1 UDB जब येशू डाँडाबाट तल जानुभयो, ठुला भिडहरू उहाँको पछि लाग्यो। BSB BSB: When Jesus came down from the mountain, large crowds followed Him.
2 UDB येशूले भिडहरूलाई छोड्नु भएपछि, छालाको रोग लागेको एकजना मानिस आयो र उहाँको सामु घुँडा टेक्यो। उसले येशूलाई भन्यो, “प्रभु, कृपया मलाई निको पार्नुहोस्, किनभने मलाई थाहा छ, यदि तपाईंले इच्छा गर्नुहुन्छ भने, तपाईंले मलाई निको पार्न सक्नुहुन्छ,।” BSB BSB: Suddenly a leper came and knelt before Him, saying, “Lord, if You are willing, You can make me clean.”
3 UDB तब येशूले आफ्नो हात बढाउनु भयो र त्यस मानिसलाई छुनुभयो। उहाँले त्यसलाई भन्नुभयो, “म तिमीलाई निको पार्न इच्छा गर्छु, र म तिमीलाई अहिले नै निको पार्छु!” तुरन्तै त्यो मानिस आफ्नो रोगबाट निको भयो। BSB BSB: Jesus reached out His hand and touched the man. “I am willing,” He said. “Be clean!” And immediately his leprosy was cleansed.
4 UDB त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “मैले तिमीलाई निको परेको बारेमा पुजारीबाहेक अरू कसैलाई तिमीले खबर नगर्न पक्का गर। त्यसैले यरूशलेममा भएको मन्दिरमा जाऊ र मोशाले आज्ञा गरेको भेटी देऊ, यसरी मानिसहरूले यसको बारेमा जान्ने छन्।” BSB BSB: Then Jesus instructed him, “See that you don’t tell anyone. But go, show yourself to the priest and offer the gift prescribed by Moses, as a testimony to them.”
5 UDB जब येशू कफर्नहुम सहरमा जानुभयो, एकसय सिपाहीहरूमाथि आदेश दिने एकजना रोमी अधिकारी उहाँकहाँ आए। तिनले सहायताको निम्ति येशूमा विन्ती गरे। BSB BSB: When Jesus had entered Capernaum, a centurion came and pleaded with Him,
6 UDB तिनले उहाँलाई भने, “प्रभु, मेरो सेवक घरमा ओछ्यानमा थला पर्दै छ र पक्षघात भएको छ, र उसलाई असह्य पीडा छ।” BSB BSB: “Lord, my servant lies at home, paralyzed and in terrible agony.”
7 UDB येशूले तिनलाई भन्नुभयो, “म तिम्रो घरमा जाने छु र उसलाई निको पार्ने छु।” BSB BSB: “I will go and heal him,” Jesus replied.
8 UDB तर अधिकारीले उहाँलाई भने, “तपाईं मेरो घरमा आउनलाई म योग्यको छैन। त्यसको साटोमा, मेरो सेवक निको हुन्छ मात्र भन्नुहोस्, र त्यो निको हुने छ। BSB BSB: The centurion answered, “Lord, I am not worthy to have You come under my roof. But just say the word, and my servant will be healed.
9 UDB मसँग पनि त्यस्तै हुन्छ। म एक सिपाही हुँ; मैले आफ्ना अधिकारीहरूको आदेश मान्नुपर्छ, र मसँग पनि मैले आदेश दिने सिपाहीहरू छन्। जब म तिनीहरूमध्ये एकलाई ‘जाऊ!’ भन्छु, ऊ जान्छ। जब म अर्कोलाई ‘आऊ!’ भन्छु, ऊ आउँछ। जब म आफ्नो दासलाई ‘यो गर!’ भन्छु, उसले त्यो गर्छ।” BSB BSB: For I myself am a man under authority, with soldiers under me. I tell one to go, and he goes, and another to come, and he comes. I tell my servant to do something, and he does it.”
10 UDB जब येशूले यो सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँसँगै हिंडिरहेको भिडलाई उहाँले भन्नुभयो, “यो कुरा सुन: यस गैर-यहूदी मानिसले जति ममा विश्वास गर्ने कुनै व्यक्ति मैले यस अघि कदापी भेट्टाएको छैन। इस्राएलमा पनि, जहाँ मानिसहरूले ममा विश्वास गरून् भनी म आशा गर्छु, मैले कुनै व्यक्ति भेट्टाएको छैन जसले ममा यति धेरै विश्वास गर्छ। BSB BSB: When Jesus heard this, He marveled and said to those following Him, “Truly I tell you, I have not found anyone in Israel with such great faith.
11 UDB म सत्य भन्छु कि परमेश्वरले स्वर्गबाट हरेक कुरामाथि पूर्णरूपले राज्य गर्नुहुँदा धेरै अरू गैर-यहूदी मानिसहरूले ममा विश्वास गर्ने छन्, र तिनीहरू सुदुर पूर्व र सदुर पश्चिम लगाएत, टाढा-टाढा देशहरूबाट आउने छन्, र तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग भोज खान बस्ने छन्। BSB BSB: I say to you that many will come from the east and the west to share the banquet with Abraham, Isaac, and Jacob in the kingdom of heaven.
