ‘Have patience with me, and I will pay you back.’
30 UDB तर त्यस मानिसले पहिलो अधिकारीलाई तिर्नुपर्ने त्यो सानो रकमलाई उसले माफ गर्न अस्वीकार गरिगह्यो। त्यसको साटोमा, उसले त्यो अधिकारीलाई झयालखानमा हालिदियो र आफूले पउनुपर्ने सबै पैसा त्यसले नतिरून्जेल त्यसलाई त्यहीं बस्न भन्यो। BSB BSB: But he refused. Instead, he went and had the man thrown into prison until he could pay his debt.
31 UDB यस कुराको बारेमा जब राजाका अरू अधिकारीहरूले थाहा पाए, तिनीहरू अत्यन्तै दुःखी भए। यसैले तिनीहरू राजाकहाँ गए र जे भएको थियो त्यसको बारेमा सविस्तार खबर दिए। BSB BSB: When his fellow servants saw what had happened, they were greatly distressed, and they went and recounted all of this to their master.
32 UDB तब राजाले त्यो अधिकारीलाई बोलाए जसले तिनको दशहजार सुनका सिक्का ऋण तिर्नुपर्ने थियो। तिनले उसलाई भने, तँ दुष्ट सेवक! तैंले मलाई तिर्नुपर्ने ठूलो ऋण माफ गर्न तैंले मलाई बिन्ती गेरेको कारणले मैले तँलाई त्यसै गरें! BSB BSB: Then the master summoned him and said, ‘You wicked servant! I forgave all your debt because you begged me.
33 UDB जसरी मैले तँलाई कृपा गरें र तेरो ऋण माफ गरें, त्यसरी नै तैंले पनि आफ्नो अधिकारी मित्रलाई कृपा गर्नुपर्ने र तैंले पाउनुपर्ने ऋण माफ दिनुपर्ने थियो! BSB BSB: Shouldn’t you have had mercy on your fellow servant, just as I had on you?’
34 UDB राजा अत्यन्तै क्रोधित भए। तिनले त्यस अधिकारीलाई झ्याल्खानाका अधिकारीहरूका हातमा सुम्पिदिए, जसले त्यसले तिर्नुपर्ने सबै ऋण नतिरून्जेल त्यसलाई असह्य पीडा दिए।” BSB BSB: In anger his master turned him over to the jailers to be tortured, until he should repay all that he owed.
35 UDB यसपछि येशूले लगातार यसो भन्नुभयो, “तिमीहरूका विरूद्धमा पापहरू गर्ने विश्वासीप्रति तिमीहरू कृपालु भएनौ र साँचो रुपले क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूलाई त्यसै गर्नुहुनेछ।” BSB BSB: That is how My heavenly Father will treat each of you unless you forgive your brother from your heart.”