1 UDB म पावल ख्रीष्ट येशूको सेवक कैदी हुँ। म यहाँ हाम्रो विश्वासी बन्धु तिमोथीको साथमा छु। मैले यो पत्र हाम्रो प्रिय मित्र र सहकर्मी बन्धु फिलेमोनलाई लेख्दैछु। BSB BSB: Paul, a prisoner of Christ Jesus, and Timothy our brother, To Philemon our beloved fellow worker,
2 UDB म यो विश्वासी जन अप्फियालाई र हामीसँगै एउटा सिपाहीले झैं सेवा गर्ने अर्खिप्पसलाई पनि लेख्दैछु। र तिम्रो घरमा भेटघाट गर्ने विश्वासीहरूको समूहलाई पनि लेख्दैछु। BSB BSB: to Apphia our sister, to Archippus our fellow soldier, and to the church that meets at your house:
3 UDB हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरू सबैप्रति निरन्तर दयालु भएर व्यवहार गर्नुभएको होस् भनी म प्रार्थना गर्छु। उहाँले तिमीहरूलाई निरन्तर शान्ति दिनुभएको होस् भनी म प्रार्थना गर्छु। BSB BSB: Grace and peace to you from God our Father and the Lord Jesus Christ.
4 UDB मैले तिम्रो निम्ति प्रार्थना गर्दा परमेश्वरलाई सधैं धन्यवाद दिन्छु, BSB BSB: I always thank my God, remembering you in my prayers,
5 UDB किनभने तिमीले प्रभु येशूमा कसरी विश्वास गर्छौ भन्ने बारेमा मैले निरन्तर सुन्दैछु। तिमीले कसरी सबै विश्वासीहरूलाई निरन्तर प्रेम र सहायता गर्दैछौ भन्ने बारेमा पनि म सुन्छु। BSB BSB: because I hear about your faith in the Lord Jesus and your love for all the saints.
6 UDB हामीले ख्रीष्टमा विश्वास गरेजस्तै तिमीले पनि विश्वास गर्ने हुनाले, हामीले ख्रीष्टको सम्बन्धमा तिमीलाई दिनुपर्ने हरेक असल कुरा तिमीले जान्न सक भनी म प्रार्थना गर्छु। BSB BSB: I pray that your partnership in the faith may become effective as you fully acknowledge every good thing that is ours in Christ.
7 UDB तिमी, मेरा प्रिय मित्रले परमेश्वरको मानिसहरूलाई प्रेम र तिनीहरूलाई सहायता गरिरहेको हुनाले, म अत्यन्तै आनन्दित भएको छु र धेरै उत्साह मिलेको छ। BSB BSB: I take great joy and encouragement in your love, because you, brother, have refreshed the hearts of the saints.
8 UDB यसैले केही कुरा गर्न म तिमीलाई आग्रह गर्ने इच्छा गर्छु। तिमीले के गर्नुपर्छ भनी तिमीलाई आज्ञा गर्न आधिकार म सँग छ भन्ने कुरामा म पूर्ण रूपमा विश्वास्त छु, किनभने म ख्रीष्टको एक जना प्रेरित हुँ। BSB BSB: So although in Christ I am bold enough to order you to do what is proper,
9 UDB तर तिमीले परमेश्वरको मानिसहरूलाई प्रेम गर्छौ भन्ने मलाई थाहा भएको हुनाले, तिमीलाई यो गर्ने आज्ञा गर्नुको साटोमा म आग्रह गर्छु। म एक जना वृद्ध मानिस पावल तथा ख्रीष्ट येशूको सेवा गरेको हुनाले अहिले एक जना कैदी जसले यो आग्रह गर्दैछु। BSB BSB: I prefer to appeal on the basis of love. For I, Paul, am now aged, and a prisoner of Christ Jesus as well.
10 UDB ओनेसिमसको निम्ति तिमीले केही कुरा गर भनी म तिमीलाई आग्रह गर्छु। मैले तिनलाई यहाँ कैदमा नै ख्रीष्टको बारेमा प्रचार गरेको हुनाले तिनी अहिले मेरो एक जना छोरोजस्तो छन्। BSB BSB: I appeal to you for my child Onesimus, whose father I became while I was in chains.
11 UDB जस्तो तिमीलाई थाहा छ कि तिनको नाउँको अर्थ “उपयोगी” भए तापनि तिनी विगतमा तिम्रो निम्ति उपयोग विहीन थिए। तर तिनी अहिले तिमी र म दुवैको निम्ति उपयोगी छन्! BSB BSB: Formerly he was useless to you, but now he has become useful both to you and to me.
