1 UDB अब्राहाम हामी यहूदीहरूकाो अति आदरणिय पुर्खा हुन्। यसैले अब्राहामलाई के भएको थियो त्यसबाट हामीले के सिक्न सक्छौं त्यसको बारेमा विचार गर। BSB BSB: What then shall we say that Abraham, our forefather according to the flesh, has discovered?
2 UDB अब्राहामले असल कुराहरू गरेको कारणले परमेश्वरले तिनलाई धर्मी ठहराउनु भएको थयो भने, मानिसहरूका अघि घमण्ड गर्नलाई अब्राहामसित कारण हुने थियो, (तर त्यसो भए तापनि, तिनीसँग यसको बारेमा परमेश्वरको सामु घमण्ड गर्ने कारण हुने थिएन)। BSB BSB: If Abraham was indeed justified by works, he had something to boast about, but not before God.
4 UDB अब हामीले गरेको कामका ज्यालाहरू हामी पाउँछौं भने, ती ज्यालाहरूलाई उपहारको रूपमा हेरिंदैन। त्यसको सट्टामा, ती हाम्रा कमाइ भएको विचार गरिन्छ। त्यसरी नै, परमेश्वरले हामीलाई बाध्य भएर दया गर्नुपर्ने केही कुरा हामीले गर्न सक्छौं भने, तब त्यो कुरा उपहार हुँदैन। BSB BSB: Now the wages of the worker are not credited as a gift, but as an obligation.
5 UDB तर वास्तवमा, परमेश्वरले उहाँलाई अघि आदर नगरेका मानिसहरूलाई धर्मी ठहराउनुहुन्छ। त्यसको सट्टामा, अबदेखि तिनीहरूले परमेश्वरमा विश्वास गर्छन्, र यसकारण उहाँले तिनीहरूलाई धर्मी हुन् भनी विचार गर्नुहुन्छ। BSB BSB: However, to the one who does not work, but believes in Him who justifies the ungodly, his faith is credited as righteousness.
6 UDB यसरी नै, कुनै एकजना व्यक्तिले नकमाइकन परमेश्वरले धर्मी ठहराउनुहुने कुराको बारेमा दाऊदले भजनमा लेखेः BSB BSB: And David speaks likewise of the blessedness of the man to whom God credits righteousness apart from works:
7 UDB “ती मानिसहरू कति सौभाग्यशाली हुन् जसका पापहरू परमेश्वरले क्षमा गर्नुभएको छ, जसका पापहरूलाई उहाँले वास्ता गर्नुहुन्न। BSB BSB: “Blessed are they whose lawless acts are forgiven, whose sins are covered.
8 UDB ती मानिसहरू कति सौभाग्यशाली हुन् जसका पापहरूका विवरण उहाँले राख्नुहुन्न।” BSB BSB: Blessed is the man whose sin the Lord will never count against him.”
9 UDB यसरी सौभाग्यशाली हुने कुरा हामी यहूदीहरूले मात्र अनुभव गर्ने केही कुरा होइन। अहँ, यो गैरयहूदीहरूले पनि अनुभव गर्न सक्छन्। यो हामी जान्दछौं, किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ कि अब्राहामले परमेश्वरमा विश्वास गरे, यसैले परमेश्वरले तिनलाई धर्मी भएको विचार गर्नुभयो। BSB BSB: Is this blessing only on the circumcised, or also on the uncircumcised? We have been saying that Abraham’s faith was credited to him as righteousness.
10 UDB परमेश्वरले यो कुरा अब्राहामलाई कतिबेला गर्नुभयो त्यसको बारेमा विचार गर। अब्राहामले खतना गर्नुभन्दा अघि नै उहाँले त्यो गर्नुभयो, पछि होइन। BSB BSB: In what context was it credited? Was it after his circumcision, or before? It was not after, but before.
