1 UDB परमेश्वरले जे घृणा गर्नुहुन्छ त्यो गर्ने मानिसहरूलाई उहाँले कडा दण्ड दिनुपर्छ भनी तिमी भन्छौ। तर तिमीले त्यसो भन्दा, तिमीले साच्चै भन्दैछौ कि परमेश्वरले तिमीलाई नै दण्ड दिनुपर्छ, किनभने तिमी आफैंले पनि त्यस्तै किसिमको जीवन बिताएका छौ। तिनीहरूले जे कुराहरू गरेका छन्, तिमीले पनि त्यही गर्यौ। BSB BSB: You, therefore, have no excuse, you who pass judgment on another. For on whatever grounds you judge the other, you are condemning yourself, because you who pass judgment do the same things.
2 UDB हामी राम्रोसँग जान्दछौ कि यस्ता किसिमका दुष्ट कामहरू गर्ने मानिसहरूलाई परमेश्वरले निष्पक्ष रूपमा न्याय गर्नुहुनेछ र दण्ड दिनुहुनेछ। BSB BSB: And we know that God’s judgment against those who do such things is based on truth.
3 UDB यसैले तिमी आफैं पनि दुष्ट कामहरू गर्छौ तापनि तिमी भन्छौ कि दुष्ट कामहरू गरेकोले परमेश्वरले अरूहरूलाई दण्ड दिनुपर्छ भने, तिमीले निश्चित रूपमा यो सोच्नुहुँदैन कि परमेश्वरले तिमीलाई दण्ड दिन सुरु गर्नुहुँदा तिमी आफैं पनि उहाँबाट उम्कन सक्नेछौ। BSB BSB: So when you, O man, pass judgment on others, yet do the same things, do you think you will escape God’s judgment?
4 UDB र तिमीले यसो भन्नुहुँदैन, “परमेश्वरले मप्रति धेरै सहिष्णुतासाथ र धैर्यतासाथ व्यवहार गर्दै हुनुहुन्छ, यसैले म आफ्ना पापहरूबाट फर्कनु आवश्यक छैन।” तिमीहरूले आफ्ना पापहरूबाट पश्चाताप गर्नको निम्ति परमेश्वरले धैर्यतासाथ पर्खंदै हुनुहुन्छ भनी तिमीहरूले बुझ्नुपर्छ। BSB BSB: Or do you disregard the riches of His kindness, tolerance, and patience, not realizing that God’s kindness leads you to repentance?
5 UDB तर त्यसको सट्टामा, तिमीहरू हठी भएको र पाप गर्न रोक्न इन्कार गरेको कारणले, परमेश्वरले तिमीहरूलाई झन् असह्य किसिमले दण्ड दिनुहुनेछ। उहाँ क्रोधित हुनुहुन्छ भनी उहाँले दर्शाउनुहुने समयमा उहाँले त्यो गर्नुहुनेछ र सबै मानिसहरूको निष्पक्ष रूपमा न्याय गर्नुहुन्छ। BSB BSB: But because of your hard and unrepentant heart, you are storing up wrath against yourself for the day of wrath, when God’s righteous judgment will be revealed.
7 UDB विशेष गरेर, कोही मानिसहरू असल कामहरू गरिरहन्छन्, किनभने परमेश्वरबाट पाउने आदरको तिनीहरू इच्छा गर्छन्, र तिनीहरू सदासर्वदा उहाँसँग जिउन चाहन्छन्। परमेश्वरले तिनीहरूलाई त्यसरी नै इनाम दिनुहुनेछ। BSB BSB: To those who by perseverance in doing good seek glory, honor, and immortality, He will give eternal life.
