2 UDB यदि तिमीले अरू मानिसहरूलाई दोष लगाउँछौ भने, परमेश्वरले पनि तिमीलाई दोष लगाउनुहुने छ। तिमीले अरूहरूलाई जति दोष लगाउँछौ, तिमीलाई पनि त्यति नै दोष लगाइने छ। BSB BSB: For with the same judgment you pronounce, you will be judged, and with the measure you use, it will be measured to you.
3 UDB अरू कसैका सा-साना कमजोरीहरूका बारेमा तिमीहरूमध्ये कसैले पनि चिन्ता लिनुहुँदैन! त्यो त त्यस व्याक्तिको आँखामा भएको एउटा सानो कसिङ्गरलाई देखेजस्तो हुन्छ। तर तिम्रा आफ्नै ठुल्ठुला कमजोरीहरूका बारेमा तिमीले चिन्ता गर्नुपर्छ किनभने तिमीले आफ्नै आँखामा भएको काठको एउटा ठुलो फल्याकलाई देख्दैनौ। BSB BSB: Why do you look at the speck in your brother’s eye but fail to notice the beam in your own eye?
4 UDB जब तिम्रो आफ्नै आँखामा काठको एउटा ठुलो फल्याक छ भने, तिमीले अरू मानिसहरूका सा-साना कमजोरीहरूका बारेमा तिनीहरूलाई भन्नुहुँदैन, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर हटाउन देऊ!’ BSB BSB: How can you say to your brother, ‘Let me take the speck out of your eye,’ while there is still a beam in your own eye?
5 UDB यदि तिमीले त्यसो गर्छौ भने, तिमी एक कपटी हौ! अरू कसैको आँखाबाट कसिङ्गरलाई बाहिर निकाल्ने कोसिस गर्नुअघि तिमीले पहिला आफ्नै आँखाबाट काठको त्यो ठुलो फल्याकलाई हटाउनुपर्छ।” BSB BSB: You hypocrite! First take the beam out of your own eye, and then you will see clearly to remove the speck from your brother’s eye.
6 UDB “परमेश्वरको कुराहरू तिमीहरूलाई आक्रमण गर्ने कुकुरहरूलाई तिमीहरू नदेऊ। र बहूमूल्य मोतीहरूलाई तिमीहरूले घिनलाग्दा सुँगुरहरूको अघि नफाल, किनभने तिनीहरूले तीमाथि कुल्चिन्छन्। यसरी नै, परमेश्वरको बारेमा भएका अति राम्रा कुराहरू ती मानिसहरूलाई नभन जसले त्यसको बदलामा तिमीहरूको खाराबी गर्ने छन् भन्ने तिमीहरूलाई थाहा छ। BSB BSB: Do not give dogs what is holy; do not throw your pearls before swine. If you do, they may trample them under their feet, and then turn and tear you to pieces.
7 UDB “तिमीहरूलाई जे आवश्यक छ त्यो परमेश्वरसँग निरन्तर मागिरहो, र उहाँले त्यो तिमीहरूलाई दिनुहुने छ भनी आशा गरिरहो। BSB BSB: Ask, and it will be given to you; seek, and you will find; knock, and the door will be opened to you.
8 UDB किनभने हरेक जसले परमेश्वरसँग केही कुरा माग्छ, र जसले त्यो उहाँले उसलाई दिनुहुन्छ भनी आशा गर्छ, उसले त्यो पाउने छ। BSB BSB: For everyone who asks receives; he who seeks finds; and to him who knocks, the door will be opened.
9 UDB यदि तिमीहरूका छोराले तिमीहरूसँग रोटी माग्यो भने, तिमीहरूमध्ये कसैले पनि उसलाई ढुङ्गा दिंदैनौ, दिन्छौ र? BSB BSB: Which of you, if his son asks for bread, will give him a stone?
10 UDB यदि तिमीहरूका छोराले तिमीहरूसँग माछा माग्यो भने, तिमीहरूमध्ये कसैले पनि उसलाई सर्प दिंदैनौ, दिन्छौ र? BSB BSB: Or if he asks for a fish, will give him a snake?