11 UDB परमेश्वरले अब्राहामलाई धर्मी भनी स्वीकार गर्नुभएको धेरै वर्षपछि उहाँले तिनलाई खतना गर्नुपर्छ भनी आज्ञा दिनुभयो। अब्राहाम पहिलेबाटै धर्मी ठहराइएका छन् भन्ने कुरा देखाउने चिनोको रूपमा खतना थियो। यसैले हामी यसबाट सिक्न सक्छौं, परमेश्वरमा विश्वास गर्ने हरेक व्यक्तिका पुर्खा उहाँले अब्राहामलाई नै बनाउनुभयो, यद्यपि तिनीहरूले खतना गरेका छैनन्। यसरी, परमेश्वरले यी सबै मानिसहरूलाई धर्मी ठहराउनुहुन्छ। BSB BSB: And he received the sign of circumcision as a seal of the righteousness that he had by faith while he was still uncircumcised. So then, he is the father of all who believe but are not circumcised, in order that righteousness might be credited to them.
12 UDB यसरी नै, परमेश्वरले अब्राहामलाई हामी साँचो यहूदीहरू सबैका पुर्खा भएको विचार गर्नुहुन्छ, त्यसको अर्थ, सबै यहूदीहरू जसको आफ्नो शरीरमा खतनाका चिन्ह भएका मात्र होइनन्, तर अझ महत्त्वपूर्ण– जसले हाम्रा पुर्खा अब्राहामको खतना हुनुभन्दा अघि तिनले जीवन बिताए जस्तै बिताउँछन्, जतिबेला तिनले परमेश्वरमा विश्वास मात्र गर्दै थिए। BSB BSB: And he is also the father of the circumcised who not only are circumcised, but who also walk in the footsteps of the faith that our father Abraham had before he was circumcised.
13 UDB अब्राहाम र तिनका सन्तानसँग परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि तिनीहरूले संसारको अधिकार गर्नेछन्। तर उहाँले त्यो प्रतिज्ञा गर्नुहुँदा, अब्राहामले कुनै व्यवस्था पालन गरिरहेको कारणले थिएन। त्यसको सट्टामा, परमेश्वरले जे प्रतिज्ञा गर्नुभयो त्यो उहाँले गर्नुहुन्छ भनी अब्राहामले विश्वास गरेको कारणले थियो। यसैले परमेश्वरले अब्राहामलाई धर्मी ठहराउनुभयो। BSB BSB: For the promise to Abraham and his offspring that he would be heir of the world was not given through the law, but through the righteousness that comes by faith.
14 UDB परमेश्वरको व्यवस्था पालना गरेको कारणले मानिसहरूले संसारको अधिकार गर्छन् भने त, कुनै कुराको लागि परमेश्वरमा विश्वास गर्नु बेकार छ, र उहाँको प्रतिज्ञाले केही अर्थ राख्दैन। BSB BSB: For if those who live by the law are heirs, faith is useless and the promise is worthless,
15 UDB यो याद गर कि वास्तवमा, परमेश्वरले उहाँको व्यवस्थामा यो भन्नुहुन्छ कि जसले यसलाई पूर्णरूपले पालन गर्दैन त्यसलाई उहाँले दण्ड दिनुहुनेछ। यो पनि याद गर कि व्यवस्था नभएका मानिसहरूले त्यसलाई उलङ्घन गर्नु असम्भव छ। BSB BSB: because the law brings wrath. And where there is no law, there is no transgression.
16 UDB यसैले हामीले परमेश्वरमा विश्वास गरेको कारणले गर्दा उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएका कुराहरू हामीले वरदान स्वरूप पाउनेछौं, किनकि उहाँ धेरै दयालु हुनुहुन्छ। उहाँले यी कुराहरू हरेकलाई दिनुहुन्छ जसलाई उहाँले अब्राहामको सच्चा सन्तानको रूपमा मान्नुहुन्छ– हामी यहूदी विश्वासीहरू जससँग परमेश्वरको व्यवस्था र उहाँमा विश्वास गर्छौं, र गैरयहूदीहरू जससँग परमेश्वरको व्यवस्था छैन तर अब्राहामले जस्तै उहाँमा विश्वास गर्छन्। किनकि परमेश्वरले अब्राहामलाई हामी सबै विश्वासीहरूका सच्चा पुर्खा मान्नुहुन्छ। BSB BSB: Therefore, the promise comes by faith, so that it may rest on grace and may be guaranteed to all Abraham’s offspring—not only to those who are of the law, but also to those who are of the faith of Abraham. He is the father of us all.