8 UDB तर कोही मानिसहरूले स्वार्थी किसिमले व्यवहार गर्छन् र परमेश्वरले भन्नुभएको कुरा सत्य हो भनी विश्वास गर्न इन्कार गर्छन्, र परमेश्वरले गलत भन्नुभएका कुराहरू तिनीहरू गर्छन्। परमेश्वर धेरै क्रोधित हुनुहुनेछ र तिनीहरूलाई असह्य किसिमले दण्ड दिनुहुनेछ। BSB BSB: But for those who are self-seeking and who reject the truth and follow wickedness, there will be wrath and anger.
9 UDB असभ्यस्त भएर खराब कामहरू गर्नेहरूलाई उहाँले असह्य किसिमले पीडा र धेरै दुःखहरू दिनुहुनेछ। यो कुरा परमेश्वरको सन्देश ग्रहण गर्न इन्कार गर्ने यहूदीहरूलाई निश्चय पनि हुनेछ, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना विशेष मानिसहरू हुनलाई सुअवसर दिनुभयो, तर यो कुरा गैरयहूदीहरूसँग पनि हुनेछ। BSB BSB: There will be trouble and distress for every human being who does evil, first for the Jew, then for the Greek;
10 UDB तर असभ्यस्त भएर असल कामहरू गर्ने हरेक व्यक्तिको परमेश्वरले प्रशंसा र आदर गर्नुहुनेछ र शान्तिमा रहने आत्मा दिनुहुनेछ। उहाँले यहूदीहरूका निम्ति यो काम निश्चित रूपमा गर्नुहुनेछ, किनभने उहाँले तिनीहरूलाई आफ्ना विशेष मानिसहरू हुनलाई चुन्नुभयो, तर उहाँले यो काम गैरयहूदीहरूका निम्ति पनि गर्नुहुनेछ। BSB BSB: but glory, honor, and peace for everyone who does good, first for the Jew, then for the Greek.
11 UDB परमेश्वरले यो काम निष्पक्ष किसिमले गर्नुहुनेछ किनभने कुन व्यक्ति कति महत्त्वपूर्ण छ भनी उहाँले कुनै वास्ता गर्नुहुन्न। BSB BSB: For God does not show favoritism.
12 UDB गैरयहूदीहरूसँग परमेश्वरले मोशालाई दिनुभएको व्यवस्था छैन र व्यवस्था नभएर पनि पाप गर्छन् भने तापनि, परमेश्वरले तिनीहरूलाई सदासर्वदा नाश गर्नुहुनेछ। र उहाँको व्यवस्थामा अनाज्ञाकारी हुने सबै यहूदीहरूलाई पनि उहाँले दण्ड दिनुहुनेछ, किनभने व्यवस्थाले जे भनेको छ त्यसअनुसार उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ। BSB BSB: All who sin apart from the law will also perish apart from the law, and all who sin under the law will be judged by the law.
13 UDB परमेश्वरले तिनीहरूलाई दण्ड दिनु उचित हुन्छ किनभने परमेश्वरको व्यवस्थाको ज्ञान पाएकाहरूलाई उहाँले धर्मी ठहराउने होइन। परमेश्वरको व्यवस्थाका सबै आज्ञा पालन गरेकाहरूलाई मात्र परमेश्वरले धर्मी ठहराउनुहुन्छ। BSB BSB: For it is not the hearers of the law who are righteous before God, but it is the doers of the law who will be declared righteous.
15 UDB परमेश्वरले आफ्नो व्यवस्थामा जे आज्ञा गर्नुहुन्छ त्यो तिनीहरू आफ्नो मनमा जान्दछन् भनी तिनीहरू देखाउँछन्, किनकि प्रत्येक व्यक्ति उसको आफ्नै विवेकले कि त खराब काम गरेकोमा आफैंलाई दोष्याउँछ वा आफ्नो बचाऊ गर्छ। BSB BSB: So they show that the work of the law is written on their hearts, their consciences also bearing witness, and their thoughts either accusing or defending them
16 UDB मानिसहरूले गुप्तमा जे सोचेका र गरेका छन् त्यसअनुसार जब उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ, तब त्यो समयमा उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ। ख्रीष्ट येशूलाई मानिसहरूमाथि न्याय गर्ने अधिकार दिएर उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ। जब म मानिसहरूलाई सुसमाचार प्रचार गर्छु,तब म तिनीहरूलाई यही भन्छु। BSB BSB: on the day when God will judge men’s secrets through Christ Jesus, as proclaimed by my gospel.