11 UDB तिमीहरू दुष्ट भए तापनि, कसरी आफ्ना छोराछोरीलाई असल कुराहरू दिनुपर्छ भनी तिमीहरू जान्दछौ। यसैले, स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्वरले उहाँसँग माग्नेहरूलाई अझ बढी निश्चितरूपमा असल कुराहरू दिनुहुने छ। BSB BSB: So if you who are evil know how to give good gifts to your children, how much more will your Father in heaven give good things to those who ask Him!
12 UDB यसैले अरूहरूले जसरी तिमीहरूप्रति व्यवहार गरून् भनी तिमीहरू इच्छा गर्छौ, त्यसरी नै तिमीहरूले पनि तिनीहरूप्रति व्यवहार गर्नुपर्छ, किनभने परमेश्वरको व्यवस्था र अगमवक्ताहरूले धेरै अघि लेखेका हरेक कुराको अर्थ त्यही नै हो। BSB BSB: In everything, then, do to others as you would have them do to you. For this is the essence of the Law and the Prophets.
13 UDB “स्वर्गमा हुनुहुने परमेश्वरसँग सदासर्वदा बास गर्न जानु कठिन छ; यो एउटा कठिन बाटो जस्तो हो जसमा तिमीहरू हिंड्नुपर्छ। अर्को बाटो पनि छ, जसमा धेरै मानिसहरू हिंड्छन्। BSB BSB: Enter through the narrow gate. For wide is the gate and broad is the way that leads to destruction, and many enter through it.
14 UDB त्यो बाटो फराकिलो छ; एउटा फराकिलो द्वारमा नपुगेसम्म तिनीहरू त्यसमा हिंडिरहन्छन्, तर जब तिनीहरू त्यसबाट भित्र जान्छन्, तब तिनीहरू मर्ने छन्। यसैले म तिमीहरूलाई भन्दै छु, स्वर्गमा हुनुहुने परमेश्वरसँग सदासर्वदा बास गर्नलाई कठिन बाटो हिंड र साँगुरो द्वारभित्र पस।” BSB BSB: But small is the gate and narrow the way that leads to life, and only a few find it.
15 UDB त्यस्ता मानिसहरूसँग होशियार रहो जो तिमीहरूकहाँ आउँछन् र झुट बोलेर भन्छन् कि परमेश्वरले जे भन्नुभएको छ त्यो तिनीहरूले तिमीहरूलाई भन्दै छन्। तिनीहरू सिधासादाजस्तो देखा पर्नलाई आफैँलाई भेडाको छालाले ढाकेका ब्वाँसाहरू जस्ता हुन्छन् तर तिमीहरूलाई आक्रमण गर्छन्। BSB BSB: Beware of false prophets. They come to you in sheep’s clothing, but inwardly they are ravenous wolves.
17 UDB यहाँ अर्को उदाहरण छ∶ फलका असल रुखहरू सबैले असल फल उब्जाउँछन्, तर सडेका रूखहरू सबैले काम नलाग्ने फल उब्जाउँछन्। BSB BSB: Likewise, every good tree bears good fruit, but a bad tree bears bad fruit.
18 UDB कुनै पनि फलको असल रूखले काम नलाग्ने फल उब्जाउँदैन, र कुनै पनि सडेको रूखले असल फल उब्जाउँदैन। BSB BSB: A good tree cannot bear bad fruit, and a bad tree cannot bear good fruit.
19 UDB असल फल नउब्जाउने सबै रूखहरूलाई कामदारहरूले काटेर ढाल्छन् र जलाउँछन्। BSB BSB: Every tree that does not bear good fruit is cut down and thrown into the fire.