12 UDB मेरो निम्ति तिनी अति नै प्रिय भए तापनि, म तिनलाई तिमीकहाँ पठाउँदैछु। BSB BSB: I am sending back to you him who is my very heart.
13 UDB तिम्रो सट्टामा तिनले मेरो सेवा गर्नेछन् भन्ने हेतुले म तिनलाई मसँग नै राख्ने इच्छा गर्छु। ख्रीष्टको बारेमा मैले सुसमाचार प्रचार गरेको कारणले म कैदमा परेको हुनाले मलाई तिनको खाँचो छ। BSB BSB: I would have liked to keep him with me, so that on your behalf he could minister to me in my chains for the gospel.
14 UDB तपनि मैले अझैसम्म तिमीलाई नसोधेको हुनाले र तिनलाई यहाँ मसँग राख्नलाई तिमीले अझैसम्म मलाई अनुमति नदिएको हुनाले, मैले तिनलाई यहाँ नराख्ने निर्णय गरें। तिमीले मलाई साँच्चै नै मदत गर्ने इच्छा भयो भने मात्र तिमीले मलाई मदत गर्नुपर्छ भन्ने निर्णय मैले गरें। BSB BSB: But I did not want to do anything without your consent, so that your goodness will not be out of compulsion, but by your own free will.
17 UDB यसैले तिमीले र मैले एकसाथ पमेश्वरको काम गर्दैछौं भनी तिमीलाई विश्वास हुन्छ भने, तिमीले जसरी मलाई स्वगत गर्छौ त्यसरी नै तिनलाई स्वागत गर। BSB BSB: So if you consider me a partner, receive him as you would receive me.
18 UDB तिनले तिम्रो कुनै किसिमको नोक्सान गरेका छन् वा तिमीप्रति ऋणी छन् भने, त्यसको निम्ति मलाई जिम्मेवारी लिन देऊ। BSB BSB: But if he has wronged you in any way or owes you anything, charge it to my account.
19 UDB म पावलले अब यो मेरो आफ्नै हातले लेख्दैछुः तिनले तिमीलाई जे तिर्नुपर्छ, त्यो म तिमीलाई तिरिदिनेछु। जे मैले तिमीलाई भनें त्यसले तिम्रो आफ्नो जीवनले उद्धार पाएको हुनाले, ओनेसिमस तिमीप्रति ऋणी हुनुभन्दा पनि बढी तिमी मप्रति ऋणी छौ भनेर मैले तिमीलाई यसो भन्न सकें। BSB BSB: I, Paul, write this with my own hand. I will repay it—not to mention that you owe me your very self.
20 UDB बरु, मेरो भाइ प्रभुको कारणले मलाई तिमीबाट फाइदा हुन देऊ। हामी दुवै जनाको ख्रीष्टमा मिलाप भएको हुनाले मेरो हृदयलाई खुशी बनाऊ। BSB BSB: Yes, brother, let me have some benefit from you in the Lord. Refresh my heart in Christ.
21 UDB मैले तिमीलाई जे गर्न भन्दैछु त्यो तिमीले गर्नेछौ भन्ने कुरामा म निश्चित भएको हुनाले मैले तिमीलाई यो पत्र लेखेको हुँ। वास्तवमा, जे मैले तिमीलाई गर्न भन्दैछु त्योभन्दा पनि धेरै बढी तिमीले गर्नेछौ भनी म जान्दछु, BSB BSB: Confident of your obedience, I write to you, knowing that you will do even more than I ask.
22 UDB साथै, मलाई बस्न एउटा पाहुना कोठा पनि तयार बनाइराख, किनभने मेरो निम्ति तिम्रो प्रार्थनाको फलस्वरूप म कैदबाट छुट्नेछु र तिमीहरू सबैकहाँ आउनेछु भनी म दृढतासाथ आशा गर्छु। BSB BSB: In the meantime, prepare a guest room for me, because I hope that through your prayers I will be restored to you.
23 UDB ख्रीष्ट येशूलाई विश्वास गरेको हुनाले मसँग कैदमा कष्ट भोग्दै गरेका इपाफ्रासले तिमीलाई आफ्नो अभिवादन पठाएका छन्। BSB BSB: Epaphras, my fellow prisoner in Christ Jesus, sends you greetings,
24 UDB मेरा अन्य सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीलाई आफ्ना अभिवादन पठाएका छन्। BSB BSB: as do Mark, Aristarchus, Demas, and Luke, my fellow workers.
25 UDB प्रभु येशू ख्रीष्टको दया निरन्तर तिमीमा रहोस् भनी म प्रार्थना गर्छु। BSB BSB: The grace of the Lord Jesus Christ be with your spirit.
Select verses for actions: Enter goes to them and Escape comes back.