17 UDB अब मैले लेख्दै गरेका तिमी यहूदीहरूमध्ये कसैलाई पनि भन्नलाई मसँग केही कुरा छः परमेश्वरले मोशालाई दिनुभएको व्यवस्था तिमीहरूले जानेको कारणले उहाँले तिमीहरूलाई बचाउनु हुनेछ भनी तिमीहरू विश्वास गर्छौ। तिमीहरू परमेश्वरका हौ भनी तिमीहरू घमण्ड गर्छौ। BSB BSB: Now you, if you call yourself a Jew; if you rely on the law and boast in God;
18 UDB परमेश्वर के इच्छा गर्नुहुन्छ तिमीहरूलाई थाहै छ। तिमीहरूलाई परमेश्वरको व्यवस्था सिकाइएको कारणले कुन कुराहरू ठिक हुन् भनी जान्न र ती गर्न तिमीहरू सक्षम छौ। BSB BSB: if you know His will and approve of what is superior because you are instructed by the law;
19 UDB तिमीहरूले गैरयहूदीहरूलाई परमेश्वरको सत्यता देखाउन सक्छौ र तिमीहरूले परमेश्वरको बारेमा केही पनि नजान्नेहरूलाई सिकाउन सक्छौ भनेर तिमीहरू ढुक्क छौ। BSB BSB: if you are convinced that you are a guide for the blind, a light for those in darkness,
20 UDB परमेश्वरको बारेमा मूर्ख कुराहरूमा विश्वास गर्नेहरू र बालक जास्ता मानिसहरूलाई तिमीहरूले सिकाउन सक्छौ भनेर तिमीहरू ढुक्क छौ, किनभने तिनीहरूले परमेश्वरको बारेमा केही पनि जान्दैनन्। तिमीहरूलाई परमेश्वरको बारेमा साँचो रूपमा शिक्षा दिने व्यवस्था तिमीहरूसित भएको कारणले यो सबैको बारेमा तिमीहरू ढुक्क छौ। BSB BSB: an instructor of the foolish, a teacher of infants, because you have in the law the embodiment of knowledge and truth—
21 UDB तिमीहरू यहूदी भएको कारणले तिमीहरूसँग यी सबै फाइदाहरू छन् भनेर तिमीहरूले दाबी गर्ने हुनाले, तिमीहरूले व्यवस्था अरूलाई सिकाउने तर त्यो आफैंले पालन नगर्नु अत्यन्तै घृणित कुरा हो! मानिसहरूलाई चिजबीज चोरी गर्नुहुँदैन भनेर प्रचार गर्ने तिमीहरू आफैंले चिजबीजको चोरी गर्नु अत्यन्तै घृणित कुरा हो! BSB BSB: you, then, who teach others, do you not teach yourself? You who preach against stealing, do you steal?
22 UDB आफूसँग विवाह नभएका मानिसहरूसँग यौन सम्बन्ध स्थापित गर्नुहुँदैन भनेर तिनीहरूलाई आज्ञा दिने तिमीहरू आफैंले व्यभिचार गर्नु अत्यन्तै घृणित कुरा हो! अरूहरूलाई मूर्ति पूजा गर्नुहुँदैन भनेर आज्ञा दिने तिमीहरू आफैं घृणित कुराहरूबाट जोगिएर नबस्नु अत्यन्तै घृणित कुरा हो। BSB BSB: You who forbid adultery, do you commit adultery? You who abhor idols, do you rob temples?