17 UDB परमेश्वरले अब्राहामलाई धर्मशास्त्रमा यसो भन्नुभयोः “म तँलाई धेरै जाती समूहका पुर्खा बनाउनेछु।” अब्राहामले यो कुरा प्रत्यक्ष रूपमा परमेश्वरबाट पाए जसले मृत मानिसहरूलाई जीवित पार्नुहुन्छ र हुँदै नभएका कुराबाट सृष्टि गर्नुहुन्छ। BSB BSB: As it is written: “I have made you a father of many nations.” He is our father in the presence of God, in whom he believed, the God who gives life to the dead and calls into being what does not yet exist.
18 UDB परमेश्वरको यस प्रतिज्ञामा तिनले दृढ विस्वास गरे, यद्यपि तिनका सन्तान हुनेछन् भनी आशा गर्ने शारीरिक कारण थिएनन्, किनकि तिनी र तिनकी श्रीमती बालक जन्माउन नसक्ने बृद्धावस्थामा थिए। परमेश्वरले अब्राहामलाई, “तेरा सन्तानहरू आकाशका ताराहरू जस्तै अनगिन्ती हुनेछन्,” भन्नुहुँदा, तिनी धेरै जाती समूहका पुर्खा हुनेछन् भनी प्रतिज्ञा गर्नुभयो। BSB BSB: Against all hope, Abraham in hope believed and so became the father of many nations, just as he had been told, “So shall your offspring be.”
19 UDB आफ्नो शरीर बालक जन्माउन सक्षम छैन भनी तिनलाई थाहा भए तापनि परमेश्वरले जे प्रतिज्ञा गर्नुभयो त्यो उहाँले पूरा गर्नुहुनेछ भन्ने कुरामा तिनले शङ्का गरेनन् (तिनको उमेर करीब एक सय वर्ष भएको थियो), र साराले बालकलाई जन्म दिएकी थिइनन्। यतिबेला तिनी धेरै बृद्ध थिइन्। BSB BSB: Without weakening in his faith, he acknowledged the decrepitness of his body (since he was about a hundred years old) and the lifelessness of Sarah’s womb.
20 UDB परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्यो उहाँले पूरा गर्नुहुन्छ भन्ने कुरामा तिनले कुनै शङ्का गरेनन्। त्यसको सट्टामा, तिनले परमेश्वरमा धेरै दृढ विश्वास गरे, र परमेश्वरले जे गर्न जाँदै हुनुहुन्थ्यो त्यसको लागि तिनले परमेश्वरलाई धन्यवाद दिए। BSB BSB: Yet he did not waver through disbelief in the promise of God, but was strengthened in his faith and gave glory to God,
21 UDB परमेश्वरले गर्न लाग्नुभएको कुराको प्रतिज्ञा उहाँले गर्नुहुँदा उहाँले त्यो गर्न सक्नुहुन्छ भनी तिनी दृढ रूपमा विश्वस्त थिए। BSB BSB: being fully persuaded that God was able to do what He had promised.
22 UDB र त्यसैकारणले परमेश्वरले अब्राहामलाई धर्मी ठहराउनु भयो। BSB BSB: This is why “it was credited to him as righteousness.”
23 UDB धर्मशास्त्रमा भएका वचनहरू, “परमेश्वरले तिनलाई धर्मी ठहराउनुभयो किनभने तिनले परमेश्वरमा विश्वास गरे,” अब्राहामको बारेमा मात्र होइन। BSB BSB: Now the words “it was credited to him” were written not only for Abraham,
24 UDB ती शब्दहरू हाम्रो बारेमा पनि लेखिएका हुन्, जसलाई परमेश्वरले धर्मी ठहराउनुहुन्छ किनभने हामी उहाँमा विश्वास गर्छौं, जसले हाम्रा प्रभु येशूलाई उहाँको मृत्युपछि फेरि जीवित पार्नुभयो। BSB BSB: but also for us, to whom righteousness will be credited—for us who believe in Him who raised Jesus our Lord from the dead.
25 UDB हाम्रा दुष्ट कामहरूका कारणले येशूलाई मृत्युदण्ड दिन परमेश्वरले मानिसहरूलाई अनुमति दिनुभयो। र परमेश्वरले येशूलाई फेरि जीवित पार्नुभयो किनभने परमेश्वरले हामीलाई धर्मी ठहराउने इच्छा गर्नुभयो। BSB BSB: He was delivered over to death for our trespasses and was raised to life for our justification.
Select verses for actions: Enter goes to them and Escape comes back.