1 UDB जब येशूले भिडहरूलाई देख्नुभयो, उहाँ एउटा डाँडामाथि जानुभयो। उहाँ त्यहाँ बस्नुभयो र उहाँको पछि आउनेहरूलाई शिक्षा दिन लाग्नुभयो। उहाँका कुरा सुन्न तिनीहरू उहाँको नजिक आए। BSB BSB: When Jesus saw the crowds, He went up on the mountain and sat down. His disciples came to Him,
2 UDB तब उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउन सुरु गर्नुभयो: BSB BSB: and He began to teach them, saying:
3 UDB “परमेश्वर त्यस्ता मानिसहरूसँग प्रसन्न हुनुहुन्छ जसले आफूलाई उहाँको खाँचो छ भनी स्वीकार गर्छन्; उहाँले स्वर्गबाट तिनीहरूमाथि राज्य गर्न सहमत हुनुहुने छ। BSB BSB: “Blessed are the poor in spirit, for theirs is the kingdom of heaven.
4 UDB परमेश्वर त्यस्ता मानिसहरूसँग प्रसन्न हुनुहुन्छ जसले यस पापपुर्ण संसारको कारणले शोक गर्छन्; उहाँले तिनीहरूलाई उत्साह दिनुहुने छ। BSB BSB: Blessed are those who mourn, for they will be comforted.
5 UDB परमेश्वर त्यस्ता मानिसहरूसँग प्रसन्न हुनुहुन्छ जो विनम्र हुन्छन्; परमेश्वरले नयाँ बनाउनुहुने पृथ्वीमा तिनीहरूले अधिकार पाउनेछन्। BSB BSB: Blessed are the meek, for they will inherit the earth.
6 UDB परमेश्वर त्यस्ता मानिसहरूसँग प्रसन्न हुनुहुन्छ जसले कसैले खाने र पिउने इच्छा गरे जस्तै धार्मिकरूपमा जीवन बिताउने इच्छा गर्छन्; उहाँले तिनीहरूलाई धार्मिकरूपमा जीवन बिताउन सक्षम बनाउनुहुने छ। BSB BSB: Blessed are those who hunger and thirst for righteousness, for they will be filled.
7 UDB परमेश्वर त्यस्ता मानिसहरूसँग प्रसन्न हुनुहुन्छ जसले अरूहरूप्रति कृपापूर्वक व्यवहार गर्छन्; उहाँले तिनीहरूप्रति कृपापूर्वक व्यवहार गर्नुहुने छ। BSB BSB: Blessed are the merciful, for they will be shown mercy.
8 UDB परमेश्वर त्यस्ता मानिसहरूसँग प्रसन्न हुनुहुन्छ जसले उहाँलाई प्रसन्न पार्ने कुरा मात्र गर्ने कोसिस गर्छन्; कुनैदिन तिनीहरू परमेश्वर हुनुभएको ठाउँमा हुने छन् र उहाँलाई देख्ने छन्। BSB BSB: Blessed are the pure in heart, for they will see God.
10 UDB परमेश्वर त्यस्ता मानिसहरूसँग प्रसन्न हुनुहुन्छ जसले धार्मिकरूपमा जीवन बिताउँछन्; जब तिनीहरूका धार्मिक जीवनको करणले दुष्ट मानिसहरूले अपमान गर्छन् र तिनीहरूलाई खराब व्यवहार गर्छन्, उहाँको आदर हुन्छ। परमेश्वरले यी धार्मिक मनिसहरूमाथि स्वर्गबाट राज्य गर्नुहुने छ। BSB BSB: Blessed are those who are persecuted because of righteousness, for theirs is the kingdom of heaven.
11 UDB अरू मानिसहरूले तिमीहरूको अपमान गर्दा परमेश्वर तिमीहरूसँग प्रसन्न हुनुहुन्छ, र तिनीहरूले तिमीहरूलाई खराब कुराहरू गर्दा र तिमीहरूलाई दुष्ट भनेर तिनीहरूले तिमीहरूका बारेमा झूटहरू बोल्दा उहाँको आदर हुन्छ। BSB BSB: Blessed are you when people insult you, persecute you, and falsely say all kinds of evil against you because of Me.
12 UDB जब त्यस्तो हुन्छ, आनन्दित होओ र खुसी होओ, किनभने परमेश्वरले तिमीहरूलाई स्वर्गमा ठुलो इनाम दिनुहुने छ। याद गर, त्यसरी नै तिनीहरूले धेरै अघिका बाँचेका अगमवक्ताहरूलाई सताए। BSB BSB: Rejoice and be glad, because great is your reward in heaven, for in the same way they persecuted the prophets before you.