12 UDB तर यहूदीहरू जसमा परमेश्वरले राज्य गर्ने उदेश्य राख्नुभयो- उहाँले तिनीहरूलाई नरकमा फल्नुहुने छ, जहाँ पूर्ण अँध्यारो छ। तिनीहरूको पीडाको कारणले त्यहाँ तिनीहरू रुने छन्, र तिनीहरू आफ्ना दाह्राहरू किट्नेछन् किनभने तिनीहरूलाई असह्य पीडा हुने छ।” BSB BSB: But the sons of the kingdom will be thrown into the outer darkness, where there will be weeping and gnashing of teeth.”
13 UDB अनि येशूले त्यस अधिकरीलाई भन्नभयो, “घर जाऊ। तिमीले जे विश्वास गर्छौ त्यो हुने छ।” त्यसपछि, ती अधिकरी घर गए र येशूले तिनको सेवकलाई निको पार्छु भन्नुभएको समयमा नै त्यो निको भएको भेट्टाए। BSB BSB: Then Jesus said to the centurion, “Go! As you have believed, so will it be done for you.” And his servant was healed at that very hour.
15 UDB उहाँले तिनको हात छुनुभयो, तुरन्तै तिनलाई ज्वरो थिएन। अनि तिनी उठिन् र उहाँहरूलाई केही खाना पस्किन्। BSB BSB: So He touched her hand, and the fever left her, and she got up and began to serve Him.
16 UDB त्यो साँझ जब विश्राम-दिन सकियो, भिडले धेरै मानिसहरूलाई येशूकहाँ ल्याए जसलाई दुष्ट आत्माहरूले अधीन गरेको थियो र अरू मानिसहरू जो बिरामी थिए। उहाँले दुष्ट आत्माहरूलाई हप्काएर तिनीहरूलाई भगाउनुभयो र उहाँले सबै मानिसहरूलाई निको पार्नुभयो जो बिरामी थिए। BSB BSB: When evening came, many who were demon-possessed were brought to Jesus, and He drove out the spirits with a word and healed all the sick.
17 UDB जब उहाँले यसो गर्नुभयो, यशैया अगमवक्ताले जे लेखेका थिए, उहाँले पुरा गर्नुभयो, ‘उहाँले मानिसहरूलाई बिरामी हुनबाट मुक्त पार्नुभयो, र उहाँले तिनीहरूलाई स्वस्थ पार्नुभयो।’ BSB BSB: This was to fulfill what was spoken through the prophet Isaiah: “He took up our infirmities and carried our diseases.”
18 UDB येशूले आफ्नो वरिपरी भएको भिडलाई देख्नुभयो, उहाँलाई डुङ्गाद्वारा तालको अर्को किनारमा लैजान उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो। BSB BSB: When Jesus saw a large crowd around Him, He gave orders to cross to the other side of the sea.
19 UDB जसै उहाँहरू डुङ्गातिर जाँदै हुनुहुन्थ्यो, यहूदी व्यवस्था सिकाउने एकजना मानिस उहाँकहाँ आए र भने, “गरुज्यू, तपाईं जहाँ जानुहुन्छ, म तपाईंसँगै जाने छु।” BSB BSB: And one of the scribes came to Him and said, “Teacher, I will follow You wherever You go.”
20 UDB येशूले तिनलाई जवाफ दिनुभयो, “स्यालहरू बस्नलाई जमिनमा दुलाहरू छन्, र चराहरूका गुँडहरू छन्, तर म मानिसको पुत्र भए, तापनि मसँग घर छैन जहाँ म निदाउँन सक्छु।” BSB BSB: Jesus replied, “Foxes have dens and birds of the air have nests, but the Son of Man has no place to lay His head.”
21 UDB येशूका चेलाहरूमध्ये अर्को एकजना मानिसले उहाँलाई भन्यो, “प्रभु, पहिले मलाई घर जाने अनुमति दिनुहोस्। मेरो बुबाको मृत्यु भएपछि, म उहाँलाई दफन गर्ने छु, र म त्यसपछि म तपाईंसँग आउने छु।” BSB BSB: Another of His disciples requested, “Lord, first let me go and bury my father.”
22 UDB तर येशूले तिनलाई भन्नुभयो, “अहिले नै मसँग आऊ। मृतजस्ता मानिसहरूले नै तिनीहरूका आफ्ना मानिसहरूको मृत्युको प्रतिक्षा गरून्।” BSB BSB: But Jesus told him, “Follow Me, and let the dead bury their own dead.”
23 UDB त्यसपछि येशू डुङ्गामा चढ्नुभयो र उहाँका चेलाहरू उहाँको पछि लागे। BSB BSB: When He got into the boat, His disciples followed Him.
