2 UDB त्यहाँ एउटा ठुलो भूकम्प गयो किनभने परमेश्वरका एउटा दूत स्वर्गबाट आए। तिनी चिहानमा गए र ढुङ्गालाई प्रविशद्वारबाट गुडाएर हटाइदिए। तब तिनी त्यो ढुंगामा बसे। BSB BSB: Suddenly there was a great earthquake, for an angel of the Lord descended from heaven, rolled away the stone, and sat on it.
3 UDB तिनको शरीर बिजुली चम्केको जस्तै चहकिलो थियो र तिनका वस्त्रहरू हिउँ जस्तै सेता थिए। BSB BSB: His appearance was like lightning, and his clothes were white as snow.
4 UDB पहरेदारहरू डरले थरथर कामे, र तिनीहरू मरेका मानिस जस्तै भएर जमीनमा ढले। BSB BSB: The guards trembled in fear of him and became like dead men.
5 UDB त्यो स्वर्गदूतले ती दुईजना स्त्रीलाई भने, “तिमीहरू डराउनु हुँदैन! मलाई थाहा छ कि तिमीहरू येशूलाई खोज्दैछौ, जो क्रुसमा काँटीमा झुण्डाइनुभएको थियो। BSB BSB: But the angel said to the women, “Do not be afraid, for I know that you are looking for Jesus, who was crucified.
6 UDB उहाँ यहाँ हुनुहुन्न! येशूले तिमीहरूलाई भन्नुभए जस्तै परमेश्वरले उहाँलाई फेरि जीवित बनाउनुभएको छ! आओ र उहाँको शरीर राखिएको ठाउँलाई हेर! BSB BSB: He is not here; He has risen, just as He said! Come, see the place where He lay.
7 UDB यसपछि तरून्तै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृत्युबाट जीवित हुनुभएको छ! उहाँ तिमीहरूभन्दा अगाडि गालील जिल्लामा जानुहुनेछ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ।’ मैले तिमीहरूलाई भनेका कुरामा ध्यान देओ!” BSB BSB: Then go quickly and tell His disciples, ‘He has risen from the dead and is going ahead of you into Galilee. There you will see Him.’ See, I have told you.”
8 UDB यसैले ती स्त्रीहरूले तुरून्तै त्यो चिहान छाडेर गए। तिनीहरू डराएका थिए, तर तिनीहरू धेरै अनन्दित पनि थिए। जे भएको थियो त्यो कुरा भन्नलाई तिनीहरू चेलाहरूकहाँ दौडे। BSB BSB: So they hurried away from the tomb in fear and great joy, and ran to tell His disciples.
9 UDB तिनीहरू दौडँदै गर्दा, अचानक येशू तिनीहरूकहाँ देखा पर्नुभयो। उहाँले भन्नुभयो, “तिमीहरूलाई अभिवादन!” स्त्रीहरू उहाँको नजीक आए। तिनीहरूले घुँडा टेके र उहाँका पाउ समाते र उहाँको आराधना गरे। BSB BSB: Suddenly Jesus met them and said, “Greetings!” They came to Him, grasped His feet, and worshiped Him.
10 UDB तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ! जाओ र मेरा चेलाहरूलाई भन कि तिनीहरू गालीलमा जानुपर्छ। तिनीहरूले मलाई त्यहाँ देख्नेछन्।” BSB BSB: “Do not be afraid,” said Jesus. “Go and tell My brothers to go to Galilee. There they will see Me.”
11 UDB ती स्त्रीहरू जाँदै गर्दा, त्यो चिहानको सुरक्षा गरिरहेका केही सिपाहीहरू सहरमा गए। हुन आएका हरेक घटनाहरू तिनीहरूले मुख्य पुजारीहरूलाई बताए। BSB BSB: While the women were on their way, some of the guards went into the city and reported to the chief priests all that had happened.
12 UDB यसैले मुख्य पुजारीहरू र यहूदी अगुवाहरू एकसाथ भेला भए। त्यो चिहान किन रित्तो भयो भनी बताउनलाई तिनीहरूले एउटा उपाय सोचे। तिनीहरूले ती सिपाहीहरूलाई घुसको रूपमा धेरै पैसा दिए। BSB BSB: And after the chief priests had met with the elders and formed a plan, they gave the soldiers a large sum of money
14 UDB गवर्नरले यसको बारेमा सुने भने, तिनी नरिसाउन् र तिमीहरूलाई दण्ड नदिऊन् भनेर हामी आफैं पक्का गर्नेछौं। यसैले तिमीहरूले चिन्ता गर्नुपर्दैन।” BSB BSB: If this report reaches the governor, we will satisfy him and keep you out of trouble.”
15 UDB यसैले ती सिपाहीहरूले त्यो पैसा लिए र तिनीहरूलाई सिकाइएझैंँ गरे। र आजको दिनसम्मै यहूदीहरूका माझमा यही वर्णन दिइएको छ। BSB BSB: So the guards took the money and did as they were instructed. And this account has been circulated among the Jews to this very day.
17 UDB तिनीहरूले उहाँलाई त्यहाँ देखे र उहाँको आराधना गरे। तर कसैले उहाँ साँच्चै येशू नै हुनुहुन्थ्यो र उहाँ फेरी जीवित हुनुभएको थियो भन्ने कुरामा शङ्का गरे। BSB BSB: When they saw Him, they worshiped Him, but some doubted.
20 UDB मैले तिमीहरूलाई आज्ञा दिएका हरेक कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। र यो याद राख कि यस युगको अन्त्यसम्म नै सधैंभरि म तिमीहरूका साथमा हुनेछु।” BSB BSB: and teaching them to obey all that I have commanded you. And surely I am with you always, even to the end of the age.”