13 UDB खानाको निम्ति नूनले जे गर्छ, संसारको निम्ति तिमीहरूले त्यही गर्ने छौ। तर यदि नूनले आफ्नो शक्ति गुमाउँछ भने, कसैले पनि त्यसलाई फेरि असल बनाउन सक्दैन। मानिसहरूले त्यसलाई बाहिर फाल्छन् र त्यसमाथि हिंड्छन्। BSB BSB: You are the salt of the earth. But if the salt loses its savor, how can it be made salty again? It is no longer good for anything, except to be thrown out and trampled by men.
14 UDB अँध्यारोमा भएका मानिसहरूका निम्ति प्रकाशले जे गर्छ, संसारको निम्ति तिमीहरूले त्यही गर्ने छौ। सबै मानिसहरूले तिमीहरूलाई देख्ने छन्, जस्तो डाँडामा बनेको एउटा सहर तिनीहरूले देख्छन्। BSB BSB: You are the light of the world. A city on a hill cannot be hidden.
15 UDB कसैले पनि बत्ती बाल्ने र त्यसलाई टोकरीमुनि राख्ने गर्दैन। त्यसको साटो, तिनीहरूले त्यसलाई एउटा सामदानमा राख्छन्, यसरी घरमा हुने हरेकलाई त्यसले उज्यालो दिन सक्छ। BSB BSB: Neither do people light a lamp and put it under a basket. Instead, they set it on a stand, and it gives light to everyone in the house.
16 UDB त्यसरी नै, तिमीहरूले ठिक काम यस्तो किसिमले गर्नुपर्छ कि तिमीहरू जे गर्छौ त्यो अरू मानिसहरूले देख्न सकून्। जब तिनीहरूले त्यो देख्छन्, तिनीहरूले स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गर्ने छन्।” BSB BSB: In the same way, let your light shine before men, that they may see your good deeds and glorify your Father in heaven.
18 UDB यो भनाई साँचो हो: परमेश्वरले स्वर्ग र पृथ्वी हटाउन सक्नुहुन्छ, तर परमेश्वरले व्यवस्थामा लेख्नुभएका हरेक कुरा उहाँले हुने छन् भन्नुभए जस्तै गरी पुरा नगर्नुभएसम्म, व्यवस्थामा भएका सबैभन्दा साना कुराहरू वा वाक्यको अन्त्य गर्ने एउटा पुर्ण विरामसम्म, परमेश्वरले ती व्यवस्थाबाट कुनै कुरा पनि हटाउनुहुने छैन। BSB BSB: For I tell you truly, until heaven and earth pass away, not a single jot, not a stroke of a pen, will disappear from the Law until everything is accomplished.
19 UDB त्यो सत्य भएको हुनाले, यदि तिमीहरूले सबभन्दा साना आज्ञाहरू पनि उलङ्घन गर्यौ भने, स्वर्गबाट परमेश्वरले राज्य गर्नुहुँदा तिमीहरू सबैभन्दा साना व्यक्ति हुने छौ। तर यदि तिमीहरूले ती सबै आज्ञाहरू पालन गर्यौ र तिमीहरूले परमेश्वरको आज्ञा पालन जस्तै अरूहरूलाई पनि उहाँको आज्ञा पालन गर्न सिकायौ भने, स्वर्गबाट परमेश्वरले राज्य गर्नुहुँदा तिमीहरू धेरै महत्त्वपूर्ण हुने छौ। BSB BSB: So then, whoever breaks one of the least of these commandments and teaches others to do likewise will be called least in the kingdom of heaven; but whoever practices and teaches them will be called great in the kingdom of heaven.
20 UDB म तिमीहरूलाई भन्छु कि व्यवस्थाका शिक्षकहरूले भन्दा राम्रोसित तिमीहरूले ती व्यवस्था पालन गर्नुपर्छ, र तिमीहरूले जे ठिक छ त्यो आफ्नो हृदयबाट गर्नुपर्छ। अनि फरिसीहरूले भन्दा राम्रोसित तिमीहरुले गर्नुपर्छ अन्यथा स्वर्गबाट परमेश्वरले गर्नुहुने राज्यमा तिमीहरू कदापि आउने छैनौ। BSB BSB: For I tell you that unless your righteousness exceeds that of the scribes and Pharisees, you will never enter the kingdom of heaven.