24 UDB अचानक पानीमा प्रचण्ड हावाहुरी चल्यो, र धेरै अग्ला छालहरू डुङ्गामा बजारिँदै र त्यसलाई भर्दै थिए। तर येशू निदाउँदै हुनुहुन्थ्यो। BSB BSB: Suddenly a violent storm came up on the sea, so that the boat was engulfed by the waves. But Jesus was sleeping.
25 UDB तिनीहरू गए र उहाँलाई बिउँझाए, र उहाँलाई भने, “प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लाग्यौँ!” BSB BSB: The disciples went and woke Him, saying, “Lord, save us! We are perishing!”
26 UDB उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू डराउनु हुँदैन! मैले तिमीहरूलाई बचाउन सक्छु भनेर तिमीहरू त्यति धेरै विश्वास गर्दैनौ।” अनि उहाँ उठ्नुभयो र हावाहुरीलाई हप्काउनुभयो र छालहरूलाई शान्त हुन भन्नुभयो। तुरन्तै हावाहुरी चल्न बन्द भयो र पानी शान्त भयो। BSB BSB: “You of little faith,” Jesus replied, “why are you so afraid?” Then He got up and rebuked the winds and the sea, and it was perfectly calm.
27 UDB मानिसहरू आश्चर्यचकित भए, र तिनीहरूले एक आपसमा भने, “यी मानिस निश्चितरूपमा एक असाधारण व्यक्ति हुन्! सबै कुराहरू उहाँको नियन्त्रणमा छन्! हावाहुरी र छालहरूले पनि उहाँका आज्ञा मान्छन्!” BSB BSB: The men were amazed and asked, “What kind of man is this? Even the winds and the sea obey Him!”
28 UDB जब तिनीहरू तालको पूर्वतर्फ आए, तिनीहरू गदरिनीहरू बस्ने क्षेत्रमा पुगे। त्यसपछि भूत आत्माहरूले नियन्त्रण गरेका दुईजना मानिसहरू तिनीहरू बस्दै गरेका दफनको चिहानबाट बाहिर आए। तिनीहरू अत्यन्त हिंसात्मक र मानिसलाई आक्रमण गर्ने भएका कारणले, कसैले पनि त्यो बाटोमा यात्रा गर्ने साहस गर्दैनथे। BSB BSB: When Jesus arrived on the other side in the region of the Gadarenes, He was met by two demon-possessed men coming from the tombs. They were so violent that no one could pass that way.
29 UDB अचानक तिनीहरू चिच्याउँदै येशूलाई भने, “तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ! तपाईंको हामीसँग केही पनि सहभागिता नभएको कारणले हामीलाई हस्तक्षेप नगर्नुहोस्! के परमेश्वरले हामीलाई दण्ड दिन तय गर्नुभएको समयभन्दा अघि नै हामीलाई सताउन तपाईं यहाँ आउनुभएको हो?” BSB BSB: “What do You want with us, Son of God?” they shouted. “Have You come here to torture us before the appointed time?”
30 UDB त्यहाँ नजिकै सुँगुरहरूको एउटा ठुलो बथान चर्दै थियो। BSB BSB: In the distance a large herd of pigs was feeding.
31 UDB यसैले भूत आत्माहरूले येशूलाई विन्ती गरे र भने, “तपाईंले हामीलाई यी मानिसहरूबाट बाहिर निकाल्दै हुनुहुन्छ, यसैले हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्!” BSB BSB: So the demons begged Jesus, “If You drive us out, send us into the herd of pigs.”
32 UDB येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू त्यस्तो इच्छा गर्छौ भने, जाओ!” यसैले भूत आत्माहरूले ती मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। अचानक सुँगुरहरूकाो सम्पुर्ण बथान भिरालो किनारबाट तलतिर पानीमा दौडे र डुबेर मरे। BSB BSB: “Go!” He told them. So they came out and went into the pigs, and the whole herd rushed down the steep bank into the sea and died in the waters.
33 UDB सुँगुरहरूका रेखदेख गर्दै रहेका मानिसहरू डराए र सहरतिर दौडे र भूत आत्माहरूले नियन्त्रण गरेका ती दुईजना मानिसहरूलाई जे भएको थियो त्यो लगाएत जे भएको थियो त्यो सबै कुरा खबर गरे। BSB BSB: Those tending the pigs ran off into the town and reported all this, including the account of the demon-possessed men.
34 UDB तब त्यो सहरमा बसोबास गर्ने सबै मानिसहरू येशूलाई भेट्न गएको जस्तो देखिन्थ्यो। जब तिनीहरूले उहाँलाई र भूत आत्माहरूले नियन्त्रण गरेका ती दुईजना मानिसहरूलाई देखे, तब तिनीहरूको क्षेत्रलाई छोडेर जान तिनीहरूले येशूलाई विन्ती गरे। BSB BSB: Then the whole town went out to meet Jesus. And when they saw Him, they begged Him to leave their region.