1 UDB येशू नासरतको नगरमा हुनुभएको बेलामा, यूहन्ना, जसलाई मानिसहरूले बप्तिस्मा दिने भन्थे, यहूदिया प्रान्तको एउटा उजाड-स्थान गए। तिनले त्यहाँ आएका मानिसहरूलाई प्रचार गर्दै थिए। तिनले भनिरहे, BSB BSB: In those days John the Baptist came, preaching in the wilderness of Judea
2 UDB “तिमीहरूले पाप गर्न छोड्नैुपर्छ, किनभने स्वर्गबाट परमेश्वरको राज्य चाँडै आउँदैछ, र तिमीहरूले पाप गर्न छोडेनौ भने उहाँले तिमीहरूलाई इन्कार गर्नुहुनेछ।” BSB BSB: and saying, “Repent, for the kingdom of heaven is near.”
3 UDB यूहन्नाले प्रचार गर्न सुरु गर्दा, यशैया अगमवक्ताले धेरै अघि जे भनेका थिए त्यो सत्य हुन आयो। तिनले भने, “उजाड-स्थानमा मानिसहरूले कसैले हरेकलाई कराउँदै गरेको सुन्छन्, ‘परमप्रभु आउनुहुँदा उहाँलाई ग्रहण गर्न तयार होओ! उहाँको निम्ति सबै कुरा तयार गर!’” BSB BSB: This is he who was spoken of through the prophet Isaiah: “A voice of one calling in the wilderness, ‘Prepare the way for the Lord, make straight paths for Him.’”
4 UDB यूहन्नाले ऊँटको रौंबाट बनेको खस्रो कपडा लगाए। धेरै अघि एलिया अगमवक्ताले गरेझैं, तिनले आफ्नो कम्मरमा छालाको पेटी लगाए। तिनको खाना उजाड-स्थानमा पाइने फटेङ्ग्राहरू र वनमह मात्र थियो। BSB BSB: John wore a garment of camel’s hair, with a leather belt around his waist. His food was locusts and wild honey.
5 UDB यरूशलेम सहरमा बस्ने मानिसहरू, यहूदिया जिल्लाको अन्य ठाउँहरूमा बस्ने धेरै मानिसहरू, र यर्दन नदी नजिकै बस्ने धेरै अरूहरू यूहन्नाले प्रचार गरेको सुन्न तिनीकहाँ आए। BSB BSB: People went out to him from Jerusalem and all Judea and the whole region around the Jordan.
6 UDB तिनीहरूले उनको प्रचार सुनेपछि, तिनीहरूले खुलारुपले आफ्ना पापहरू स्वीकार गरे, र त्यसपछि उनले यर्दन नदीमा तिनीहरूलाई बप्तिस्मा दिए। BSB BSB: Confessing their sins, they were baptized by him in the Jordan River.
7 UDB तर धेरै फरिसीहरू र सदुकीहरू पनि यूहन्नाबाट बप्तिस्मा लिनलाई आउँदै गरेको उनले देखे। उनले तिनीहरूलाई भने, “तिमीहरू विषालु सर्पहरूका सन्तान हौ! पाप गर्नेहरू हरेकलाई एकदिन परमेश्वरले दण्ड दिनुहुनेछ भनेर तिमीहरूलाई कसैले पनि चेतावनी दिएन, दिए त? तिमीहरू उहाँबाट उम्कन पाउँछौ भन्ने नसोच!” BSB BSB: But when John saw many of the Pharisees and Sadducees coming to his place of baptism, he said to them, “You brood of vipers, who warned you to flee from the coming wrath?
8 UDB तिमीहरू साँच्चै पाप गर्न छोड्छौ भने, त्यो देखाउनलाई ठिक कामहरू गर। BSB BSB: Produce fruit, then, in keeping with repentance.
9 UDB म जान्दछु कि परमेश्वरले अब्राहामका सन्तानहरूसँग रहने प्रतिज्ञा गर्नुभयो। तर आफैंँमा यसो नभन, ‘हामीहरू आफ्ना पुर्खा अब्राहामका सन्तानहरू भएका हुनाले, हामीले पाप गरे तापनि परमेश्वरले हामीलाई दण्ड दिनुहुने छैन।’ होइन! म तिमीहरूलाई भन्छु कि यहाँ भएका यी ढुङ्गाहरूलाई उहाँले अब्राहामका सन्तानहरूमा बदल्न सक्नुहुन्छ! BSB BSB: And do not presume to say to yourselves, ‘We have Abraham as our father.’ For I tell you that out of these stones God can raise up children for Abraham.