21 UDB “परमेश्वरले हाम्रा पुर्खाहरूलाई जे भन्नुभयो त्यो अरूहरूले तिमीहरूलाई भनेका छन्, ‘तैँले कसैको हत्या गर्नु हुँदैन,’ र ‘यदि तैँले कसैको हत्या गरिस् भने, शासकीय सभाका सदस्यहरूले तँलाई मृत्युदण्ड दिन सक्छन्।’ BSB BSB: You have heard that it was said to the ancients, ‘Do not murder’ and ‘Anyone who murders will be subject to judgment.’
22 UDB तर म तिमीहरूलाई भन्छु कि यदि तिमीहरू कसैप्रति क्रोधित हुन्छौ भने परमेश्वर आफैँले तिमीहरूको न्याय गर्नुहुने छ। यदि तिमीहरू कसैलाई, ‘तँ बेकामको छस्’ भन्छौ भने, शासकीय सभाले तिमीहरूको न्याय गर्ने छ। यदि तिमीहरूले कसैलाई, ‘तँ मूर्ख होस्’ भन्छौ भने, परमेश्वरले तिमीहरूलाई नरकको आगोमा फाल्नुहुने छ। BSB BSB: But I tell you that anyone who is angry with his brother will be subject to judgment. Again, anyone who says to his brother, ‘Raca,’ will be subject to the Sanhedrin. But anyone who says, ‘You fool!’ will be subject to the fire of hell.
23 UDB यसैले जब तिमीहरूले परमेश्वरको निम्ति आफ्नो भेटी वेदीमा लान्छौ, यदि तिमीहरूले कसैलाई चित्त दुखाएको छौ भनी याद भयो भने, BSB BSB: So if you are offering your gift at the altar and there remember that your brother has something against you,
24 UDB तिमीहरूको भेटी वेदीको छेउमा राख, र पहिले तिमीहरूले चित्त दुखाएको व्यक्तिकहाँ जाऊ। तिमीहरूले जे गरेका छौ त्यसको लागि त्यस व्यक्तिसँग तिमीहरू क्षमाप्रार्थी छौ भन र तिमीहरूलाई क्षमा गर्न त्यो व्यक्तिसँग विन्ती गर। त्यसपछि फर्केर जाऊ र आफ्नो भेटी परमेश्वरलाई चढाऊ। BSB BSB: leave your gift there before the altar. First go and be reconciled to your brother; then come and offer your gift.
25 UDB यदि तिमीहरूको छिमेकी मित्रले तिमीहरूलाई केही खराब गरेको दोष लगाउनलाई तिमीहरूलाई अदालतमा लान्छ भने, त्यो व्यक्तिसँग अदालत जान तिमीहरू बाटोमा हिंड्दै गर्दा, त्यो व्यक्तिसँग छिट्टै सम्झौता गरिहाल। समय हुँदा नै त्यसो गरिहाल ता कि उसले तिमीहरूलाई न्यायाधीशकहाँ लैजाने छैन, किनभने न्यायधीशले तिमीहरूलाई दोषी छौ भन्न सक्छन् र तिमीहरूलाई झ्यालखानका पहरेदारकहाँ सुम्पिन सक्छन् र झ्यालखानका पहरेदारले तिमीहरूलाई झ्यालखानमा थुन्ने छन्। BSB BSB: Reconcile quickly with your adversary, while you are still on the way to court. Otherwise, he may hand you over to the judge, and the judge may hand you over to the officer, and you may be thrown into prison.
26 UDB यो कुरा मनमा राख: यदि तिमीहरू झ्यालखानमा गयौ भने, तिमीहरू कदापी बाहिर आउने छैनौ किनभने न्यायाधीशले तिमीहरूलाई तिर्नुपर्छ भनेको जति सबै तिमीहरूले कदापी तिर्न सक्ने छैनौ। यसैले आफ्ना दाजुभाइसँग मिलापमा बस्नुपर्ने कुरा पनि याद गर।” BSB BSB: Truly I tell you, you will not get out until you have paid the last penny.
27 UDB “तिमीहरूले सुनेका छौ कि परमेश्वरले हाम्रा पुर्खाहरूलाई भन्नुभयो, ‘व्यभिचार नगर’। BSB BSB: You have heard that it was said, ‘Do not commit adultery.’