20 UDB वोटबिरुवाको उब्जनी हेरेर, तिनीहरू कस्ता किसिमका वोटबिरुवा हुन् भनी तिमीहरू जान्दछौ। त्यसरी नै, तिमीहरूकहाँ आउने मानिसहरूले जे गर्छन् त्यसलाई तिमीहरूले हेर्दा, तिनीहरूले साँच्चै नै असल उब्जनी दिन्छन् कि दिंदैनन् भनी तिमीहरू जान्दछौ। BSB BSB: So then, by their fruit you will recognize them.
22 UDB परमेश्वरले हरेकको न्याय गर्ने दिनमा, धेरैले मानिसहरूले मलाई भन्ने छन्, ‘प्रभु, हामीले तपाईंका प्रतिनिधिहरू भएर परमेश्वरको वचन प्रचार गर्यौँ! तपाईंकाो प्रतिनिधिहरू भएर हामीले भुत आत्माहरूलाई मानिसहरूबाट निकाल्यौँ! र तपाईंका प्रतिनिधिहरू भएर हामीले धेरै पल्ट शक्तिशाली कामहरू गर्यौँ!’ BSB BSB: Many will say to Me on that day, ‘Lord, Lord, did we not prophesy in Your name, and in Your name drive out demons and perform many miracles?’
23 UDB तब म तिनीहरूलाई खुल्लारूपले भन्ने छु, ‘तिमीहरू मेरा हौ भनेर मैले कदापी स्वीकार गरिन। तिमीहरू जसले दुष्ट काम गर्छौ, मबाट हटेर जाऊ!’” BSB BSB: Then I will tell them plainly, ‘I never knew you; depart from Me, you workers of lawlessness!’
24 UDB यसैले, म जे भन्छु त्यो सुन्ने र म जे आज्ञा गर्छु त्यो मान्ने कुनै पनि व्यक्ति चट्टानमाथि आपनो घर बनाउने एउटा बुद्धिमान मानिसजस्तो हुने छ। BSB BSB: Therefore everyone who hears these words of Mine and acts on them is like a wise man who built his house on the rock.
25 UDB पानी पर्यो र नदीमा बढी आयो, र हावाहुरि चल्यो र त्यस घरमा ठोकियो, तापनि त्यो घर ढलेन किनभने त्यो एउटा मजबुत चट्टानमाथि बनाइएको थियो। BSB BSB: The rain fell, the torrents raged, and the winds blew and beat against that house; yet it did not fall, because its foundation was on the rock.
26 UDB अर्कोतर्फ, म जे भन्छु त्यो सुन्ने तर मेरो आज्ञा नमान्ने कुनै पनि व्यक्ति आफ्नो घर बालुवामाथि बनाउने एउटा मूर्ख मानिसजस्तो हुने छ। BSB BSB: But everyone who hears these words of Mine and does not act on them is like a foolish man who built his house on sand.
27 UDB जब पानी पर्यो, र नदीमा बढी आयो, हावाहुरि चल्यो र त्यो घरमा ठोकियो, त्यो घर ढल्यो र भत्केर पूर्णरूपमा टुक्रा-टुक्रा भयो, किनभने त्यो बालुवामाथि बनाइएको थियो। यसैले मैले जे तिमीहरूलाई भनेको छु त्यो तिमीहरूले मान्नुपर्छ।” BSB BSB: The rain fell, the torrents raged, and the winds blew and beat against that house, and it fell—and great was its collapse!”
28 UDB जब येशूले ती सबै कुराहरू सिकाएर सक्नुभयो, तब भिडहरू जसले उहाँको शिक्षा सुनेका थिए, उहाँले जसरी सिकाउनु भयो त्यसमा चकित भए। BSB BSB: When Jesus had finished saying these things, the crowds were astonished at His teaching,
29 UDB उहाँले एउटा शिक्षकले जस्तै सिकउनुभयो जो आफैँले जानेको कुरामा भर पर्छ। यहूदी व्यवस्था सिकाउनेहरूले जस्तो गरी उहाँले सिकाउनुभएन, जसले अरू मानिसहरूले सिकाएका विभिन्न कुराहरू दोहोर्याउँथे। BSB BSB: because He taught as one who had authority, and not as their scribes.