10 UDB एकजना मानिसले असल फल नदिने फलको एउटा रूखको जराहरू काटेर हटाउन सुरु गरेजस्तै परमेश्वरले अहिले नै तिमीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ। यसरी उहाँले हरेक रूखलाई काट्नुहुनेछ र त्यसलाई आगोमा फ्याँक्नुहुनेछ।” BSB BSB: The axe lies ready at the root of the trees, and every tree that does not produce good fruit will be cut down and thrown into the fire.
11 UDB मेरो बारेमा, म धेरै महत्वपूर्ण होइन, किनभने म तिमीहरूलाई पानीले मात्र बप्तिस्मा दिन्छु। पाप गरेको निम्ति मानिसहरूले पश्चाताप गर्छन् भने म त्यसो गर्छु। तर कोही एकजना चाँडै नै आउँनुहुनेछ जसले धेरै शक्तिशाली कामहरू गर्नुहुनेछ। उहाँ मभन्दा यति धेरै महान हुनुहुन्छ कि म उहाँका जुत्ताहरू बोक्न पनि लायकको छैन। उहाँले तिमीरूुलाई पवित्र आत्मामा र आगोमा बप्तिस्मा दिनुहुनेछ। BSB BSB: I baptize you with water for repentance, but after me will come One more powerful than I, whose sandals I am not worthy to carry. He will baptize you with the Holy Spirit and with fire.
12 UDB खराब भूसबाट असल अन्न छट्याउन तयार भएर उहाँले आफ्नो निफन्ने नाङ्लो समात्दै हुनुहुन्छ। उहाँले अन्न जम्मा गर्नुभएको खलोबाट सबै खराब भुसलाई सफा गर्न उहाँ तयार हुनुहुन्छ। उहाँले धर्मी मानिसहरूलाई घरमा लानुहुनेछ, जसरी एकजना किसानले आफ्नो गहुँलाई आफ्नो भण्डारमा राख्छ; तर जसरी कसैले कहिल्यै ननिभ्ने आगोमा भुसलाई जलाउँछ, त्यसरी नै उहाँले दुष्ट मानिसहरूलाई जलाउनुहुनेछ। BSB BSB: His winnowing fork is in His hand to clear His threshing floor and to gather His wheat into the barn; but He will burn up the chaff with unquenchable fire.”
13 UDB त्यो समयमा, येशू गालील जिल्लाबाट यूहन्ना भएको ठाउँ यर्दन नदीमा जानुभयो। यूहन्नाले उहाँलाई बप्तिस्मा दिन सकून् भनी उहाँले यसो गर्नुभयो। BSB BSB: At that time Jesus came from Galilee to the Jordan to be baptized by John.
14 UDB जब येशूले यूहन्नालाई उहाँलाई बप्तिस्मा दिनु भन्नुभयो, यूुहन्नाले इन्कार गरे; उनले भने, “तपाईंले मलाई बप्तिस्मा दिनु आवश्यक छ! तर तपाईं एक पापी होइन, यसैले तपाईं किन मकहाँ आउनुहुन्छ?” BSB BSB: But John tried to prevent Him, saying, “I need to be baptized by You, and do You come to me?”
15 UDB तर येशूले तिनलाई भन्नुभयो, “मलाई अहिले बप्तिस्मा देऊ, किनभने यसरी नै हामी दुवैले परमेश्वरको हरेक इच्छा पुरा गर्ने छौं।” त्यसपछि यूहन्नाले उहाँलाई बप्तिस्मा दिन सहमत भए। BSB BSB: “Let it be so now,” Jesus replied. “It is fitting for us to fulfill all righteousness in this way.” Then John permitted Him.
17 UDB अनि परमेश्वर स्वर्गबाट बोल्नुभयो र भन्नुभयो, “यिनी मेरा छोरा हुन्। म यिनीलाई प्रेम गर्छु, र म यिनीसँग धेरै खुशी छु।” BSB BSB: And a voice from heaven said, “This is My beloved Son, in whom I am well pleased!”