28 UDB तर म तिमीहरूलाई यसो भन्छु: यदि एकजना मानिसले एउटी स्त्रीलाई तिनीसँग सुत्ने इच्छा गरेर हेर्छ मात्र भने पनि, उसले पहिले नै आफ्नो मनमा तिनीसँग व्यभिचार गरिसकेको छ भनी परमेश्वरले बिचार गर्नुहुन्छ। BSB BSB: But I tell you that anyone who looks at a woman to lust after her has already committed adultery with her in his heart.
29 UDB यदि तिमीहरूले केही कुराहरू हेरेको कारणले तिमीहरूलाई पाप गर्ने इच्छा हुन्छ भने, ती कुराहरू हेर्न छोड। यदि तिमीहरूले आफ्ना आँखाहरूमध्ये दुवैलाई नष्ट गर्नुपर्छ भने पनि, यदि त्यसो गर्दा तिमीहरू पाप गर्न छोड्छौ भने त्यसै गर। तिमीहरूले देख्ने अवस्थामा नै परमेश्वरले तिमीहरूलाई नरकमा फाल्नुभन्दा दृष्टिविहीन हुनु र पाप गर्न छोड्नु असल हुन्छ। BSB BSB: If your right eye causes you to sin, gouge it out and throw it away. It is better for you to lose one part of your body than for your whole body to be thrown into hell.
30 UDB र यदि तिमीहरूका हातहरूमध्ये एउटाले तिमीहरूलाई पाप गर्ने बनाउँछ भने, आफ्नो हात प्रयोग गर्न छोड। यदि तिमीहरूले आफ्नो हात काट्नुपर्छ र त्यसलाई फल्नुपर्छ भने पनि, यदि त्यसो गर्दा तिमीहरू पाप गर्न छोड्छौ भने त्यसै गर। तिमीहरूको सम्पुर्ण शरीरलाई परमेश्वरले नरकमा फाल्नुभन्दा तिमीहरूको शरीरको एउटा अङ्ग गुमाउनु असल हुन्छ।” BSB BSB: And if your right hand causes you to sin, cut it off and throw it away. It is better for you to lose one part of your body than for your whole body to depart into hell.
31 UDB “परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको छ, ‘यदि एकजना मानिसले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्दै छ भने, उसले एउटा दस्तावेज लेख्नुपर्छ जसमा उसले लेख्छ कि उसले तिनसँग सम्बन्ध विच्छेद गर्दै छ।’ BSB BSB: It has also been said, ‘Whoever divorces his wife must give her a certificate of divorce.’
32 UDB तर अब म तिमीहरूलाई के भन्छु सुन: एकजना मानिसले आफ्नी पत्नीसँग तिनले व्यभिचार गरेकी छिन् भने मात्र सम्बन्ध विच्छेद गर्न सक्छ। यदि मानिसले अरू कुनै कारणले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्छ भने, तिनले फेरिी अरू कसैसँग विवाह गरिन् भने तिनले व्यभिचार गर्छिन्। र तिनलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्छ।” BSB BSB: But I tell you that anyone who divorces his wife, except for sexual immorality, brings adultery upon her. And he who marries a divorced woman commits adultery.
33 UDB धेरै पहिले मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ, ‘तिमीहरुले कदापी झुट बोलेर शपथ खानु हुँदैन! त्यसको सटो, परमप्रभु आफैँ तिमीहरूको अघि खडा हुनुझैँ गरी तिमीहरूले आफुले गरेका प्रतिज्ञाहरू पुरा गर्नुपर्छ।’ BSB BSB: Again, you have heard that it was said to the ancients, ‘Do not break your oath, but fulfill your vows to the Lord.’
34 UDB तर अब म तिमीहरूलाई झन् धेरै कुरा भन्छु: कुनै पनि कारणले शपथ नखओ! तिमीहरूले गर्ने प्रतिज्ञाको जमानी बस्न स्वर्गको परमेश्वर बस्नुहुने ठाउँको नाउँ नलेओ! त्यो उहाँको शक्तिको महान आसन हो र त्यहाँबाट उहाँले सबै कुराहरूमाथि राज्य गर्नुहुन्छ। BSB BSB: But I tell you not to swear at all: either by heaven, for it is God’s throne;
35 UDB र पृथ्वीले सक्षी दिन्छ भनी कुनै शपथ नखाओ। त्यसो नगर, किनभने पृथ्वीमा परमेश्वरले आफ्ना पाउहरू राख्नुहुन्छ। यरूशलेम सहरको नाउँमा शपथ नखओ, किनभने यरूशलेम परमेश्वर, हाम्रा महान राजाको सहर हो। BSB BSB: or by the earth, for it is His footstool; or by Jerusalem, for it is the city of the great King.