23 UDB “मसँग परमेश्वरको व्यवस्था छ” भनेर घमण्ड गर्ने तिमीहरूले त्यही व्यवस्था उलंघन गर्नु अत्यन्तै घृणित कुरो हो! परिणामस्वरूप, तिमीहरूले परमेश्वरको अपमान गर्दैछौ! BSB BSB: You who boast in the law, do you dishonor God by breaking the law?
24 UDB तिमीहरू हाम्राो पुर्खाहरू जस्तो हुनुहुँदैन जसकाो बारेमा धर्मशास्त्रमा यी वचनहरू लेखिएकाो छन्: “तिमी यहूदीहरूको दुष्ट कामहरूले गर्दा गैरयहूदीहरूले परमेश्वरको बारेमा दुष्ट कुरा बोल्छन्।” BSB BSB: As it is written: “God’s name is blasphemed among the Gentiles because of you.”
25 UDB आफूलाई परमेश्वरको हो भनी देखाउन तिमीहरूमध्ये कसैको खतना भएको छ भने उहाँले मोशालाई दिनुभएको व्यवस्था उसले पालन गरे मात्र फाइदा हुन्छ। तर तिमी खतना भएको व्यक्तिले व्यवस्था उल्लङ्घन गर्छौ भने, तिमी परमेश्वरको नजरमा खतना नभएको कोही व्यक्तिभन्दा कुनै किसिमले असल छौ भनी परमेश्वरले विचार गर्नुहुन्न। BSB BSB: Circumcision has value if you observe the law, but if you break the law, your circumcision has become uncircumcision.
26 UDB यसको अर्थ यो हो कि खतना नभएका गैरयहूदीहरूले पनि परमेश्वरले आफ्नो व्यस्थामा दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् भने, तिनीहरू उहाँका मानिसहरू बन्न सक्छन् भनी उहाँले निश्चित रूपमा विचार गर्नुहुन्छ। BSB BSB: If a man who is not circumcised keeps the requirements of the law, will not his uncircumcision be regarded as circumcision?
27 UDB यी मानिसहरू जसको खतना भएको छैन तर पनि परमेश्वरको व्यवस्था पालन गर्छन् भने, परमेश्वरले तिमीहरूलाई दण्ड दिनुहुँदा तिनीहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर घोषणा गर्नेछन्, किनकि तिमीहरूको खतना भएको छ तर पनि व्यवस्था उल्लङ्घन गर्छौ। BSB BSB: The one who is physically uncircumcised yet keeps the law will condemn you who, even though you have the written code and circumcision, are a lawbreaker.
28 UDB परमेश्वरका निम्ति विधिहरू पालन गर्नेहरू साँचो यहूदीहरू हुँदैनन्, र आफ्नो शरीरको खतना हुनुले परमेश्वरले तिनीहरूलाई ग्रहण गर्नुहुन्छ भन्ने हुँदैन। BSB BSB: A man is not a Jew because he is one outwardly, nor is circumcision only outward and physical.
29 UDB त्यसको साटोमा, साँचो यहूदीहरू हामीहरू हौं जसको हृदय भित्रदेखि परमेश्वरले परिवर्तन गर्नुभको छ। परमेश्वरले हामीलाई ग्रहण गर्नुभएको छ र परमेश्वरको आत्माले हाम्रो स्वभावलाई परिवर्तन गर्नुभएको छ, हामीले व्यवस्थाद्वारा दिइएका आज्ञाहरू पालन गरेको कारणले होइन। अरू मानिसहरूले हाम्रो प्रशंसा नगरे पनि, परमेश्वरले हाम्रो प्रशंसा गर्नुहुनेछ। BSB BSB: No, a man is a Jew because he is one inwardly, and circumcision is a matter of the heart, by the Spirit, not by the written code. Such a man’s praise does not come from men, but from God.
Select verses for actions: Enter goes to them and Escape comes back.