36 UDB अझ अरू, तिमीहरूले केही गर्नेछौ र यदि तिमीहरूले गरनौ भने तिनीहरूले तिमीहरूको शिर काट्न सक्छन् भनी प्रतिज्ञा नगर। तिमीहरूले आफ्नो शिरको एउटा रौंको रङ पनि बदल्न सक्दैनौ भने केही अत्यन्त महत्वपुर्ण कुराको प्रतिज्ञा तिमीहरूले कसरी गर्न सक्छौ। BSB BSB: Nor should you swear by your head, for you cannot make a single hair white or black.
37 UDB यदि तिमीहरू केही कुरा गर्ने बारेमा बात गर्छौ भने, ‘हो, म यो गर्ने छु’ वा ‘होइन, म यो गर्ने छैन’ मात्र भन। यदि त्योभन्दा बढी कुनै कुरा भन्यौ भने, शैतान वा दुष्ट आत्माले तिमीहरूलाई त्यसो भन्न सल्लहा दिएको हो।” BSB BSB: Simply let your ‘Yes’ be ‘Yes,’ and your ‘No,’ ‘No.’ Anything more comes from the evil one.
39 UDB तर अब म तिमीहरूलाई के भन्छु सुन: तिमीहरूलाई नोक्सान पर्याउने कसैलाई बदला लिने कुरा त परै जाओस्, उसलाई रोक्ने कोसिस पनि नगर। त्यसको साटो, यदि कसैले तिमीहरूलाई एउटा गालामा थप्पड हानेर अपमान गर्छ भने, त्यो व्यक्तितिर तिमीहरूको अर्को गाला पनि फर्काइदेऊ, यसरी उसले तिमीहरूलाई त्यसमा पनि थप्पड हान्न सक्छ। BSB BSB: But I tell you not to resist an evil person. If someone slaps you on your right cheek, turn to him the other also;
40 UDB यदि कसैले तिमीहरूको अलखा लिनलाई अदालतमा तिमीहरूको विरुद्धमा मुद्दा चलाउँछ भने, त्यो र तिमीहरुको निम्ति झन् मूल्यवान बिहिरी वस्त्र समेत दुबै त्यस व्यक्तिलाई देऊ। BSB BSB: if someone wants to sue you and take your tunic, let him have your cloak as well;
41 UDB र यदि रोमी सिपाहीले तिमीहरूलाई उसँग एक माइलसम्म जान र उसका झिटी-गुण्टा बोक्न जबरजस्ती गर्छ भने, त्यो दुई माइल परसम्मै बोकिदेऊ। BSB BSB: and if someone forces you to go one mile, go with him two miles.
42 UDB अझ अरू, यदि कसैले तिमीसँग केही कुरा माग्छ भने, उसलाई त्यो देऊ। यदि कसैले उसलाई दिन तिमीसँग केही कुरा उधारो माग्छ भने, अघि बढ र उसलाई त्यो देऊ।” BSB BSB: Give to the one who asks you, and do not turn away from the one who wants to borrow from you.
46 UDB यदि तिमीहरूले आफूलाई प्रेम गर्ने मानिसहरूलाई मात्र प्रेम गर्छौ भने, परमेश्वरले तिमीहरूलाई इनाम दिनहुने छ भन्ने आशा नगर! डरलाग्दा कामहरू गर्ने मानिसहरू जस्तै कर उठाउँनेहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्छन्। तिनीहरूले गर्नेभन्दा असल काम तिमीहरूले गर्नुपर्छ। BSB BSB: If you love those who love you, what reward will you get? Do not even tax collectors do the same?
47 UDB हो, र यदि तिमीहरूले आफ्ना मित्रहरूलाई मात्र प्रणाम गर्छौ र तिनीहरूलाई आशिष् दिन परमेश्वरमा विन्ती गर्छौ भने, तिमीहरूले अरू मानिसहरूलेभन्दा असल केही गरेका हुँदैनौ। परमेश्वरका आज्ञाहरू नमान्ने गैर-यहूदीहरूले पनि त्यसैो गर्छन्! BSB BSB: And if you greet only your brothers, what are you doing more than others? Do not even Gentiles do the same?
48 UDB यसैले स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्वरप्रति तिमीहरू पुर्णरूपमा विश्वासयोग्य हुनुपर्छ, जस्तो उहाँ तिमीहरूप्रति पुर्णरूपमा विश्वासयोग्य हुनुपर्छ।” BSB BSB: Be perfect, therefore, as your heavenly Father is perfect.